२०४६ सालको परिवर्तनपछि नेपालको राजनीति अधिकांश समय कांग्रेस, त्यसमा पनि सभापति गिरिजाप्रसाद कोइरालाको वरिपरि घुमिरह्यो । सत्ताको बाग्डोर सधैंजसो कोइरालाको हातमा रह्यो । उनको हातबाट राज्यसत्ता गुमेको नौ महिनामात्र भयो । कांग्रेसको एकलौटी सत्ता भने अझै उनकै हातमा छ । सिंगो पार्टीका नेता तथा कार्यकर्ता कोइरालालाई सुमेरु पर्वत मानेर घुम्छन् । घुम्नु उनीहरुको दिनचर्या र बाध्यता हो । संविधानसभा चुनावपछि कोइरालाको हातबाट सत्ता टाढा पुगे पनि पार्टी टाढा पुगेको छैन । बाबु कोइराला एक्ला छैनन् उनका साथमा सबै छन् । तर उनकी छोरी सुजाता भने एक्ली छन् । उनी हालै आएरमात्र एक्ली भएकी होइनन् । २०६१ माघ १९ पछिको आन्दोलन गणतान्त्रिक धारमा जान थालेपछि नै उनी एक्लिन थालेकी हुन् ।
पार्टी जुन सैद्धान्तिक धारमा गइरहेको छ त्यससित उनी सन्तुष्ट छैनन् । सिंगो कांग्रेस र मुलुकले गणतन्त्र भनिरहेका बेलासमेत उनी एक्ली थिइन् । उनी भन्दै थिइन् 'मुलुकमा संवैधानिक राजतन्त्र अपरिहार्य छ।' गणतन्त्र भरेभोलि भइरहेका बेला उनले 'बेबी किङ' का नाममा राजतन्त्र जोगाउनमात्र लागिनन् कि बाबुलाई समेत त्यही बोल्न लगाएर विवादमा पारिन् । पार्टीको केन्द्रीय समितिमा प्रस्ताव राखिन् । घडीको सुईलाई उल्टो घुमाउने उनको एक्लो प्रयासमा कसैले साथ दिएन । उनी असफल भइन् अर्थात् मुलुकमा गणतन्त्र आयो । कोइराला परिवारमा जन्मेर होला उनी साधारण महिला होइनन् दुस्साहसी नेतृ हुन् । उनले हारिन् तर हार मानिनन् । दुस्साहसी पात्रले कहिल्यै हार मान्दैन ।
अहिले उनको एजेन्डा फेरिएको छ । उनी अहिले दुइटा एजेन्डा लिएर हिँडिरहेकी छन् । एउटा आफ्नो नेतृत्वमा कांग्रेसलाई सत्तामा लाने र अर्को प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाई रथी कुलबहादुर खड्कालाई सेनाको बाग्डोर दिने । पार्टीभित्र यी एजेन्डामा पनि उनी एक्लै छिन् । सिंगो पार्टी उनका एजेन्डाको विपक्षमा छ । तर त्यसप्रति उनले कुनै मतलब राख्दिनन् न त राख्नुपर्छ भन्ने ठानेकी नै छन् । उनलाई विश्वास छ उनी जे भन्छिन् बाबुले त्यही मान्छन् । उनमा कांग्रेस कोइरालाको पौरख हो त्यसैलै ही कारण कोइराला भनेका मालिक हुन् अरु सबै नेता तथा कार्यकर्ता खेताला हुन् भन्ने दम्भ छ । त्यही दम्भका कारण उनी पार्टीको निर्णय र अडानको कुनै पर्वाह गर्दिनन् ।
माओवादी नेतृत्वको सरकारले कटवाललाई हटाउन गरेको प्रयासलाई रोक्ने रणनीति तय गर्न मंगलबार कांग्रेस कार्यसमितिको बैठक बस्दै थियो । उनले बैठक र त्यसले गर्ने निर्णयलाई कुनै महत्व दिइनन् पार्टीलाई महत्व दिने संस्कारसमेत उनमा छैन । उनले बाबुबाट दुइटा कुरा सिकेकी छन्- एउटा सत्ता र अर्को एक्लै निर्णय गर्ने प्रवृत्ति । बैठकमा एक घन्टा पनि नबसी उनी बाहिर निस्किइन् र आफ्नै अभियानमा लागिन् ।
बैठकबाट उनी सोझै अर्थमन्त्री एवं माओवादी नेता बाबुराम भट्टराईको पुल्चोकस्थित निवासमा गइन् र माओवादीका चार शीर्ष नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई भेटिन्। माओवादीका चार शीर्ष नेताले सुजातालाई त्यति महत्व दिएर भेट्नु पनि अर्थपूर्ण छ । माओवादीलाई सुजाताले चाहँदा बाबुलाई सहमत गराउन सक्छिन् भन्ने लागेको होला । हुन पनि सबलाई थाहा छ कांग्रेस भनेकै बाबु गिरिजाप्रसाद हुन् । उनी सहमत भए कांग्रेस सहमत हुन्छ ।
माओवादी कांग्रेसलाई गलाउन र फकाउन लागिरहेको छ । माओवादीले त्यसका लागि सुजातालाई उपयुक्त पात्र ठानेको छ । उसले त्यसो ठान्नुमा दम पनि छ । २०४६ पछि अधिकांश समय कांग्रेस त्यसमा पनि गिरिजाप्रसाद सत्ताको शिखरमा रहे । सुजाताले बाबु प्रधानमन्त्री हुँदा सबभन्दा बढी सत्ताको स्वाद चाखिन् । कांग्रेसमा उनले जति सत्ताको स्वाद चाख्नेको संख्या कमै छ । चाख्नेलाई मात्र स्वाद थाहा हुन्छ र फेरि फेरि सत्तामा पुग्ने लालसा हुन्छ । त्यसमा महत्वाकांक्षी सुजाता अपवाद हुने कुरै भएन । उनलाई सत्ताको स्वाद गुमेकामा निकै छटपटी छ । संविधानसभा चुनावबाट कांग्रेसको आकार खुम्चिएकाले बाबु पुनः सत्तामा पुग्ने सम्भावना छैन । माओवादी नेतृत्वको सरकारमा कांग्रेस जान सक्ने र बाबुले साथ दिए आफैंले नेतृत्व गर्न पाउने सम्भावना छ । माओवादी कांग्रेसलाई स्वागत गर्न तयारै छ ।
माओवादीलाई सुजाताको सत्तामा पुग्ने लालसा राम्ररी थाहा छ । त्यसैले चार शीर्ष नेताले उनलाई महत्वका साथ भेटे । माओवादी र सुजाताको स्वार्थ काटीकुटी मिलेको छ । माओवादी दाह्रानंग्रा झिकेको कांग्रेसलाई सत्तामा ल्याउन चाहन्छ । सुजाता त्यसका लागि करिब-करिब सहमत छिन् । माओवादी जसरी पनि कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापति बनाउन चाहन्छ । प्रचार गरिएजस्तै खड्का माओवादी अनुकूल हिड्न तयार छन् भने प्रधानमन्त्रीले रक्षामन्त्री पद कांग्रेसलाई दिन कुनै अप्ठ्यारो हुने छैन । फेरि हिजो कांग्रेस रक्षामन्त्री नपाएरै माओवादी नेतृत्वको सरकारमा नगएको हो । यहीँनेर माओवादी र सुजाताको स्वार्थ मिलेको छ । माओवादी कांग्रेसलाई रक्षामन्त्री दिन तयार हुने हो भने बाबुमार्फत् पार्टीलाई सहमत गराउन सकिन्छ भन्ने आत्मविश्वास सुजातामा छ । त्यसैको कडी हो सुजाता र माओवादी नेताको गोप्य भेट।