थुप्रैले भनिसके- शिष्ट स्वभाव र भद्र मिजासका धनी भीमबहादुर तामाङ कांग्रेसी राजनीतिमा सादा जीवन र उदात्त आदर्शका अटल संवाहक थिए। गए बरु भोकै ज्यान जाओस्, आफ्नो प्रिय राजनीतिक आदर्शमा कतै किञ्चित् खतबात नलागोस्। हो, यस्तो थियो तिनको जब्बर निष्ठा। त्यस्ता तामाङ दाइ देखिने र सुनिने गरी इहलोकमा अब रहेनन्। बूढा भाग्यमानी रहेछन्, तिनले आफ्नो जीवनजस्तै शिष्ट, शालीन र आदर्श मृत्युवरण गर्न पाए। म त भन्छु- तिनको मृत्यु नितान्त सामयिक हो। कारण कांग्रेसी जम्बोरीमा तिनको सुन्दर आदर्श केवल उपहासपूर्ण हाँस्यको विषय बनेको थियो। र, त्यो आदर्श मौलाउने र गाँजिने सम्भावना कांग्रेसी संरचनाभित्र एक पित्को पनि बाँकी थिएन। जतिसुकै अप्रिय किन नहोस् सत्य त आखिर भनिनै पर्छ। लाग्छ, तामाङ दाइको दैहिक अवसानसँगै कांग्रेसी आदर्शको अन्तिम झिल्को पनि निभ्यो। र, सिद्धान्त र आदर्श निख्रिएको कांग्रेसमा अब बाँकी रह्यो लोभ, लिप्सा र भोगमात्र। यी त्यस्ता तीन कुतत्व हुन्, जसप्रति तामाङ दाइको भयङ्कर असहमति थियो।
तामाङ दाइ जब बिते, कांग्रेसी वृत्तबाट मेरी बास्सै तिनमाथि श्रद्धाको खोलै बग्यो। सादा जीवन जिउने र उच्च विचार बोक्ने उनै बिछट्टका तामाङ दाइमाथि ! निष्ठाका सतिसाल भन्न सुहाउने उनै बेजोड तामाङ दाइमाथि ! ढोङमुक्त जीवनशैलीमा गर्व गर्ने उनै शालीन तामाङ दाइमाथि ! परिस्थिति जतिसुकै प्रतिकूल किन नहोस्, राजनीतिमा लोककल्याणको झण्डा कहिल्यै नबिसाउने उनै तामाङ दाइमाथि ! यस्ता थिए तामाङ दाइ, उस्ता थिए तामाङ दाइ † ती अनुपम थिए, ती विरलाकोटी थिए, ती अनमोल थिए। अहो ! केमात्र थिएनन् ती ! ती जब जीवित थिए, कांग्रेसमा पूर्णिमाको उज्यालो थियो। ती जब अलप भए, कांग्रेसमा औँसीको अँध्यारो व्याप्त भयो। कांग्रेसीगणद्वारा श्रद्धाको खोलोमा तामाङ दाइका गलामा प्रशंसाका यस्ता पगरी त कति गुथाइए कति † यी प्रशंसा गर्नेहरुका अनुहार देख्न र तिनका वचन सुन्न तामाङ दाइ जीवित थिएनन्। अहो † शून्यबाट बौरिएर आए तिनले के ठान्दा हुन्?
तामाङ दाइमाथिको कांग्रेसी प्रशंसा सिरियल सुन्दै जाँदा मलाई त्यो कसोकसो असङ्गतजस्तो, पाखण्डजस्तो अनुभूति भयो। स्वभावतः मनमा तर्कनाका तरङ्गहरु उठे। अरे † प्रशंसा गर्ने यी को हुन् र प्रशंसित हुने को हो यो? प्रशंसाको यो वर्षा यिनका हृदयबाट उठेको हो कि यिनका रुद्रघण्टीमाथिबाट फुत्त बाहिर निस्केको हो? तामाङ दाइ जब जीवित थिए, तिनलाई हेर्ने यिनका दृष्टि कस्ता थिए? जीवित छँदा ती यिनको आदरपूर्ण समर्थनका पात्र थिए कि यिनको कठोर प्रहारका निशाना थिए? यथार्थका केस्रा केलाउन पछिल्लो कांग्रेसी महासम्मेलनतिर फर्कुँ। महासम्मेलनमा तामाङ दाइ सभापतिमा उठेका थिए। मरेतुल्य र दिग्भ्रमित कांग्रेसमा जीवनको गति, लोकतन्त्रको आदर्श र जनहितको भावना सञ्चार गर्ने तिनको दृढ संकल्प थियो। तिनले आफ्नो पर्चामा समाजको अग्रगति र प्रगति एवं समता र सामाजिक न्यायका कुरा खराखरी गरेका थिए। लाटो चित्तले मैले सोचेँ, तामाङ दाइले पक्का जित्छन्। तर जब नतिजा आयो, भनन्न रिँगटा लागेर मैले मुख छोपेँ। कांग्रेसी धोक्रोमा जम्मा मत थिए ३०८८, तामाङ दाइले पाए जम्मा नाथे ७८ मत। वृद्ध कांग्रेसीहरु र अर्द्धवृद्ध कांग्रेसीहरु त तामाङ दाइविरुद्ध डटे नै, युवा कांग्रेसीहरु पनि तिनै वृद्धका छायाँसरह भई तिनैका पछिल्तिर खडा भए। वृद्धहरुका तिघ्रामा छाँद हालेर कांग्रेसको थोत्रो संरचनाको एउटा खोपोमा टाउको लुकाउने सुरक्षित ठाउँ खोज्नु नै तरुण कुममाथि वृद्ध टाउका भएका कथित युवाहरुको अभीष्ट बन्यो। र, तिनले चुनावी मैदानमा जीवन्त विचार र सुन्दर आदर्शलाई निर्ममता साथ कुल्चिए। कांग्रेसको इतिहासमा कांग्रेसकै हातबाट सिद्धान्त र आदर्शको यति साह्रो हुर्मत लिइएको दृष्टान्त शायदै अर्को होला। अनि अहिले? मानव चरित्रको यति साह्रो पाखण्डी ताल देख्दा मलाई अचम्म लाग्छ। जसले धुरिएर हिजैमात्र तामाङ दाइको सुन्दर आदर्शलाई धुलो चटाए, आज तिनै मनुवा तामाङ दाइमाथि श्रद्धाको अश्रु वर्षा गरिरहेछन्। पाखण्डको आवरणलाई च्यातेर हेर्दा यसको प्रतीकात्मक अर्थ यस्तो हुनसक्छ- मान्छे असल हो, तसर्थ त्यसलाई कान्लामुनि खसाल। मान्छे आदर्शमुखी हो, तसर्थ त्यसलाई परास्त गर। मान्छे मानवताप्रेमी हो, तसर्थ त्यसलाई बध गर। बस्। यो नेपाली कांग्रेसको वैचारिक ह्रास र नैतिक क्षयीकरणको पराकाष्टा हो। जीवनको त्रू्कर नाटकको यो कुरुप दृश्य हेरेर चीसा सुस्केरा हाल्दै तामाङ दाइले बाँकी जीवन बिसाए। र, आखिरमा चिसै सुस्केरा हाल्दै तिनले जीवन बिसाए।
तामाङ दाइ जब जीवित थिए, कांग्रेसमा दुई उल्टा विचार प्रवृत्तिको प्रष्ट उपस्थिति थियो। माथि भनिएको एउटा प्रवृत्तिका संवाहक र प्रवक्ता तामाङ दाइ थिए। अर्को प्रवृत्तिका संवाहक र प्रवक्ताहरु यतिखेर कारागारमा छन्। यी पछिल्ला काजीहरुको कथा कुनै नयाँ होइन। कांग्रेसले अझै जप्न नछाडेको 'प्रजातान्त्रिक समाजवाद' को भर्याँङ चढेर यी सत्ताका गद्दामा उक्लिए। यिनले चोर बाटोमा लामा हात गरेर थुपार्नुसम्म दौलत थुपारे। लोकका नजरमा यिनले लटालट लुटका महारथिको नाम कमाए। एवं रीतले यिनका निधारमा यिनको नौलो चिनारीको कुरुप छाप ठोकियो। र, यिनलाई कानुनले अँठ्याएर खोरतिर चलान गर्योन। विडम्वनावश, यी खोरबासीहरु नै कांग्रेसको मूलधारका प्रतिनिधि हुन्। जो खोरमा छन्, शायद ती फुर्सदिला क्षणमा संस्मरण, डायरी आदि 'अमर कृतिहरु' को रचना गरिरहेका छन्। लाग्छ, ती निश्चिन्त छन्। आफू खोरमा भएर के भो, बाहिर कंग्रेसी मूलधारमा आफ्नो चरित्र र प्रवृत्तिको जण्ड उपस्थिति छँदैछ। आफू बाहिर नभएर पनि सशक्तरुपले बाहिर हुनुमा जुन मजा छ, आफू बाहिर हुनुमा त्यो मजा कहाँ छ? यो भगवानको जस्तो उपस्थिति हो जो जहाँ पनि हुन्छन् भनिन्छ। यो भयो कांग्रेसमा एउटा प्रवृत्तिको चकचकी। अर्को प्रवृत्तिका संवाहक र प्रवक्ता तामाङ दाइको स्थान केवल कांग्रेसको पाद टिप्पणीमा थियो। साँच्चै भन्ने हो भने तामाङ दाइ र उनका सहयात्री नरहरि आचार्य, चक्र बास्तोला आदिहरु संकीर्ण बिष्टहरुको बिगबिगी भएको कांग्रेसको आँगनको पल्लो छेउमा टुत्रु्कक्क बस्ने दलित हुन्। दलित तामाङ दाइ अलप भए, र बिष्टहरुमाझ रुवाबासी व्याप्त छ। यो हर्षको रुवावासी हो कि शोकको? रुनेहरु आफैँ भनून्, म जान्दिनँ।
उसो त कांग्रेसमा अरु दुई प्रवृत्तिको उपस्थिति पनि छ। एउटा प्रवृत्तिका संवाहक तामाङ दाइ भइहाले, अर्को प्रवृत्तिका संवाहक हुन् रामशरण महत। मिस्टर महत निजीकरण, उदारीकरण र बजारीकरणका भयङ्कर प्रवक्ता हुन्। मानौँ यी करणहरु भगवान् हुन् र मिस्टर महत हुन् मृत्युपर्यन्त तिनका परम् भक्त। वास्तवमा यी ठूलो माछोले सानो माछोलाई खाने करणहरु हुन्। तामाङ दाइ जब जीवित थिए, ती प्रजातान्त्रिक समाजवाद भनिरहेकै थिए। मिस्टर महतका मुठ्ठीभर बलियाहरुलाई पोस्ने र अगणित जनसाधारणलाई निचोर्ने करणहरुतर्फ झिनो नै भए पनि तिनले औँलो ठड्याइरहेका थिए। तामाङ दाइको औँलो कांग्रेसी प्रवाहको सुदूर किनारमा थियो, मिस्टर महत उक्त प्रवाहको लगाम अँठ्याएर प्रवाह नियन्त्रकको भूमिकामा थिए। यस अर्थमा अर्थात् हालीमुहालीको अर्थमा कांग्रेस भनेकै मिस्टर महत हुन्। अमेरिकाको वालस्ट्रिटमा मिस्टर महतका परम् प्रिय करणहरुमाथि त्यत्रो धावा बोलियो। विश्वका समृद्ध देशहरुमा यी करणहरुको व्याधिबाट उत्पन्न चित्कार भयाबह छ। तैपनि मिस्टर महत आफ्ना देवतारुपी करणहरुको पक्षमा रातोदिन जिद्दी गरेका गर्यैक छन्। अहिले तामाङ दाइको यादमा श्रद्धाको वर्षा गर्नेहरु विचारको सारमा को हुन्? म त भन्छु, ती ठूला, मझौला र मसिना मिस्टर महतहरु नै हुन्। ती सब तामाङ दाइका ७८ मतदेखि बाहिरका मिस्टर महतहरु हुन्।
तामाङ दाइ हालका मूलधारे कांग्रेस किमार्थ होइनन्। ती त केवल कांग्रेसी मूलधारको फड्के किनारका निरीह साक्षी हुन्। आदि कांग्रेसका उच्च विचार र उदात्त आदर्शमा अटल रहन खोज्ने तामाङ दाइ वास्तवमा क्युरियो कांग्रेस हुन्। क्युरियोमा समयको लामो दूरीबाट बनेको उच्च बिक्री मूल्य हुन्छ। तामाङ दाइमा त्यो छ। त्यसैले त होला, तामाङ दाइका जनमुखी विचार र आदर्श देखी नसहने मिस्टर महत पथका सकल कांग्रेसीहरु यस घडीमा तामाङ दाइको जय/जयकार गर्न लिट्टी कसेर लागिपरेका छन्। जीवनमा क्युरियो काम लाग्छ। त्यो देखाउन काम लाग्छ। त्यो फूर्ति गर्न काम लाग्छ। त्यो बेचिखान पनि काम लाग्छ।