जेठ १४ को मध्यरातमा सरकारले हठात संविधान सभा विघटन गरेपछि दलबीच राजनीतिक संकट झनै गहिरो बन्दै गएको थियो। यस किसिमको अवस्थालाई फेरि लिकमा ल्याउन दलबीच सहमति अनिवार्य थियो र छ। दल मिलेर अगाडि बढ्नुको सट्टा एकले अर्कालाई दोष थुपार्ने र आफूमात्र ठिक अरु सबै बेठिक भन्नमै समय खर्चिदै जाँदा संविधान सभा विघटन भएको ६ महिना बित्न लाग्दा पनि सहमति हुन सकेको छैन। दलबीच सहमति गराउन राष्ट्रपतिले पटकपटक अभिभावकको भूमिका निर्वाह गरे। राष्ट्रपतिका अगाडि पर्दा छिट्टै सहमति गछौं भन्ने तर सहमतिमा कहिल्यै नपुग्ने भएपछि राष्ट्रपति स्वयं र जनतामा निरासा छायो।
यस्तो अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्दै दलहरूलाई सहमतिमा पुग्न दबाब दिने उद्देश्यले सात दिनको समायावधि दिएर सहमतीय सरकारको गठन गर्ने मौका राष्ट्रपतिले दिएका छन्। जुन पूरा नभएपछि फेरि सात दिनका लागि त्यो म्याद थप गरिएको छ। राष्ट्रपतिको यो कदमले राजनीतिक वृतमा ठूलै हलचल ल्याएको छ। सहमतीय सरकारका लागि आह्वान भएपछि विपक्षीले जिम्मेवारी थपिएको महसुस गर्दै सरकारविरुद्ध गर्ने भनिएका आन्दोलनका कार्यक्रम स्थगन गरेका छन्। तर सरकारबाट भने त्यहीअनुसारको भूमिका देखिएको छैन। दलहरूलाई थप सात दिनको समयसीमा दिएर सहमतीय सरकारका लागि आह्वान गरेपछिको परिणाम कस्तो आउँछ, त्यो हेर्न बाँकी नै भए पनि राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गरेकोमा जनतामा भने उत्साह आएको छ।
राष्ट्रपतिले पहिल्यै कामचलाउ भनेका सरकारलाई यो कदमले झनै छटपटीमा पारेको छ। सरकारमा सामेल धेरै पार्टीको जनाधार कमजोर छ। देशमा जस्तोसुकै परिस्थिति आओस् तर सरकारबाट हट्न नपरोस् भन्ने उद्देश्य बोकेकलाई यो राम्रै झापट भएको छ। यसले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसमेत बर्बराउन थालेका छन्। स्वयं प्रधानमन्त्रीले आफू बरु गोली खान तयार हुने तर बालुवाटार नछाड्नेसम्मको धम्की दिनुले यो प्रष्ट हुन्छ। प्रधानमन्त्रीको पद सधैँका लागि हुन सक्दैन भन्ने हेक्का उनमा देखिँदैन।
उनको बोली र व्यवहारले आफू प्रधानमन्त्रीमा रहिरहन संविधान सभा विघटन गरेको प्रमाणित भइरहेको छ। बाबुरामका लागि देश, पार्टी र राष्ट्रय सहमतिभन्दा प्रधानमन्त्रीको कुर्सी नै सबथोक भएको छ। यो सरकारमा भएका दलसँग जनसमर्थन हुन्थ्यो भने राष्ट्रपतिका विरुद्धविरुद्ध उनीहरु सडकमा आउने थिए। त्यही कारण बालुवाटारमा बैठक बसेर राष्ट्रपतिलाई धम्क्याउने र उनलाई विवादमा तान्ने खेल भइरहेका छन्। जुन कुरा प्रधानमन्त्रीले विगतदेखि नै गर्दै आएका थिए। तर सफल भएका थिएनन्। अब पनि सफल हुने कुनै आधार छैन।
हुँदाहुँदा आफ्नै पार्टीका अध्यक्षलाई समेत राष्ट्रपतिसँग मिलेर सरकारका विरुद्ध उत्रिएको आरोप लाउँदै हिँड्नुले उनी विचलित अवस्थामा छन् भन्न सकिन्छ। उनका हरेक क्रियाकलापले बाबुराम अहिले अरुलाई प्रधानमन्त्री बनाउने सुन्नसमेत चाहँदैनन् भन्ने देखाउँछ। राष्ट्रपतिले सहमतीय सरकार बनाउन दलहरू तयार होउ मात्र भनेका हुन। उनले कुनै पार्र्टी वा व्यक्तिलाई तोकेका छैनन्। सबै दलको विश्वास जित्न सक्ने कोही पनि सहमतीय सरकारको प्रधानमन्त्री बन्न सक्छ। तर वर्तमान प्रधानमन्त्री राष्ट्रपतिले आफ्नो पद नै खोसेको ठान्दैछन्।
मुलुकको संकटबाट निकासका लागि आफ्ना असहमति बिर्सेर कुनै बेला यिनै बाबुरामको नेतृत्वमा ठूला दुई दल कांग्रेस र एमाले पनि सरकारमा सहभागी भएका थिए। ती दल किन सरकारबाट बाहिरिए भन्नेबारे प्रधानमन्त्रीले कहिल्यै समीक्षा गरेनन्। सरकार मुलुकका यावत् समस्या समाधान गर्नका लागि हो न कि संकट बढाउन। मधेसी मोर्चाको समर्थनले मात्र सरकार चल्छ भन्ने सोचे तर मुलुकको संकट त्यसबाट मात्र सम्भव छैन भन्ने कुरा बुझन सकेनन् । नेपालको इतिहासमा बाबुरामको सरकारले जति विपक्षी दलको सहयोग र जनसर्मथन शायदै अरुले पाएका थिए। तर उनले त्यो जनसर्मथनको महŒव उनले बुझ्न सकेनन्। आज आएर आफ्नै नेतृत्वको सरकारमा सहभागी भएर यसैलाई सहमतीय सरकार बनाउन प्रयत्न गर्दैछन्। तर यो आह्वानको अर्थ छैन। किनकि उनले सबैको विश्वास गुमाइसकेका छन्।
सरकार फेर्नुमात्र जनताको चाहना हँुदै होइन, यसलाई विपक्षी दलहरूले पनि गम्भीररुपमा बुझ्नुपर्छ। यो सरकारलाई विस्थापित गरेपछि कम्तीमा पनि २०७० सालसम्ममा आमनिर्वाचन गर्न चाहिने संवैधानिक जटिलता फुकाउने, चुनाव केका लागि र कति संख्यामा गर्ने जस्ता यावत् कुरामा सहमतिमा पुगेरमात्र सहमतीय सरकार बनाउनुपर्छ। जुन सरकारमा सहभागी हुने सबैले त्यसलाई साझा एजेण्डाका रुपमा लिन सक्ने हुनुपर्छ। ती एजेण्डा कुनै दल विशेष र व्यक्तिका मात्र बन्न दिनुहँुदैन।
राष्ट्रिय सहमतिका लागि सरकार बाधक बन्न सक्ला तर सिंगो माओवादी पार्टी र मधेसी मोर्चालाई सहमतिमा ल्याउन कांग्रेस र एमालेले भूमिका खेल्नु पनि त्यत्तिकै आवश्यक छ। कसैले कसैलाई निषेध गर्ने होइन, सहमतीय सरकार सारा नेपालीको हुनुपर्छ। क्षणिक लाभ पाएका कारणले हिजो गलत कामको विरोध नगरी अन्धभक्त भएर लागेकाहरूले पनि सहमतीय सरकारका लागि नेताहरूलाई दबाब दिनुपर्छ। राष्ट्रपतिको कदमलाई सबै नेपालीले मेरा लागि आएको हो भन्ने ठान्नुपर्छ। विडम्वना नै भन्नुपर्छ- राष्ट्रिय सहमतिका लागि तयार होउ भनेर आह्वान गर्दा पनि दल र तिनका नेता राष्ट्रपतिको पक्ष र विपक्षमा बाँडिएका छन्। यस्तो देख्दा लाग्छ- के नेपाली जनताले पनि सधैँ यस्तै बेथिति र अस्थिरता खोजेका हेालान् त? होइन भने फेरि एकपटक सबै जनता चनाखो बन्दै सहमतिको बाधक बन्नेलाई खबरदारी गर्न आवश्यक छ।