परिवर्तनको अनुहार
२२ कार्तिक २०६९
•
१२ मिनेट पाठ
परिवर्तनको अनुहार
दक्षिण कोरियाको दोस्रो मुख्य शहर बुसानमा गत सप्ताहन्त आयोजित विश्व मानविकी मञ्चको सम्मेलनमा एक अमेरिकी विज्ञान प्राध्यापकले झोलाबाट सानो ब्याज निकाले। सम्मेलनका हामी सबै सहभागी रात्रिभोजमा समुद्री तटको नौका बिहारमा थियौं। कोरियाली समकक्षीहरु प्रायः आफूलाई राजनीतिबाट अलग राख्नुपर्छ भन्दै आफ्नो राजनीतिक धार लुकाउन खोज्थे। त्यस मामिलामा अमेरिकी धेरै फरक छन्।
उनीहरु सार्वजनिकरुपमै आफ्नो आस्था प्रकट गर्न हिच्किचाउँदैनन्। पूर्वी अमेरिकी तटक्षेत्रमा झण्डै सय जनाको ज्यान जानेगरी चलेको स्यान्डी नाम दिइएको आँधीले उत्पात मच्चाइरहेको बेला हाम्रो टेबलको छलफल विस्तारै अमेरिकी चुनावतिर सोझिएको थियो। ती प्राध्यापकले त्यो ब्याज कोटको दायाँ खल्तीमा टाँसे, जसमा ओबामाका पक्षमा आफू रहेको जनाउ दिएको थियो।
त्यस्तरी आँधी मच्चिएको बेला विश्व तापमानलाई कारण बनाएर छलफल गरिएको थिएन। अमेरिकामा त्यसबारे प्रश्न उठेको छैन त भन्ने प्रश्न गर्दा ती प्राध्यापकले आफ्नो एउटा नयाँ खुशी प्रकट गरे। भने- 'न्युयोर्क शहरका रिपब्लिकन मेयरले आँधीपछि आफ्नो समर्थन ओबामालार्ई हुने घोषणा गरे, यो सुखद् खबर हो। किनभने उनका प्रतिस्पर्धी रोम्नीले तापमान वृद्धि भइरहेको वैज्ञानिक निश्कर्षप्रति अनास्था प्रकट गरेका थिए।' त्यसपछि उनले हाँस्दै भने- 'यस्ता उम्मेदवारले पनि जिते भने त म क्यानडा गएर बसिदिन्छु।
सम्मेलनमा भाग लिन आउनुअघि मतदान गर्न नभ्याएका अमेरिकी सहभागीहरु मंगलबारसम्म फर्किन आतुर थिए। उनीहरुलाई थाहा थियो- यसपटकको निर्वाचन परिणाम अनुमान गर्न इतिहासकै कठिनमध्येको थियो। लोकप्रिय मतमा रोम्नी नै अगाडि छन् भन्ने सर्वेक्षणहरुले देखाइरहेका थिए। ५० वटा राज्यका इलेक्टोरल कलेजको गणितीय जोडका बलमा ओबामा जित्ने अवसरको आशामा ती प्राध्यापकले वाइनको चुस्कीसँगै भने- धेरै परिवर्तन गर्ने कबोलसाथ आएका ओबामाले पहिलो चार वर्ष धेरै गर्न सकेनन् भन्ने सही हो तर हामी कसरी त्यस्ता उम्मेदवारले जितून् भन्ने चाहन्छौं, जसले वैज्ञानिक निश्कर्षहरुमा राजनीतिक अनास्था प्रकट गर्छ?
ओबामाले अर्थतन्त्र स्थिर पारेर रोजगारीका अवसरहरु चामत्कारिक ढंगले बढाउन सकेनन् भन्ने मुख्य सरोकार यसपटक उनलाई मतदान गर्न नचाहने अमेरिकीहरुले राखेका थिए। उनका प्रतिस्पर्धी अर्बपति रोम्नीले त्यसमै धावा बोलेका थिए र मतदातालाई आफूतिर आकर्षित गरेका थिए। त्यही कारण उनले ओबामालाई आच्छुआच्छु पारे। हामीले टेलिभिजनमा हेर्दाहेर्दै निर्णायक मानिएको ओहायो राज्यको आखिरी चुनावी सभामा ओबामाले गालाबाट आ"सुसमेत सरर्र झारे। चुनावी लोकतन्त्रमा मतदाताको मन र मष्तिष्क जित्नु सबभन्दा जटिल परीक्षा हो भन्ने अमेरिकाले फेरि प्रमाणित गर्योत। अर्को तथ्य के हो भने आम मतदाता वैज्ञानिक वा प्राध्यापकहरु जत्तिकै बृहत् स्वार्थ होइन, आफ्नो प्रत्यक्ष जीविका र अन्य स्वार्थले निर्देशित हुन्छन्। परिवर्तनको नारा दिनेहरुको सम्मोहनले डोरिन्छन् र केही नपुग्नेबित्तिकै विकर्षित हुन पुग्छन्। 'हो, हामी सक्छौं' भन्ने सरल, प्रष्ट र प्रिय वाक्यसाथ लोकप्रिय भएका परिवर्तनकारी कार्यसूचीका ओवामाले नसक्ने रहेछन् भन्ने भान मतदाताहरुमा व्यापकरुपमा परेकै कारण जतिसुकै सचेत र समृद्ध भए पनि मतदाताहरु आखिर बुझ्न कठिन पहेलु हुन् भन्ने अमेरिका फेरि उदाहरण बनेको छ।
अमेरिका पहिलोले जित्ने निर्वाचन प्रणाली (फष्ट पाष्ट द पोष्ट) स्थायीरुपमा अंगीकार गर्ने राष्ट्रपतीय व्यवस्थाको लोकतन्त्र हो। देशभरिको लोकप्रिय मतका आधारमा होइन। त्यो भएको भए जर्ज डब्लु बुशले पहिलोपल्ट जित्ने नै थिएनन्। अल गोरले सबभन्दा धेरै मत ल्याएर पनि राज्यपिच्छे जनसंख्याका आधारमा निर्धारित इलेक्टोरल कलेजमा उनी पछारिए। बेलायतमा पनि त्यही प्रणाली हो तर संसदीय व्यवस्था हो। अरु धेरै युरोपेली मुलुकमा संसदीय व्यवस्था भए पनि भिन्न खालका समानुपातिक प्रणाली छन्। नेपालमा गत संविधान सभा निर्वाचनका लागि अपनाइएको हाम्रो परिप्रेक्ष्यमा नित्तान्त नौलो प्रणालीले दक्षिण एसियाकै र धेरै हद्सम्म एसियाकै समावेशी सदन निर्माण गर्योर। तर सहमतीय संस्कारको अभाव र दलका नेताहरुको खल्तीबाट नाम निकाल्ने प्रक्रियाका कारण हाम्रो सन्दर्भमा समावेशिताले मर्यादा र प्रभावकारिता स्थापित गर्न सकेन। उल्टै दलहरुको निर्णय क्षमता र हैसियत कुण्ठित हुन पुग्यो। राजनीतिक मुद्दा जातीय, क्षेत्रीय र लैंगिक प्रतिनिधित्वको प्रतिष्ठाको घानमा मिसिए।
माओवादी नेताहरु राष्ट्रपतीय प्रणालीको वकालत गर्दा बुर्जुवाहरुले स्वर्ग मान्ने अमेरिकामा समेत त्यस्तो प्रणाली छ भन्ने दलिल पेश गर्छन्। तर अमेरिकामा पनि लोकप्रिय मतले राष्ट्रपति निर्वाचित गर्दैन। राज्यका भौगोलिक र जानसांख्यिक हैसियत र विरासतको कदर गरेर कायम गरिएको इलेक्टोरल कलेज जारी छ। जनसंख्यालाई मात्र प्रधानता दिइएको छैन। त्यसबाट लोकप्रिय मत खेर जाने सम्भावना रहन्छ। नेपालमा माओवादीले जनताको एउटै मत पनि खेर जान नदिने तर्कसाथ पूर्ण समानुपातिक प्रणालीको कर गर्योम, जसको परिणाम मिश्रित प्रणालीसम्म अपनाइए पनि सदन भने प्रायः सधैं त्रिशंकु रहने खतरा रहिरहने भयो।
मतदान परिणाम घोषणाको बेला पारेर काठमाडौंमा अमेरिकी दूतावासले बुधबार बिहान गरेको जमघटमा यसपटक पनि चुनावी नतिजाको सरगर्मी थियो। चार वर्षअघि त्यहा" त्यो बिहान निम्तालुहरु जम्मा हुनासाथ ओबामाले सजिलै जितिरहेको सिएनएनको पर्दामा देखिएको थियो। यसपटक दृश्य फरक थियो। केही घन्टापछि अन्तिम क्षणतिर मात्र सिएनएनले ओबामा जित्ने अनुमान प्रेषित गर्योन। र, आफ्नो व्यक्तिगत निवास पुगेका ओबामाको सिकागो शहरको चोकमा खुशियाली बाँड्न समर्थक भिड लागे। तर चार वर्षअघि जस्तो रौनक पक्कै थिएन। जित त भयो तर व्यापक समर्थनको भएन।
परिवर्तनको नारा अमेरिकाजस्तो परिपक्व लोकतन्त्रको समाजमा समेत लोकप्रिय हुँदोरहेछ। र, परिवर्तनको अनुहारको लोकप्रियता नाटकीयरुपमा घट्दो रहेछ। त्यो पनि निर्वाचनको सुनिश्चितताले मात्र प्रदर्शित गर्न सकेको हो। हामीकहाँ व्यापक परिवर्तनको नारा दिएका अनुहार छिट्टै कति अलोकप्रिय भए भन्ने पुष्टि गर्न जनताको त्यो नैसर्गिक अधिकारै स्थापित भएको छैन। हाम्रो मतदानको अधिकार प्रायः सधैं गायब हुने गरेको छ। हामीकहा" त जतिखेर त्यस्ता अनुहारले जित्ने आत्मविश्वास आर्जन गर्छन्, तबमात्र जनतालार्ई मतदान गर्ने अधिकार दिन्छन्।
ओबामाको पहिलो कार्यकालप्रतिको धेरै भरोसामा ह्रास आएकै कारण यसरी परिणाम अनुमानै गर्न नसकिने भएको हो त? यस स्तम्भकारले ती अमेरिकी विज्ञान प्राध्यापकसँगै वाइनको ग्लास ठोकिरहेका अर्का अमेरिकी प्राध्यापकसँग प्रश्न गर्दा ती मानवशास्त्रीले पहिला त झुम्म पर्न लागेजस्ता आँखा मिचे। अनि भने- 'उनका प्रतिस्पर्धी कडा परेर पनि हो। रोम्नीका आजकलका भाषण र प्रतिक्रिया निकै चातुर्यपूर्ण छन्, राम्ररी नियालेर तयार गरिएका सटिक र चोटिला छन्, त्यसैगरी उनले मतदातालाई ओबामाको भन्दा उपयुक्त आर्थिक विकल्प दिन्छु भन्ने बलियो विश्वास बाँड्न सकेका छन्।
शायद नेपाली परिप्रेक्ष्यमा त्यो पनि एउटा पाठ हो। त्यो हो परिवर्तनका अनुहारबीच जनतामा आत्मविश्वास कसले भर्ने भन्ने योग्यतम प्रतिस्पर्धाको अवसर। धन्य ती विज्ञान प्राध्यापकले आफ्नो देशबाट बसाईं सर्नु नपर्ने गरी मत परिणाम आयो। हामीकहाँ भने को योग्य र को अयोग्य भन्ने छाँट्न मिल्ने अवसरै आउने देखिएन। योग्य र अयोग्यहरुको सराबरीमा मुलुक अन्यौलग्रस्त भइरहने नै छ त्यतिबेलासम्म, जतिबेलासम्म मतपत्र छापिने निधो हुने छैन। हामीकहाँ कुनै आँधी भने आउने छैन तर आउने कठिन दिनमा लोकतान्त्रिक आकांक्षामा तुषारापात भने भइरहने निश्चित छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस