द्वन्द्वपीडितको व्यथा
०६ मंसिर २०६९
•
११ मिनेट पाठ
द्वन्द्वपीडितको व्यथा
बेलुका परिवारसँग बसेर खाना खाँदै गर्दा २०५७ सालमा माओवादीले घरैमा बाबुको हत्या गरिएका कारण असहाय बन्न पुगेकी काभ्रेकी रमा दाहाललाई वर्षैपिच्छे आउने दशैं तिहारजस्ता चाडवाडले द्वन्द्वको पीडा झन् बल्झाउने गरेको छ। २०५५ सालमा भिडन्तमा परी घर ध्वस्त भएको र बाबुको समेत हत्यापछि घर/व्यवहार चलाउने खर्चको जोहो गर्ने जिम्मेवारी बोक्नुपरेकी परिवारकी जेठी छोरी रमालाई चाडबाडका समयमा यस्तो लाग्नु स्वाभाविक पनि हो। छरछिमेकमा छोराछोरीलाई बाबुले नयाँ-नयाँ कपडा, सरसामान किनिदिएको, साथीभाइहरु बाबुआमासँग हातेमालो गर्दै हिँडेको तर आफू त्यस प्रकारका सुखद् क्षणहरुबाट वञ्चित हुनुपरेकोमा उनलाई असाध्यै नरमाइलो लाग्छ। चाडबाडमा गाउँ टोलमा पिङ हाल्ने, झिलिमिली हुने, मिठोमसिनो खाने, शुभकामना आदान-प्रदानका क्रियाकलापले उनमा कुनै खुशी अनुभूत गराउन सकेन। तथापि कुडिएको मन संगालेर पीडा बोकेर पनि छरछिमेकका अगाडि बनावटी खुशी देखाउँदै चाडवाड मनाइन्।

२०५९ सालमा दोलखाको चरिकोट नजिक सर्वसाधारण चढेको बसमा माओवादीले बिस्फोट गराउँदा गम्भीर घाइते भई व्हीलचेयरमा यताउता हिँडडुल गर्ने कृष्णबहादुर घिसिङ पिंजडाको चराजस्तै घरैमा कैद भएका छन्। पहाडमा व्हीलचेयर जहाँतही जान नसक्ने हुनाले आफूले जान चाहेको ठाउमा उनको पहुँच छैन। आर्थिक तथा भौतिकरूपमा सहयोग गर्नुको साटो आफैंले सहयोग माग्नुपर्ने उनको असहाय र अभावपूर्ण अवस्थाका कारण घरपरिवार, साथीभाइ र समाजबाट उनी टाढिएका छन्। ७० वर्षीय आमाको सहारामा बाँच्न बाध्य छन् उनी। आर्थिक अभावका कारण देब्रे हातमा राखिएको स्टील झिक्न र काम नगर्ने देब्रे मृगौलाको उपचार गर्न नपाएका कृष्णबहादुरलाई पटकपटकको याचनापश्चात राज्यले १ लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ। उपचार तथा दैनिक गुजारा धान्नसमेत नसक्ने अवस्थामा गुजारा गरिरहेका अशक्त कृष्णबहादुरलाइ चाडपर्व आउँदा झनै पीडा र छटपटी हुने गर्छ।
११ वर्षदेखि सुरक्षा फौजले बेपत्ता पारेका ठूलो छोराको खोजविनका लागि ठाउँठाउँ भौतारिइरहेका बाग्लुङका विमल केसीको व्यथा पनि उस्तै छ। उनी 'बा' भन्दै छोरा आइ पो हाल्छ कि भन्ने आशाको त्यान्द्रोमा झुण्डिरहन्छन्। बैकबाट ऋण लिएर मिल सञ्चालन गरेका रुपन्देहीका आत्माराम पन्तले द्वन्द्वकालमा मागे जति चन्दा दिन नसकेपछि २०६१ सालमा माओवादीले उनको ७ विगाह जमिनको सबै उब्जनी लुटे र मिल कब्जा गरे। उनका अनुसार साँढे तीन लाखको धनमाल लुटिएकोमा माओवादीको पार्टीगत रेकर्डमा उनीबाट केवल पाँच हजारको सामान लुटेको विवरण उल्लेख गरिएको रहेछ। लुटिएको सम्पत्तिको क्षतिपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीमार्फत् सिफारिस गरिएको भए तापनि हालसम्म केही प्राप्त भएको छैन। पुनर्स्थापनाका लागि भन्दै सरकारबाट १९ हजार रूपियाँ प्राप्त भएको थियो। लुटपाटपछि भैरहवामा विस्थापित भएका पन्त आफ्नो घरजग्गा बेचेर बैंकको ऋण तिरी हाल भैरहवामा भाडामा बस्न बाध्य छन्। आयआर्जनको बाटो गुमाएका पन्तको भोगाइमा आर्थिकरूपले कमजोर र अरुलाई सहयोग गर्न पनि नसक्ने भएपछि समाजमा माया तथा मानमर्यादा पनि हँुदोरहेनछ।
बाबुको हत्यापछि पारिवारिक खुशी चुँडिएपश्चात् वर्षेनी घुमेर आउने दशैंलगायत्का चाडवाड आफ्नो घरगाउँ र छरछिमेकबाट टाढा रहेर बुबासँगका बात्सल्यका क्षणहरुले पिरोल्दै मन अमिलो पारेर पनि मनाए जस्तो गर्नुपर्ने बाध्यताबाट गुजि्ररहनुपरेको छ। द्वन्द्वका कारण पति गुमाउन पुग्नुभएका हजारौं आमाजस्तै हरेक वर्ष चाडवाड आउँदा बुबाको सम्झनामा भक्कानिने आमा इन्दिरालाई यस वर्ष अधिकारी गोलमा सुत्केरा परेर दशैं मनाउन नपरेकामा केही सान्त्वना र राहत अनुभव भयो।
द्वन्द्वमा भएका गम्भीर मानव अधिकार हनन्का कारण पीडित भएर गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा दैनिक जीविकोपार्जनमा अभाव भोग्दै आएका देशैभरिका हजारौं द्वन्द्वपीडित नागरिकका पीडा र अभाव वर्षेनी आउने चाडपर्वमा यसैगरी बल्भि्कने गरेका छन्, उनीहरुमा चाडवाडप्रति खुशी र उमङ्ग द्वन्द्वले हरेको छ। आफ्ना परिवारजन र छरछिमेकसँग बसेर चाडपर्व मनाउने र रमाइलो गर्ने सांस्कृतिक अधिकारबाट समेत द्वन्द्वपीडित नागरिक वषर्ौंंदेखि वञ्चित छन्। धार्मिक तथा परम्परागतरूपमा खुशी बाँड्न, भातृत्व विकास तथा सामाजिक सद्भाव व्यक्त गर्नका लागि मनाइने दशैं तिहारजस्ता महŒवपूर्ण चाडपर्वले झनै पीडा र अभाव बल्झाउने हुनाले बरु ती चाडवाड नै नआए हुन्थ्यो भन्ने अवस्थामा जीवन गुजार्नुपर्ने द्वन्द्वपीडित नागरिकको यो कस्तो नियति? राज्य र राजनीतिक दलहरुको कस्तो असंवेदनशीलता र गैरजवाफदेहिता? शान्ति सम्झौतामा हस्ताक्षर भएपछि त देशमा व्याप्त हत्या/हिंसाको शृंखला अन्त्य हुन्छ, अन्यायमा परेका नागरिकले न्याय पाउँछन्, विस्थापितको पुनर्स्थापना हुन्छ, कब्जा गरिएका सम्पत्ति फिर्ता गरिन्छन्, द्वन्द्वका घाइतेको उपचार हुन्छ तथा बेपत्ता बनाइएका आफन्तजन फर्केर आउनेेछन् भन्ने दृढ विश्वास आम द्वन्द्वपीडितजन एवं जनमानसमा थियो।
सत्ताकेन्द्रित राजनीतिमा मात्र ध्यान दिने, जनताका सामाजिक न्याय, आर्थिक तथा सामाजिक विकासतर्फ बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेतृत्व वर्गको मनोवृत्तिका कारण नै द्वन्द्वको पीडा सम्बोधन हुन नसकेको हो। द्वन्द्वमा मर्न र मार्न अग्रसर भएका र द्वन्द्व समाप्तिको घोषणापश्चात् शिविरमा कैद गरिएका माओवादी छापामारले जागिर पाए, लाखौं रुपियाँको इनाम पाए। सरकारले अयोग्य लडाकुलाई २ लाख प्रदान गर्ने निर्णय गर्योभ। अपराध गरेर जेलमा हालिएका कैदीलाई सरकारले गासवासको व्यवस्था गर्छ। माओवादी छापामारको पुनर्स्थापना तथा समायोजन अन्तिम चरणमा पुगेकाले दलहरु शान्ति प्रक्रिया टुंगिन लाग्यो भनिरहेका छन्। तर द्वन्द्व समाप्तिको घोषणा भएको ६ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडित नागरिकको पीडा, अभाव र अन्यायका मुद्दा ज्युँका त्युँ छन्। पीडित नागरिकको न्याय तथा पुनर्स्थापनाका लागि राज्यका जिम्मेवारहरु सदैव आलटाल गरिरहेका छन्। सिंगो द्वन्द्वपीडित समुदायका पीडा र न्यायलाई पाखा लगाएर न शान्ति प्रक्रिया टुंगिन्छ, न त न्याय, मेलमिलाप र दीगो शान्ति स्थापना हुन्छ।
नागरिकले द्वन्द्वका कारण भोग्नुपरेको क्षति तथा पीडाको पूर्णतः क्षतिपूर्ति त हुनै सक्दैन न त मानसपटलमा अमीटरूपमा छापिएका द्वन्द्वका असीम भोगाइ र पीडा न्ौ मेटिन सक्छन्। तथापि राष्ट्रिय जीवनको असहज अवस्थामा आफूले पीडा र अन्याय भोग्नुपरे पनि राज्यले कानुनी शासन र उन्नति प्रगतिको पथ समात्न सक्यो भने द्वन्द्वपीडित समुदायलाई चित्त बुझाउने बाटो हुन्थ्यो। तर न देशलाइ संक्रमणकालबाट पार लगाउने इमानदार प्रयास भएका छन् न त पीडितका आँसु पुछ्ने नै। समाजको एक महŒवपूर्ण हिस्सा द्वन्द्वपीडित समुदाय पीडा र आक्रोशमा पिल्सिइरहनु राज्यका लागिसमेत हितकर छैन। सबै नागरिकले आ-अफ्नो गच्छेअनुसार आफ्नो घरपरिवार तथा छरछिमेकसँग दुःखसुख तथा शुभकामना बाँडीचँुडी गरी चाडपर्व मनाउने अधिकार सुनिश्चित हुनुपर्छ। राज्य र दलहरुले आफ्नो पीडा आत्मसात गरेको र न्याय तथा पुनर्स्थापनाका लागि प्रयासरत् भएको अनुभूति द्वन्द्वपीडित नागरिकले गर्न सकेमा कमसेकम चित्त बुझाउने ठाउँ त रहन्थ्यो।
अर्को समाचार

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस