मुलुकमा विद्यमान यावत् समस्याको समाधान संविधान सभाको चुनाव हो भन्ने ठानेर गत वर्ष चुनाव गरियो। चुनाव परिणामअनुसार सबभन्दा ठूलो दल माओवादीको नेतृत्वमा सरकार गठन भयो।
अन्तरिम संविधानअनुसार दुई वर्षभित्र संविधान लेखी सक्नुपर्ने कार्यभार पाएको संविधान सभाको १६ महिनाको गतिविधि हेर्दा संविधान निर्माण हुने आशा क्षीण हुँदै गएको छ। जम्मा ८ महिना बाँकी रहँदा संविधानको मौलिक स्वरुपको सम्बन्धमा प्रमुख दलहरुबीच सहमति हुन सकेको छैन। राज्यको शासकीय स्वरुप विधायिकाको सदन र संख्या शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायालय स्वतन्त्र रहने कि विधायिकाको मातहतमा रहने भन्नेजस्ता गंभीर विषयमा कांग्रेस एमाले र माओवादीका भिन्नभिन्न दृष्टिकोण आएका छन्। सरकारबाट हटेपछि माओवादीले पहिले भएका सहमति एकपछि अर्को गर्दै तोड्दै जनगणतन्त्रको कुरा गर्न थालेको छ। माओवादी संविधान समयमै बनाउने र पहिलेको सहमतिलाई पालन गर्न गंभीर छैन भन्ने आशंका माओवादी इतरका पार्टी कांग्रेस एमालेमा मात्र होइन नेपालको शान्ति प्रक्रियालाई सघाउन बसेको राष्ट्र संघीय मिसन अनमिनका तर्पुबाटसमेत व्यक्त हुन थालेको छ।
राज्यको पुनः संरचना र प्राकृतिक स्रोत साधनको वाँडफाँडजस्ता गंभीर विषयमा दलहरुबीच साझा सहमति बनाउन औपचारिक अनौपचारिक छलफलसम्म भएको छैन। माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि रिक्त संवैधानिक समितिको सभापति दुई महिनादेखि खाली छ। संविधान सभा नियमावलीमा एक महिनाभित्र पदपूर्ति गरी सक्नुपर्ने व्यवस्था छ। आठ जनरलको म्याद नथप्ने पशुपतिको पुजारी नियुक्ति र विभिन्न प्रतिष्ठानका उपकुलपतिको नियुक्ति आदि विषयमा माओवादी सरकारले गरेको गैरकानुनी निर्णयलाई उल्टाई दिएपछि माओवादी सर्वोच्च अदालतको स्वतन्त्र अस्तित्व नै समाप्त पार्ने गरी प्रस्तुत भएको छ। प्रजातन्त्रको सार्वभौम मान्यताविपरीत न्यायाधीशहरुको चुनाव विधायिकाबाट हुनुपर्ने र अदालतमा विचाराधीन मुद्दा सदनमा छलफल गर्न पाउनुपर्ने जस्ता विषय अघि सारेर माओवादीले कम्युनिष्ट शासन पद्धति लागु गर्न चाहेकोमा प्रजातान्त्रिक शक्तिहरु सशंकित भएका छन्।
प्रधान सेनापतिको वरखास्तीको अनावश्यक वखेडा झिकेर सत्ता बाहिर आएको माओवादीले सदन र सडकबाट संघर्ष गर्ने र संघीय राज्यहरुको घोषणा गर्ने निर्णय गरेको छ। यसबाट माआवादीले ०६२ सालमा भएको ६ दलसंगको सहमति तोड्दै सत्ताकब्जा गर्ने दिशातर्पु आफ्ना सम्पूर्ण गतिविधि संचालन गर्न थालेर प्रमुख कार्यभार रहेको संविधान निर्माणको विषय गौण तुल्याएको देखिएको छ।
अर्को प्रमुख विषय शान्ति सुरक्षा अत्यन्त कमजोर रहेकोस्वयं गृह मन्त्रीले सदनमा दिएको वक्तव्यले पुष्टि गरेको छ। अपहरण फिरौती अवैध हातहतियारको आपूर्ति लागू औषधको कारोबार गर्ने माफीयाको ट्रान्जिट प्वाइन्ट नेपाल भएको स्वयं गृहमन्त्रीको वक्तव्यमा उल्लेख छ। गृह मन्त्रीका अनुसार हाल मुलुकमा १ सय ९ सशस्त्र समूहले मुलुकको शान्ति सुरक्षालाई गंभीर चुनौती दिएका छन् । राजनीतिक र गैरराजनीतिक स्वार्थ पूर्ति गर्न विगत ३ महिनामा ५ सय ८० पटक हड्ताल ४ सय ६५ पटक सडक अवरोधका घटना भएका छन्।
संविधान निर्माण गौण र आन्दोलन एवं सत्ता कब्जालाई प्राथमिकता दिने गरी माओवादीको हालै सम्पन्न केन्द्रीय समितिले गरेको निर्णयबाट शान्तिपूर्ण प्रजातान्त्रिक निकासप्रतिको उसको नियतमा शंका उत्पन्न भएको छ । देशभित्रका प्रजातान्त्रिक शक्ति मात्र यसरमा सशंकित भएका होइनन् अन्तर्राष्ट्रिय जगत्बाट पनि माओवादीको शान्तिपूर्ण प्रजातान्त्रिक अवतरणका प्रति विगतमा उसले गरेका प्रतिवद्धताप्रति शंका गर्ने अवस्था सिर्जना भएको छ । माओवादीले सात दलसँगको सहमति र वृह्द शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि रिम र कम्पोसाजस्ता अन्तर्राष्ट्रिय कम्युनिस्ट भाइचारा संस्थासंँग सम्बन्ध तोडेको थियो । हालैको केन्द्रीय समितिले पुनः ती संस्थासँग सम्बन्ध कायम गर्ने निर्णय गरेको छ । भारत सरकारले त्यहाँको माओवादी पार्टीलाई आतंककारी घोषणा गरेको र पश्चिम बंगालको लालगढमा सुरक्षा निकाय परिचालन गरेकोमा पनि एनेकपा माओवादीको केन्द्रीय समितिले विरोध गरेको छ । भारतको मध्यस्थतामा ६ दलसँंग सहमति गरेर शान्तिपूर्ण माध्यमबाट राजनीतिक गतिविधि संचालन गर्न र सरकारमा गएपछि पहिलो राजकीय भ्रमण भारतको गर्ने सार्वजनिक घोषणा गर्दै आफ्नो आन्तरिक समस्यामा भारतको सद्भाव र समर्थनको अपेक्षा गर्ने माओवादी अचानक भारतले आतंकवादी घोषणा गरेको दलसँग कसरी र किन सम्बन्ध पुनः नवीकरण गर्न उद्यत भयो रिमसँग पुनः सम्बन्ध स्थापित गर्ने माओवादी निर्णयले उसका विरुद्ध आतंककारीको सूचीबाट नाम नहटाउने अमेरिकी अडान सान्दर्भिक रहेको मात्र होइन माओवादीविरुद्धको नीति अझै कठोर हुन सक्ने र अमेरिका र भारतबीच हालै सम्पन्न आणविक सहयोग र आतंककारीविरुद्धको सहकार्यलाई अरु सशक्त पार्ने क्रममा यसबाट नेपालमा पर्नसक्ने असरप्रति चनाखो हुनुपर्ने अवस्था सिर्जना गरेको छ।
माओवादीका उपर्युक्त गतिविधिबाट के संकेत मिल्छ भने संविधानभन्दा सत्ता कब्जा उसको प्राथमिकता हो। सत्ताको स्वाद चाखी सकेको माओवादी आफ्नो नेतृत्वमा सरकारमा जाने र निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर जननिर्वाचित सरकारको दुहाइ दिँदै आफ्नो एकदलीय निरंकुश सत्ता कायं गर्ने भित्री उद्देश्य राखेर अघि बढेको स्पष्ट भएको छ । दश वर्षसम्म सशस्त्र आन्दोलन गर्दा प्राप्त नभएको उपलब्धी ९ महिनाको सत्ता संचालनबाट प्राप्त गर्न सकेको हुँदा माओवादीको सडक र सदन संघर्षको निहुँ जे बनाए पनि अन्तिम लक्ष्य सत्ता कब्जा नै हो भन्नेमा द्विविधा छैन।
