सडकदेखि सत्तासम्म
२८ कार्तिक २०६९
•
१९ मिनेट पाठ
सडकदेखि सत्तासम्म
पहिले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन खोज्दा अर्थमन्त्रीको ब्रिफकेस फुटाउने विपक्षी दलमा माओवादी थियो, अहिले कामचलाउ सरकारलाई पूर्ण बजेट पेस गर्न नसक्नेगरी पंगु बनाउन राष्ट्रपतिमार्फत् ब्रिफकेसै खोल्न नदिने विपक्षीमा १५ वटा दल छन्।

पहिले जो सत्तामा थिए, उनीहरू सडकलाई घृणा गर्थे अनि सडक संघर्षमा लाग्ने विपक्षीलाई भन्ने गर्थे- सडकबाट कसरी सरकार फेर्न पाइन्छ ? तर आज उनीहरू सत्ताबाट विमुख छन् र सडकमा छन्, त्यसैले भन्दैछन्- हामी सडकबाटै सरकार परिवर्तन गरेर देखाउँछौं। सिंहदरबारबाट सडकमा गुल्टिएपछि पनि उनीहरूको आँखाबाट सत्ताको नशा उत्रिएको रहेनछ। त्यसैले उनीहरू अब सडकबाटै सरकार कब्जा गर्ने उद्घोष गर्दै संघर्ष गर्दैछन्। कुर्सीविना एकछिन पनि बस्न नसक्ने विपक्षी दलहरूले सडक संघर्ष थालेका छन्। र, कथंकदाचित उनीहरूको सडक संघर्ष सफल भयो भने फेरि पनि सडकप्रति उनीहरूको घृणा फेरि प्रकट हुनेछ। किनभने जब उनीहरू सिंहदरबारको कुर्सीमा बस्छन्, तब उनीहरूलाई सत्ता सबैभन्दा प्रिय हुन्छ र सबैभन्दा अप्रिय हुन्छ सडक।
विपक्षी दल सडकमा आउनै हुँदैन, यो कुनै पनि लोकतन्त्रवादीको मान्यता हुन सक्दैन। तर, आफू कुर्सीमा हुँदा सडक विरोधी हुनु, सडकमा हुँदा कुर्सीकै लागि मात्रै सडक संघर्ष गर्नु कसरी लोकतान्त्रिक पद्धति हुन्छ ? अरु विपक्षीले सडक संघर्ष गर्दा अलोकतान्त्रिक विधि अँगालेको ठहरिने र सडकको बलबाट सत्ताकब्जा गर्न खोजेको पनि मानिने अनि आफू विपक्षमा हुँदा सडकबाटै सत्ताकब्जाको ध्वाँस दिने संस्कृति कसरी प्रजातान्त्रिक हुन्छ ? आफूले गर्दा ठिक, अरुले गर्दा बेठिक कसरी हुन्छ ? आममान्छेका यस्ता सामान्य जिज्ञासाको उत्तर ठूला दोधारे नेताहरूले दिनुपर्छ।

आफूले गर्दा नीति, अरुले गर्दा अनीति
कुनै मूल्य÷मान्यताविनाको राजनीति भ्रष्टाचारी नीति हो कि होइन, बहसको विषय हुनसक्छ। तर नीतिहरूमध्येको पनि नीति मानिने राजनीतिका एकसेएक खेलाडी भने आफूले गर्दा नीति, अरुले गर्दा अनीतिको मूल्य÷मान्यतामा घाँटी-घाँटीसम्म डुबेका छन्। सडक संघर्षमार्फत् सत्ताकब्जाको ध्वाँस दिइरहेका विपक्षी दल र हिजो सत्ताकब्जाका लागि सडक संघर्ष गरेका सत्तापक्षीय दलमा यही मूल्य÷मान्यता हाबी छ। त्यसो त सडक संघर्ष त उदाहरणमात्रै हो, बजेटको नाममा भइरहेको संघर्षमा पनि त्यही अनीति जारी छ। हिजो कामचलाउ सरकार हुँदा पूर्ण बजेट पेस गर्ने सत्तापक्ष र बजेट पेस गर्नै नदिने विपक्षले कुर्सीमा हुँदा र नहुँदा फरक-फरक तर्क दिइरहेका छन्। पहिले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन खोज्दा अर्थमन्त्रीको ब्रिफकेस फुटाउने विपक्षी दलमा माओवादी थियो, अहिले कामचलाउ सरकारलाई पूर्ण बजेट पेस गर्न नसक्नेगरी पंगु बनाउन राष्ट्रपतिमार्फत् ब्रिफकेसै खोल्न नदिने विपक्षीमा १५ वटा दल छन्। लोकतन्त्र संख्याको मात्रै अर्थ हुने होइन, संस्कृतिको पनि महŒव हुन्छ। तर यसरी कुर्सीमा हुनु र नहुनुले भिन्नाभिन्नै तर्क उत्पादन गर्ने अनीति भएपछि राजनीतिमा नैतिकता र सुसंस्कृति कहाँ खोज्न जाने ? कुतर्क, कुसंस्कृति र अनैतिकता नै राजनीति हुने हो भने नैतिक राजनीतिको खडेरी हुनु स्वाभाविकै हुन थाल्छ।
यतिखेर विपक्षी दलहरूको एकमात्र राजनीतिक एजेण्डा हो- सडकबाटै माओवादी-मधेसवादी सरकारलाई पदच्युत् गर्नु र नेपाली कांग्रेसको नेतृत्वमा विपक्षीहरू सत्तामा आसीन हुनु। नाराका रुपमा त माओवादी-मधेसवादी सरकारको ठाउँमा सहमतीय सरकार बनाउने घोषणा गरिएको छ। जब राजनीतिक एजेण्डै अरुलाई राजालाई जस्तै विस्थापित गर्दै आफू सत्तासीन हुने अर्थमा मात्रै सीमित हुन पुग्छ, तब कसरी बन्छ सहमतीय सरकार ? अन्य दल र तिनको मोर्चाको सरकारलाई विस्थापित गर्दैमा कसरी बन्छ सहमतिको सरकार ? के अब पहिलेजस्तै ‘सत्ताबाहेक अन्य सबै भ्रम भएकाले जसरी पनि सत्ता हत्याऊ' भन्ने नै उनीहरूको मूल्य÷मान्यता भएको हो ? अब सहमतिका लागि संघर्ष गर्दै सहमतिसम्बन्धी ‘नवीन अवधारणा' लागु गर्न खोजिएको हो ?
आन्दोलनको घोषणा गरेका विपक्षी दलहरूबाट आममानिसले जान्न चाहेका छन्- संघर्षबाट कसरी सहमति कायम हुन्छ ? द्वन्द्वबाट कसरी प्राप्त हुन्छ एकता ? भिडन्तबाट कसरी अगाडि बढ्छ सहकार्य ? यसको गुह्य अर्थ सहमति, एकता र सहकार्यको समाप्तिको उद्घोष त होइन ? अब बाह्रबँुदे समझदारीदेखिका सहमति र सहकार्य अन्त्य भएको घोषणा हुन लागेको त होइन ? बाह्रबँुदे समझदारीपछिका राजनीतिक रुपान्तरणको उपलब्धि र संघीयतामार्फत् राज्य पुनर्संरचनाको अभियान उल्ट्याउनु नै नयाँ बन्ने ‘सहमतीय सरकार' को मुख्य लक्ष्य त होइन ? होइन भने धेरैजसो संघीयताका विपक्षी र राज्य पुनर्संरचनाका विरोधीहरूको बाहुल्यता भएको विपक्षी गठबन्धनको सडक संघर्षका लक्ष्य र उद्देश्य के हुन् त ?
लक्ष्य र उद्देश्यविनाको संघर्ष हुँदैन। लक्ष्य र उद्देश्यविनाका संघर्षमा आमजनता पनि सहभागी हुँदैनन्। कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाएर निर्वाचन गराउने घोषित लक्ष्य प्राप्तिका लागि आमजनताले सडकमा उत्रनु जरुरी नदेख्न सक्छन्। अन्य पार्टीको नेतृत्वमा सरकार हुँदा आफू हारिने मनोविज्ञानसहित दिइएको ‘आफ्नो नेतृत्वमा स्वच्छ, निस्पक्ष निर्वाचन हुने' छलकारी नारालाई जनताले विश्वास पनि नगर्न सक्छन्। किनभने राष्ट्रपतिलाई उचाल्ने, सडकमा कार्यकर्ता ओह्राल्ने र सत्तापक्षसँग मोलमोलाइ पनि जारी राख्ने विपक्षी खेलमा तिनकै नेता-कार्यकर्ता पनि विपक्षमा छन्। नेपाली कांग्रेस आफैं पनि संघर्षको नेतृत्व गर्न सक्षम नभएको आरोप कांग्रेसकै नेतृ सुजाता कोइरालाको दाबी त्यसकै द्योतक हो। संघर्षका नीति, लक्ष्य र तरिकाप्रति कांग्रेसभित्रकै विपक्षी नेता शेरबहादुर देउवाको अविश्वास आफैंले धेरै कुराको संकेत गर्छ। विपक्षी गठबन्धनका नेता-कार्यकर्ता आफैं पनि आन्दोलित हुने स्थिति छैन भने आमजनतालाई आन्दोलनमा उत्रिन आह्वान गर्नु स्वयम्मा नैतिक हुँदैन।

आफ्नै कर्मको ऐनामा अनुहार हेर
आमजनताको नजरमा मंसिर २ देखि १ महिने संघर्षको कार्यक्रम घोषणा गर्दै सूर्यबहादुर थापाको जनशक्ति पार्टीलगायत्का १५ वटा विपक्षी दलले संयुक्त वक्तव्य र भाषणमा सत्तापक्षलाई लगाएका आरोपबाट तिनीहरू स्वयम् नै मुक्त छैनन्। ती आरोपमा माओवादी र मधेसवादी नामको सट्टा उनीहरूमध्ये कुनै दलको नाम राख्नासाथ उनीहरूको अनुहार जोकोहीले पनि प्रष्ट देख्न सक्छन्। अतः अरुलाई आरोप लगाउनुभन्दा अघि साहस भए उनीहरूले आफ्नो अनुहार संयुक्त वक्तव्यको ऐनामा हेर्नु जरुरी छ। अरुलाई पापी भन्दै ढुंगा हान्नुअघि ढुंगा हान्नेहरूबीच पापमुक्त हातको खोजी गर्नु नै नैतिक राजनीतिको पहिलो पाठ हो। सीसाको घरमा बसेर अरुको घरमा ढुंगा हान्नेहरूको राजनीतिको नैतिक जग बलियो हुँदैन।
राजनीतिको नैतिक जग बलियो बनाउन नै होला, नेपाली कांग्रेसले आफ्ना पूर्व नेता गणेशमान सिंहको जन्मदिन पारेर माओवादी-मधेसवादी सरकारविरुद्ध कुर्सीकेन्द्रित आन्दोलन थालेको छ। जीवनको उत्तराद्र्धमा कांग्रेस पार्टी असमावेशी भएको र कांग्रेसको सरकारको नीति नातावादी भएको आरोप लगाउँदै ‘बाहुनवादविरुद्ध जेहाद छेड्न' पार्टी त्याग गरेका गणेशमानको नाम र जन्मदिन संघर्षका लागि फेरि सम्झिएको छ। २०४६ सालका जनआन्दोलनका सर्वाेच्च कमाण्डर मानिएका तथा वामपन्थीहरूसँग सहकार्यको अगुवाइ गरेका गणेशमान कांग्रेसबाट पूरै परित्यक्त र जनताबाट सम्मानित नेता हुन्। उनले २० वर्षअघि छेडेको जेहाद समावेशी लोकतन्त्र, लोकतान्त्रिक गणराज्य र संघीयतासहितको राज्य पुनर्संरचनातिर उन्मुख हुँदैछ भने उनलाई ‘सर्वमान्य नेता'को पगरी गुथाउने उनकै पूर्व पार्टी भने २० वर्षपछि पनि खासै फेरिएको छैन। अचेल अवैधानिक उपायबाट भए पनि सरकार प्राप्तिका लागि गणेशमानकै नाम र जन्मदिनलाई नैतिक बलको उपयोग गर्दैछ, जबकि गणेशमान आफैंले भने २०४६ सालको जनआन्दोलनको सफलतासँग हात लागेको प्रधानमन्त्रीको कुर्सीसमेत अरुलाई सुम्पेका थिए।
सत्ताप्रति लालचा नदेखाएका गणेशमानलाई नै कुर्सी प्राप्तिका लागि भरेङ बनाउन थालेको कांग्रेस नेतृत्वमा ठूलो दृष्टिभ्रम छ। त्यो भ्रम हो- आन्दोलनकारीको छवि भएका सिंहको नाम भजाएपछि नेवारलगायत् आदिवासी जनजातिको समर्थन पाउन सकिन्छ भन्ने। तर गणेशमान सिंहलाई लौह पुरुष, सर्वाेच्च कमाण्डर, सर्वमान्य नेता, प्रजातन्त्रका पिताजस्ता पगरी गुथाउने कांग्रेस नेतृत्वको कानमा उनले बाहुनवादविरुद्ध बोलेका वाक्य २० वर्षपछि पनि नघुसेको तथ्य जगजाहेर छ। पार्टी र राज्यमा जारी रहेको बाहुनवादी नेतृत्व संरचना फेर्ने र समावेशी ढंगले पुनर्संरचना गर्ने मामिलामा अरुचि देखाउँदै आएको कांग्रेस नेतृत्वले गणेशमानको श्राद्ध गर्दैमा उनका विचार र संघर्षप्रति श्रद्धा गरेको ठहरिँदैन। गणेशमानले उठाएका मुद्दालाई बोक्न सकिएन भने उनको नाममा नेवारलगायत् आदिवासी जनजातिसँगै संघीयता र समावेशीकरण पक्षधर आमजनता सडकमा उत्रन गाह्रै हुन्छ।

नैतिक राजनीतिको वस्त्रहरण
हुन त सूर्यबहादुर थापाको वैचारिक नेतृत्व रहेको विपक्षी गठबन्धनले संघर्षको खाका खिच्दाखेरि नै हेक्का राखेको हुनुपर्छ- कुर्सीकेन्द्रित आन्दोलनमा आमजनता सडकमा नउत्रिन सक्छन् तर राष्ट्रपतिलाई भने संवैधानिक-असंवैधानिक संघर्षको मैदानमा उतार्न सकिन्छ। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानबाट आयोजित जनआन्दोलन स्वर्णपदक वितरण समारोहमा विपक्षी दलहरूसँग काँधमा काँध मिलाएर राष्ट्रपति डा. रामवरण यादवले चुनावको पक्षमा राजनीतिक भाषण दिएपछि उनीहरूको आँकलन २०० प्रतिशत सही देखिएको छ। मंसिरमा चुनाव सम्पन्न गर्ने उद्देश्यले कानुनी अड्चन हटाउन माओवादी-मधेसवादी सरकारबाट राष्ट्रपतिसामु लगिएका अध्यादेशमा बाधा तेस्र्याएर असंवैधानिक काम पूरा गरेका राष्ट्रपति र त्यसका लागि उनलाई उक्साउनसम्म उक्साउने विपक्षी दलहरू नै आज ठूलठूलो स्वरमा भन्दैछन्- चुनावको विकल्प छैन। अझ विपक्षी दलहरूले निर्वाचन कांग्रेसको नेतृत्वमा गर्नुको विकल्पै छैन भनिरहेका छन्, मानौं निर्वाचन कांग्रेसको जन्मजात पेवा हो भने चुनावी सरकार पनि उसकै ठेक्का हो।
पक्कै पनि आवधिक निर्वाचन लोकतान्त्रिक राजनीतिको एउटा मुख्य अवयव हो तर आफ्नै नेतृत्वमा मात्रै चुनाव हुनुपर्छ भन्ने निर्विकल्पवादी जिद्दी लोकतान्त्रिक राजनीतिभित्रको उन्नत संस्कृति होइन। विपक्षी दल वा गठबन्धनको राजनीति र राजनीतिक संस्कृति लोकतान्त्रिक भएनन् भने अनैतिक, अवैधानिक, अवैधखालको राजनीतिले प्रश्रय पाउँछ। अलोकतान्त्रिक राजनीतिको जमिनमा वनमारा झारजस्तै फैलिने अनैतिक संस्कृतिबाट संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सकिँदैन। ‘डेमोक्रेसी एण्ड इट्स इन्स्टिच्युसन्स' का लेखक तथा फ्रान्सेली मूलका भारतीय समाजशास्त्री आंद्रे बेतील नेपालमा अलोकतान्त्रिक राजनीतिको खेती भइरहेको बेला काठमाडौंमा बोल्दै थिए- विपक्ष लोकतान्त्रिक भएमा मात्रै लोकतन्त्र संस्थागत हुन्छ।
वास्तवमा सत्तापक्ष अलोकतान्त्रिक भयो भन्दैमा विपक्ष लोकतन्त्रविरोधी हुने सुविधा हुँदैन। तर विडम्बना, विपक्ष सडकबाट सत्ता कब्जा गर्न खोज्ने, राष्ट्रपतिसमेत विपक्षी दलका नेताहरूसँग भाषण ठोक्ने अनि सत्तापक्षचाहिँ सहमतिका सयौं प्रस्ताव राखेर थाक्ने स्थितिमा लोकतान्त्रिक गणतन्त्र संस्थागत कसरी हुन्छ ? के यिनीहरू सबैले सहमतिको लोकतान्त्रिक गणतन्त्रको यात्राबाट थाकेर लोकतान्त्रिक गणतन्त्रको सर्वनाशका लागि कुनै तानाशाह वा कुनै निरंकुश शासक वा कुनै फासीवादी शक्तिलाई हार्दिक आमन्त्रणपत्र त पठाउँदै छैनन् ? दलहरूको सडक संघर्ष, नागरिक समाजहरूको आन्दोलन र राष्ट्रपति महोदयका भाषण त्यसैका ग्रायण्ड रिहर्सल त होइनन् ? सहमति, सहकार्य र सत्ता साझेदारीका आधारमा संविधान सभाबाट नयाँ संविधान लेखन र राज्यको अग्रगामी पुनर्संरचनाका पक्षधर आममानिसमा डर र शंकामिश्रित प्रश्न उठ्न थालेका छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस