अभिभावकका रूपमा रहेका राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्यका लागि दललाई सहमतिमा पुग्न बारम्बार अनुरोध गरेका छन्। समय पुगेन भन्दा थपिदिएका पनि छन्। आफूले कस्तोखालको भूमिका निर्वाह गर्दा दललाई सहमतिमा ल्याउन सकिन्छ भन्नेबारेमा गम्भीर बनेका छन्। यति हुदाहुँदै पनि देशमा एकपछि अर्को गर्दै संकट देखिएका छन्। जेठ १४ को मध्यरातमा संविधान सभा विघटन गरेदेखि नै संकट बढाउने काम भएको छ। आजसम्म आइपुग्दा सहमतीय चुनावी सरकार, सर्वाेच्च अदालतलगायत संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति र निर्वाचन नै मुलुकमा अहिले देखिएका प्रमुख संकट हुन। यिनको समाधान गर्न दलहरू सहमतिमा पुग्नैपर्छ। हुन त दलहरू पनि सहमतिको विकल्प छैन भन्नेमा एक ठाउँमा छन्। समस्याबारे दलहरू विज्ञ छन् तर देश अहिले परिणामविहीन सहमतिको नारामा अल्भि्कएको छ।
जनताले सर्सर्ति हेर्दा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेको हँुदा यो गतिरोध लम्बिएको जस्तो देखिएको छ, यथार्थमा यो होइन। माथि उल्लिखित मुलुकका जटिलता सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराले मात्र अल्भि्कएको होइन। कुरा नियतको हो। विपक्षीहरू वैशाखभित्र चुनाव हुने हो भने बाबुरामबाहेक अरु कसैको पनि नेतृत्व स्वीकार्न तयार देखिन्छन्। राष्ट्रिय सहमतिका लागि भन्दै माधव नेपाल र झलनाथ खनालले राजीनामा दिएको कुरा माओवादीले बिर्सिहाल्नु नपर्ने हो। अहिले विपक्षीहरु प्रचण्ड स्वयंलाई सरकारको नेतृत्व दिनसमेत तयार छन्। बाबुरामलाई एक पटक विश्वास गरी सरकारमा गएका कांग्रेस-एमालेेसँग कुनै सल्लाह नै नगरी संविधान सभा विघटन गरेपछि उनलाई विपक्षीले विश्वास गर्ने कुनै ठाउँ नै बाँकी रहेन। उनी मुलुकप्रति जिम्मेवार बन्नुभन्दा दुई चार दिन भए पनि सत्ता लम्ब्याउने उद्देश्यमा छन्।
कुनै बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक ध्रुव्रीकरण बढ्दा प्रचण्डले पदबाट राजीनामा दिएर गणतन्त्रको प्रतीकका रूपमा रहेका राष्ट्रपतिलाई कुनै आक्षेप लगाएनन्। बरु राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढाउन काम गर्ने शक्तिबारे बानेश्वरमा मुखै खोले। नेपाली जनतालाई राज्य सञ्चालन कहाँबाट हँुदोरहेछ भन्ने प्रत्यक्ष जानकारी गराए। तर बाबुराम गणतन्त्रका प्रतीक राष्ट्रपतिप्रति विष वमन गर्दै हिँडेका छन्। निरंकुश बन्न खोजे ज्ञानेन्द्रको जस्तै हालत बनाइदिने धम्की दिँदै आफू हिटलर बन्न हस्ताक्षरविनाको राजीनामापत्र दिएर आफूले राजीनामा दिएको तर राष्ट्रपतिले स्वीकार नगरेको भन्दै बेबकुफ बनाउने काम गरेका छन्। देशमा राजनीतिक गतिरोध लम्बिँदै गएपछि राष्ट्रपति गम्भीर भई समयसीमा तोकेरै दलहरूलाई सहमतिमा आउन दबाबमात्र के दिएका थिए, विदेशबाट नेता बोलाएर राष्ट्रपतिलाई यही सरकारमा सहमति हुनसके सुनमा सुगन्ध हुने थियो भन्न बाध्य पारे। (केही समयअघि नेपाल आएका करनसिंह बाबुरामकै सरकार टिकाउन दबाब दिने उद्देश्यले आएका थिए भन्ने राजनीतिक वृतमा चर्चा छ।) दलबीचमा सहमति भए आफू एक मिनेट पनि सत्तामा नबस्ने पनि भन्ने अर्कोतर्फ सहमति भाँड्नकै लागि विदेशीलाई समेत गुहार्ने यस्ता द्वैध चरित्र भएका व्यक्ति हँुदासम्म देशले कुनै निकास पाउँदैन। राष्ट्रप्रति जिम्मेवार बन्न खोज्ने हिजो प्रचण्डलाई र आज राष्ट्रपतिलाई विदेशीको दास बन्न बाध्य पार्ने काम नेताहरूबाटै हँुदैछ।
विभिन्न विद्वानका लेख, राजनीतिक नेताका भाषण र गाउँघरका चियापसलमा समेत प्रचण्डले मुलुकलाई निकास दिन चाहेनन्, उनले चाहने हो भने मुलुकले निकास पाउन सक्थ्यो भन्ने गरेका पढिन्छ, सुनिन्छ। नेपाली जनताले ठूलो पार्टीको अध्यक्षका हैसियतले उनलाई ठूलै देखेका छन्। तर यथार्थमा त्यो होइन। हो, पार्टीमा उनको बहुमत छ तर सहमतीय सरकारका लागि मार्ग प्रशस्त गर्ने भन्ने निर्णय गर्न कुनै हालतमा सक्दैनन्। बाबुराम सत्तामा पुगेपछि नै पार्टी फुटेको हो। बाबुरामको विकल्प खोजियो भने फेरि पनि पार्टी फुट्ने कुरामा शंका छैन। अहिले माओवादीले के गर्ने भन्ने निर्णय पार्टीबाट भन्दा पनि विदेशी शक्तिसँग नजिक भएका व्यक्तिबाट हुने गरेको छ। माओवादी देश र जनताका लागि होइन, अरु कसैका लागि सत्तामा गएको आभास कार्यकर्ताले समेत अनुभव गरेका छन्। जसले प्रचण्डलाई सत्ताबाट हटाएको थियो, त्यही शक्तिले अहिले बाबुरामको सत्ता टिकाउन लागेको छ। प्रधानमन्त्रीबाट हटेपछि बानेश्वरमा बोल्ने प्रचण्ड अहिले छैनन्। प्रचण्ड सहमतिका लागि भन्दै नेताहरूको घरदैलो धाएका छन्। सहमतिको निरन्तर रटान लगाएका छन् तर सहमतिको संकेत देखिएको छैन। सहमतिको बाधक पनि स्वयं माओवादी नै बनेको छ। बाबुरामका भाग्यदाता जुन प्रभु हुन्, प्रचण्डलाई पनि तिनै प्रभुको वरिपरि लाने प्रयास हुँदैछ।
हिजो विदेशीसँग नजिक हुनेलाई पार्टीले गम्भीर आपत्ति जनाउँथ्यो तर आज आइपुग्दा जुन व्यक्ति विेदेशी शक्तिसँग नजिक छ, ऊ नै पार्टीमा शक्तिशाली भएको ठानिँदैछ। विदेशी शक्तिसँग नजिक रहेको हँुदा कुनै बेला कांग्रेसका सामान्य तहका नेता अमरेश सिंहको पार्टीमा ठूलै हैसियत बनेको थियो। दलबीच मध्यस्थकर्ता बन्नेदेखि बालुवाटारको ढोका उनका लागि सधैँ खुला थियो। अहिले प्रचण्ड पनि बुझ्दैछन् कि सबै खेल अन्त कतैबाट भइरहेको छ। तर प्रचण्ड विचरा देखिन्छन्। हामी भने उनैलाई ठूलो देखिरहेका छौं, अनि भनिरहेका छौं कि प्रचण्डले चाहे भने सहमति हुन्छ। के अब यसो भनिरहनुको केही अर्थ छ र? एक पटक विचार गरौं त राष्ट्रपति यो मुलुकका 'फष्ट मेन' हुन। कानुनलाई अन्तिम रुप दिनेदेखि कार्यान्वयन गराउने पनि उनै हुन। यस्ता व्यक्तिलाई विदेशीकै बलमा हल्लाउन खोज्नु विडम्वनापूर्ण छ।
सारा समस्याको जड यही सरकार हो भन्ने जान्दाजान्दै पनि यसैलाई सहमतीय सरकार बनाउनसके सुनमा सुगन्ध हुन्छ भन्न प्रचण्ड बाध्य हुनु पनि मुलुकलाई निकासतिर लैजाने प्रयासविरुद्ध हो। यस्तो अवस्थामा प्रचण्डले बाबुरामको विकल्पमा सहमतीय सरकार गठन गरेर २०७० सालसम्ममा निर्वाचन गरी देशलाई निकास दिने हिम्मत गर्न सक्लान्? यो यथार्थ बुझेकाहरूले पनि प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास गरेनन् भन्नु ब्यर्थ हो।