माओवादी आफ्नो उद्देश्यमा स्पष्ट छ र कैयौं विषयमा सार्वजनिक घोषणा गरेर नै अगाडि बढेको छ । माओवादीका हिंसात्मक गतिविधि हुँदाहुँदै र संसदीय प्रजातन्त्रमा विश्वास छैन भन्ने सार्वजनिक अभिव्यक्ति आउँदाआउँदै पनि मुलुकमा हत्या हिंसा बन्द हुन्छ भन्ने अपेक्षा गरेर नै नेपाली कांग्रेसले प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धता र मान्यतासमेतलाई थाँती राखेर सहकार्य गर्यो । १० वर्षको युद्धमा एउटा पनि सदरमुकाम कब्जा गर्न नसकेको माओवादीलाई सिंगो सत्ता सुंपिएर कांग्रेस आफू प्रतिपक्षमा बस्न तयार भयो । यसबीच पनि कांग्रेसका कार्यकर्ता मारिइरहे कुटपिट भइ नै रह्यो जबर्जस्ती कब्जा भएको संपत्ति फिर्ता भएन विगत १५÷२० वर्षदेखि कांग्रेसले स्थापित गरेको मूल्य र मान्यतालाई एक एक गरेर भत्काउँदा पनि अहिलेको अस्तव्यस्त अन्तरिम कालको उपज हो र संविधान निर्माणपछि बिस्तारै मुलुकमा एउटा स्थिति बस्ने छ भन्ने कांग्रेसको विश्वासविपरीत माओवादी संविधान बन्न नदिने र जन विद्रोहबाट सत्ता कब्जा गर्ने रणनीतिमा पुगेपछि कांग्रेस गंभीर हुनुपर्ने अवस्था आएको छ । अदालतलाई विधायिका मातहतमा राख्ने प्रतिक्रियावादी र साम्राज्यवादीका पृष्ठपोषण गर्ने दललाई निषेध गर्ने भनेर आपुना विरोधीलाई सिध्याउने जाल रच्ने राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन नै माओवादीको रणनीति हो भने नेपाली कांग्रेसले माओवादीसँग सहकार्य गर्नु 'हाराकीरी' सरह हुने छ । विश्वमा कम्यूनिष्ट शासन स्थापना भएको इतिहास हेर्यौं भने पहिले उनीह्रुले राजतन्त्र समाप्त गर्ने त्यसपछि शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने गरेका छन्। रुसमा जार शाही १९०५ मा नै समाप्त भएको थियो तर त्यहाँ कम्युनिष्ट सत्ता १९१७ मा मात्र स्थापित भएको हो । १२ वर्षसम्म मुलुकलाई अस्तव्यस्त पारेर प्रजातन्त्रवादीलाई जनताको नजरबाट च्युत गराई निर्वाचित संविधान सभाबाट संविधान निर्माण हुन नदिई बन्दुकका बलमा लेनिनले सत्ता कब्जा गरेका हुन्। माओको चीनमा र सम्पूर्ण पूर्वी यूरोपको इतिहास हेर्दा संक्रमण कालको अव्यवस्थाबाट फाइदा उठाएर कम्युनिष्टहरुले सत्ताकब्जा गर्न सफल भएका हुन्। प्रचण्डको जनविद्रोहद्वारा सत्ताकब्जाको रणनीतिलाई पनि त्यसभन्दा भिन्न प्रक्रियाबाट हेर्नु प्रजातान्त्रिक शक्तिको महाभुल हुनेछ।
जनताले आशा र विश्वासका साथ गत वर्ष निर्वाचनमा भाग लिएका थिए । तर १५-१६ महीनाको मुलुकको परिस्थिति संविधान निर्माणभन्दा सत्तालाई प्राथमिकता दिने माओवादी रणनीति र देशमा दिन प्रतिदिनको खस्कदो शान्ति सुरक्षा र सुरसाको मुख जस्तो गरी बढेको महँगी पीडित नागरिकको मनमा 'अब हामी कता ?' भन्ने भययुक्त प्रश्न उठिरहेको छ। निर्वाचनबाट सबभन्दा ठूलो दलको मान्यता पाएको माओवादी प्रजातान्त्रिक पद्धतिलाई छोडेर जन विद्रोहमा जान्छ भने सम्पूर्ण प्रजातन्त्रवादी राष्ट्रवादी शक्ति समयमा नै सतर्क हुने कि नहुने प्रजातन्त्रवादीका अगाडिको यक्ष प्रश्न यही नै हो।
लेखक नेपाली कांग्रेसका नेता हुन्।
(लेखक नेपाली कांग्रेसका नेता हुन्)