प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूत र वर्तमान मिसिएको ककटेल सम्बोधनपछि काठमाडौंको राजनीतिक मौसममा एकाएक परिवर्तन आएको छ। यो परिवर्तनले सत्ता सुखको प्रतीक्षामा कठ्यांग्रिएर बसेका राजनीतिक दलका नेताहरूको मुटुको धमनीमा अचानक तातो रगत प्रवाहित हुन थालेको छ भने अहिलेसम्म सत्ताको न्यानोमा रमाइरहेका नेताहरू चीसो मौसममा सत्ता गुमेकाले कठ्यांग्रिन थालेका छन्। तीमध्ये कतिपय सम्भावित सत्ता समीकरणबारे घोत्लिएर उग्राउ"दै होलान्। कतिचाहिँ राजनीतिक सूत्र र सम्पर्कहरूको खोजीमा लागिसकेका होलान्।
संविधान सभाबाट प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका भट्टराईको संविधान सभाको अवसानसँगै शक्तिशाली सरकार प्रमुखबाट कामचलाउ सरकार प्रमुखमा अवनति भएको थियो। राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकारका लागि दलहरूलाई आह्वान गर्दै विज्ञप्ति प्रकाशित गरेपछि उहा"को कामचलाउ हैसियत कायम छ कि छैन? द्विविधा उत्पन्न भएको छ सबैको मनमा। राजनीतिका पण्डितहरूले राष्ट्रपतिको आह्वानलाई भट्टराइको थप अवनतिसँग जोड्न खोजेका छन्। नेपालको चलनअनुसार पदमा रह"दा देवावतार मानिनुभएका प्रधानमन्त्री भट्टराईको कटु आलोचना सुरु भइसकेको छ। उहा"को उचाइ एकै रातमा सयौं फिटका हिसावले होचिएको छ।
राष्ट्रपतिको आह्वान आउनुअघि नै प्रधानमन्त्री भट्टराईले राजनीतिक परिस्थितिको लेखाजोखा गरिसक्नुभएको अनुमान सहज हिसावले गर्न सकिन्छ। बिहीबार उहा"ले राष्ट्रका नाममा सम्बोधन गर्दा उहा" आधा भूतकाल र आधा वर्तमानमा बोलिरहनुभएको थियो। उहा"को सम्बोधनको अधिकांश अंश भूतकालमा उच्चारित भएपछि 'लौ, बाबुरामले बल्ल कुर्सी छाडे' भनेर उहा"का विरोधी रमाएका थिए। तर आधा सम्बोधनपछि वर्तमानकालमा प्रवेश गर्नुभएका भट्टराईले ती रमाउनेहरूको आशामा तुषारापात गरिदिनुभयो।
शुक्रबार अपराह्न यस स्तम्भकारले भट्टराईसँग भेट्दा उहा" अलिकति उद्विग्न देखिनुहुन्थ्यो। विकसित भइरहेेकोे राजनीतिक घटनाक्रमबारे उहा" अनभिज्ञ हुनुहुन्नथ्यो। सम्बोधनमा प्रयोग भएको भूत र वर्तमानकालको समिश्रणबारे प्रश्न गर्दा उहाँले निकै रोचक जवाफ दिनुभएको थियो- हो, म आफंैलाई पनि सम्बोधनको त्यो भाषा खट्किएको थियो। म राजीनामा दिएर यो सधैँको किचकिच र झमेलाबाट मुक्त हुन चाहन्थें। सा"च्चै भनेको अहिले पनि मेरो कोटको खल्तीमा राजीनामा तयार छ। मैले आफनो सम्बोधनको तयारी पनि त्यही हिसावले गरेको थिए"। त्यसैले त्यसमा मेरा सरकारका उपलब्धिहरू स्वाभाविक हिसावले नै भूतकालमा परेका छन। तर राजनीति भनेकै यस्तो कुरा हो कि यसमा अनपेक्षित घटना धेरै हुन्छन्। मलाई पनि त्यस्तै भयो, सम्बोधन लेख्दालेख्दै गठबन्धनका साथीहरूबाट राजीनामा नदिन आग्रह गरियो। त्यसैले मेरो सम्बोधन त्यस्तो अटपटा देखिएको हो। मैले त एक्स्टेम्पर बोल्न खोजेको थिए"। फेरि प्रधानमन्त्रीले त्यसो गर्नुहु"दैन भन्ने सुझाव आयो। त्यो सम्बोधन पढ्दा म आफंैलाई पनि सजिलो महसुस भएको थिएन।
बाबुरामले प्रधानमन्त्रीको कुर्सी पाउ"दा सामाजिक सञ्जालमा रमाउनेहरूको ओइरो लागेको थियो। योे सुरसाले बाएको मुखतिर बढ्दै गएको देशलाई दुर्गतिबाट जोगाउन सक्ने उहा" एकमात्र सक्षम व्यक्ति हो भन्ने हल्ला खुब चलेको थियो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा अर्थमन्त्री छ"दा उहा"ले देखाउनुभएको दक्षता सबैको आशा र अपेक्षाको कारण बनेको थियो। प्रधानमन्त्री भइसकेपछि भने उहा" राजनीतिको भवसागरमा डुब्नुभयो। व्यक्तिगतरूपमा पहाड वा हिमालयको कुनै रमणीय स्थानमा चिन्तन गरेर बिताउने अभिलाषा राख्ने बाबुरामजीले यो निर्धन देशको गह्रुंगो भारी थाम्न सक्नुभएन। सरकारसम्म पहु"च भएका आफन्त, समर्थक तथा पार्टी कार्यकर्ताको घेराबन्दी उहा"का लागि आवश्यक झण्झट थियो। राजनीति गर्नेको अघि-पछि आसेपासेको लर्को लागेन भने पनि मानिसले पत्याइ हाल्दैनन्।
कुशाग्र बुद्धिका विद्वान् भनेर कहलिएका बाबुरामले मुस्ताङदेखि मापसेसम्म सबै रोचक विषयको प्रयोग नगर्नुभएको होइन। तर उहा"ले एउटा कुरा भने विस्मृतिबाट बाहिर ल्याउन चुक्नुभयो। काठमाडौंका मानिसका लागि सत्ता र शक्तिको आशनमा बस्ने कुनै पनि मानिस चाकुको डल्लो हो। चाकुको डल्लोमा झिंगा भन्किनु स्वाभाविक नै हो। देशमा अहिलेसम्म जति पनि प्रधानमन्त्री भए, तीमध्ये सबैजसो झिंगाको भुनभुन संगीतमा रमाए। कोही बढी रमाए, कोही घटी। मात्रात्मकरूपमा कम नै सही, बाबुरामजी पनि यो भुनभुन संगीतमा नरमाउनुभएको पक्कै होइन। आखिर नया" नेपालको सोच राख्नेले पुरानो नेपालको अनुभव बेहोर्नु पनि जरुरी हुन्छ।
राजनीतिमा प्रधानमन्त्रीका रूपमा बाबुरामजीले खासै योगदान दिन सक्नुभएन। उहा"को कार्यकालमा पनि राजनीतिक दलबीच कुनै सहमति हुन सकेन। सहमतिकै अभावमा संविधान सभा पृथ्वी तलबाट पातालतर्फ भासियो। त्यसलाई जोगाउन अरु राजनीतिज्ञले जस्तै उहा"ले पनि खासै प्रयास गर्न सक्नुभएन। त्यसपछिको छ महिनाको उहा"को समय सहमतिको खोजीमा नै बित्यो। सहमति कतै हराएको भए भेटिने पनि थियो होला। राजनीतिक दलका नेताहरूको अन्तरमनमा लुकेर बसेको सहमतिलाई उहा"ले बाहिर निकाल्न सक्नुभएन।
बाबुरामले प्रधानमन्त्रीका रूपमा के योगदान दिनुभयो त देशलाई? निश्चय पनि, यो प्रश्नको उत्तर उहा"ले छाड्नुभएको छ। वर्षैंादेखि अतिक्रमित काठमाडांै शहरका सडकहरूको सीमा विस्तार उहा"को स्पष्ट योगदान हो। कम्तीमा पनि काठमाडौंमा हाल फराकिलो पारिएको सडकमा हिँड्ने मानिसले बाबुरामको यो योगदान सम्झनेछ। सडक विस्तारमा घर पर्खाल भत्काइएका मानिसले बाबुरामप्रति आक्रोश व्यक्त गरे पनि उनका सन्तानले काठमाडांैको सडक विस्तारमा बाबुरामको योगदानबारे निबन्ध लेख्नेछन्। काठमाडौंसँगै देशका अधिकांश ठूला साना शहरका सडक चौडा भएका छन्। यद्यपि चौडा बनेका सडकहरूको निर्माण नभएका कारण काठमाडांै शहर धुलाले पुरिएको छ। मानिसमा श्वास-प्रश्वासका समस्या देखिन थालेका छन्। बजेटको व्यवस्था भएर सडकको सम्भार नहुन्जेलसम्म यो स्थितिमा अलिकति पनि अन्तर आउने छैन। तर यो निश्चित हो- सडकको अवस्था सधैँ यस्तै रहने पनि छैन। जे भए पनि सडक विस्तारलाई बाबुराम सरकारको उपलब्धि मान्नुपर्छ।
यो स्तम्भमा लेखिएका कुराहरू प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईको राजनीतिक अविच्युरी पक्कै होइन। राजनीतिमा कसैको पनि पुनर्अवतरणको सम्भावना सकिँदैन। झन् उहा"को त सकिने कुरा पनि छैन। राजनीति सम्भावनाहरूको खेल हो भने सहमतिको प्रधानमन्त्रीका रूपमा उहा"कै नाउ" फर्किएर आउन पनि सक्छ। यो पटक उहा"ले प्रधानमन्त्रीमा निरन्तरता पाउनुभएन भने पनि अर्को पटकका लागि भट्टराई फर्किने सम्भावना जीवित नै छ।