भारतीय टेलिभिजन जी न्युजका अनुसार ६ सेप्टेम्बर २०१२ का दिन ६० औं भुटानी शरणार्थी अमेरीका प्रस्थान गरेका थिए। सत्तरी हजारभन्दा बढी भुटानी शरणार्थीले अमेरिका तथा अन्य सात मुलुक अष्ट्रेलिया क्यानडा, नर्वे, नेदरल्यान्ड, डेनमार्क तथा संयुक्त अधिराज्यमा जान नेपाल छाडिसकेका छन। यो वर्षको अन्त्यसम्ममा नेपालमा शरण लिएका भुटानी शरणार्थीको संख्या १ लाख ८ हजारबाट घटेर ३० हजार पुग्ने अनुमान गरिएको छ। पूर्वी नेपालको सात वटा शरणार्थी शिविरबाट २००८ देखि भुटानी शरणार्थीलाई दाता राष्ट्रहरुले युएनमार्फत् दिएको सहयोगको बदलामा उनीहरुलाई आफ्नै मुलुकमा लगेर पुनर्स्थापना गरी बसोबास गराउने कार्य सुरु गरेका हुन।
भुटानबाट लखेटिएर नेपाली मुलका नागरिक नेपाल पस्न थालेकाचाहिँ १९८९ देखि हो। १९९० देखि उनीहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले रासन पानी आवास तथा बाँच्नका लागि अत्यावश्यक पर्ने सहयोगहरु दिँदै आएको छ। उनीहरु किन दुई दशकभन्दा बढी नेपालमा शरणार्थी जीवन बिताउन बाध्य भए? अन्तर्राष्ट्रिय कानुनबमोजिम उनीहरुको आफ्नो मातृभूमिमा फर्कन पाउने नैसर्गिक अधिकारबाट उनीहरुलाई किन विमुख गराइयो ? अनि उनीहरु आफ्नो मुलुकबाट लखेटिँदा भारत भएर नेपाल आएका हुन्। अर्थात् तिनका निमित्त अन्त्ार्राष्ट्रिय कानुन मुताविक भारत पहिलो शरण भूमि हँुदाहँुदै त्यहाँ किन बस्न पाएनन्? यस्ता थुप्रै प्रश्न छन्, जसको उत्तर हाम्रो परराष्ट्र नीतिको असफलतासँग गाँसिएको छ ।
हाम्रो मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि भुटानमा पनि नागरिकहरुले आफ्नो मानवीय अधिकारका निमित्त आन्दोलन सुरु गरेका थिए। त्यो आन्दोलनको नेतृत्वचाहिँ त्यहाँ रहेका नेपाली मूलका नागरिकले गरेका हुन। तत्कालीन भुटानी राजालाई सिक्किममा भएको १९७५ को प्रजातान्त्रिक आन्दोलन र त्यसपछि उक्त मुलुकको भारतमा विलयले अवश्य पनि तर्साएको हुनुपर्छ। परिणामस्वरूप आन्दोलनकारीहरुसँग वार्ता गरेर तिनको जायज अधिकारसम्बन्धी मागहरु पूरा गर्नुको साटो सैनिकको बलमा आन्दोलन दमन गरेर एक लाखभन्दा बढी नेपाली मूलका नागरिकलाई नियोजित तरिकाबाट खेद्ने कार्य गरे।
नेपाली मूलका भुटानीलाई लखेट्ने प्रकृयामा राजा जिग्मी वाङ्गचुकले आसाममा विद्रोह मच्चाउने भुटानमा बसेका आसाम गणपरिषद्का सदस्यहरुको सहयोग लिए। भारतीय ट्रकहरुलाई मुखले मागेको पैसा दिएर आसामका विद्यार्थीहरुले दक्षिण भुटानबाट नेपाली खेद्थे। भुटानी सैनिकहरुले नेपाली मूलका आफ्ना नागरिकलाई घेरामा राखेर ट्रकमा भरिदिने गर्थे। यो क्रम १९९३ सम्म चल्यो। भारतका प्रशासकहरु त मुकदर्शक भएर बसे बसे तर हाम्रो मुलुकको स्थानीय प्रशासन केन्द्रको निर्देशन कुरेर बस्यो। केन्द्रलाई यस विषयमा खासै चासो भएन। परराष्ट्र मन्त्रालयले भुटान, भारत तथा विश्व समुदायसँग यस विषयमा कुनै बहस चलाएन। शरणार्थीको संख्या लाख नाघिसक्दासम्म पनि हाम्रो मुलुकका गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मले नेतृत्व गरेको सरकारलाई यति ठूलो संख्यामा शरणार्थीहरु बाहिरिँदा पनि यस विषयमा खासै चासो भएन। अनि मुलुकको प्रबुद्ध वर्गले भरिभराउ भएको परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै गृहकार्य गर्नै भ्याएन।
जुन बेला हाम्रो परराष्ट्र मन्त्रालय तथा सरकार मौन भएर बसिरहेको थियो, त्यो अवसरमा भुटान भने आफ्नो रणनीतिको तयारीमा पुरै जुटिसकेको थियो। प्रथमतः उसले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु सीएनएन, स्काइ टेलिभिजन तथा बीबीसीबाट धुमधामसँग नेपालीहरुले भुटानको नियम कानुन मान्न नचाहेर स्वेच्छाले आफ्नो मुलुक छाड्न थालेका छन् भन्ने प्रचार गरायो। त्यसपछि अक्सफोर्ड विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्मेलन गर्योा, जसको मूल उद्देश्य विश्व बौद्धिक एवम् प्राज्ञिक समुदायलाई नेपालीहरु आफ्नो जन्मभूमिमा फर्कंदैछन् भन्ने सन्देश दिनु थियो।।
विश्व समुदाय, खास गरेर पश्चिमी राष्ट्रका निमित्त भुटान भनेको तिब्बती संस्कृति अपनाएको बुद्ध धर्मावलम्ब्ाीहरुको शान्त मुलुक हो भन्ने परिचय उसले दिएको थियो। पश्चिमी विश्वलाई त्यहाँको जनसंख्या कति छ भन्ने त अनुमान पनि थिएन्ा। न त तिनलाई त्यहाँ नेपाली मूलका नागरिकहरु १६२० मा राजा सान्दुरुग नागवाङ नाम्ग्यालले आफ्नो पिताको मृत्युपछि स्तूप बनाउनका निमित्त लगेपछि बसोबास गर्दै आएको इतिहासकै विषयमा कुनै ज्ञान थियो। यी रहस्यबाट भुटान सरकारले फाइदा उठाउनमा कुनै कसर राखेन। जति जति नेपाली मूलका नागरिकलाई लखेट्ने कार्य अगाडि बढाउन थाल्यो, त्यति त्यति उसले नेपालीहरुले एउटा शान्तिप्रिय मुलुकमा अशान्ति मच्चाउन थालेका छन् भन्ने सन्देशलाई प्रचारप्रसार गर्ने कार्यमा समेत तीव्रता ल्यायो। १९९३ को आधाआधीमा त नेपालीहरुले गुरिल्ला युद्ध सुरु गरेका र भुटानी बुद्ध धर्मावलम्बीहरुलाई हत्या गर्ने थालेका जस्ता नाटकीय समाचारहरु स्काई टेलिभिजनमार्फत् पश्चिमी राष्ट्रहरुमा प्रसारण गर्न लागिपर्यो । अनि संयुक्त राष्ट्र संघको युरोपमा रहेको प्रमुख कार्यालय जेनेभा तथा मुख्यालय न्युयोर्कमा उसका प्रतिनिधिहरुले धुमधामसँग नेपालीहरु भुटानको शान्ति खलबल्याउँदै आफ्नो मातृभूमिमा फर्कन थालेका छन् भन्ने प्रचारबाजी गर्योह। ती प्रचारबाजीहरुको प्रतिकार गर्न हाम्रो परराष्ट्र मन्त्रालय तयार थिएन, न्युयोर्क अथवा जेनेभाका नेपाली नियोगहरुले पनि केही गर्नै सकेनन्।
हाम्रो परराष्ट्र मन्त्रालयका उच्च ओहदाका कर्मचारीहरु समयसमयमा भुटानबाट प्राप्त हुने निमन्त्रणा तथा मिठा समस्या समाधान गर्ने आश्वासनमा लठ्ठ परिरहेे। समस्याको समाधानका निमित्त भारतलाई गुहार्नसमेत नेपाल सरकार चुक्यो। नेपाल सरकारलाई भुटानमा भारतको भूमिका, हैसियत र प्रभाव कस्तो छ भन्ने थाहा थियो। भुटानमा त्यतिन्जेलसम्म दुई राजदूतावास थिए- भारत र बंगलादेशको। अनि बङ्गलादेशको प्रभाव के थियो भन्ने ज्ञान पनि हाम्रा नीति निमार्ताहरुलाई राम्रैसँग थाहा थियो। तैपनि नेपाली नेता तथा नीति निर्माताहरुले बंगलादेशलाई समेत पनि गुहारेनन्। तिनले भारत सरकारको प्रभावको उपयोग गर्ने चेष्टासम्म गरेनन्।
मनमोहन अधिकारी अनि शेरबहादुर देउवाको प्रधानमन्त्रित्व कालमा समस्याले विकराल रुप लिन थालेपछि भारत सरकार घच्घचाउँदा ऊ पन्छिन थाल्यो। नेपाल र भुटानबीचको विषय भएकोे हुनाले बोल्न नमिल्ने नीति उसले अख्तियार गर्यो । त्यतिबेला नै पनि अलिकति सुझबुझ देखाएर तिम्रो मुलुक प्रथम आगमन मुलुक भएको हुनाले तिमी पन्छन मिल्दैन भन्ने सन्देशसम्म पनि हामीले दिन सकेको भए शायद परिस्थति फरक हुने थियो। त्यतिमात्र होइन, शरणार्थी समस्यालाई अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो सरकारले सही ढंगले प्रस्तुत गर्न सकेन। समयमा गृहकार्य गर्न सकेको भए भुटानी शरणार्थीहरु उनका घर फर्किसकेका हुने थिए। भारतले केही भुटानी शरणार्थी फर्कन खोज्दा तिनलाई नेपाल भारत सिमानामा रोकेर सर्कस देखाउँदासमेत हाम्रो सरकार मौन रह्यो। डच परराष्ट्रमन्त्री नेपाल आएर झापा तथा मोरङमा भएका शरणर्थी शिविरहरु भ्रमण गरेपछि मात्र युरोपमा भुटानी शरणार्थीको समस्याले केही महŒव पाउन थाल्यो। तर पनि विडम्बना, हाम्रा थुप्रै परराष्ट्र मन्त्रीहरु सरकारी खर्चमा युएनएचसीआरको वार्षिक दाताहरुको बैठकमा भाग लिन स्वीट्जरल्याण्ड पुग्थे।
तिनको भ्रमणकालमा दातृ मुलुकका प्रतिनिधिहरुसँग भेटघाट गरेर शरणार्थीको स्थिति अवगत गराउनु तथा भुटानलाई उसका नागरिकहरु फिर्ता बोलाउन दबाब दिन अनुरोध गर्नुको साटो स्वीट्जरल्याण्डको रमणीय दृश्य हेरेर हाम्रो देश योभन्दा राम्रो छ भन्नेमा सीमित हुने गर्थे। कुनै पनि परराष्ट्र मन्त्रीले आफ्नो भाषणमा भुटानी सरकारलाई आफ्ना नागरिकहरु फिर्ता लिन लगाउन दातृ समुदायलाई आग्रह गरेनन्। बरु धेरैले त हामी र भुटान परम्परा कालदेखि गहिरो मित्र भएको हुनाले दुईपक्षीय छलफलद्वारा समस्याको हल खोज्दैछौं र छिटै नै समाधान हुने विश्वास गरेका छांै भन्ने दुस्साहस गर्थे।
भुटानलाई जताबाट पनि फाइदा नै फाइदा हुनुमा उसको परराष्ट्र नीतिको सफलता मान्नुपर्छ। थिम्पूका नेताहरुको त्यहा"स्थित भारतीय दूतावाससँग हाम्रा नेताहरुले लैनचौरमा गर्ने गरेको जस्तो सोझो सम्पर्क अवश्य पनि हुन पाउँदैन। दिल्लीबाट निर्देशन नआएसम्म शरणार्थी समस्या थिम्पूस्थित भारतीय दूतावासको चासोको विषय हुने कुरै भएन। दातृ मुलुकहरुको दूतावास नभएको हुनाले भुटानी सरकारलाई कुनै किसिमको कूटनीतिक चाप पनि परेन। भुटानमा हालसम्म जम्मा तीन वटा मात्र दूतावास छन्। भारत, बंगलादेश र हालै बनेको फिनिस दूताबासवाहेक त्यहाँ अन्य पाँच मुलुक स्वीट्जरल्याण्ड, नेदरल्यान्ड, ग्रिनल्यान्ड, डेनमार्क तथा क्यानडाका कूटनीतिक नियोग हालै खुलेका छन्। पछिल्ला नियोगहरुको स्तर राजदूतावासको भन्दा न्युन छ। भुटानले संयुक्त राष्ट्र संघको सदस्यता १९७१ मा लिएको भए तापनि उसले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यता दश वर्षपछि अर्थात् १९८१ मा लियो भने १९८२ मा गएर विश्व स्वास्थ्य संगठन र युनेस्कोको सदस्यता लिएको हो । यस अर्थमा विदेशीको प्रभाव त्यस मुलुकलाई न्युन नै पर्ने भयो। झन् त्यसमा पनि उसले विदेशीहरुलाई देशभित्र छिर्न नदिने नीति अख्तियार गरेको हुनाले त्यहाँ जानका निमित्त मरिहत्ते गर्ने थुप्रै विदेशी हुन्छन्। जसले गर्दा बाहिरी प्रेसर उसलाई पर्ने कुरै भएन। माथि उल्लेख गरिएको वास्तविकता बुझ्दाबुझ्दै हाम्रो सरकारले भने कुनै ठोस नीतिअनुरुप न भारतमार्फत् भुटानलाई अत्यावश्यक परिसकेको कूटनीतिक दबाब नै दिन सक्यो न त शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गरेर विश्व समुदायलाई भुटानी नागरिकमाथि उसको आफ्नै सरकारले गरेका अत्याचारका विषयमा अवगत गराएर भुटानविरुद्ध अन्तर्राष्ट्रिय दबाब बढाउने प्रयासमा नै लाग्न सक्यो।
हाम्रो मुलुकको प्राकृतिक स्रोत र साधनले भ्याउन नसक्ने एक लाखभन्दा बढीको संख्यामा भएका शरणार्थीलाई दुई दशकभन्दा बढी बन्दी जीवन बिताउन बाध्य तुल्यायो। त्यसको मूल्य कसले चुकाउने? अनि केही हजार नै किन नहोस्, भुटानी शरणार्थीहरु अझै पनि आफ्नो मुलुक फर्कन पाउनुपर्ने मागमा अडिग छन्। उनीहरु पश्चिमी राष्ट्रहरुमा बसोबास गर्न नजाने भनेर बसेका छन्। तिनलाई के गर्ने? के अब फेरि भुटान सरकारलाई प्रमाणीकरण गर्न पठाउनुहोस् भनेर अनुरोध गर्ने अथवा भारत तथा फिनल्याण्ड, जसको दूतावास थिम्पूमा छ, तिनलाई मध्यस्थता गर्न लगाएर कमसेकम बचे/खुचेका शरणार्थीहरुलाई मात्रै नै किन नहोस्, तिनको मानव अधिकारकै खातिर भए पनि भुटान फर्कन इज्जतका साथ लगाउने। यस्ता प्रशनहरुका विषयमा विगतमा असफल भएको पाठ सिकेर माओवादीको उपाध्यक्ष प्रधानमन्त्री तथा अर्का उपाध्यक्ष परराष्ट्रमन्त्री भएको अवसरमा परराष्ट्र मन्त्रालयले सही निर्णय लिने विवेक प्रयोग गर्ने विश्वास लिन सकिन्छ।