छोरी सुजातालाई नेपाली कांग्रेसको नेतृत्व गरी गठबन्धन मन्त्रिपरिषद्मा पठाउने सभापति गिरिजाप्रसाद कोइरालाको निर्णयको प्रतिक्रियामा एकजना पूर्व प्रधानमन्त्रीले अनौपचारिक रुपमा भनेका थिए, 'उनलाई मन्त्री बनाइदिएको भए खास केही हुन्थेन, एउटा मन्त्रालयले दुःख पाउथ्यो तर पार्टीकै नेता बनाएर पठाउदा अब सरकारले मात्र होइन, देशैले दुःख पाउने भयो ।'
प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा साथ नदिएर परराष्ट्र मन्त्री सुजाताले देशकै मानमर्दन गरिन् । भ्रमणको केही घन्टाअघि सञ्चो नभएको निहुं गरी उनले आफ्नो असन्तुष्टी प्रदर्शन गर्दा प्रधानमन्त्रीको विदेश भ्रमणप्रति असम्मान प्रकट गरिन् । उनको त्यो गैर कूटनीतिक व्यवहारले भारतसंग औपचारिक वार्ता गर्न बाइस दलीय गठबन्धनको नेतृत्व गर्दै दिल्ली ओर्लिदा प्रधानमन्त्री नेपाल पक्कै मर्माहत भए । सम्भवतः कमजोर महशूस पनि गरे ।
परराष्ट्र मन्त्री सुजाता र उनका बुवा कोइरालाले आफूभन्दा सरकारलाई माथि राख्न नसक्ने मनोदशाको यो प्रतिबिम्ब हो । पार्टीको स्वार्थ कोइरालाको प्राथमिकता हुन छाडेको सुजातालाई मन्त्री बनाएबाटै पछिल्लोपल्ट छर्लंग भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको आखिरी घडितिर सुजातालाई माओवादी नेताहरुसँग वार्ता गर्न लगाएर उनले त्यही सरकारसँग झण्डै सम्झौता गरिसकेका थिए । 'मैले सुजाताका लागि पनि हेर्नुपर्छ' भनेर तत्कालीन प्रधानमन्त्री दाहाललाई भनेबाट कोइरालामा पुत्रीप्रतिको स्वार्थ हावी रहेको त्यतिबेलै पूष्टि भएको थियो । नयाँ गठबन्धनमा प्रधानमन्त्री नेपालले कांग्रेसबाट कोही वरिष्ठ नेतालाई गृह मन्त्रालयसमेत हेर्ने गरी उपप्रधानमन्त्री दिएर सरकारलाई सहयोग गर्न गरेको आग्रह कोइरालाले छोरीकै कारण वेवास्ता गरेका थिए ।
प्रधानमन्त्रीको महत्वपूर्ण भारत भ्रमणकै मुखमा फेरि छोरीका लागि उपप्रधानमन्त्री पद बार्गेन गरेर कोइरालाले राष्ट्रिय स्वार्थप्रति उदासिनता प्रकट गरेका छन् । माओवादीलाई जंगलबाट शान्ति प्रक्रियामा फकाएर ल्याएको जस लिन चाहने वयोवृद्ध नेताले आफ्नै नेतृत्वमा जनआन्दोलन सफल पारी संविधानसभा निर्वाचनद्धारा विना रक्तपात गणतन्त्र घोषणा गरेको ऐतिहासिक सफलताको आफैं अवमूल्यन गरेका छन् । राजतन्त्रको अन्त्य कुनै परिवारतन्त्र चलाउन भएको थिएन ।
सर्वोच्च कार्यकारीले औपचारिक विदेश भ्रमण गर्दा आफ्नो देशको उच्च प्रतिनिधित्व गरेको हुन्छ । उसले राष्ट्रिय एकताको बलमा विदेशी सरकारसँग औपचारिक व्यवहार गर्छ । राष्ट्रले प्रतिनिधित्व गरेको हैसियतमा उसलाई आतिथ्यता दिने मुलुकले उच्च सम्मान प्रकट गर्छ । त्यही अनुकुल द्धिदेशीय सम्बन्ध विकसित गर्न र आफ्नो राष्ट्रिय हीतमा त्यसलाई प्रयोग गर्न उसले आफूसक्दो प्रयास गर्छ ।
प्रधानमन्त्री नेपालले आफू कमजोर प्रधानमन्त्री भन्ने टिकाटिप्पणि सुन्दै आएका छन् । त्यसको जवाफमा उनले बाइस दलीय गठबन्धनको नेतृत्व गरिरहेको र सदनमा आफ्नो बहुमत रहेको प्रष्टिकरण दिंदै आउनुपरेको छ । अग्रणी भारतीय दैनिक दि हिन्दुलाई मंगलबारै प्रकाशित हुने गरी अन्तर्वार्ता दिँदा पनि उनले त्यही सफाइ पेश गरेका छन् । संविधानसभाको ठूलो दल एकीकृत नेकपा -माओवादी) विपक्षमा रहेको र उसको असहयोगी र बहिष्कारवादी नीतिका कारण प्रधानमन्त्रीले भारत वा कुनै पनि देशसंग व्यवहार गर्दा देशभित्रै ठूलो स्वरमा अस्वीकारको सामना गर्दै आउनुपरेको छ ।
वर्तमान गठबन्धनको सबभन्दा ठूलो शक्ति नेपाली कांग्रेस भने सभापति कोइरालाको अलोकतान्त्रिक आचरणका कारण कमजोर अवस्थामा छ । विशेषगरी छोरी सुजातालाई कुनै पनि मूल्यमा स्थापित गर्न सभापति कोइरालाले देखाएको रवैयाबाट आम कांग्रेसजन चिन्तित र मर्माहत छन् । तर कोइराला परिवारको विरासत र प्रभावका कारण ती वैचेन र निरुपाय देखिन्छन् । पार्टीले वर्तमान सरकारमा प्रभावकारी भूमिका गर्न र संविधान निर्माण तथा शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान गर्न नसक्नुमा त्यही परिस्थिति कारक बनिरहेको छ ।
कोइरालाले आफ्नी छोरीलाई प्रधानमन्त्रीसंग भारत नपठाएर वर्तमान गठबन्धन आफ्नो नियन्त्रणमा रहनुपर्ने जनाऊ दिन खोजेका हुन् । आफ्नो स्वार्थअनुकूल सञ्चालित हुन सकेन भने यस सरकारलाई अस्थिरताको शिकार बनाउने चाबी आफूसंग रहेको उनले चेतावनी दिन चाहेका हुन् । उनको यही व्यवहारबाट वर्तमान गठबन्धन खुकुलो हुने र त्रिशंकु संसदका कारण राजनीतिक अस्थिरताबाट मुलुक पुनः ग्रसित हुने खतरा बढेको छ ।
सुजाताले प्रधानमन्त्रीभन्दा अगाडि आफैं स्वतन्त्र भारत भ्रमण गरेर आफ्नो महत्वाकांक्षा प्रतिबिम्बित गरेकी थिइन् । उनले आफ्नो भ्रमणक्रममा भएका शिष्टाचार भेटघाटहरुलाई कार्यमूलक छलफलको रुप दिंदै प्रचार गर्दा प्रधानमन्त्रीको आसन्न भ्रमणलाई छायाँमा पार्ने अपरिपक्वता देखाएकी थिइन् । कहिले प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि दिल्लीमा भेटघाट गरेको भन्ने र कहिले आफैं परराष्ट्र मन्त्रीका रुपमा स्वतन्त्र भ्रमण गरेको भन्ने उनका परस्पर बाझिने अभिव्यक्ति त छदै थिए, प्रधानमन्त्रीको भ्रमणक्रममा औपचारिक वार्तालापद्धारा सहमति खोजिने विषयलाई पनि आफैं समाधान गर्न खोजेको र आफैंले भारतीय पक्षसँग विभिन्न विषय प्रस्ताव गरेको प्रचार उनले गरेकी थिइन् ।
गठबन्धन दलहरुलाई कसिलो पार्ने चुनौती प्रधानमन्त्री नेपाललाई छ । जतिसुकै बहुमत भए पनि विभिन्न चरित्रका धेरै दलको मन्त्रिपरिषद् सञ्चालन कठिन रहेको उनले महशूस गरेका छन् । प्रधानमन्त्रीय प्रणाली भए पनि दलीय सहमति अपरिहार्य रहेकाले प्रधानमन्त्री नेपाल आफ्नो विवेकद्धारा आफैं निर्णय गर्नसक्ने हैसियतमा छैनन् । यस्तो बेला उनको समझदारपूर्ण अभ्यासमा कांग्रेसबाट सबभन्दा सहयोगी र जिम्मेवार व्यवहार अपेक्षित छ । तर कांग्रेस पार्टीगत पद्धतिभन्दा सभापतिको व्यक्तिगत शक्ति र स्वार्थको लालसाको कैदी भएकाले यो सरकार प्रतिपक्षसंगको व्यवहारमा मात्र होइन, देशमा कानुनी शासन कायम गर्न र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउने गरी संविधान निर्माणमा सहयोगी बन्न सकिरहेको छैन ।
प्रधानमन्त्री नेपालले भ्रमणअघि मुलुकका पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूतहरुमात्र होइन विभिन्न समूहसँग परामर्श गरी भारतसँग नेपालका विषयवस्तुमा स्वागतयोग्य परामर्श गरेका थिए । नेपालका प्रधानमन्त्रीले विगतमा सायदै यस्तो व्यापक परामर्श र पारदर्शिता अपनाएको हामी पाउँछौं । परराष्ट्र नीति राष्ट्रिय शक्ति र स्वार्थको जोडद्धारा सहमति र समझदारीमा विकसित हुन्छ । प्रधानमन्त्री नेपालले आफ्नो भारत भ्रमणलाई कम विवाद र बढी समझदारी कायम गर्ने दृष्टिले लाभमूलक बनाउन खोजेका थिए । भारतसंगका कार्यसूचिमा राष्ट्रिय सहमति जुटाउन चाहेका थिए । त्यही सदाशयलाई कोइरालाले छोरी सुजातामार्फत खण्डित गरिदिएका छन् । यो व्यवहारले प्रधानमन्त्रीको मात्र होइन, देशकै मानमर्दन गरेको छ ।
ती अनुभवी नेताको त्यो राजनीतिक टिप्पणि तीन महिनामै मंगलबार सही सावित भयो ।