बजेट : अनुदानमुखी कि यथार्थमुखी?
०४ मंसिर २०६९
•
१६ मिनेट पाठ
बजेट : अनुदानमुखी कि यथार्थमुखी?
सत्ता प्राप्तिपछिको होडबाजीमा आर्थिक वर्ष २०६९/७० को बजेट एउटा प्रभावकारी अस्त्र बन्न पुगेको छ। एकीकृत नेकपा माओवादीको नेतृत्वमा विद्यमान गठबन्धन सरकार जसोतसो बजेट अध्यादेशबाट पारित गरेर सरकारको आयु बढाउनेमात्र होइन, चुनावपश्चात् पनि सरकारमै हावी हुने रणनीति अपनाउँदै छ। त्यसैगरी विपक्षी दल पनि बजेट पारित गर्नबाट रोक्न सके सरकार बेखर्ची भएर गिरिहाल्छ भन्ने माखेसाङ्लो आशयले बजेट प्रस्तुत हुन नदिन लागिपरेका छन्। यो प्रयासमा दुवैथरी एक अर्कोलाई 'ब्ल्याकमेल' गर्न अग्रसर भएको प्रष्ट छ। यो तानातानीमा पूर्व प्रमुख निर्वाचन आयुक्तको भनाइअनुसार 'मुलुक संविधानविहीन मात्र नभएर विनाबजेटको अर्थतन्त्र बन्न पुगेको छ। तर परिस्थिति जतिसुकै जटिल बन्दै गए पनि नेताहरूमा भने चिन्ता देखिन्न।
सरकारले तयार पारेको बजेट चार खर्बभन्दा बढीको भएको समाचार प्रकाशित भएको थियो। अनि त्यो बजेट 'पपुलिष्ट/चुनावी' भएको निचोडसहितका चर्चा पनि गरिएको थियो। राजनीतिक खिचातानीका कारण जतिसुकै ढिलाइ गरिए पनि अन्ततोगत्वा जुन आकार/प्रकारको भए पनि निकट भविष्यमा नै बजेट राष्ट्रपतिसमक्ष पुग्ने निश्चित छ। तर त्यसपछिचाहिँ के हुन्छ भन्ने हो? शायद प्रधानमन्त्री र राष्ट्रपतिबीच समझदारी भएको खण्डमा अध्यादेशबाट बजेट जारी हुने अनुमान गर्न सकिन्छ।
माओवादीको दश वर्षे जनयुद्वको क्षतिले ग्रस्त अर्थतन्त्रलाई अझै पछि धकेल्नबाट जोगाउने उपायको खोजमा केन्द्रित भएर वर्तमान समस्याको समाधानतर्फ उन्मुख हुन जरूरी छ। आर्थिक वर्षको प्रथम चौमासिक बजेट प्रस्तुत गर्दा अर्थमन्त्रीले 'मैले पूर्ण बजेट प्रस्तुत गर्न पाएको भए' भनी समावेश गर्नुभएको अभिव्यक्तिलाई यो बजेटमा पनि समावेश गर्नुभएको छ भने त्यसलाई आफ्नो औकात बेवास्ता गरी तयार पारिएको 'सपिङ लिस्ट' भन्न कठिन पर्दैन। पहिलो, उहाँले सोचेजस्तो वितरणमुखी बजेटलाई अर्थतन्त्रले धान्न नसक्ने प्रष्ट देखिन्छ। दोस्रो, अन्यत्रको त कुरै छोडौं, आफ्नै मुलुकमा गरिएका पूर्व प्रयास को समीक्षा गर्ने धैर्य उहाँबाट भएको देखिँदैन। तेस्रो, खर्चलाई आयसँग समन्वय कसरी गर्ने भन्ने विषयलाई अर्थमन्त्रीले सोचेकोसम्म पनि देखिँदैन। अन्तमा भन्नुपर्ने तथ्य के हो भने बाँकी आठ महिनाको समयमा चार खर्ब रुपियाँ खर्च गर्न सक्ने क्षमता मुलुकसँग छैन।
यदि कार्यक्रमहरू अर्थात् उहाँबाट तयार पारिएको 'सपिङ लिस्ट' छोट्याउने हो भने पनि बजेटको आकार के/कस्तो हुन पुग्ला भन्ने अड्कल माओवादी पार्टीले गरेको प्रतिबद्धताबाट प्रष्ट हुन्छ। जोसुकै अर्थमन्त्री भए पनि विचार गर्नुपर्ने वास्तविकता भनेको खर्च र आयबीचको समन्वय नै हो। कुनै पनि घर खर्च गर्ने व्यक्तिले खर्चको 'लिस्ट' तयार पार्नुअगाडि आयका स्रोत र तिनबाट हुने आर्जन अनुमान गर्नुपर्ने हुन्छ। अन्यथा खर्च गर्ने कार्यको सिमाना नै हुँदैन। झन् आजको विलासी जीवन धान्नुपर्ने आवश्यकताका पछाडि दौडने हो भने त त्यसको कुनै छानो नै हुँदैन। खर्चमा नियन्त्रण भएन भने जतिसुकै समृद्धशाली अथवा धनी घर पनि धरासायी हुन्छ।
खर्च धान्न आफ्नो आयले पुगेन भने हुने विकल्प भनेको अरूसँग हात पसारेर माग्ने र ऋण सापटी लिने हो। दाताले दिँदा पनि कुन मनसायले खर्च गर्न लागेको हो भन्ने सोचविचार गरेरमात्रै दिने गर्छ। आखिर जोसुकैले पनि अरूलाई दिने भनेको अन्ततोगत्वा आफ्नो पेट कसेर भविष्यका लागि सञ्चित गरिएको बचतबाट नै हो। त्यसकारण सित्तैमा दिए पनि उसले दिँदा कुनै न कुनै स्वार्थ राखेरमात्र दिएको हुन्छ। ऋण त यसै पनि ऋण भइहाल्यो। ऋण दिनेले साँवा र ब्याज दुवै पाउने आशमा दिएको हुन्छ। जुन ऋणीले साँवा ब्याज तिर्न सक्दैन, उसलाई कसैले पनि ऋण दिँदैन। त्यसकारण ऋण लिने व्यक्तिले पनि सो रकम लगानी गर्ने आशयले अथवा अन्य कतैबाट हुने आर्जनको आधारमा मात्र ऋण लिने गर्छ। फगत खर्चका निमित्त ऋण पाइँदैन, लिन पनि सकिँदैन। यो साधारण नियम पालना गर्न नसक्नेको घर टाँट पल्टन्छ। हाम्रो समाजमा घर खर्चको तजबीज मिलाउन नसक्ने थुप्रे घरानियाँमात्र होइनन् व्यापारिक घर टाँट पल्टेका उदाहरण थुप्रै पाइन्छ।
घर खर्च व्यवस्थापन गर्ने व्यक्तिले जस्तै अर्थतन्त्र सम्हाल्ने अर्थमन्त्रीले पनि विवेक प्रयोग गर्नु अनिवार्य हुन्छ। विगतका अर्थमन्त्रीलाई व्यक्तिगत हिसाबले मूल्यांकन गर्ने हो भने प्रायः सबैले खर्च र आयबीच समन्वयन कायम गर्ने कसरत इमानदारीसँगै गरेको देखिन्छ। सुवर्ण शमशेरदेखि डा. भेषबहादुर थापा, डा. रामशरण महत, भरतबहादुर प्रधान, सुरेन्द्र पाण्डे सबैले आफ्नो धर्म निभाए। जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि उनीहरू धर्मराएनन्। उनीहरूले बजेट तर्जुमा गर्दा मुलुकको स्थितिको मूल्यांकन गरेका थिए। अनि मुलुकको ढुकुटीको दुरुपयोग हुनबाट जोगाउन प्रयत्नशील भइरहे। यही कारणले उनीहरूको व्यक्तिगत छवि उनीहरू समावेश भएको मन्त्रीमण्डलको भन्दा पृथक रह्यो। उनीहरू अर्थमन्त्री हँुदा पनि चुनावी बजेट नबनेका भने होइनन्। पञ्चायती समयमा चुनावी बजेट बन्द थियो।
प्रजातन्त्र पुनर्स्थापनापछि पार्टीका उद्देश्य वा घोषणापत्रमा उल्लिखत उद्देश्य प्राप्तिका निमित्त कुनै न कुनै हदसम्म बजेटमा प्रभाव परेको हुने गर्थ्याे। तर चुनाव जित्ने उद्देश्य प्राप्तिका निमित्त मुलुकले धान्न नसक्ने महŒवाकांक्षी बजेट विरलै बनेको पाइन्छ। वास्तविकता के हो भने एकचोटि जेसुकै कारणले किन नहोस् अथवा जतिसुकै महŒवाकांक्षी किन नहोस्, सीमा नाघेको बजेट प्रस्तुत भएपछि यो रकमभन्दा कमको बजेट तर्जुमा अर्को वर्ष गरिँदैन। यसो हुनाको पछाडि मुलुकको आवश्यकता बढ्नाले वा सरकारको कार्यान्वयन क्षमता बढ्नाले नभएर कम रकमको बजेट बनाउँदा मनोवैज्ञानिक हिसाबले राजनीतिक क्षितिजमा पछि परिएला भन्ने भयले काम गरेको हुन्छ भन्न हिच्किचाउनु पर्दैन।
आफूलाई साम्यवादी ठान्नेहरू विरलै सिर्जनशील भएको पाइन्छ। न त उनीहरूले इतिहासबाट कुनै पाठ सिकेको देखिन्छ। मार्क्सवाद जतिसुकै महान् वैज्ञानिक दर्शन भनिए पनि यसमा धेरै हदसम्म साम्यवादीहरू अनन्य हुने गर्छन्। अनि मार्क्सका अनुयायीहरू त्यही घेराभित्र रहेर चिन्तन मनन मात्र होइन, समस्याको समाधान खोज्न रुचाउँछन्। यो वास्तविकताको मुख्य कारण उनीहरूले सरकारलाई मुलुकको उन्नति गर्ने एकमात्र स्रोत ठान्नु हो। निजी क्षेत्र तिनीहरूका निमित्त सदा शत्रु नै हुन्छ। सरकारले मात्र जनसमुदायमा सेवा पुर्यााउन सक्छ भन्ने धारणाका कारण सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्न थाल्छ। अन्ततोगत्वा सेवा क्षेत्र सरकारी स्वामित्वअन्तर्गतको व्यावसायिक नभएर प्रशासकीय संयन्त्र बन्न पुग्छ। बढ्दो सरकारी आकार अनि दक्षताको क्रमिक ह्रास तथा भ्रष्टाचारका कारणले नै साम्यवाद असफल भएको हो।
योजना आयोग प्रमुख र अर्थमन्त्री दुवै आफूलाई कट्टर मार्क्सवादी भन्ने गर्छन्, जुन विडम्बनाको विषय हो। फलस्वरुप उनीहरूको शिक्षादीक्षाले जति सक्यो, सरकारको भूमिका ठूलो पार्ने रणनीति अपनाउनुपर्ने बाध्यता हुने नै भयो। सस्तो, सुपथ मूल्यका पसलदेखि सय दिन रोजगारी दिने, रासन कार्डमार्फत् खाना पकाउने ग्याँस वितरण आदि तिनै धारणाका उपज हुन्। अर्कोतिर हाम्रो मुलुकमा सरकारको मुख ताक्ने विपन्न वर्ग नभएर सम्पन्न वर्ग नै बढी छन्। जसले गर्दा सरकारबाट दिने सुविधा सम्पन्न वर्गमा पुग्ने गर्छ। यस तथ्यको उदाहरण थुप्रै छन्। बिजुलीलाई सहुलियत दरमा बिक्री गर्नेदेखि मालपोत वृद्धि नहुनेसम्म, पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थलाई परल मूल्यभन्दा कम दरमा बिक्री गर्न लगाउने कार्यसम्मलाई अनुदान भनिन्छ। अनि यी सुविधाबाट फाइदा विपन्न वर्गले पाउँदैनन् भन्ने सर्वत्र थाहा छ। तर सरकारबाट दिइने सबैभन्दा ठूलो अनुदान यी क्षेत्रले पाउँछन्। अनि मालपोत सुविधाको फाइदा पनि भूमिपतिलाई मात्र हुने हो। बिजुलीको सुविधा सम्पन्न घरलाई हुने हो, पेट्रोलियमको फाइदा सवारी साधनबाट फाइदा पाउने अथवा बजारबाट खरिदबिक्री गर्न सक्नेलाई मात्र हुने हो। तर माओवादी नेतृत्वमा गठित सरकार अनुदान घटाएर त्यसबाट भएको बचत विपन्न वर्गको उन्नतिमा लगाउने कार्यका निमित्त अग्रसर देखिँदैन। बाबुराम भट्टराई नेतृत्वको सरकार मात्र होइन, प्रचण्ड नेतृत्वको सरकारले समेत यसतर्फ चासो दिएन। यदि त्यसो गरेर उठाएको रकमको प्रयोग शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरूको उत्थानतर्फ केन्द्रित गर्ने हिम्मत गरेको भए तिनले उठाएको राजनीतिक मुद्दाको उपलब्धि हुने थियो। रकम वृद्धि गरेर दिए जस्तो देखिने कार्यतर्फ उन्मुख सरकारले न फजुल खर्च रोक्न खोजेको देखिन्छ, न त दिगो उन्नतिका निमित्त अत्यावश्यक पूर्वाधारहरूतर्फ नै चासो दिएको छ।
सरकारबाट दिइने सुविधाहरूको दूरगामी प्रभाव हुन्छ। एकपटक सरकारले सुविधा वा अनुदान दिइसकेपछि त्यो झिक्न कठिन हुन्छ। यो कुरा बु‰नका निमित्त ग्रिस पुग्नुपर्दैन, न त साम्यवादी व्यवस्थाको पतनका कारक तŒवहरूको विश्लेषणात्मक अध्ययनकै आवश्यकता पर्छ। हालका प्रधानमन्त्री भट्टराई अर्थमन्त्री हुँदा एउटा गुठीलाई दिँदै आएको सानो रकम झिकिदिँदा काठमाडौंमा कसरी कोलाहल मच्चिएको थियो भन्ने उहाँलाई अवश्य पनि हेक्का होला। तर अनुदान तथा सुविधाले मुलुकको अर्थतन्त्र धान्न सकेन भने तिनले धमिराको गुँड बनाउन थाल्छन्। ठूलाठूला घरानियाँहरू टाँट पल्टेझैं मुलुक टाँट पल्टन सक्छ।
हुनेले नहुनेका लागि सहयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति सरकारले बनाउनुपर्ने हो, त्यसमा कुनै शंका छैन। यही प्रयोजनका निमित्त आफ्नो आर्थिक हैसियतअनुसार कर तिर्नुपर्ने हो। अनि ती रकमलाई सरकारले विपन्न वर्गको हितका निमित्त खर्च गर्नुपर्ने हो। अहिले सबै पार्टीले गरेको घोषणामा गरिबी निवारणले प्रमुखता पाएको छ। बजेटलाई परिमार्जित गरेर गरिबमुखी बनाउने हो भने सबै दल सहमतिमा पुग्नुपर्ने बाध्यात्मक परिस्थिति आउँछ। मूल एजेन्डा बनाएर सहमतीय बजेट बनाउन सबै दलका बुद्धिजीवी तयार भएको खण्डमा बजेट त आउँछ नै, मुलुकका विपन्न वर्गले पनि उन्नति गर्ने अवसर पाउनेछन्। अनि राजनीतिक समाजवादको नयाँ आयाम पनि सुरु हुन सक्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस