'लोकतन्त्रलाई सबैभन्दा ठूलो खतरा कसैबाट छ भने त्यो लोकतन्त्रवादीहरूबाटै छ।' यो लोकतन्त्रमाथि लोकतन्त्रवादीबाट खतराको तरबार झुण्डिँदा भनिने कथन हो। लोकतन्त्रवादी नै लोकतन्त्रसँग बाझिने आचरणतिर उद्यत हुँदा तिनै आचरणको जगमाथि टेकेर लोकतन्त्रविरोधी शक्तिबाट लोकतन्त्र अपहरण हुँदा यस्तो कथनले वैधता पाउने गरेको छ। यस कथनले आफूलाई मात्रै जन्मसिद्ध लोकतन्त्रवादी ठान्ने र आफ्ना हरेक कथनलाई लोकतान्त्रिक मान्ने लोकतन्त्रका मसिहाहरूलाई ऐना हेर्न सघाउँछ। त्यसो त नेपालमा सत्ताकांक्षी राजसंस्थाले लोकतन्त्रमाथि प्रहार गर्ने सुविधा र लोकतन्त्रकै अपहरण गर्ने मौका पाउनुमा लोकतन्त्रवादीहरूको अलोकतान्त्रिक चरित्र निहुँ हुँदै आएको छ। संसदीयकालमा सत्ता सञ्चालन गरेका राजनीतिक दल र तिनका नेताहरूले पनि लोकतान्त्रिक मूल्य/मान्यता र विधि आत्मसात् नगर्दा राजसंस्थाले लोकतन्त्रै सखाप पार्ने सहुलियत पाएको इतिहास छ।
दोहोरो चरित्र
भनाइमा लोकतन्त्रवादी, गराइमा अलोकतन्त्रवादी : यो नेपालका राजनीतिक नेताहरूको सामान्य चरित्र हो। 'लोक' लाई होइन, 'तन्त्र' लाई केन्द्रमा राख्ने अनि त्यस केन्द्रको आसनमा आफूमात्रै बस्नुपर्छ भन्ने ढिपी कस्ने चरित्रसँग लोकतान्त्रिक मूल्य/मान्यता र विधिको कुनै साइनो छैन। राजसंस्थाको अन्त्यपछि पनि उनीहरूका विचार र व्यवहारमा एकरूपता नआएकाले लोकतान्त्रिक गणतन्त्र पनि संकटमा पर्ने डर छाएको छ। यही दोहोरो चरित्रले संविधान सभाबाट संविधान लेखन र राज्य पुनर्संरचनाको अभियान स्थगन गरेपछि उनीहरूमा 'तन्त्र' माथि आसीन हुने लक्ष्यमात्रै बाँकी छ। जसरी पनि सत्ताप्राप्तिको एकसूत्रीय उद्देश्यसहित हाम्रो जमानाका लोकतन्त्रवादी नायकहरूले लोकतन्त्रमाथि नै प्रहार गर्दै सुशील कोइरालाको भाषामा 'डिजास्टर' निम्त्याउँदैछन्। अहिले सहमतीय सरकारको प्रधानमन्त्री खोज्ने निहुँमा जारी राजनीतिक नाटकमा पनि यही दोहोरो चरित्र आफैं मुख्य चरित्र-नायकको भूमिकामा छ। यस नाटकको मूल सन्देश हो- जसरी भए पनि सत्ता हत्याऊ। राष्ट्रपतिलाई उक्साउनु, युवा जोशलाई सडकमा खन्याउनु तथा घिउबेचुवा र तरवार बेचुवाको शैलीमा लेनदेन गर्नु नाजायज बाटो होइन।
यस्तो दोहोरो चरित्रले पहिले संसदीय पद्धतिको राजनीतिक लोकतन्त्रलाई संस्थागत गर्न दिएन भने नयाँ संरचना र पद्धतिका रूपमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई पनि बलियो ढाँचा र संस्कृतिका रूपमा उभिन दिएको छैन। हुन त अन्तरिम संविधानमा संसद्बाट निर्वाचित राष्ट्रपति पद बनाउने र राज्यप्रमुखका रूपमा रहने राष्ट्रपति नामक संस्था कार्यकारी नहुने प्रावधान लागु गर्ने पनि हाम्रै नेता थिए। तर उनीहरूले त लोकतान्त्रिक गणतन्त्रका नाममा 'राजा' का ठाउँमा 'राष्ट्रपति' मात्रै थपना गर्न खोजेका रहेछन्। संविधानमा बहुमतीय प्रणालीबाट सरकार निर्माणको बुँदा थप्ने सर्तमा लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न राजी भएका उनीहरूले सत्ताप्राप्तिका लागि राष्ट्रपतिलाई उक्साउनु दोहोरो चरित्रकै एक उद्यम हो। संविधानका धारा-उपधारामा राष्ट्रपतिलाई संवैधानिकमात्रै बनाउनु तर यथार्थमा कार्यकारी राष्ट्रपतिको चाहना पाल्नु, संविधानका धारा कुल्चन उक्साउनु यसकै उत्पादन हुन्।
सबै नेतादेखि राष्ट्रपतिसम्मलाई थाहा छ- अन्तरिम संविधानको मर्म र लोकतान्त्रिक मूल्य/मान्यताअनुसार संसद् विघटन हुँदैमा प्रधानमन्त्री पदमुक्त हुँदैन। कदाचित जबर्जस्ती पदमुक्त गरिएमा सरकारले निरन्तरता पाउँदैन, संविधानतः अर्काे कुनै सरकार पनि नबन्ने स्थितिमा सरकार-शून्यता छाउँछ। त्यसैले संसद् विघटन हुँदा पनि अर्काे मन्त्रिमण्डल नबनेसम्म कायम रहने प्रधानमन्त्रीको काँधमै हुन्छ, नयाँ निर्वाचनबाट नयाँ सरकार बनाउने नेतृत्वदायी भूमिका पनि। अर्काे निर्वाचनको घोषणा गर्ने र नयाँ सरकार निर्माणका लागि चुनाव गराउन खोज्ने सरकारको हैसियत कामचलाउ त हुन्छ तर चुनावी सरकारको हैसियतमा भने कार्यरतै रहन्छ। कतिसम्म भने शेरबहादुर देउवा र माधव नेपालको कामचलाउ सरकारको नेपाली अभ्यास र विश्वमा जारी संसदीय लोकतन्त्रको मान्यताअनुसार पनि कामचलाउ सरकारले नियमित काम/कारबाही गर्न पाउँछ, बजेट पनि ल्याउन पाउँछ।
वैधानिक-अवैधानिकको मुद्दा
नेपाली राजनीतिमा लोकतन्त्रवादी नेताहरूले फेरि एक पटक दोहोरो चरित्र प्रदर्शन गरे- सत्ताको भोकले रन्थनिएर। उनीहरूले 'राष्ट्रपतिको आदेशअनुसार पदमुक्त भइसकेकाले अवैध सरकारले बजेट ल्याउन पाउँदैन, बहुमतीय आधारमा बनेको सरकारले पनि राजनीतिक सहमतिकै आधारमा सबै काम गर्नुपर्ने' रटान ६-६ महिनासम्म लगाए। यस्ता असंसदीय र अमूर्त मागले संसदीय लोकतन्त्रको मर्मलाई घात गरे नै, मागकर्ताहरूको अलोकतान्त्रिक चरित्र पनि उजागर गरे।
यस्ता मागलाई समेत घुमाउरो पाराले टेवा दिएका राष्ट्रपतिले पनि आफ्नो पुरानो अभ्यास र संसदीय लोकतन्त्रको मान्यतालाई पनि हेक्का राख्नु जरुरी ठानेनन्। उनले पनि विपक्षी दलहरूले जस्तै कामचलाउ सरकारको नेतृत्वमा माओवादी र उसका सहयोगी मधेसवादी भएको मात्रै देखे, त्यहाँ कांग्रेस र एमाले भएका भए उनीहरूका हजार खत माफ दिन्थे। माधव नेपाल नेतृत्वमा रहेको एमाले-कांग्रेसको कामचलाउ सरकारलाई सहजै बजेट ल्याउन दिँदा, बाबुराम नेतृत्वमा रहेको माओवादी-मधेसवादीको कामचलाउ सरकारलाई नदिँदा संसदीय लोकतान्त्रिक मान्यता कता हरायो, खोज्न मेलोमेसो गर्नु उनले पनि जरुरी ठानेनन्। पछिल्लो चरणमा ठूलो राजनीतिक जोडघटाउपछि मात्रै दुई तिहाइ बजेट पेस गर्न दिनु काखा र पाखाको राष्ट्रपतीय नीतिको परिचायक हो। त्यसैका पछिल्ला कडी हुन्- सहमतीय सरकारको नाममा राष्ट्रपतीय पहल र त्यसको वैधानिकमाथि प्रश्न उठाउँदै मन्त्रिमण्डलबाट प्रस्तुत प्रतिवादपत्र। यस्तो द्वन्द्वले राष्ट्रपतीय संस्थालाई गरिमामय बनाएन, बरु राष्ट्रपतीय संस्थासँगै लोकतान्त्रिक गणतन्त्रलाई पनि कमजोर बनायो। यसबारे विपक्षी दलहरूमा कुनै चिन्ता देखिएन, किनभने उनीहरूको चिन्ताको केन्द्रमा थियो- जसरी भए पनि प्रधानमन्त्रीको कुर्सी हडप्ने दाउपेचमात्रै।
संसदीय लोकतन्त्रका सामान्य मूल्य/मान्यतालाई ताकमा राखेर विपक्षी दलहरूले कार्यकारी अधिकार प्रयोगका लागि उक्साएपछि उक्सिने राष्ट्रपतीय व्यवहार लोकतान्त्रिक छैन, राष्ट्रपतीय संस्थालाई बलियो बनाउनेखालको पनि छैन। राजनीतिका नियन्ता बनेका दलहरूले केही गरेनन् भन्दै राष्ट्रपतिजस्तै सेनापति पनि उत्तेजित भए भने, दुवै शक्तिको साँठगाँठ भयो भने परिणाम कति अलोकतान्त्रिक र असंवैधानिक हुन्छ, विचारै गरिएको छैन। निर्वाचनको घोषणापछि स्वतः चुनावी सरकार भएको माओवादी-मधेसवादी सरकारका प्रधानमन्त्रीलाई समेत 'पदमुक्त' भएको घोषणा गर्ने राष्ट्रपतिको हतारोपनाले संविधान र संसदीय लोकतन्त्रको मर्मस्थलमै हानेको छ। अर्काे मन्त्रिमण्डल गठन नभएसम्म कार्यसञ्चालन गर्न पाउने संसदीय परम्परा र अन्तरिम संविधानको प्रावधानलाई बेवास्ता गर्दै सरकार अवैध र पदमुक्त भएको जिकिरका कारण अन्तरिम संविधान समाप्त हुने डर जन्मिएको छ।
एकातिर राष्ट्रपति र विपक्षी दलहरू, अर्कोतिर प्रधानमन्त्री र सरकारमा संलग्न दलबीच जारी गतिरोध र द्वन्द्वको मुख्य बुँदा नै 'व्यवस्थापिका-संसद्को सदस्य नरहेकाले पदमुक्त भएको' घोषणा साबित भएको छ। त्यही घोषणाका आधारमा सरकार अवैधानिक र अवैध भएको, त्यस्तो सरकारले चुनाव घोषणा गर्नै नसक्ने, बजेट पनि ल्याउनै नपाउनेजस्ता विवाद फैलिएको छ। सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम सिफारिस गरेर पठाउन मिति तोक्ने नयाँ उद्यम चलाएर उनले यस्तो विवादलाई सघन पार्ने र कार्यकारिणी अधिकार पनि प्रयोग गर्ने क्रम थालेका छन्। अनधिकृतरूपमा कार्यकारी अधिकार प्रयोगका लागि उक्साउने र उक्सिने शक्तिहरूले अन्तरिम संविधानमा रहेको आलंकारिक राष्ट्रपतिको प्रावधान, सर्वाेच्च अदालतले तोकेको उनको अधिकार क्षेत्रको सीमा र आफैंले ओढ्दै आएको राष्ट्रपतीय मर्यादाको गम्छा फ्याँक्दै अगाडि बढ्दा जतिसुकै ठूला लोकतान्त्रिक व्यक्तिको पनि सदाशयताको धोती फुस्कन्छ नै।
सत्ता साझेदारीको सूत्र
६-६ महिनासम्म दलहरूले सहमतीय सरकार नबनाएकाले 'सदाशयी राजनीतिक कदम' चालेको राष्ट्रपतीय दाबी र त्यसको अन्धसमर्थनसँग विधि, विधान र वैधानिकताको कुनै नाता छैन। राजनीतिक दल र तिनका नेताहरूका अकर्मण्यता र सत्तालोलुपताविरोधी जनआक्रोशलाई वैधता दिँदैमा राष्ट्रपतीय दाबी र कदम वैधानिक हुँदैनन्। आक्रोश पोख्दै पदम कुँवरले प्रचण्डलाई चड्कन हानेझैं उनले प्रधानमन्त्रीलाई आदेशहरूको थप्पड खुवाउँदैमा स्वतः वैधानिक हुँदैन, वैधता पाइए पनि। संसद्बाट निर्वाचित बहुमतीय सरकारको निरन्तरता बोकेको सरकारमै सत्ता साझेदारी र सत्ता साझेदारीका आधारमा निर्वाचनका लागि सहकार्यमा पहिल्यै जोडबल गरिएको भए वैधता र वैधानिकताको समस्या कमै आउँथ्यो। तर विपक्षी नेताहरूले संसदीय लोकतन्त्रका सामान्य मूल्य/मान्यता र विधिलाई समेत रछ्यानमा फालेर, 'मलाई त्यही केटी चाहिन्छ' भन्ने शैलीमा प्रधानमन्त्रीको कुर्सी मागेपछि राष्ट्रपतिले पनि 'सदाशयी राजनीति' गर्नमा बेसी रुचि लिए। सत्ताको भोकले छटपटाएका विपक्षी नेताहरूले चन्द्रमालाई सत्ताको स्वादिलो पिज्जा ठानेर मागेपछि उनी पनि चन्द्रमा नै झारिदिने आश्वासन बाँड्दै, सहमतीय सरकारका लागि उदारखालको 'मुभ' गर्नमा तल्लीन भए। तर सत्ताशक्तिसँग जोडिएको राजनीतिक जोडघटाउ मिलेन भने 'सदाशयी राजनीति' संस्थागत मिथ्याचारसँगै गणतान्त्रिक संस्थाको पतनतिर वा उदार तानाशाहको उदयतिर धकेलिन सक्छ। स्वर्ग पुग्ने उद्दात्त लक्ष्य बोकेरै नर्क जाने बाटो बनाइएका हुन्छन्। उदार र लोकतान्त्रिक छवि बनाएका राष्ट्रपतिलाई सेना र भारतको पुठ नभएमा 'प्लान बी' लागु गर्न गाह्रो हुनसक्छ र चालु 'प्लान ए' नै बुमर्याोङ भएर द्वन्द्व उत्कर्षमा पुग्नसक्छ।
जुनसुकै आशयबाट द्वन्द्व बढाइएको भए पनि द्वन्द्व कम गर्ने उपाय नै नभएको होइन। नयाँ सम्झौता गर्ने, त्यसअनुसार सत्ता साझेदारी गर्ने र अलिकति लोकतान्त्रिक अभ्यास गर्ने प्रयाससँगै द्वन्द्व कम हुनसक्छ। अहिलेलाई संसद्बाट निर्वाचित बहुमतीय सरकारको निरन्तरतालाई बेवास्ता नगर्ने, सबैभन्दा ठूलो दलको नेतृत्वदायी भूमिकालाई सकार्ने तथा निर्वाचन घोषणा गरेको सरकारको दायित्वलाई मान्यता दिने हो भने पनि लोकतान्त्रिक अभ्यास थालनी भइहाल्छ। होइन, बाबुरामलाई जसरी पनि हटाउने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अनि माओवादीइतर सत्ता साझेदारी नै गर्ने हो भने राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्ममा एउटै दलको प्रभुत्व हुँदा निर्वाचनै हुन्छ कि हुन्न भन्ने यक्ष प्रश्न तेर्सिन सक्छ। वर्तमान सरकारमा ठूला र प्रभावशाली मन्त्रालय लिएर समेत सत्ता-साझेदारी नगर्ने विपक्षी गठबन्धनको अराजनीतिक जिद्दी कायम रहेमा माओवादी र मधेसवादी दलहरूले नै त्यस्ता मन्त्रालय लिएर सुशील कोइरालाकै नेतृत्वमा बन्ने सरकारमा सत्ता-साझेदारी गर्दै संविधान सभा निर्वाचनतिर जानुपर्ने बाध्यता आइलाग्न सक्छ, राजनीतिक लेनदेन र सहमतीय सरकारको माला जप्दै। लोकतन्त्रका मसिहा ठान्नेहरूले नै असंवैधानिक बाटोबाट लोकतन्त्रको डंुगा डुबाउन कम्मर कसेमा खराबमध्ये कम खराब बाटो रोज्नु तथा लोकतन्त्रका मान्यता र लोकतान्त्रिक गणतन्त्रका विभिन्न संस्थालाई सकेसम्म बचाउने उपाय खोज्नु मुर्ख्याइँ ठहरिँदैन।