एउटा रेडियो अन्तर्वार्तामा प्रधानमन्त्री बाबुराम भट्टराईकी धर्मपत्नी एवं एनेकपा माओवादीकी नेतृ हिसिला यमीले भनिन्- 'सहमतीय सरकार बन्नका लागि त माओवादीको पनि सहमति चाहिन्छ, त्यो सहमति हुन हामी दिँदैनौं। त्यसकारणले सहमतिको त कुरै नगर्नुस्, सहमती पनि बन्दैन, बाबुरामजीले सरकारको नेतृत्व पनि छोड्नुहुन्न।' यहाँनेर उनले सत्य बोलेकी हुन्। पार्टी टुक्रा-टुक्रामा विभाजित हुँदा पनि आफूलाई ठूलो दल भनेर दाबी गरिरहने एनेकपा माओवादी सरकारको नेतृत्व कुनै पनि हालतमा छोड्न तयार छैन। गठबन्धनका घटकहरु पनि एकपछि अर्को गरी टुक्रिँदा, फुट्दा, विभाजित हुँदा पनि अब त्यो गठबन्धनसँग संख्या कति छ भनेर गन्ने कुनै आधार छैन। सरकार अर्कोलाई सत्ता हस्तान्तरण गर्नुभन्दा अगाडि नै 'यसो भए सत्ता हस्तान्तरण गर्छु' भनेर प्रतिपक्षलाई सर्तमाथि सर्त थोपर्दै गएको छ। विधान, संविधानका कुराहरु उठाइएका छन्। के विधान र संविधान सरकारलाई मात्रै लागु हुन्छ? बाबुराम भट्टराई सरकार विधानसम्मत, बाँकी सबै असंवैधानिक भन्नका लागि कुनै आधार छ?
कामचलाउ सरकार आठ महिनादेखि मनपरीतन्त्र चलाएर बसेको छ। कामचलाउ भइसकेपछि गर्नै नमिल्ने, गर्नै नहुने, असंवैधानिक, अवैधानिक कामहरु गर्नबाट उसलाई कुनै कुरोले रोकेजस्तो देखिँदैन। लुट, खसौट, दायित्वविहीन, जिम्मेवारीबोधको अभाव, राजनीतिका न्युनतम् मान्यताको पालन नगरिनु जस्ता सबै कुरा हुँदै/गरिँदै आएका छन्। भ्रष्ट आचरणको योभन्दा अर्को ठूलो नमुना नेपालको इतिहासले कहिल्यै बेहोर्नुपरेन। तैपनि सरकारले आफूलाई वैधानिक भनेर दाबी गरिरहेको छ र बाँकी सबै संस्थालाई अवैधानिक देखेको छ। आफू नरहेका अवस्थामा संविधान नै खल्बलिने, संविधानको पालना नहुने जस्ता कुतर्कहरुको बलमा अधिनायकवादको पक्षपोषण गर्नेसम्मको दुष्कर्म गर्नबाट वर्तमान गठबन्धन र विशेषगरी प्रधानमन्त्री भट्टराई उद्यत भएको उदाहरण धेरै छन््।
सबैतिरको दबाबका कारण एकदिन बाबुरामले सत्ता त छोड्लान् तर बाबुराम र एनेकपा माओवादीले तेर्स्याएका केही सर्तहरु भने विचित्रका छन्। निर्वाचन वैशाखभित्रै हुनुपर्ने ठीक हो। निर्वाचनप्रति नेपाली जनता आतुर छन्। निर्वाचित सरकारले मुलुक चलाओस्, स्वघोषित कुनै अधिनायकले होइन भनेर नै मुलुकबासीको माग रहिआएको छ। फेरि बाबुरामजस्तै प्रधानमन्त्री नहोस्, स्वेच्छाचारी, हुकुमी शासनले मुलुक नहाँकोस् भन्ने देशवासीको चाहना नै हो। यसमा प्रश्न छैन। तर त्यसका लागि संविधानमा, कानुनमा गर्नुपर्ने सुधारहरु, सच्याउनुपर्ने नियमहरुको व्यवस्था पनि त्यही प्रकृतिको हुनुपर्छ भन्ने पनि जनताले बुझ्छन्। १० वर्षको अन्तरालपछि मुलुकमा फेरि जनगणना भएको छ। समावेशी प्रकृतिको निर्वाचन पद्धतिको अभ्यास मुलुकले गरिसकेको छ। त्यसलाई अब त्याग्न सकिँदैन। अब हुने निर्वाचनले पनि मुलुकका अल्पसंख्यक, पिछडिएका