वैधानिकता : राष्ट्रपति कि प्रधानमन्त्री?
११ मंसिर २०६९
•
१४ मिनेट पाठ
वैधानिकता : राष्ट्रपति कि प्रधानमन्त्री?
गएको जेठ १४ मा हठात् संविधान सभा एवं संसद्को षडयन्त्रपूर्ण किसिमले विघटनपछि कामचलाउ बन्न पुगेको वर्तमान सरकार बारम्बारको प्रयत्नपछि पनि राष्ट्रिय सहमति जुटाउन असफल रह्यो। वार्ता र राजनीतिका शृंखला चलिरहे। यसै क्रममा ६ महिना बिते। मंसिर ७ गते निर्वाचन गर्ने कुरा पनि सरकारले अगाडि ल्यायो। तर त्यस दिशामा कुनै काम भने भएन। संविधान संशोधन नगरी चुनाव हुन नसक्ने, चुनावबाट संसद नबनेसम्म संविधान संशोधन हुन नसक्ने यो दुष्चक्रमा मुलुकको राजनीति परेको बेला न सरकार केही गर्न सक्ने स्थितिमा थियो, न त उसको केही गर्ने चाहना नै थियो। मंसिर ७ को चुनाव भनिए तापनि चुनाव आयोगको भूमिकालाई शून्यमै राखियो। कार्यबाहक आयुक्तको पनि यही बीचमा पदावधि सकियो। आचारसंहिता जस्तो कुनै विषयले ठाउँ नै पाएन। निर्वाचन आयोग पंगु संस्थाका रूपमा बसिरहनुपर्योर। मंसिर ७ सम्म राष्ट्रपति, नेपालका बुद्धिजीवी, संविधानविद् आदिले एउटा तर्क गर्न भने छाडेनन् कि घोषित चुनाव मितिपछि मात्रै कामचलाउ सरकारको पदावधि या तिथिमिति सकिन्छ। झट्ट हेर्दा राष्ट्रपतिको अहिलेको आह्वान पनि त्यस्तै तिथिमितिमा पर्न गएको छ। पटक पटक राष्ट्रिय सहमतिको निर्माणका लागि गरिएको आह्वानलाई दलहरुले बेवास्ता गर्दै आएपछि अन्ततः झण्डै अल्टिमेटमको भाषामा सात दिनको म्याद तोकेर सहमतिद्वारा प्रधानमन्त्रीको नाम बुझाउनका लागि पुनः आह्वान गर्न राष्ट्रपति बाध्य हुनुभयोे।

यो आह्वानसँगै अब वैधानिकताको प्रश्न पनि उठ्न थाल्यो। हामीमाझका संविधानविद्हरु आफैंभित्र मत बाँडिएको रूपमा अभिव्यक्त छन्। संविधान अक्षरको व्याख्या होइन। संविधान व्यक्ति र राज्यबीचको सम्बन्धलाई व्याख्या गर्ने एउटा दस्तावेज हो। व्यक्ति जन्मैदेखि अराजक छ। उसको अराजकता कसरी प्रकट हुन्छ, त्यो भन्न गाह्रो छ। कसैको स्वभाव अधिनायक हुन्छ, कसैको तानाशाह त कसैको नितान्त दार्शनिक। यसैगरी कसैको लिप्सा, रागरहित फकिर। यो सबैभन्दा अनुशासित सामाजिक शैलीमा जीवन जीउनका लागि भनेर राज्य र त्यसलाई बाँध्नका लागि संविधानजस्ता कानुन निर्माण भएको हुनुपर्छ। त्यो बनाउने तिनै मान्छे हुन्, जसले यसका लागि संघर्ष गरेका छन्। लडाइँ लडेका छन्, चुटाइ, पिटाइ, यातना र झ्यालखानका सजाय भोगेका छन्। त्यसबाट खारिएर मात्रै व्यक्ति राजनीतिक हुन्छ।
व्यक्तिलाई अनुशासित गर्न बनाइएको मूल कानुन जसलाई हामी संविधान भन्छौं, त्यसमा लेखिएका अक्षर र त्यसभित्रका मर्म बुझ्ने/बुझाउने कुरोमात्रै ती संविधानविद्हरुलाई दिइएको हो। अझ त्यसको सम्पूर्ण व्याख्याता सर्वोच्च न्यायालय छँदैछ, जो आफैंमा स्वायत्त र सार्वभौम छ। सामान्यतः व्यक्ति विशेष या कुनै संस्था विशेषका प्रति उत्तरदायी छैन। ऊ आफैं आफ्नो नैतिक दायित्वले बाँधिनुपर्छ। व्यवहारमा कति हुन्छ कति हुँदैन त्यो बेग्लै कुरो हो।
कामचलाउ तोकिएका प्रधानमन्त्री वैधानिक र राष्ट्रपति अवैधानिक भन्ने प्रश्न उठेको छ। म संविधानको कुनै धारालाई लिएर टिप्पणी गर्दिन। यस्तो तर्क गर्नेहरुलाई भोलि बन्ने संविधानमा उनको भूमिकाको खोजी गर्न भने म अवश्य आग्रह गर्छु। लोकतन्त्रको सबभन्दा पहिलो मान्यता नै के हो भने कार्यकारी प्रमुख कतै न कतै उत्तरदायी हुनुपर्छ। अहिलेको कार्यकारी प्रमुख संसदप्रति उत्तरदायी छैनन् किनभने अहिले संसद् नै छैन। अब ऊ राष्ट्रपतीय संस्थाप्रति पनि उत्तरदायी छैन। एक पटक चुनिएर सदाकालका लागि कुनै व्यक्ति विशेष कुनै मुलुकको कार्यकारी प्रमुख हुन सक्छ भने कार्यकारी प्रमुखले मागेका अवस्थामा राष्ट्रपतिले जुनसुकै कुरोमा पनि छाप लगाइदिने हो भने कुनै पनि प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्छ र निर्वाचन नगराई जसरी वर्तमान प्रधानमन्त्रीले गरेका छन्, त्यसैगरी शासन सत्ता लम्ब्याउन सक्छ। राष्ट्रपति भने आलंकारिक शब्द हो भन्ने तर्कभित्र कति ताकत छ? अलंकार हो भने राष्ट्रपतिको आवश्यकता किन? संविधानको संरक्षक र पालक किन भनिएको?
यो शासन २५ वर्षसम्म जानसक्छ भन्ने उद्घोष गर्ने दल एकातिर छ, जसको हातमा शासन सत्ता पनि छ, संविधान मृत्युतुल्य छ। संविधानको पालना भएन भन्ने तर्क पनि अर्कोतिर छ। संविधानका व्याख्यातामध्ये केही संविधानका शब्द र मर्म दुवैलाई समातेर बोल्छन् भने अधिकांश आफनो जुन जुन पार्टीसँग संलग्नता छ, त्यसै पार्टीको पक्षमा बोलेको हामी देख्छौं/सुन्छौं। यस्तै व्याख्या गर्ने हो भने संविधान नै किन चाहियो? एउटा कागजको टुक्रामा दश बाह्र बुँदाहरुमात्रै लेखिए पनि संविधान त बन्छ। बाँकी आवश्यकताअनुसारको कानुन, नियम, नियमावली संसद्मा बसेर उनीहरुले बनाउँदै जालान्। यस्तो दुरुह व्याख्याचाहिँ गर्न पाइँदैन।
अहिलेको जटिल राजनीतिक समाधानको अन्त खोज्ने प्रयत्न कसैले गरेको छ? यसमा नेपालीको दुईमत नरहोस्। तर त्यसरी मुलुकभित्रको समस्याको समाधान निस्कँदैन। प्रधानमन्त्री या मन्त्री भइरहनका लागि अनेक किसिमका दुरुह सन्धि कसैले गरिरहेको नेपाली जनतालाई स्वीकार्य छैन। यो कदम राष्ट्रपतिले यसअघि किन चाल्नुभएन भन्ने प्रश्न पनि उठेको छ। योभन्दा अगाडि पनि राष्ट्रपतिले प्रयत्न नगरेको भने होइन। तर कसैले सुनिदिए पो? कान नसुन्नेबीच आँखा नदेख्नेले कुन बाटो जाउँ भनेर सोध्यो भने उसले के बुझ्ने र सोध्नेले कुन बाटो देख्ने?
सरकारलाई असंवैधानिक भन्ने विघटित संसद्मा उपस्थित दलहरुको संख्या र माओवादीबाटै टुक्रिएको राजनीतिक दल र स्वयं पुष्पकमल दाहालको अध्यक्षतामा रहेकै दलबीच ठूलो विभाजनको खाडल देखिन्छ। त्यसो त यो प्रसंग अहिले उच्चारण गरिहाल्नुपर्ने होइन होला? एनेकपा माओवादीको २३ वर्षपछि हुन लागेको भनिएको माघको अधिवेशनको पनि कुनै टुंगो छैन। नहुने सम्भावनाहरु बढेर गएका छन्। धेरै पार्टीको गठजोडबाट बनेको एउटा पार्टी हो यो। अब धेरै टुक्रामा विभाजित हुने खतरा पनि त्यसैगरी बढेको छ। वैयक्तिक र द्रव्य आकांक्षा चरमचुलीमा पुगेको यो दल एक ढिक्का भएर बस्ने कुरामा अब धेरै ठूलो शंका जन्मिएको छ। यिनी सबैका गुरुको एउटा सानो दल छ तर धेरै टुक्रामा विभाजितहरु मिलेर जन्मेको एउटा दल अब भने आफूभित्र धेरै ठूलो शक्ति निर्माण भयो भन्ने जे भन्ठान्थ्यो, त्यो कुनै बाह्य शक्तिले फुकेको बेलुनमात्र हो, जुन घामको रापले पनि आफैं फुट्न सक्छ। मधेस केन्द्रित दलहरुको गठबन्धन पनि आफैं टुक्राटुक्रामा विभाजित भइसकेको छ।
राष्ट्रपतिको कदमलाई जेसुकै भनिए तापनि अब यो सरकार टिक्दैन भन्ने कुरोको आभाष वर्तमान सरकारभित्रै रहेका दलका प्रतिनिधिले अभिव्यक्त गरिसकेका छन्। बरु आफूकहाँ समाहित हुने चिन्ताले नै बढी यिनीहरुलाई गाँजेको छ। यतिसम्म कि अख्तियारले भोलि के गर्ने हो?, सतर्कता केन्द्रले कुन बेला बयानका लागि बोलाउने हो?, र अदालतले? प्रश्न वैधानिकतालाई लिएर धेरै नै उठे। मुलुको अहिलेको संवैधानिक र राजनीतिक निकास, वैधानिकताको प्रश्नभित्र खेलेर प्राप्त गर्न सकिन्छ जस्तो यथार्थमा देखिँदैन। आ-आफ्नो रुचिका पदाधिकारीलाई समातेर यो वैधानिक हो र त्यो अवैधानिक हो भन्न लगाउने कुतर्कले पनि समस्याको समाधान निस्कन सक्दैन। 'म निर्वाचित हुँ' भन्ने दम्भ त्यसै दिन सकियो, जुन दिन संसद विघटित भयो। प्रधानमन्त्रीले अब कार्यकारी हैसियत नै राख्दैनन्। प्रधानमन्त्री कार्यकारी अधिकारी होइनन्। प्रधानमन्त्रीलाई 'अर्को प्रधानमन्त्री नआएसम्म बस्दै गर' भन्ने प्रचलित मान्यता र राष्ट्रपतीय जिम्मेवारी राष्ट्रपतिले निर्वाह गरेका हुन्।
प्रधानमन्त्री त्यसै दिनदेखि आफू खुम्चिसकेका छन्, जुन दिनदेखि संसद् रहेन। अर्थात् उनलाई प्रधानमन्त्री बनाउने संस्था नै बाँकी रहेन। नैतिकताको अलिकति बोध भइदिएको भए उनले राजीनामा दिँदा पनि अर्को प्रधानमन्त्रीको उम्मेदवार तयार नहुन्जेल राष्ट्रपतिले 'तपाईं काम चलाउँदै गर्नुस्' भनेर भन्नु नै पर्दैनथ्यो। तर प्रधानमन्त्रीले त्यस किसिमको लोकतान्त्रिक अभ्यास गरेनन्। यसैले पनि उनी लोकतन्त्रप्रति विश्वास गर्दैनन् भन्ने कुरालाई प्रष्टयाउँछ। अधिनायकत्वको मार्ग चुनेका प्रधानमन्त्रीलाई पदच्युत गर्नु प्रतिपक्षले आफ्नो कर्तव्य ठान्यो, त्यो स्वाभाविक धर्म हो। संविधानको संरक्षक एवं पालकको जिम्मेवारी लिएका राष्ट्रपतिले राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीका लागि गरेको आह्वान कुनै पनि अर्थमा अवैधानिक होइन। प्रधानमन्त्री अवैधानिकरूपले शासन गर्न चाहन्छन् तर राष्ट्रपतिले अहिलेसम्म वैधानिक बाटो छाडेको देखिँदैन। न त राष्ट्रपति कार्यकारी प्रमुख हुने आकांक्षा कतै प्रतिविम्बित हुने देखिन्छ, न उनी आफ्नो जिम्मेवारीबाट फर्केको देखिन्छ।
अर्को द्वन्द्व जन्मिन्छ भन्ने प्रकृतिका धम्कीले अब नेपाली त्रसित हुनुपर्ने कारण छैन। अधिनायकत्वको विरुद्धमा संघर्ष त भइ नै रहन्छ। नेपाली जनताले संविधान मिचेर बन्दुक, द्रव्य र 'ग्यांगस्टेर' को बलमा मुलुक चलाउने दुस्साहस रोक्ने प्रयत्न गर्छ। तर त्यसका लागि राष्ट्रपतिको हातलाई बलियो बनाउनुपर्छ भने राजनीतिक दलहरुले साथ दिनुपर्छ, होइन भने दोषका भागिदार राजनीतिक दलहरु नै ठहर्ने छन्।
अर्को समाचार
प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता छैन : अध्यक्ष वैद्य
०९ भदौ २०६९
•
२ मिनेट पाठ
प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता छैन : अध्यक्ष वैद्य
काठमाडौं, भदौ ९ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संसद नभएको अहिलेको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता हुन नसक्ने बताएका छन् । अखिल नेपाल ललितकला सङ्घले आयोजना गरेको 'राष्ट्रिय स्वाभिमान र क्रान्ति' विषयक दुईदिने चित्रकला कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष वैद्यले संसद नभएको वर्तमान अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको अस्तित्व हुन नसक्ने बताए ।

अहिले अदालत, सेना, प्रहरीलगायत निकायमात्रै वैधानिक रुपमा रहेको अध्यक्ष वैद्यको भनाइ थियो।

उनले राष्ट्रपतिले के गर्ने र सरकारले के गर्ने भन्ने अन्तरद्वन्द्वले मुलुकलाई अन्यौलतातर्फ धकेलेको बरोप लगाए ।

मुलुक शुन्यतामा प्रवेश गरेको चर्चा गर्दै उनले भने, 'केही समयअघिसम्म आर्थिक, सामाजिक, सांस्कृतिक शून्यतामा मुलुक प्रवेश गरेको थियो, अहिले त राजनीतिक र संवैधानिक शून्यतातर्फ धकेलिएको छ।'

यथास्थितिमा संविधानसभा पुनःस्थापना वा चुनाव दुवैले सङ्कटको समाधान निकाल्न असम्भव भएको बताउँदै सर्वपक्षीय गोलमेच सभाबाट मात्रै निकास निस्कने जिकिर अध्यक्ष वैद्यले गरे ।

उनले विदेशी शक्ति केन्द्रतर्फ सङ्केत गर्दै अहिले नेपथ्यबाट संसदको चुनाव गर्नुपर्ने निर्देशन आइरहेको छ तर आफूहरुलाई त्यो अस्वीकार्य हुने उल्लेख गरे । रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस