संस्कार हराएको देश
२६ कार्तिक २०६९
•
१६ मिनेट पाठ
संस्कार हराएको देश
सरकारी निकायमा कार्यरत् कर्मचारी आफूले पाएको रकम त्यही सेवा खोज्दै जाने जनताले तिरेको तिरो वा विदेशीले कम्मरपेटी कसेर दिएको अनुदानबाट प्राप्त हुने हो भन्ने कुरा नै बिर्सन्छन्।




त्रिभुवन विमानस्थल : संयुक्त राष्ट्र संघमा जागिरे भएयता मेरो परिवारको कुनै पनि सदस्यले पासपोर्टमा पाइने डलर सुविधा लिने गरेको थिएन। विदेशी मुद्रा कमाउनेले त्यो सुविधा लिनु भनेको पाएको सुविधाको दुरुपयोग गरेको भन्नेे मान्यता हो। तर त्यो सुविधा नलिई आफू कार्यरत् मुलुक स्वीट्जरल्याण्ड जान लागेको कारण देखाएर अध्यागमनका कर्मचारीले हाम्रो भ्रमण स्थगित गर्न खोजे। तिनलाई हाम्रो पासपोर्टमा ७/८ वर्षदेखि विदेशी मुद्रा सटही सुविधा नलिई मुलुकमा आउने/जाने गरेको कुरो नै आश्चर्यको विषय बन्यो। त्यही कार्यालयको छाप लागेको राहदानी भएपछि 'म विदेशमा रोजगारमा छु' भन्ने अन्य प्रमाणपत्रहरुको कुनै औचित्य थिएन। उनीहरुले 'विदेशी मुद्रा सटही सुविधा नलिइकन मुलुक छोड्न नपाउने नियम छ, त्यसकारण तपार्इंहरू जान पाउनुहुन्न' भन्ने निर्णय सुनाए। तर त्यो नियम देखाउन आवश्यक ठानेनन्। नेपाल सरकारका कर्मचारी भएको हुनाले उनको भनाईमा विश्वास गर्नैपर्ने बाध्यता भएको तिनको तर्क थियो।

जिल्ला प्रशासन कार्यालय ललितपुर : यो कार्यालयले २०१९ सालमा जारी गरेको मेरो नागरिकता प्रमाणपत्रलाई कार्यालयका प्रशासकीय अधिकृतले 'इनभ्यालीड' भएको बताए। जसले गर्दा मलाई पुनः वडा कार्यालयदेखि नै नयाँ नागरिकता बनाउने प्रकृया थालनी गर्नुपर्यो । उक्त नियमको प्रतिलिपि मैले हेर्न पाइन। बरु नियम खोजेबापत मेरो तीन दशकअगाडिदेखिकी पत्नीको थर उनको विवाह पूर्र्व जे थियो, त्यही रहने निर्णय सुनाइयो। त्यही कार्यालयले उनी मेरी धर्मपत्नी भएको तथा तीन छोराछोरीकी आमासमेत भएको दुई प्रमाणपत्र दिएको छ। प्रशासकीय अधिकृतका निमित्त ती प्रमाणपत्रको पनि कुनै महŒव थिएन। फलस्वरुप अब मेरी पत्नीसँग नेपाल सरकारद्वारा दिइएका दुई परिचयपत्र छन्। एउटा नागरिकताको प्रमाणपत्र, जसमा उनको थर बिष्ट लेखिएको छ। अनि अर्को राहदानी, जसमा उनी सिजापती छिन्। जग्गाधनी लालपूर्जामा उनको थर सिजापती छ। जग्गा बिक्री गर्न जाँदा जिल्ला मालपोत कार्यालय ललितपुरलाई नागरिकताको प्रमाणपत्र र लालपूर्जामा रहेका बेग्लाबेग्लै थर अमान्य भयो। मालपोत अधिकृतलाई पनि थाहा थियो- सगोत्रीबीच विवाह हँुदैन।

स्थानीय प्रशासनिक निकाय : बसाइसराइँका निमित्त जन्मस्थल कुपण्डोलबाट बसाइ सरेकोे प्रमाणपत्र लिएर थैव गाविस पुगे। गाविस सचिवले मेरो नागरिकताको प्रमाणपत्रमा मेरो जन्म मिति इस्वी संवत् अनुसार ०१-०१-१९५१ लेखिएको देखेपछि तिनले मेरो उमेर एक सय वर्ष नाघेको निचोड निकाले। इस्वी संवत्लाई विक्रम संवत्मा परिणत गर्ने जिल्ला प्रशासन कार्यालयलाई अनुरोधपत्र लेख्ने अधिकार आफूलाई नभएको पनि उनले बताए। लिखित पत्र नभई जिल्ला प्रशासन कार्यालयले मेरो नागरिकता प्रमाणपत्रको मिति सच्याइदिने कुरै भएन। फलस्वरुप मेरो बासस्थान अलपत्र परेको छ।

विदेशी कम्पनी : स्टाण्डर्ड चार्टड बैंकको पैसा जम्मा गर्ने फारममा दुई स्थानमा एकाउन्टको नाम सोधिएको छ। मेरो बुझाइमा करेण्ट वा चेकिङ्ग, सेभिङ्ग, फिक्स आदि नै एकाउन्टको नाम हो भन्ने थियो। आफ्नो एउटामात्र एकाउण्ट भएको हुनाले काउन्टरमा लाइन लागेर सोध्न पुगें। मेरो कान्छी छोरी भन्दा पनि कान्छी देखिने महिलाले झर्केर भनिन्- 'अङ्गेजी पढ्न जान्नुहुन्न?' तर त्यही बैंकमा जम्मा गरेको अमेरिकी डलर दुई ठाउँमा उल्लेख गरिँदागरिँदै मेरो चेक 'डिपोजिट' गरेको झण्डै दुई हप्तापछि फिर्ता भएको खबर बैंकबाट पाए"। चेक फिर्ता भएवापत मैले जरिवाना तिर्नुपर्यो?, समयमा रकम जम्मा नभएका कारण। गल्ती मेरो नभएर बैंकको थियो। डलरलाई नेपाली रुपियाँमा जम्मा गर्ने लापरबाही बैंकले गरिदिएका कारण यस्तो हुन गएको थियो।

अखबार तथा टेलिभिजनमा एनसेलको विनातारबाट हुने इन्टरनेट कनेक्सनका विषयमा थाहा पाएपछि बल्ल नेपाल टेलिकमको एडिएसएलको लाग्दो/छोड्दो व्यवहारबाट मुक्त हुन पाइने भयो भनेर म उक्त कम्पनीको बानेश्वरस्थित कार्यालय पुगें। ढोकामा बसेको एक पुरुषले सोधपुछपछि नम्बर लेखेको कागत हातमा थमाइदिएर एउटा काउन्टरमा जान निर्देशन दिए। आज्ञापालन गरेर त्यस काउन्टरमा पुगें । त्यहाँ बसेकी महिलाले रुखो स्वरमा सोधिन्- 'किन आएको?' डेटा कार्ड लिन आएको भन्नासाथ उनले 'म कहाँ आउने हो त?' भनेर हकारिन्। त्यसका लागि मैले कुन काउण्टरमा जाने कसरी थाहा पाउने? त्यहाँ केही लेखिएको पनि थिएन। म त ढोकामा बसेको मानिसको निर्देशनमा त्यहाँ पुगेको थिएँ। अर्को काउण्टरबाट डेटा कार्ड त पाए" तर पैसा तिरिसकेपछि बिक्री गर्ने महिलाले भनिन्- 'तपाईंलाइ थाहा होला, यसले रिङरोडबाहिर काम गर्दैन!' यो सूचना बिक्री गर्नुअगाडि पाइदिएको भए म घाटामा पर्ने थिइन। किनकि म त रिङरोडबाहिर बस्छु।

स्वदेशी कम्पनी : महाराजगन्जको ठूलो स्टोर भाटभटेनीमा गएर कफी मेकर खरीद गरें। घर आएर प्रयोग गर्न खोज्दा थाहा भयो, त्यो काम नलाग्नेगरी बिग्रेको रहेछ। भोलिपल्ट साट्नका निमित्त 'कष्टमर सर्भिस' लेखेको स्थानमा गई आफ्नो समस्या बताए"। त्यहाँ बसेको व्यक्तिले भने- 'हिजो खरिद गर्दा तपार्इंले चेक गरेर लैजानुपर्ने थियो।' बिजुलीबाट चल्ने सामान अन्तर्राष्ट्रिय ग्यारेन्टी पत्रसमेतमा त्यही पसलबाट छाप लगाएको भए पनि ती व्यक्तिले सामान फिर्ता लिन त परै जाओस्, साटिदिनसमेत मानेनन्। उनको जवाफ थियो- हाम्रो फिर्ता लिने नियम छैन।

अन्तर्राष्ट्रिय अस्पताल : आठ दशक नाघिसकेकी आमालाई कम्पन हुन थालेपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्यााइयो। त्यस अस्पतालका निर्देशन डा. भरत रावत आफंैले आमालाई समय लगाएर जाँच गर्नुभयो। उहाँले शरीरमा नूनको कमी र रक्तचाप बढी भएकाले कम्पन्न भएको बताउनुभयो। नयाँ औषधी दिनुभयो र भन्नुभयो- 'आमा, तपाईं आज एक रात यही अस्पतालमा सुपर डिलक्स रुममा बस्ने, भोलि बिहान मेरो श्रीमती आफंैले तयार पारेको ब्रेक फाष्ट ख्वाउ"छु, त्यो खाएर घर फर्कने।' भोलिपल्ट एक डाक्टरले एक/दुई दिन अस्पतालमै राखेर उहाँको स्थिति हेर्नुपर्ने सल्लाह दिए। त्यसपछि थुप्रै डाक्टरसाबहरु आएर जाँच्नुभयो।

पाँचौ दिनमा एक डाक्टरले 'सिटी स्क्यान' हेर्न लाग्नुभएको देखें। मैले डाक्टरलाई सोधें- 'के मेरी आमाको टाउकोमा समस्या छ?' उत्तर थियो- 'अस्पतालमा भएको हुनाले हेरौं न भनेर सिटी स्क्यान लिएको।' एक रातपछि घर जाने सल्लाह दिएकोमा उहाँलाई सात दिनभन्दा बढी राखिएको थियो। दुई दिनसम्म कुनै डाक्टर आउनुभएन। उपस्थित नर्सलाई सोधपुछ गर्दा 'तपार्इंहरुले अस्ति नै घर लानुपर्ने, बेकारमा यतिका दिन राख्नुभयो' भन्ने उत्तर पाइयो। उनकै सहयोगमा कागजपत्रको सबै कार्य सकेर पैसा तिरिवरी घर फर्कियौंैं। 'डिस्चार्ज कार्ड' मा एक डाक्टर, जो कहिले पनि मेरी आमालाई हेर्न आउनुभएको थिएन, ले लेख्नुभएको रहेछ- 'हामीले बिरामीलाई अझै केही दिन अस्पतालमा राख्न चाहेका थियौं तर परिवारले जबर्जस्ती गरेको हुनाले घर जान दिएका हौं!' योभन्दा पेशागत बेइमानीको अर्को उदहारण के हुन सक्ला?

स्थानीय अस्पताल : अकस्मात् मूर्च्छा परेकी चार वर्षीय नातिनी बोकेर म पाटन अस्पतालको आकस्मिक विभागमा 'डाक्टरसाब, मद्दत गरिदिनुहोस' भन्दै पुगें। त्यहाँ भएको युवक डाक्टरले बडो कठोर शब्दमा जवाफ दिए- 'पहिले रजिष्टर गरेर आउनुहोस्।' 'बच्चा हेरिदिनुहोस्, त्यति समयसम्ममा म रजिष्टर गरेर आउँछु' भन्दा उहाँलाई मान्य भएन। उहाँले 'अस्पतालको नियम नै पहिले रजिष्टर गर्नुपर्ने रहेको' बताउनुभयो। म मूर्च्छित बच्चा बोकेर रजिष्टर गर्न कसरी जाने?

बन्द/हडताल : अपर्झट बिरामी परेकी चार वर्षकी नातिनीलाई अस्पताल लैजान थैव गाविसमा एम्बुलेन्स आउन मानेन। गाडीमा हेडलाइट र हेजर्ड बत्ति बालेर अस्पतालतर्फ बढ्यौं। सातदोबाटो पुगेपछि हड्ताल गर्न बसेका मानिसबाट 'अगाडि नबढ्ने' आदेश पाइयो। तिनीहरुसँग हात जोड्दै 'बच्चाको स्थिति नाजुक भएको हुनाले अस्पताल जान दिनुहोस्' भनें। तर सुनुवाई भएन। हड्ताल गर्नेहरुभन्दा बढी संख्यामा त्यहा" खटिएका प्रहरीसमक्ष गएर अनुरोध गरें। एक प्रहरी जवानलाई केही दया लागेछ र भने- गाडी छोडी बच्चालाई बोकेर अस्पताल पुर्याअउनूस्।

माथिका घटना त केही उदाहरणमात्रै हुन्। तर कुनै दिन विरलै यस्तो हुन्छ जुन दिन कुनै व्यक्ति वा निकायमा सहयोगका लागि जाँदा मित्रवत् व्यवहार पाइन्छ। सेवा प्रदान गर्न बसेकाहरुको बोली रुखो र नमिठो हुन्छ। त्यसको प्रतिकार गर्यो् भने पिटाइ खानुपर्ने स्थिति आउँछ। सबै जना सजिलै भनिदिन्छन्- 'नियमले मिल्दैन।' त्यो नियम देखाउनुहोस् भन्यो भने कसैले पनि नियम देखाउने कष्ट गर्दैन। नियम छ भने त्यो नियम हेर्न पाउने प्रत्येक नागरिकको अधिकार हो। आफूले देख्न नपाएको नियमलाई कसरी पालना गर्ने?

निश्चय पनि मुलुकमा महँगीको मारले सबैलाई पिरोलेको छ। सबैको कमाई अपुग छ। तर सेवा दिने संस्थामा कार्यरत् कर्मचारी चाहे सरकारी निकायका हुन् वा निजी कम्पनीका, सेवा लिन आउनेलाई सेवा प्रदान गर्नु र तिनीहरुसँग शिष्ट र मानवीय व्यवहार गर्नु उनीहरूको कर्तव्य नै हो। झन् हाम्रो समाजमा त प्रचलित वाक्य नै छ- 'मिलाइदिने अर्थात् अप्ठेरो परे पनि सहयोगी भएर समस्या समाधान गरिदिने।' यो संस्कार अब हराउँदै गएको छ। सेवा दिने संस्थाको कर्मचारीको आँखामा सेवा लिन आउने व्यक्ति भिखारीसरह बन्छ। अनि उनीहरुको सनकअनुसारको व्यवहार उसले भोग्नुपर्छ। प्रायःजसोले आफ्नो कर्तव्य पूरा गर्ने भनेको सेवा माग्न आउने व्यक्तिलाई 'फेभर' गरे बराबर ठान्छन्। त्यतिबेला तिनले बिर्सेका हुन्छन् कि सेवा प्रदान गर्नका निमित्त नै तिनीहरूले तलब भत्ता पाएका हुन्। सरकारी निकायमा कार्यरत् कर्मचारी आफूले पाएको रकम त्यही सेवा खोज्दै जाने जनताले तिरेको तिरो वा विदेशीले कम्मरपेटी कसेर दिएको अनुदानबाट प्राप्त हुने हो भन्ने कुरा नै बिर्सन्छन्। अनि गैरसरकारी वा निजी संस्थाका कर्मचारीको जीविका पनि हामीले गरेको खर्चबाट आएको मुनाफाले नै चल्ने हो। उनीहरूले यी तथ्य बिर्सिएका छन्। बरू उल्टै नेपालमा सेवाग्राहीलाई गर्नुपर्ने संस्कार नै हराएको छ। उनीहरू आफ्नो अधिकारको सजगता सबैमा छ तर कर्तव्यको बोध भने कसैलाई छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस