यतिखेर देशका ती सबै मानिसको गाला असुरक्षित भएको छ, जसले आफूलाई राज्यसत्तामाथि 'कुछ' हैसियत राख्ने व्यक्तित्वका रूपमा सोच्ने गरेको छ। देशका निर्णायक विन्दु मानिएका व्यक्तित्वहरूले नै गालामा चड्कन बेहोर्नुपरेको अवस्थामा राज्यसत्तामाथि 'कुछ' हैसियत राख्नेहरुको त हैसियत नै के रह्यो र? एउटा सामान्य युवकले माओवादी अध्यक्ष प्रचण्डको गाला चड्काउनुपर्ने अवस्था आएको देशमा अब कुनै पनि घटना जतिसुुकै असहज भए पनि असामान्य भन्ने केही बा"की रहेन।
चड्कनको सिलसिलामा देशका शीर्षस्थ भनिने नेताहरु झलनाथ र सुशील कोइराला हु"दै प्रचण्डसम्मको गालामा यस्तो चड्कन परिसकेको छ। यो सामान्य आक्रोश मात्रै त पक्कै होइन। देशमा परिवर्तनका नाममा जति पनि सपनाको खेती गरिएको थियो, त्यसैको कालो ऐंजेरु फलेको हो यो। परिवर्तनको सपना देख्ने देशका तन्नेरी सपनाहरुको दुःस्वप्नमा परिणत भएको उदाहरणमात्र हो।
चड्कन हिर्काउने त्यो तन्नेरीको मनमा कतैबाट पनि कुनै कुरा पार नलागेपछि प्रचण्डको गाला चड्काएर नायक किन नबन्ने? भन्ने आकांक्षा पलाएकैले उसले चड्कन हानेको हुनुपर्छ। तैपनि ऊ नायक नबनेर खलनायक बन्यो। उसलाई शायद यो कुराको ज्ञान नै भएन कि चड्कन पद्धतिहरुको विरोधमा पर्छ। संसारको कुनै पनि पद्धतिले कसैलाई कसैको गालामा चड्कन हान्ने अनुमति दिँदैन। त्यो हक केवल आमामा मात्र हुन्छ, जो आफ्नो बालकको गालामा मायालु चड्कन हानेर असल बाटोमा हिँड्न प्रेरणा दिन्छिन्। कार्यकर्ता र पुलिसको घेरामा परेको त्यो तन्नेरीले प्रचण्डको एउटा गालामा थप्पड हानेबापत कति लात र घुस्सा खायो होला, त्यो अनुमानभन्दा परको विषय हो। आफू आफ्नै वसमा नभएर आक्रोशको वसमा बा"धिएको मानिसले त्यति परसम्मको कुरा सोच्दैन पनि।
यस्ता चड्कनहरु लोकतन्त्र र मानव सभ्यताका खातिर निन्दनीय छन्। यद्यपि यसको जडमा केही यस्ता कुरा पक्कै छन्, जसको चर्चा यहा" गरिरहनुपर्दैन। योे देशका टाठा-बाठा मानिने नागरिकले समेत प्रतिदिन निराशाको खेती गरिरहेका छन्। यो देशको भविष्य शून्यतिर अग्रसर रहेको ठान्नेहरुको जमात बढ्दो छ। नेताहरुले जनताले चाहेझैं लोकतान्त्रिक संस्कार स्थापित गर्न सकेको भए र आर्थिक विकासका नया" आयामहरु खोल्न सकेको भए यस्ता चड्कनको चर्चा हुनै पर्दैनथ्यो। नेताहरुको आदरणीय हैसियत कायम रहने थियो। विपरित देश द्वन्द्वहरुको ड"ढेलोमा दनदन दन्किइरहेको छ। अस्पतालमा द्वन्द्व छ, शिक्षण संस्थानहरुमा द्वन्द्व छ, बजारमा द्वन्द्व छ र सर्वोपरि घर-परिवारमा द्वन्द्व छ। द्वन्द्व व्यवस्थापनका नाममा हामीले विस्तारै यस्ता द्वन्द्व निम्त्याएका छौं, जसले हाम्रो सामाजिक संस्कार र व्यक्तिगत मर्यादालाई नै समाप्त तुल्याउ"दैछन्।
गालामा चड्कन पाउने नेताहरुले तन्नेरीहरुको आक्रोशको यो हिंसात्मक अभिव्यक्तिलाई सहज र स्वाभाविकरूपमा नै लिनुभएको होला। आशा गरौं, उहा"हरु कसैको पनि मनमा प्रतिशोधको लेसमात्र पनि भावना नहोला। तर उहा"का समर्थक र भक्तजनहरुले यसमा षडयन्त्रको ठूलो प्रपञ्च रचिएको पक्कै देख्नेछन्। कतिले घटनास्थलमा नै टिप्पणी गरे होलान्- यो उहा"को ज्यान मार्ने प्रपञ्च रचिएको हो। नेपालमा यस्ता घटना प्रायः शत्रु साँध्ने काममा प्रयोग हुन्छन्। साँध्ने अर्थात् आफूले शत्रु ठानेका व्यक्तिलाई प्रपञ्च र परिबन्दमा पार्ने र सिध्याउने। नेताहरु यस्ता बहकावमा लागे भने संगतिको झीनो आशा पनि समाप्त हुन्छ। गालामा चड्कन हिर्काउनेलाई आत्मघाती बम बोक्न सिकाउने काम त्यही असंगतिबाट सुरु हुन्छ। आखिर, अमेरिकाका कन्जर्वेटिव राष्ट्रपति जर्ज वुसमाथि जुत्ता प्रहार गरिएको थियो। जुत्ताको विकल्पमा चड्कन प्रचण्डले अन्यथा सोच्नुपर्ने विषय होइन।
राजनीति गर्नेहरूलाई कि हस्तिनापुरको राज कि चपरीमुनिको बास भन्ने पुरानो नेपाली उखान-दर्शनले प्रेरित गरेको हुन्छ। आजको मितिमा नेपालका राजनीतिज्ञहरू चपरीमुनिको बासको नजिक पुगेका छन्। हस्तिनापुरको राज दुई वा तीन जनाले सँगै गर्ने विषय होइन। हस्तिनापुर वा हसिनापुर, जुनसुकै पुरको राजा एउटैै हुन्छ र अरुले चपरीमुनि बास बस्नुपर्छ। यो सूत्रलाई राम्ररी बुझ्ने हो भने आजको राजनीतिको सांगोपांग समग्रमा बुझिन्छ। नेताहरुलाई गाली होइन, दया गर्न मन लाग्छ। विचराहरु, उनीहरुको पनि त जीवन-मरणको प्रश्न छ। एकपटक कोही अर्को राजा भइदियो र हस्तिनापुरमा आफनो झण्डा गाड्यो भने घोर अन्यथा हुन्छ। त्यसैले राजनीतिका साम-दान-दण्ड-भेद चारै नीतिको प्रयोगद्वारा राज्यसत्ता आफनो कब्जामा पार्ने दाउमा उनीहरु मरेर लागेका छन्।
देश अहिले जुन स्थितिमा छ, त्यही स्थिति रहिरह्यो भने भविष्यहीन अवस्थाले निराशाको चरमविन्दुतिर पाइला बढाइरहेको आजको नेपाली तन्नेरी पुस्ताले नेताहरुको गालामा चड्कन हान्ने क्रम रोकिने छैन। नेताहरु आफनो अकर्मण्यतालाई जति राजनीतिको खेल सावित गर्न लाग्नेछन्, चड्कनको संख्या त्यसै हदमा बढ्दै जानेछ। मानिसका लागि विपन्नताभन्दा ठूलो श्राप अर्को हुनै सक्दैन। विपन्नताको यो हद बढ्दै जा"दा मानिसको आक्रोश अनुपातमा त्यसरी नै बढ्दै जान्छ। त्यसपछि कतिलाई नियन्त्रणमा लिनु र कतिलाई के भनेर कारबाही गर्नु? नेताहरुले भविष्यको सही दिग्दर्शन गरेर तत्काल देशका समस्या सुल्झाउन सकेनन् भने त्यसले स्वःस्फुरित जनविप्लवको रूप लिनेछ, जसका लागि सिद्धान्त, दर्शन, नीति र कार्यक्रम कुनै पनि कुरा आवश्यक पर्ने छैन। त्यसैले पनि नेताहरुले चड्कनहरुबाट शिक्षा लिएर देशका लागि आफू प्रतिज्ञाबद्ध भएका विषयमा केन्द्रित हुनुपर्छ। समस्या समाधानका लागि म्याद थपेर जनता गिज्याउने होइन, तत्काल समाधान पत्ता लगाउन एकाग्र भएर दृढतापूर्वक टुंगोमा पुग्न सकेमात्र अवस्था सहज हुन सक्छ।
यो एउटा गाला र एउटा चड्कनको कुरा होइन। देशका सुगम र दुर्गम दुवै स्थानमा अभाव र गरिबीले पिल्सिएका तन्नेरीहरुको आक्रोशको कुरा हो। देशका सबै तन्नेरी वैदेशिक रोजगारमा अरब देश गएका छैनन्। ती यही देशमा अर्धमानवको जीवन बिताइरहेका छन्। गरिबको भगवानका रूपमा दावी गरिएको माओवादी पार्टी र यसका शीर्षस्थ नेताले यसमा विचार पुर्याबउनुपर्छ। अहिले प्रचण्ड स्वयंबाट उहा"को गालामा परेको चड्कन र यसका अर्थहरुको समीचीन व्याख्या अपेक्षित छ। उहा"ले पनि यो चड्कनका सामान्य सूत्रहरुलाई मात्र समात्नुभएको छ भने कुरा अर्कै हो। होइन भने तन्नेरीले गाला चड्काएपछि मनमा आएका विचार तरंगको अंशियार नेपाली जनतालाई पनि बनाउनु नेपाली राजनीतिमा उत्तम उदाहरण हुनेछ।