संविधान सभा विघटन भएलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीलाई कामचलाउ हैसियतको रुपमा मात्र रहेको जानकारी दिएयता थुपै्र घटना भइसकेका छन्। तर परिस्थितिमा परिवर्तन आएको छैन। सकेसम्म सहमति बन्न नदिने र वर्तमान सत्तालाई नै टिकाइराख्ने प्रपञ्च चलिरहेछन्। प्रत्येक दिन नयाँ-नयाँ सर्त र नयाँ-नयाँ प्रस्ताव आइरहँदा सहमतिको वातावरण झन् धुमिल बन्दै गइरहेको प्रष्ट भएको छ।
प्रधानमन्त्रीलाई कामचलाउ हैसियत दिइसकेपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्न तत्काल राष्ट्रपतिले आह्वान गर्नुपथ्र्याे। सहमतिको सुन्दर कल्पना गर्नुभएका राष्ट्रपतिले नयाँ बहुमतीय सरकारको निम्ति कठोर कदम चाल्नुपर्ने दिशातर्फ मुलुक अगाडि बढिरहेछ। सत्तारुढ गठबन्धन जिम्मेवार नहुँदा हालसम्म पनि राष्ट्रले कुनै निकास पाउन सकेको छैन। रुक्मांगत कटवाल प्रकरणबाट राष्ट्रपतिसँग चिढिएको एनेकपा (माओवादी) राष्ट्रपतिलाई कुनै पनि बेला फसाउने दाउ पर्खिरहेको छ। त्यही कारण हो- डा. बाबुराम भट्टराई नेतृत्वको सरकार अप्ठेरोमा फलेको फर्सीको रुपमा बसिरहेको छ। अरुले झार्न नसक्ने, आफैं कुहिएर झर्ने समय पनि आइ नसकेको। कामचलाउ सरकारले कार्यकारी एवम् शक्तिशाली सरकारको हैसियत प्राप्त गर्न ठूलठूला कसरत ग¥यो। राष्ट्रपतिसमक्ष पेश गरिएका अध्यादेशहरुको ओइरो र असान्दर्भिक एवम् भ्रष्टाचारको गन्ध आउने राजनीतिक नियुक्ति त्यसका केही ज्वलन्त उदाहरण हुन्।
राष्ट्रपतिले मुख्य दलका शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रिय सहमतिको निम्ति अनुनय विनय गरे पनि सो हुन नसकेपछि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरुलाई ढिलै भए पनि औपचारिक आह्वान गर्नुभएको छ। एनेकपा (माओवादी) ले सुरुमा राष्ट्रपतिको यो कदमलाई असंवैधानिक भनेर टीकाटिप्पणी गरे पनि प्रकृयामा सामेल भई घुमाउरो समर्थन गरेको अवस्था विद्यमान छ। पटकपटक म्याद थप्दा पनि राष्ट्रिय सहमतिको सरकार बन्न नसक्दा राष्ट्रपतिको आगामी कदमबारेमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। राष्ट्रपति महोदयले आपूmले गरेको औपचारिक आह्वान फिर्ता लिन मिल्छ ? फिर्ता लिन सम्भव छ ? किमार्थ सम्भव छैन। राष्ट्रपतिको यो कदम निस्प्रभावी बनाउने हो भने देशमा दीर्घकालीन अराजकता पैदा हुन्छ। निरंकुशताको संस्थागत जन्म हुन पुग्छ।
राष्ट्रपतिको आगामी कदम के हुनेछ ? राष्ट्रिय सहमतिको निम्ति म्याद थपिरहने वा अन्य कुनै वैकल्पिक कदमहरु चाल्ने ? संसद रहेको बखत निश्चित अवधिभित्र राष्ट्रिय सहमतिको सरकार नबन्दा बहुमतको सरकार निर्माणका निम्ति राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक प्रावधान थियो। संसद नभएको बेला बहुमतको सरकार निर्माणका लागि आह्वान गर्न मिल्छ कि मिल्दैन ? संसदको बहुमत प्राप्त गरेको भनिएको वर्तमान गठबन्धन सरकारको विकल्पमा विघटित संविधान सभामा उपस्थित राजनीतिक दलहरुको बहुमतले अर्को नयाँ सरकार गठन गर्न सक्छ कि सक्दैन ? आगामी दिनका निम्ति यो एउटा ज्वलन्त प्रश्न हो। राष्ट्रपतिले अर्को कदमका रुपमा विघटित संविधान सभामा उपस्थित बहुमत राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्न निश्चित समय अवधि तोकेको अवस्थामा हुने सम्भावित परिणामहरु सहजै अनुमान गर्न सकिन्छ। संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधान सभामा रहेका दलहरुको बहुमत आपूmसंँग रहेको प्रमाणित गरेर एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल वा मधेसी मोर्चाका नेताहरु विजयकुमार गच्छदार वा महन्थ ठाकुरको नेतृत्वमा सरकार गठनको दावी राष्ट्रपतिसमक्ष पेश गर्न सक्छन्। विकल्पमा सुशील कोइरालाको नेतृत्वमा वर्तमान विपक्षी गठबन्धनले प्रधानमन्त्रीका लागि दलिल पेश गर्न सक्छन्। आवश्यक छानविन र परामर्शपछि राष्ट्रपति महोदयले दुईमध्ये एकलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।
यस्तो अवस्थामा वर्तमान सत्तापक्ष प्रतिपक्षमा र वर्तमान प्रतिपक्षमा सत्तापक्ष फेरिने र परिस्थितिमा तात्विक भिन्नता नदेखिने स्थिति सिर्जना हुन्छ। राष्ट्रपतिको बहुमतीय सरकार गठनको निम्ति गरिएको आह्वानलाई वर्तमान सत्तारुढ गठबन्धनले सहजरुपमा ग्रहण गर्न सकेन र यसलाई राष्ट्रपतिसँगको तनाव पैदा गर्ने विषयवस्तु बनाएको खण्डमा वर्तमान सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सरकार गठन गर्ने आफ्नो दावी प्रस्तुत गर्नुको सट्टा डा. बाबुराम भट्टराई नै सिंहदरवार र बालुवाटार नछोडाउने रणनीति अवलम्वन गर्न सक्छन्। सुशील कोइरालाको नेतृत्वमा विपक्षीहरुले स्वनभाविकरुपमा नयाँ प्रधानमन्त्रीको निम्ति आफ्नो दावी पेश गर्नेछन्। राष्ट्रपतिले सुशील कोइरालालाई प्रधानमन्त्री नियुक्त गरी डा. बाबुराम भट्टराईलाई बालुवाटारबाट सुरक्षितरुपमा घर पु¥याइदिने बन्दोवस्त मिलाउनुपर्ने अवस्था सिर्जना हुन आउँछ। एनेकपा (माओवादी) ले सहजरूपमा सत्ता छोड्नुभन्दा उल्लिखित परिस्थिति पर्खिरहेको देखिन्छ। राष्ट्रपतिलाई कूको आरोप लगाउँदै जनतामा जाने र आगामी संविधान सभाको निर्वाचनमा मत बटुल्ने रणनीति एनेकपा (माओवादी) ले लिन सक्छ।
परिस्थिति जेसुकै भए पनि राष्ट्रपति पछाडि फर्कनु कुनै हालतमा मुलुकका निम्ति उपयुक्त छैन। संविधान सभाको आगामी चुनाव सम्पन्न गर्न नयाँ सरकार आवश्यक छ। सहमति कुरिरहने परिस्थितिको अन्त्य भई केही जोखिम मोलेर भए पनि नयाँ राजनीतिक निकास लिनुपर्ने अवस्था उत्पन्न भएको छ। निरंकुश राजतन्त्र हटाउन जनताले सडकबाट कठोर संघर्ष गर्नुप¥यो भने जनताको मतद्वारा चुनिएका राष्ट्रपतिले माओवादी उग्रवाम र अराजकतावादका विरुद्ध यति जोखिम त अवश्य नै उठाउनुपर्ने हुन्छ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सत्ता कब्जा गर्ने नियतलाई तर्क, सडक र सत्ताले नियन्त्रण गर्नुको अर्को कुनै विकल्प छैन। बहुमतीय सरकारको आह्वान गर्दा एनेकपा (माओवादी) बाहेक अरु सबै दल एक ठाउँमा उभिन सक्ने अवस्था विद्यमान भएबाट राष्ट्रपतिले थपिएको म्यादसमेत गुज्रिएको खण्डमा बहुमतीय नयाँ सरकारको निम्ति आह्वान गर्नु अत्यन्त स्वाभाविक र जायज हुन्छ किनभने देशको विद्यमान राजनीतिक नजीर र परम्परालाई संवैधानिक दायराबाट भन्दा पनि राजनीतिक र व्यावहारिकरूपमा प्रयोग गरेर अगाडि बढ्नु आजको ज्वलन्त आवश्यकता हो। सहमतिको टिठलाग्दो रटानबाट समाधान ननिस्केपछि राजनीतिको बांगोटिंगो बाटो हिँड्नु सम्माननीय राष्ट्रपति र राजनीतिक दलको वर्तमानको बाध्यता हो। संविधान र कानुनको उल्झनमा परेर देशलाई सधैँ बन्धक बनाउन सकिँदैन। राजनीतिक निर्णयको आधारमा अघि बढ्नु नै आजको एकमात्र सही बाटो हो।