नेपाली, महिला, आदिवासी, दलित, जनजाति सबैको प्रतिनिधित्व यसकारणले पनि सुनिश्चित गर्नुपर्छ कि यो निर्वाचन संसद्को लागि मात्र नभएर संविधान सभाको पनि हुँदैछ। अब बन्ने संविधान सभाले मुलुकलाई एउटा संविधान दिनेछ, जुन संविधानले लामो समयसम्मका लागि मुलुकमा देखिएको अनेक प्रकृतिका विभेद र अनेक प्रकृतिका समस्या सम्बोधन गर्न सकोस्। विचित्रको विडम्बना यो पनि छ कि 'संविधानका अन्तरवस्तुहरुमा अहिले नै निर्क्योलमा पुगेर संविधान सभाको निर्वाचन गरौं' भन्ने आग्रह एनेकपा माओवादीको रहिआएको छ। यदि त्यसै हो भने संविधान सभाको आवश्यकता नै किन पर्योि? जस्तो कि संघीयताको विषयलाई जोडतोडका साथ उठाइएको छ। मुलुकमा संघीयता आवश्यक छैन भन्ने शक्ति पनि जबर्जस्त किसिमको जनमतका साथ उभिएको छ।
वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई अनेक किसिमका सन्धि/सम्झौता गर्दै प्रधानमन्त्री बनेका/बनाइएका हुन् भन्ने कुरो स्थापित सत्य हो। र, उनी त्यही बोली नै बोल्छन्। त्यसै कारणले उनी उपाध्यक्ष भएको पार्टी विभाजित भएको हो भन्ने कुरो उनको अध्यक्षले नै उनलाई आरोपित गर्छन्। उनकै पार्टीको अध्यक्षका बारेमा पनि धेरै कुरा भनिएका छन्। उनको राजनीतिक चरित्रमाथि पनि बेलाबखत प्रश्न उठ्ने गर्छ। यी सबै पृष्ठभूमिलाई ध्यानमा राख्दा संघीयता पनि नेपालभित्रको चासो हो या अरु कसैको चासो हो? बहुदलीय व्यवस्था भइसकेपछि बेग्लाबेग्लै दलहरुले बेग्लाबेग्लै सोचका साथ मत माग्ने हकलाई मतदानभन्दा अघि नै कुनै दलविशेषको पोल्टामा दिनुपर्ने आवश्यकता के? दलहरु आफ्ना घोषणापत्रमार्फत् जनतामाझ जान्छन्, मत माग्छन्, संविधान सभामा त्यसको छलफल हुन्छ र संविधानको निर्माण पनि त्यसैअनुरूप हुन्छ। कसैले सर्त राखेर आजै कुरो टुंग्याउने भन्ने हुन सक्दैन।
२०६२/६३ को आन्दोलनले निर्क्योल गरेका भनिएका विषयहरु आज ४ जना, ६ जना नेताले टुंगोे लगाउने विषय होइन। निर्वाचनमै जानुपरिसकेपछि संविधान सभा वा संसद्का सदस्यहरुको हातमा त्यसलाई सुम्पिन सक्नुपर्छ। त्यसले मात्र विवादित विषयको निर्क्योल गर्न सक्छ। बुझिए/सुनिएअनुसार कतिपय विषयमा माओवादीले प्राथमिकता खोजेको छ। जस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको विषय, महŒवपूर्ण मन्त्रालय, संवैधानिक निकाय। संविधानवादलाई नै अस्वीकार गर्ने, स्वतन्त्र न्यायपालिकालाई पाखा लगाउने दस्तावेज बोकेको त्यस्तो राजनीतिक दललाई यस प्रकृतिको प्राथमिकता लोकतान्त्रिक व्यवस्थामा दिन सकिँदैन। अर्को पनि विषय छ, नेताहरुका बीचमा भएका छलफलमा विघटित संविधान सभाले संघीयताबारे गरेका निर्णयलाई स्वीकार गर्नुपर्ने, मधेस कति प्रदेश हुनुपर्ने। यथार्थ के हो भने विघटित संविधान सभामा कुनै विषयले प्रवेश पाएकै छैन। हात्तीवनमा भएका छलफलयता कसैको निवासमा या कुनै होटेलमा भएका छलफललाई या संवैधानिक समितिमा भएका छलफललाई पनि आधिकारिकता दिन मिल्दैन। संविधान सभाको विघटन सँगसँगै ती छलफल पनि विघटित भए।
