सहमतिका कुरा
२५ कार्तिक २०६९
•
६ मिनेट पाठ
सहमतिका कुरा
यतिखेर सर्वत्र सहमतिको कुरा चलिरहेको छ। सर्वसाधारण जनतामात्र हैन, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी र अन्य पेशाका सबैको मुखमा प्रायः सहमतिमात्र भेटिन्छ। तर पनि सहमति भने हुँदैन। सहमतिका लागि एकभन्दा बढी पक्ष चाहिन्छ। अनि दुवैले केही पाउनका लागि केही छाड्नुपर्छ। तर यहाँ यही हुन नसकेकाले सहमति हुन नसकेको हो। आ-आफ्नो अडान कायमै छ। त्यसैले जसले जति कराए पनि न सहमति हुने अवस्था देखिएको छ, न त सहमतिविना नै केही हुने देखिएको छ। राष्ट्रपतिको सहमति गरेर आउने आग्रह तथा प्रधानमन्त्रीको सत्ता छाड्नुपरे बरु सहमति नै नगर्ने भनाईको बीचमा देखिएको अन्तरले पनि सहमति नजिक छैन भन्ने देखाउँछ।
नेपाली राजनीतिमा लामो समय वादविवादको ओझेल परी नै रह्यो। यो पनि सहमतिकै अभावमा थियो। अहिले सहमतिको कुरा उठेको छ, जुन सकारात्मक हो तर यो गफमै मात्र सीमित रहनुले चाहिँ सकारात्मक शब्दकै खिल्ली उडिरहेको छ। एकातिर जनता बहुप्रतीक्षित सहमतिको पर्खाइमा छन् भने नेताहरुचाहिँ त्यसको भाखा सारेको सार्यैा छन्।
सर्वोच्चको फैसलाको आधारमा संविधान सभा अन्त्य भएको दाबी गर्नेहरु छन् भने यसको विपक्षमा तर्क गर्नेहरु पनि उत्तिकै छन्। सर्वोच्चको सोचाई २ वर्षमा संविधान नबनेकाले ४ वर्षमा पनि बनाउन सक्दैनन्, त्यसैले संविधान बनाउने कुरा सुनिश्चित गर भन्ने थियो। र, तिमीहरुले नसक्ने भए जनतामा जाउ र उनीहरुले जे भन्छन्, त्यहीअनुसार गर भन्ने थियो। तर अहिले आफ्नो मनलागी गर्ने र सर्वोच्चको भावना लत्याउने काम भइरहेको छ। अनि आफूअनुसार व्याख्या गर्ने काम पनि भइरहेको छ। यो गलत अर्थ लगाई हो। हैन भने नेताहरुको बुद्धि यतिबेलासम्म फुरिसक्नुपर्ने हो।
अहिले यस्तो यथार्थ हुँदाहुँदै दल र नेताहरु एकअर्कालाई गाली गरेर बसेका छन्। फरक यति हो कि साना दल कम दोषी छन् र ठूला दलका ३-४ नेता बढी दोषी छन्। यस्तो बेला सहमति भनेको मुलुककै माग हो। तर नेताहरु भने पानी बाराबारको स्थितिमा पुगेका छन्। जुन मुलुकका लागि विडम्बना नै हो। सहमतिअनुसार अघि बढ् भन्ने समयको मागलाई बुझ्न सकेनन् भने त्यो मूल्य निकै महँगो पर्नेछ।
अनावश्यकखालका व्यवहारहरुले लामो समय हाम्रा नेताहरुलाई नचाइरह्यो। झण्डै पाँच महिना यस्तै नचाइमा बित्यो। जबकि यतिबेला मुलुकको गतिरोधले निकास पाइसक्ने थियो। सामान्य झगडामै यत्रो समय बित्यो। तर पनि एउटा अचम्मचाहिँ के छ भने नेताहरु सहमति भनेर थाक्नेवाला छैनन्। उनीहरु जनतालाई भ्रममा पार्न यस्तो जाल लगातार फ्याँकिरहने कसरतमा भने तल्लीन छन्। जसले जनतालाई तनावबाहेक केही दिएको छैन।
यतिबेला प्रायः सबै विपक्षी पार्टीले एनेकपा माओवादीले सत्ता कब्जा गर्न लागेको र त्यहीअनुसार अघि बढेको आरोप लगाइरहेका छन्। यही कारण सहमति हुन नसकेको भनाई पनि उनीहरुको रहँदै आएको छ। माओवादीको अडान र बेतुकका कुराले विपक्षीहरुको यो आरोपमा केही सत्यता पनि देखिन्छ। उनीहरुको विगत र अहिलेको काम गराइ अनि बोलाइले पनि सत्ता कब्जाको संकेत मिल्छ। यही कारणले पनि विपक्षीहरु सत्ता गठबन्धनको प्रमुख दल एनेकपा माओवादी र उसको सहयात्री मसेधी मोर्चासँग शंकित देखिन्छ। त्यसैले पनि न माओवादीले अन्य दललाई हात लिन सकेको छ, न त विपक्षीहरुले नै सत्ताधारी दलहरुको भर पर्न सक्ने अवस्था छ। सहमतिको बाधक यही हो। त्यसैले अब यस्तो अविश्वासको समय धेरै नलम्ब्याई चाँडोभन्दा चाँडो मुलुकलाई निकाश दिनेतर्फ जिम्मेवार दलहरु लाग्नुपर्छ। र, यसको एउटै उपाय भनेको दलहरुको सुझबुझपूर्ण व्यवहार नै हो। अन्यथा न हामी भावी पुस्ताले दिने सजायबाट उम्कन सक्नेछौं, न त बढ्दो विदेशी हस्तक्षेपलाई झन् फैलनबाट नै रोक्न सक्छौं।
अर्को समाचार
भट्टराईद्वारा सहमतिका लागि वैकल्पिक प्रस्तावः अग्रगामी लोकतन्त्र
२५ फागुन २०६६
•
७ मिनेट पाठ
भट्टराईद्वारा सहमतिका लागि वैकल्पिक प्रस्तावः अग्रगामी लोकतन्त्र
उजिर मगर, काठमाडौं, फागुन २६ (नागरिक)- एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले सहमतिका आधारमा अघि बढ्न 'अग्रगामी लोकतन्त्र' (र्‍याडिकल डेमोक्रेसी) को मध्यमार्गी प्रस्ताव अघि सारेका छन्।
राष्ट्रिय सहमतिका आधारमा 'अग्रगामी लोकतन्त्र'को माध्यमबाट ८० दिनभित्र पूर्ण संविधान जारी गर्नु उपयुक्त हुने उनको दाबी छ।

सबै पक्षलाई मान्य हुने गरी बृहत् खाका तय गर्दा अग्रगामी लोकतन्त्रमा जान कसैलाई आपत्ति नहुने उनले बताए। त्यसबारे गत साताको गोदावरी शीर्ष बैठक छलफल गरिएको र अहिले कांग्रेस युवापंक्तिसँग बहस जारी राखेको भट्टराईले जानकारी दिए।

'कांग्रेसको उदारीकरण पनि होइन, हामीले भन्ने गरेको जस्तो यान्त्रिक पनि होइन। अहिले सामन्तवाद र पुँजीवादबीचको संक्रमणलाई अग्रगामी लोकतन्त्र भनेर जाऔँ। यसबारे कांग्रेससँग छलफल पनि भएको छ,' भट्टराईले मंगलबार नागरिकसित भने।
कम्युनिस्ट पार्टीहरूले भने जस्तो यान्त्रिक ढंगले समाजवादमा पुग्ने पनि हुँदैन, कांग्रेसले भने जस्तो उदारवादी भनेर व्यक्ति स्वतन्त्रताले मात्रै पनि नहुने भएकाले 'अग्रगामी लोकतन्त्र' मा जानुपर्ने उनको तर्क छ।

माओवादी कम्युनिस्ट यान्त्रिक विचारलाई सँगसँगै बोकेर हिँडेेको उनले बताए। 'पार्टीमा यान्त्रिक विचारलाई पनि सँगसँगै लिएर हिँडिएको छ। त्यो प्रयोग सफल भएन, कांग्रेसमा वीपीको अवसानपछि उदारीकरणको कुनै व्याख्या भएकै छैन। त्यसैले अहिले अर्थात अग्रगामी लोकतन्त्रमा जाऔं भनिएको हो', उनले भने।

अग्रगामी लोकतन्त्रको ढाँचा के हुने भन्नेबारे छलफलबाट टुंगो लगाउने आफ्नो प्रस्ताव रहेको उनले बताए। 'अन्य दलले माओवादीलाई पुनः हतियार उठाउँछ कि भन्ने र हामीले अन्य दललाई यथास्थितिमा रहन्छन् कि भन्ने आशंका रहिरह्यो', उनले भने, 'त्यसलाई अन्त्य गर्ने मध्यम मार्ग अग्रगामी लोकतन्त्र नै हो।'

भट्टराईसँग यसबारे छलफल भएको कांग्रेस सभासद् गगन थापाले बताए। छलफलमा पार्टीभित्र केहीले युद्धबाटै सबथोक हुन्छ भन्ने मान्यता राखे पनि अन्ततः पुँजीवादी क्रान्तिको विकल्प नरहेको धारणा भट्टराईले राखेका थिए। 'लोकतन्त्रवादीले आधारभूत शास्त्रीय कुराहरु उठाएका छन्। ती आधारभूत कुरालाई नेपाली समाजको आर्थिक, सामाजिक विषयमा वामपन्थीहरूले उठाउँदै आएका छन्। त्यसैले बीचको बाटोबाट साझा दर्शनका लागि अग्रगामी लोकतन्त्रमा जाऔँ,' भट्टराईको भनाइ उद्धृत गर्दै थापाले भने।
१२ बुँदे सम्झौताको मुख्य उद्देश्य त्यही भएकाले अग्रगामी लोकतन्त्रको अंश पनि दुवै हुनुपर्ने थापाको भनाइ छ।

'१२ बुँदेको सार त्यही हो। हामीले अघि सारेको मान्यता पनि त्यही हो। यसलाई मानेर जाने हो भने अग्रगामी लोकतन्त्रको अंश बराबरी हुनुपर्छ भनेर भट्टराईलाई भनेको छु,' थापाले भने, अहिले जुन किसिमले निषेधको राजनीति गरिएको छ, त्यसलाई रोके मात्रै अग्रगामी लोकतन्त्रमा जान सकिन्छ।'

१२ बुँदे सहमति राजतन्त्र विरोधी मोर्चा भएकाले त्यहीँबाट समीक्षा गरेर नयाँ आधारमा सहमति गर्नुपर्ने भट्टराईको धारणा छ। नयाँ सहमतिमा सत्ता साझेदारी र त्यसको नेतृत्व माओवादीकै हुनुपर्ने उनले बताए। भट्टराईले भने, 'सात दल एकतिर र हामी एकातिर भएर १२ बुँदे समझदारी भएको हो। त्यसलाई समीक्षा गरेर नयाँ समझादारी गरौँ। त्यसमा सत्ता साझेदारीको सहमतिमा जाऔं। जुन बेला बहुमतीय प्रणाली स्वीकारेर गल्ती गरिसक्यौँ।'
गोदावारीमा छलफल भएका साझा संकल्प प्रस्ताव, राजनीतिक, गतिरोध अन्त्य, सेना समायोजनमा सहमति जुटाउने, शान्ति सम्झौतामा अल्भि्कएर रहेका विषयमा टुंगो लगाउने, सत्ता साझेदारी र नयाँ संविधानमा सैद्धान्तिक सहमतिमै विषय केन्द्रित भए ८० दिनमा संविधान तयार हुने उनले बताए।

'सहमति जुटे ८० दिनमा पूर्ण संविधान लेख्न पर्याप्त समय हो। अहिले संक्षिप्त संविधानको कुरा त्यो पूरै गलत हो। जसका लागि यत्रो बबाल भएको छ, मुख्य विषयलाई राखेर संक्षिप्त संविधान कसरी हुन्छ?' उनले भने।

यी सहमतिका आधारबाट राजनीतिक गतिरोध अन्त्य नगरिए नचाहेर पनि मुलुक मुठभेडमा जाने उनले बताए। 'शान्ति प्रक्रिया रोकिने र संविधान नबने मुुलुक मुठभेडमा जान्छ', उनले भने- 'हामीले पनि गर्ने भनेको आन्दोलन हो। कम्युनिस्ट शब्दमा भन्दा त्यसलाई जनविद्रोह भनिएको छ। यो थेगो जस्तो भयो।'

'सेना समायोजन जहिले गरे पनि हुन्छ'
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधान निर्माणमा सैद्धान्तिक सहमति जुटे संविधान घोषणा अघि सेना समायोजन गर्न पार्टी तयार रहेको बताएका छन्।
सेनामा समायोजन कति संख्या हुने, सशस्त्र, प्रहरी वा छुट्टै फोर्स बनाउनेमा सैद्धान्तिक सहमति भए ८० दिनमा पूर्ण संविधान ल्याउन सक्ने उनले बताए। भट्टराईले भने, 'तत्काल बृहत् खाका तयार गरेर संविधान निर्माणमा सैद्धान्तिक सहमति जुटे सेना समायोजन संविधान घोषणा अघि-पछि जहिले गरे पनि हुन्छ।'  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस