पुस १, २०१७ साल कक्षा चारमा पढ्ने हामी सबै साथी परीक्षाफल कुरेर बसिराखेका थियौँ। चिसो तथा अँध्यारो बिहान थियो त्यो दिन। कलेज अफ एजुकेसनदेखि लेबोरेटरी स्कुलसम्म सुनसान थियो। मास्टर साहेबहरूले मसिनो स्वरमा कुरा गरेको देखेर कुनै विपद् परेको आभाससम्म पाउन थालेका थियौं। त्यत्तिकैमा सबै विद्यार्थीलाई अफिस घरअगाडि बोलाइयो ३ बजेतिर। अनि साँढे ३ मा राजा महेन्द्रको रेडियो भाषण सुनाइयो। धेरै कुरा बुझ्ने अवस्था थिएन हाम्रो। तर तिनले सरकार विघटन गरेको भनेपछि अलिकति बुझियो। राजाको भाषण सकिँदासम्म सबै मन्त्री थुनामा परिसकेका थिए। नेताहरूलाई पक्रने काम भइरहेको भन्नेसम्म थाहा भयो।
बसमा घर पुगियो। घरमा बसिरहनुभएका पिताजीलाई देख्नेबित्तिकै सोधेँ- बुवा, आज राजाले के गरेको? उहाँको उत्तर थियो- मुलुकलाई सत्यानाश तुल्याउने भयो।
त्यस दिनदेखि मेरा वयस्क जीवन राजा र रानीको गुणगान सुन्दैमा र तिनले लागु गरेको पञ्चायती व्यवस्था कसरी हाम्रो माटो र हावापानी सुहाउँदो भयो? भन्ने गुन्दैमा बित्यो। दश कक्षामा पुग्दासम्म हामीलाई अंग्रेजीको किताबसमेत विदेशीले लेखेको 'किङ महेन्द्र ब्रिङ्स हिज कन्ट्री टु लाइट' भन्ने निबन्ध पढ्नुपर्थ्यो। प्रायःजसो एसएलसीको परीक्षामा यस निबन्धको विषयमा प्रश्न सोधिन्थ्यो। वर्षमा धेरैपटक 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। पञ्चायती व्यवस्था जिन्दावाद! अराष्ट्रिय तŒव मूर्दावाद' भन्ने नारा सुनिने गर्थ्याे। पुस १ का दिन त बाजागाजासहित लामालामा जुलुस शहर घुमेर टुँडिखेलमा जम्मा हुन्थ्यो। जहाँ राजादेखि प्रधानमन्त्री र मन्त्रीहरूले भाषण गर्थे। विद्यार्थी तथा कर्मचारीलाई जुलुसमा अनिवार्यरूपमा समावेश हुने उर्दी लगाइन्थ्यो। महेन्द्रका छोरा राजा वीरेन्द्रले पुस १ लाई उनका पिताको जयन्ती घोषणा गरेपछि त यो दिन झन् धूमधामसँग पर्वका रूपमा मनाउन थालियो। पञ्चहरूको यो चाड 'सबै जनता पञ्च र सबै पञ्च जनता' भएको अनि 'पञ्चायत हाम्रो नैसर्गिक वास्तविकता' भएको बताइन्थ्यो।
राष्ट्रिय पञ्चायतको चुनाव लड्दा पञ्चायत व्यवस्था नै होइन भनेर पद्मरत्न तुलाधरले भाषण दिएको सुनेपछि मलाई यो व्यवस्था थियो/थिएन, त्यसको एकिन गर्न कठिन परेको थियो। व्यवस्था भने पनि कुव्यवस्था भने पनि पञ्चायत हाम्रो मुलुकमा तीन दशकसम्म टिकिरहन् सफल भयो। राजाको सक्रिय नेतृत्वमा सञ्चालन गरिएको यो पञ्चायतमा राजामात्र एक नेता थिए। अरू प्रधानमन्त्री हुन् कि वडा सदस्य सबै पञ्च त कार्यकर्ता मात्र थिए। शोषणरहित समाजको परिकल्पना गरेको भनिएको पञ्चायतमा वर्ग संघर्षको साटो वर्ग समन्वयको कुरा गरिन्थ्यो। विकासका लागि राजनीतिका नाममा 'गाउँ फर्क राष्ट्रिय अभियान' पञ्चायतको अभिन्न अंग बन्न पुगेको थियो। आफनै पौरखले विकासका पूर्वाधार निर्माण गर्ने भनेर राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्ने अभियान सुरु गरेका थिए। तर पछि गएर भारत, बेलायत र सोभियत रुसले त्यो राजमार्ग बनाइदिए।
राजा वीरेन्द्रले त विकासको मूलै फुटाउने कुरा गर्न थालेका थिए। उनका निम्ति पञ्चायत राजनीति दू्रत विकास गर्ने सबल पद्धति नै थियो। पञ्चायतकालमा विकासका थुप्रै आधारशीलाहरू खडा नभएको भने अवश्य पनि होइन। फरक यति हो, पञ्चायतले ल्याएको जति विकास समयले नै ल्याउने थियो। जहाँसम्म आर्थिक वृद्धि दरको सवाल छ, पञ्चायती समयमा त्यो जनसंख्या वृृद्धि दरको हाराहारी अर्थात् ३ प्रतिशतभन्दा कम नै हुने गर्योञ। तैपनि विकेन्द्रीकरणदेखि क्षेत्रीय विकासका अवधारणा त्यही समयका उपज थिए।
निर्दलीय पञ्चायतको पतन भएको २२ वर्ष नाघिसकेको छ। अनि पार्टी राजनीतिलाई छिःछिः दूरःदूरः गर्ने पञ्चहरूले राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालजस्ता पार्टी बनाइसकेका छन्। धेरै पञ्च कार्यकर्ता नेपाली कांग्रेसदेखि एकीकृत माओवादी पार्टीसम्मको नेतृत्व पंक्तिमा पनि पुगिसकेका छन्। तर, पनि यस प्रयोगका विषयमा आजसम्म कुनै मूल्यांकन भएको पाइँदैन। ३० वर्षको निर्दलीय अवधिमा हामीले के/कस्ता भौतिक, राजनीतिक, आर्थिक तथा सामाजिक उपलिब्ध हासिल गर्यौं त? त्यसका विषयमा अध्ययन भएको पाइँदैन। हेर्दा लाग्छ- पञ्चायत जसरी आएको थियो, त्यसरी नै ढल्यो। ल्याएको हामी जनताले होइन तर त्यसलाई न्यानोगरी हुर्काउने काम कुनै न कुनैरूपमा हामी जनसाधारणले नै गरेका हौँ। निर्दलीय पञ्चायतविरुद्ध राजनीतिक विद्रोह पनि नभएकाचाहिँ होइनन्।
२०१८ सालमा कांग्रेसका कार्यबाहक सभापति सुवर्णशमशेरको नेतृत्वमा प्रवासबाट सशस्त्र क्रान्ति गरिएको हो। त्यो क्रान्ति किन सफल हुन सकेन? अनि त्यसमा के/कति धनजनको क्षति भयो? भन्ने विषयमा कतै अभिलेख वा तथ्यांक पाइँदैन। त्यसैगरी जेलबाट छुटेपछि पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पनि सशस्त्र क्रान्ति भएको हो। त्यो क्रान्ति पनि उपलब्धिमूलक हुन सकेन। त्यो क्रान्ति असफल हुनाका कारण अझैसम्म प्रकाशमा आउन सकेका छैनन्। भारतीय नक्सलवादी आन्दोलनको नेपाली संस्करणका रूपमा सशस्त्र विद्रोह झापाली नाम गरेको पनि त्यतिबेलाका माओवादीले नगरेका होइनन्। त्यो पनि झापासम्म सीमित भयो। समय-समयमा युवाहरूले ज्यान हत्केलामा लिएर राजाविरुद्ध बम प्रहार गर्ने कोसिस पनि नगरेका होइनन्। त्यसको बदलामा राजा महेन्द्र र वीरेन्द्र दुवैको शासनकालमा दुर्गानन्द झा र भीमनारायणको हत्या भएको छ। त्यस्तो घटनाले पनि पञ्चायतलाई कुनै असर परेन। बरु, पाकिस्तानमा पूर्व प्रधानमन्त्री जुल्पि्ककार भुट्टोलाई झुण्ड्याइएको विरोधले पञ्चायतको जग हल्लायो। राजा बाध्य भएर जनमत संग्रह घोषणा गर्ने अवस्थामा पुगे।
२०४६ सालको जनआन्दोलनले निर्दलीय पञ्चायत सदाका लागि हाम्रो भूमिबाट हरायो। राजाको भूमिका पनि सदाका निमित्त न्युन भयो। २ सय ५० वर्ष लामो इतिहास दोस्रो जनआन्दोलनपछि सकियो। यति हुँदाहुँदै पनि प्रश्न उठ्छ, वर्षेपिच्छे पितृको सम्झना गर्ने संस्कारमा हुर्केको हाम्रो समाजमा पुस १ का दिनलाई किन सार्वजनिकरूपमा कसैले पनि सम्भि्कएनन्? अरूले नसम्भि्कए पनि आफ्नो पार्टीको नामअगाडि राष्ट्रिय प्रजातन्त्र गाँसेका पूर्व पञ्चहरूले पुस १ को औचित्यका विषयमा सार्वजनिक कार्यक्रम गर्नुपर्ने थियो। अन्यथा लगातार पञ्चायतको घन प्रहार खपेर प्रजातन्त्रको बियो जोगाइराख्ने नेपाली कांग्रेसले यो दिनलाई 'कालो दिन' को रूपमा कार्यक्रम आयोजना गरी पार्टी कार्यकर्ता तथा जनसाधारणलाई प्रजातन्त्र कसरी अपहरणमा पर्न सक्छ र प्रजातन्त्रको पुनर्बहाली कति कठिन हुन्छ भन्ने कुरा अवगत गराउनुपर्ने थियो।
राजा छैनन्। प्रजातन्त्र अब राजाले खोस्न सक्दैनन् भनेर ढुक्क छन् कांग्रेसजन। तिनले राजाका कार्यकर्ताभन्दा बढी प्रशिक्षित तथा संगठित माओवादी र माओवादी घटकहरू भएको तथ्यलाई नजरअन्दाज गर्ने गल्ती गरेको साबित हुन सक्छ। निर्दलीय पञ्चायतले तीन दशक खोसेको प्रजातन्त्र वा लोकतन्त्र माओवादीको हातमा पुग्यो भने त्यो छ दशकमा पनि फिर्ता हुनेवाला छैन। यो वास्तविकतालाई बिर्सनु अर्को ऐतिहासिक गल्ती हुनेछ।