महिला हिंसाविरुद्ध यसपटक नेपाली मिडियामा अचानक अद्भूत जागरण आयो, जसको श्रेय भारतीय इलेक्ट्रोनिक सञ्चार माध्यमलाई जान्छ। बलात्कारको विभत्स घटनाबाट द्रवित सञ्चारकर्मीहरुले भारतमा महिला हिंसाविरुद्ध ल्याएको लहरबाट नेपाली मिडिया प्रेरित हुनु अस्वाभाविक थिएन।
आखिर प्रेरणा जहाँबाट लिँदा पनि हुन्छ। नेपाली महिला हिंसाविरुद्धको अभियानमा नेपाली सञ्चारकर्मीहरु जसरी जुटे, त्यो सबै मिडियाकर्मीका लागि सुखद् विषय हो। संविधान सभाको चुनाव गराउन सक्षम प्रधानमन्त्रीका लागि सहमति खोज्दाखोज्दै ओइलाएका हाम्रा नेताहरुले विषयलाई भलै गम्भीरतापूर्वक नलिएका हुन्, समाजले नारी हिंसाविरुद्धको उद्वोधनलाई सकारात्मकरूपले लियो। यसका साथै, हामीकहाँ अकल्पनीय हिसावले महिलामाथि अत्याचार हुने तथ्यलाई पनि सञ्चार माध्यमहरुले उजागर गरे। जिल्ला जिल्लाका संवाददाताहरु एकपछि अर्को खुलासासहित महिलामाथि भएका हिंसाका समाचार लिएर प्रस्तुत भए। समाचारको यो बाढीमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले प्रकाशित गर्नुभएको 'महिला हिंसामा सरकारले चालेका कदमबारे' प्रेस विज्ञप्ति पनि त्यही जलप्रवाहमा डुब्यो र 'गोरखापत्रले समेत छापेन।'
विद्वान् मुख्य सचिवलाई 'एउटा डरलाग्दो रोग नेपाली समाजमा विस्तार हुँदै गरेकोमा चिन्ता लाग्छ।' त्यो रोग के भने 'समाजका विद्वत् वर्ग पनि सञ्चार माध्यममा आएका समाचारका भरमा विचार बनाउँछन्।' नेपाली कर्मचारीतन्त्रका शीर्षासनमा रहनुभएका मुख्य सचिवको मिडियाप्रतिको यो दृष्टिकोण संकीर्णताको पराकाष्ठा हो। यही दैनिकको सम्पादकीय पृष्ठमा छापिएको उहाँको यो विचार नेपालका कतिजना सम्पादकले पढे? कतिको नजरमा चढ्यो? नेपाल पत्रकार महासंघका सभापतिको नजरमा सञ्चार माध्यमहरुलाई मिथ्याको तहमा राख्ने मुख्य सचिवको यो धारणा बिझायो कि बिझाएन? यो अलग विषय हो। मुख्य सचिवज्यूको सञ्चार माध्यमप्रतिको टिप्पणी एउटा यस्तो आशय हो, जसले गम्भीर प्रश्न उब्जाएको छ नेपाली समाचार माध्यमको हैसियतमाथि। यसबारे गम्भीरतापूर्वक छलफल हुनु किन आवश्यक छ भने यो कुनै लीलामणि पौडेल भन्ने सामान्य नागरिकले गरेको टिप्पणी होइन, नेपाल सरकारका मुख्य सचिवको टिप्पणी हो।
समाजका विद्वत् वर्गले सञ्चार माध्यममा आएका समाचारका भरमा विचार नबनाएर अरु केका भरमा विचार बनाउन्? नेपाली समाजमा मिडिया संस्कृतिको सुरुआत् भएको दशकौं बितिसक्यो। नेपाली मिडियाको प्रभावकारिता बढेको पनि दुई दशकभन्दा बढी समय बितिसक्यो। तैपनि नेपाली कर्मचारीतन्त्रका प्रमुख व्यक्तिले मिडियाप्रति दकियानुसी र संकीर्ण विचार राख्न छाडेका छैनन्। मुख्य सचिवको भनाई, भनाईमात्र होइन, नेपाली राज्यसत्तामा रहँदै आएको एउटा प्रवृत्ति हो। यो प्रवृत्तिका लागि समाचार भनेको राजा-महाराजाका हुक्के-बैठकेले फैलाउने हल्ला र संचार माध्यम भनेको सरकारले प्रकाशित गर्ने नेपाल राजपत्रमात्रै हो। अब यही प्रवृत्तिलाई माध्यम बनाएर नेताहरु नयाँ नेपाल बनाउँछन भने त्यो कस्तो नयाँ नेपाल बन्ला? विद्वत्जनहरुले सोच्नुपर्ने बिषय हो।
निश्चय पनि नेपाली मिडियाका कमजोरी होलान्, त्यसमा कसैको पनि फरक मत नहोला। तर मिडिया मिथ्या होइन। आफनो अकर्मण्यता, लोभ, मोह, भ्रष्टाचारी स्वभावका कारण नेपालको कर्मचारीतन्त्रले नेपाली विकास प्रक्रियालाई उल्टो नघुमाएको भए देशको हालत यति जर्जर हुन्थ्यो? नेपाल भ्रष्टहरुको देशको सूचीमा सबभन्दा माथिल्लो लहरमा हुन्थ्यो? त्यो भ्रष्टाचार मिडियाले गरेको हो? आत्म-सम्मान र विवेक गुमाएका सरकारका उच्च पदाधिकारीहरुले आफ्नो निहित स्वार्थका लागि राजनीतिक नेताहरुले जे जे भन्छन्, त्यही त्यही गर्दै नहिँडेको भए अहिले नेपालका कुना काप्चामा बिजुली बत्ती बल्दैनथ्यो? सिचाईका लागि पानी नपाएर किसानले आँसुको धारा बहाउनुपर्थ्यो? पाठ्यपुस्तकको छपाईमा ढिलासुस्ती भएर भविष्यका कर्णधारका रूपमा चिनिने विद्यार्थी र उनका अभिभावक छट्पटाउनुपर्थ्यो? गुणस्तरहीन औषधीको प्रयोगले बिरामी नेपाली अकाल मृत्युको शिकार हुनुपर्थ्यो? प्रहरी सेवामा पदोन्नति र राम्रा ठाउँमा सरुवाका लागि नगद नजराना चढाउनुपर्ने परिस्थिति उत्पन्न हुन्थ्यो? ठूलठूला डन र गुण्डाहरुले सरकारमाथि साधिकार आफ्नो वर्चस्व स्थापित गर्न सक्थे?
यी त एक नजरमा देखिएका केही टिपोटमात्र हुन्। नेपालका गाउँ विकास समितिको सचिवालयदेखि केन्द्रीय सचिवालयसम्म, हरेक तहमा, भ्रष्टाचार मँडारिएको छ। यो कुनै झूटो विवरण होइन। गरिब जनताका नाउँमा पचास वर्षदेखि ओइरिएका विदेशी दान, दातव्य र ऋण सहयोगको लेखाजोखा गर्ने जोकोहीले पनि यो तथ्य इन्कार गर्न सक्दैन। दुर्भाग्य कि, मिडियाले कतिपय भौतिक र प्राविधिक कारणले गर्दा भ्रष्टाचारको तहमा पुगेर समाचार ल्याउन सकेको छैन। जुन दिन नेपाली मिडियाले भ्रष्टाचार विरोधी अभियानलाई संयुक्त एजेण्डाका रूपमा कार्यान्वयन गर्ने स्थिति आउँछ, त्यसदिन नेपालको कर्मचारीतन्त्रको जग नराम्रोसँग हल्लिनेछ। सत्यको उत्खनन्मा सञ्चारकर्मीहरुसँग पर्याप्त औजार नहोला तर उनीहरु सत्यको नाममा मिथ्याको खेती गर्दैनन। विद्वत्जनहरुले सञ्चार माध्यमकै आधारमा आफनो मत बनाउने हुन। जुन सरकारले यत्रो वर्षदेखि देशमा व्याप्त महिला हिंसालाई रोक्न सही रणनीति र सही कार्यान्वयनको प्रक्रियासम्म थाल्न सकेको छैन, त्यो सरकारको विज्ञप्ति किन छाप्नु सञ्चार माध्यमले? किन छाप्नु गोरखापत्रले?
सञ्चार माध्यमलाई सरकारको गुलाम बनाएर कजाउने एउटा परिपाटी थियो कुनैबेला। सञ्चार क्षेत्रको विकाससँगै त्यो परिपाटी तोडिँदै गयो। सत्यको भ्रूण हत्या गराउने त्यो परिपाटीका तुषहरु भने अझै बाँकी छन्। देशमा आएको संसदीय प्रजातन्त्र अपर्याप्त सावित गर्योत दशक लामो माओवादी युद्धले। तैपनि अहिले यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि तुषको शासन कायम नै छ। मुख्य सचिवको अभिव्यक्ति त्यही तुषको नमूना हो।
मुख्य सचिवले विनामिडिया कसरी चलाउनुहुन्छ लोकतन्त्र? मिडियाको विश्वसनीयतामा सन्देह उत्पन्न गरेर कसरी कायम राख्नुहुन्छ पारदर्शी शासन? उहाँले बुझ्नुपर्छ, फजुलका आदर्शवादी शब्दहरुको जन्जाल बुनेर टिपोट लेख्दैमा सामाजिक विकासका शृंखलाले गति पाउने होइनन्। उहाँ एक्लैले साइकल, रिक्सा वा घोडा चढेर स्थापित गर्न खोजेको संसारमा उहाँ एक्लै रमाउन सक्नुहोला। तर, विकासको उच्चतम विन्दुलाई आँखामा अनुभूत गरिसकेको अहिलेको नेपाली पुस्ता उहाँको त्यो आदर्शवादमा जीवन धान्न सक्दैन। उहाँले भीसाका लागि झिसमिसे उज्यालोदेखि विदेशी दूतावासमा लाइन लाग्ने नेपालीलाई देख्नुभएको छ। तर उहाँले आफ्नै सरकारको परराष्ट्र मन्त्रालयमा पासपोर्टका लागि कुरेर बसेका नेपालीको भिड नदेख्ने कसम खानुभएको छ शायद। एउटा सामान्य नेपाली नागरिकको पासपोर्ट पाउने हकसमेत सुलभ तरिकाले स्थापितसम्म गर्न नसक्ने कर्मचारीतन्त्रका मुखियाले सञ्चार माध्यममाथि अनावश्यक र अप्रासांगिक लाञ्छना लगाउनु स्वाभाविक होइन।
पाखण्डको कुनै प्रतिवाद हुन सक्दैन। मुख्य सचिव लीलामणि पौडेलको सानो टिपोटमाथि यो पूरै स्तम्भ लेखिनु आवश्यक पनि थिएन। तर यतिबेला जब पूरै देश संक्रमणको खराब मौसमका कारण शितांग भएको छ, सञ्चारकर्मीहरुको ध्यान यस्ता पाखण्डहरुतिर केन्द्रित हुनु आवश्यक भएको छ। सञ्चार माध्यमहरुको साखलाई जुन अपमानजनक हिसावले नेपाल सरकारका मुख्य सचिवले चुनौती दिनुभएको छ, त्यसप्रति सञ्चार जगत र यसका नेताहरु सजग र संवेदनशील हुनैपर्छ। पाखण्ड र दम्भ स्वेच्छाचारी विचारका सहायक हुन्। मिडिया स्वेच्छाचारी हुन सक्दैन किनभने ऊ विनयशील हुन्छ। नजानी गरेका गल्तीमा समेत क्षमायाचना गर्छ। मिडियालाई मिथ्याको मिथ्या आरोप नैसर्गिक स्वतन्त्रताविरुद्धको आरोप हो। यसलाई सहजरूपमा लिनै मिल्दैन।