ताजा जनादेशमा जानु भनेको ताजा सोच र ताजा चिन्तनका साथ जानु हो। आज १० वर्षपछिको जनगणनाले ल्याएको मतदाताको पुस्तालाई के कुरो स्वीकार्य छ, के कुरो स्वीकार्य छैन भन्ने निर्णय उसले आफैं गर्छ। सत्ता हस्तान्तरण गर्ने सत्ताधारीले अर्को सरकारलाई यी सबै सर्त लाद्न भने पाउँदैन। गर्नु छैन भने नगरे हुन्छ। ठूला-ठूला अधिनायकहरु पनि सत्ताच्युत भएर गएका छन्। त्यही नियति खोजेको हो भने त्यो नियति पनि धेरै परको विषय होइन, त्यो नियति बाबुरामको पनि हुन सक्छ। संविधानको दुहाई दिएर गैरसंवैधानिक शासन गर्नेको त्यो नियति धेरै टाढाको विषय हुँदैन। शक्ति छ भन्ने लाग्छ भने हिटलरले जस्तै संविधान च्यातेर शासन गर्न सक्नुपर्छ।
मुलुकले के माग गरेको छ भन्ने कुरो २०६२/६३ को आन्दोलन र मधेस आन्दोलनले आमजनताका माझ बुझाइसकेको छ। आन्दोलनको मागलाई जनमतले एउटा वैधानिकता दिन बाँकी छ, त्यो वैधानिकता कसरी दिने भन्नेमात्रै आजको खोजी हो। त्यो वैधानिकता दिनका लागि अहिले संविधान सभा खाँचो छ। संविधान सभाले एउटा लिखित संविधानको माध्यमबाट त्यो वैधानिकता प्राप्त गर्ने हो। एक मधेस, दुई मधेस या पाँच मधेस भन्ने कुरोको टुंगो पनि त्यसैले लगाउने हो। मधेसभित्रै पनि आज १८ देखि २० दल छन्। सरकारको गठबन्धनमा कतिवटा दल छन् भन्ने कुरोले यसको निर्क्योल गर्ने होइन। मधेसको स्वार्थ र मधेसको चिन्तन गर्ने दलहरु सरकार बाहिर पनि छन्। उनीहरुको आवाजलाई किच्ने हक सरकारभित्र बसेका दलहरुकोे मात्रै छ भन्ने कुरो स्वीकार्य छैन।
प्रमुख कुरो निर्वाचन नै हो। निर्वाचनलाई लत्याउँदै सरकारभित्र बसेका र प्रतिपक्षमा बसेका दलहरुका माझ भएका सम्झौता अरुलाई पनि अस्वीकृत हुन सक्छ। हामीले नै भोगेको यथार्थ हो, १२ बुँदेपछि समस्या सबै टुंगियो भनेर भन्यौं। त्यसपछि भएको हो- मधेस आन्दोलन। त्यसकारण अत्यन्तै हल्का किसिमले समस्यालाई हेरिनुहुँदैन। निसर्त निर्वाचनमा जानुबाहेक अर्को उपाय छैन। संघीयताको टुंगो पनि निर्वाचनपछिको संविधान सभाले नै लगाउनुपर्छ। शासकीय स्वरुप, संघीयताजस्ता विवादास्पद विषयलाई पनि मतदानमा लान सके अझ बेस हुन्छ।
एउटा समयमा वर्तमान प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका कुरा पनि उठे। सबभन्दा सम्मानजनक बहिर्गमन भनेकै गएको जेठ १६ गते हुन सक्थ्यो। जब कामचलाउको हैसियतमा आएपछि उनले राजीनामा गर्थे। अब केको सम्मानजनक बहिर्गमन? सम्मान गर्न योग्य काम उनले के नै गरे? 'कुनै पनि हालतमा म प्रधानमन्त्री पद छोड्दिन, सबभन्दा बढी मत ल्याएको मान्छे म नै हुँ' भनेर दम्भ गर्नेलाई अब फेरि पनि मत संकलन गर्नका लागि जाऊ भन्नुबाहेक अर्को सम्मान के नै हुनसक्छ? होइन भने उनलाई कस्तोखालको सम्मान चाहिएको हो, त्यो भन्न सक्नुपर्योब।