यतिखेर नेपालका महत्त्वपूर्ण सरकारी निकायमा जिम्मेवार भनिएका अधिकांश पद खाली छन्। निर्वाचन आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसमेत प्रमुख विहीन छन्। तिनको ठाउँ रिक्त हुँदा कयौं महत्त्वपूर्ण काम हुन सकेका छैनन्। कामचलाउ त तोकिएका छन् तर सबै काम उनीहरुबाट फत्ते हुने अवस्था छैन। न कानुनीरुपमै उनीहरु यो हैसियत राख्छन्। तर वास्तविकता यस्तो हुँदाहुँदै पनि ती ठाउँ रिक्त छन्। जसको असर सिंगो मुलुकमा परिरहेको छ।
अहिलेको वास्तविकता भनेको यी ठाउँमा पदपूर्ति गर्नका लागि राष्ट्रिय सहमति आवश्यक पर्छ। र सहमति नभएसम्म ती ठाउँमा सहज पूर्ति सम्भव छैन। तर अहिलेकै परिस्थिति हेर्दा यो कार्य सहज पनि देखिन्न। आपसमा लड्ने, भिड्ने र सत्ताको खेलमा अघि बढ्ने दलहरुको प्रवृत्तिका कारण यो सम्भव नदेखिएको हो। सबै ठूला र राम्रा पद आफ्नै पार्टीका कार्यकर्तालाई दिलाउनुपर्ने मनसायका कारण पनि यो सम्भावना टाढिएको हो। यस्ता महŒवपूर्ण पदहरु यति लामो समय बित्दा पनि खाली नै रहनुको मुख्य कारण पनि यही हो। अरु त अरु न्यायालयसमेत यस्तै मनोवृत्तिको शिकार भइरहेको छ।
जसरी यो संसारमा कुनै पनि निकाय प्रमुखविहीन हुने अवस्था कल्पना गर्न सकिन्न, चाहे त्यो राष्ट्रपति कार्यालय होस् वा प्रधानमन्त्री कार्यालय। त्यसरी नै कुनै पनि कार्यालय प्रमुखविहीन हुनु भनेको टाउकोविहीनताको स्थिति हो। जसले सुन्न, हेर्न, बोल्न र निर्णय गर्न सक्दैन। यही कारण अहिले पदरिक्तताको शिकार भएका कार्यालयहरु यही नियति भोगिरहेका छन्। जुन वास्तविकता थाहा पाएर पनि बुझ पचाइरहेको छ सरकार। अनि अन्य दल पनि यही रमितामा तमासा हेरेर बसिरहेका छन्।
भूमिका भिन्न हुन सक्छ। तर प्रमुख भनेको जतिसुकै सानो संस्था किन नहोस्, प्रमुख नै हो। उसको थुप्रै जिम्मेवारी हुन्छन् र तिनको कार्यान्वयन अभावमा मुलुकले दुःख पाइरहेको हुन्छ। एकातिर भ्रष्टाचार बढिरहेको छ अर्कोतिर उनीहरुलाई कारबाही गर्ने निकाय छैन। एकातिर मुलुक निर्वाचनको तयारीमा लाग्नुपर्ने अवस्था छ, अर्कोतिर त्यसरी तयारीमा संलग्न हुनुपर्ने अधिकारी नै छैनन्। एकातिर मुद्दाको चाप बढिरहेको छ अर्कोतिर न्याय खोज्न अदालत धाउनेहरु रित्तो हात फर्किनुपरेको छ अर्थात् न्यायको अधिकार विमुख भइरहनुपरेको छ। यस्तो अवस्थामा महŒवपूर्ण कार्यालयका पदहरु रिक्त रहनु भनेको देशलाई अझै तल झार्नेबाहेक केही हुन सक्दैन।
सरकारले यस्ता कार्यालयमा काम चलेकै छ नि वा अर्को जिम्मेवारी निर्वाह गर्नेले धानेकै छ नि भनेर तर्क गर्न सक्छ। तर यो तर्कलाई सही मान्ने हो भने सधैं यसरी चलाउने व्यवस्था गर्नु उत्तम हुन्छ। यो गरिब देशले नचाहिने वा अनावश्यक यस्ता पद खडा गरेर किन जनताको लाखौं रुपियाँ कर खुवाउने? हैन र यी पद आवश्यक नै हुन भन्ने लाग्छ भने यी पद तत्काल पूर्ति गर्नुपर्छ। जसबाट मुलुक र मुलुकबासीले निकै राहत महसुस गर्नेछन्, जुन ढिलै किन नहोस्। यसो गर्न सकेमात्र राज्यले जनताप्रति गर्नुपर्ने दायित्व पनि पूरा गरेको ठहर्छ।