'केओस थ्योरी' का एक प्रतिपादक एड्वार्ड लोरेन्जले व्याख्या गरेको 'बटरफ्लाई इफेक्ट' (पुतली प्रभाव)को आफ्नै महत्त्व छ। भनिन्छ, दक्षिण अमेरिकाको पेरुमा एक पुतलीको फटफटाइको प्रभाव एसियाको नेपालमा हुरीबतासका रूपमा व्यक्त हुनसक्छ। विशेषतः कुनै एउटा ठाउँमा भएको सानो घटनाको प्रभाव अर्काे ठाउँमा गएर निकै संवेदनशील हुने तथ्य बुझाउन 'बटरफ्लाई इफेक्ट' (पुतली प्रभाव)लाई उदाहरणका रूपमा राख्ने गरिन्छ। नेपालमा बलात्कारलगायत् महिलाविरोधी अन्य हिंसाविरुद्ध जारी संघर्षको उत्थानमा पनि पुतली प्रभाव देखिएको छ।
नेपालमा दैनिकजसो बलात्कार र महिलाविरोधी हिंसाका घटना नभएका होइनन् तर प्राइभेट मिडियाकर्मीहरूले बलात्कार र उत्पीडनका घटनालाई संवेदनशील ढंगले उठाएपछि त्यसको प्रभाव देखिएको छ। त्यसमा पनि सोसल मिडियाकर्मीहरूले फेसबुकदेखि ट्वीटरसम्ममा अभियानै चलाएर 'अकुपाई बालुवाटार' अभियान चलाएपछि महिलासँग सम्बन्धित गैरसरकारी संगठनदेखि लिएर राजनीतिक संगठनसम्म पनि सडकमा उत्रिएका छन्। यस अभियानलाई भारतमा महिलाविरोधी हिंसाविरुद्ध जारी संघर्ष र त्यसबारे भारतीय मिडियाले गरेको कभरेजको पुतली प्रभावका रूपमा मात्रै व्याख्या गर्नु वस्तुसम्मत हुन सक्दैन।
जे होस्, विभिन्न व्यक्ति वा सानो समूहले पनि आ-आफ्नो ठाउँबाट सचेत पहल गर्दा एउटा अभियान सिर्जना हुनसक्छ। 'अकुपाई बालुवाटार' यसैको ठोस उदाहरण बनेको छ। 'केही व्यक्तिले लेखेर, बोलेर, पहल लिएर के नै हुन्छ र' भन्ने निराशावादी मनोभाव बोक्नेहरूका लागि 'अकुपाई बालुवाटार' आफैं प्रभावशाली उदाहरण हुनसक्छ। एकपटक भारतीय चिन्तक डा. राममनोहर लोहियाले भनेका थिए, अब एक दिन त्यस्तो समय पनि आउनेछ, जुन बेला अलग-अलग ठाउँमा बसेका मानिसले कुनै संस्थाको नेतृत्वविना पनि आफ्नो विवेकका आधारमा सत्याग्रह गर्नेछन्। किनभने आधुनिक संसारमा मानिसहरू निराशासँग जुन ढंगले एक्लाएक्लै जुझ्दैछन्, त्यही जुझाइ नै उनीहरूको एक्लोपनाका लागि प्रकाश हुनेछ।
प्रेरक संघर्षका सीमा
'अकुपाई बालुवाटार' मा पनि कुनै महिलासँग सम्बन्धित राजनीतिक संगठन र गैरसरकारी संस्थाको नेतृत्व छैन, न त कुनै अनौपचारिक सञ्जालै सार्वजनिक भएको छ। मुद्दामा आधारित संघर्षका रूपमा दिनदिनै जारी रहेको 'अकुपाई बालुवाटार' का कारण पीडित महिलाले न्याय पाउनुपर्ने तथा पीडक पुरुषहरूलाई कानुनी कारबाही गर्नुपर्ने तथ्य स्थापित हुँदैछ। यस अभियानले विभिन्न महिला संगठनलाई क्रियाशील बनाएको र मोफसलका विभिन्न जिल्लामा पनि महिलालाई सडकमा निस्कन प्रेरित गरेको देखिन्छ। र, महिलाविरोधी हिंसा र अपराधविरुद्ध जनचेतना जगाएकोमात्रै होइन, त्यस्ता हिंसा र अपराधका लागि प्रभावशाली र फलदायी कानुनी कारबाहीको वातावरण बनाउन पनि जनदबाब सिर्जना गर्न थालेको छ। डा. बाबुराम भट्टराई सरकार र महिला आन्दोलनकारीबीच भएका सहमति र तिनको क्रियान्वयनको थालनीले शुभसंकेत पनि दिएका छन्। अब सरकारले महिलाविरोधी हिंसाको रोकथामका लागि तत्कालै कानुनी र प्रशासनिक कारबाही गर्ने संरचना निर्माण गर्न सक्यो भने ठोस उपलब्धि पनि हुनसक्छ। तर, यस्ता सामाजिक आन्दोलनप्रति निस्पृह देखिएका राजनीतिक दलका पुरुष नेताहरू भने महिलामैत्री हुनेगरी राज्य पुनर्संरचना गर्नतिर लाग्नुको साटो प्रधानमन्त्रीका लागि म्युजिकल चेयर्सको अश्लील खेलमै मस्त छन्।
हुन त 'अकुपाई बालुवाटार' का शिष्ट विरोध प्रदर्शनसँग जोडिएका आफ्नै नीतिनियम र केही गैरदलीय नारा छन्। राजधानीको मध्यमवर्गीय दबाब समूहको सम्यक आक्रोशभन्दा बेसी व्यापक हुन नसक्नु यसको सीमा हो भने सोसल मिडिया र प्राइभेट मिडियाको व्यापक प्रयोग गर्न सक्नु यसको सम्भावना हो। अब सडक र मिडियामा व्यापक बहसमार्फत् उसका सीमा तोड्नु जरुरी छ। केही महिला राजनीतिक संघ/संस्थाको आँखा भने त्यस दायित्वतिर गएको छैन, बरु यस आन्दोलनलाई अपहरण गर्ने र यसको नारालाई दलगत नारामा रुपान्तरण गर्ने काममा उनीहरूको बेसी रुचि हुनसक्छ। अतः उनीहरूका एजेण्डा सरकारविरोधी दलगत नारा भट्याउनुभन्दा व्यापक र गहन हुनु आवश्यक छ। महिलासँग सम्बन्धित गैससहरूको आचरण पनि प्रोजेक्ट वर्कभन्दा उन्नत हुनु जरुरी छ किनभने महिलाविरोधी हिंसाका लागि व्यक्ति र व्यवस्थाविरुद्ध मानिसहरूको आक्रोश बढेजस्तै त्यस्ता आन्दोलनकारीप्रति पनि असन्तुष्टि बढ्दो छ।
महिला विरोधी हिंसालाई कम गर्नमा र पीडक पुरुषलाई कारबाही गर्नमा सरकार र प्रशासनको ढिलासुस्ती एवं बेवास्ता आलोचनाको मुख्य विषय हुँदै आएको छ। तर, अब त आन्दोलनकारी महिला संगठनमा दलगत पूर्वाग्रहले जन्माएका सरकार विरोधी नारा लगाउने अनि गैसस संस्थाहरूमा पनि न्यायपूर्ण संघर्षलाई समेत प्रोजेक्ट वर्कमा मात्रै ढाल्ने प्रवृत्तिविरुद्ध भएका आलोचना पनि कमजोर र तर्कहीन छैनन्। यी दुवै प्रवृत्तिले यस आन्दोलनलाई महिला मुद्दामा आधारित व्यापक बौद्धिक बहस, जनमानसमा उद्वेलनसँगै जनसहभागिता अनि नियामक निकायमाथि दबाब पैदा गर्न धेरै सघाउ पुर्यामउँदैनन्।
जैविक उपाय बेठीक
बलात्कारलगायत् महिला विरोधी अन्य हिंसालाई व्यक्तिगत अपराधका रूपमा मात्रै सीमित गर्दै, पीडक प्रवृत्ति जन्माउने व्यवस्थालाई भने पूरै बेवास्ता गर्ने वा बचाउनेखालका संघर्ष र बहसले पनि संघर्षलाई समाधानमुखी बनाउन मद्दत गर्दैनन् भन्ने तथ्य 'अकुपाई बालुवाटार' का सहभागीदेखि अन्य कलाकारले पनि बुझ्नुपर्छ। कुनै-कुनै कलाकार र लेखिकाहरूले बलात्कारीको लिङ्गै काट्नुपर्ने केटाकेटी तर्क गर्नेदेखि पीडकलाई नपंुसक बनाउनुपर्ने र फाँसी दिनुपर्ने उत्तेजक माग फेसबुकका वालमा लेख्नेदेखि बालुवाटारका भित्ताअगाडि बसेर उद्घोष गर्दैछन्। यस्ता मागले बलात्कारलगायत् महिला विरोधी हिंसालाई शारीरिक र जैविक समस्यामात्रै ठान्ने तथा तिनको समाधान पनि सामाजिकरूपले खोज्ने लेठो नै नगर्ने पुरानै गल्ती गर्न प्रेरित गर्दैछन्। समाजशास्त्रीहरूका अनुसार वास्तवमा बलात्कारलगायत्का हिंसा सामाजिक समस्या हुन्। पुरुषत्व र नारीत्वबारे मानिसका धारणा, महिलालाई वस्तुका रूपमा उपभोग गर्ने मर्दवादी मानसिकताका कारण हुने बलात्कार सामाजिक समस्या बनिसकेको छ। यस्ता समस्याको समाधान पीडकको लिङ्ग काट्ने, रासायनिक प्रक्रियाबाट नपंुसक बनाउने वा फाँसी दिनेजस्ता जैविक उपायबाट सम्भव छैन, बरु समाज र समाजको मानसिकतामै परिवर्तनबाट मात्रै सम्भव छ। समाजको परिवर्तनसँगै जनमानस पनि फेरबदल हुने तथ्यलाई बुझिएन भने जैविक समाधानतिर सबै उद्यत हुने सम्भावना छ। हुन त तत्काल उपचारका लागि कानुनी र प्रशासनिक प्रक्रिया फलदायी हुन्छन्, तर दीर्घकालीन सामाजिक उपचारलाई बेवास्ता गरियो भने बलात्कार र हिंसाका जरा बाँकी नै रहन्छन्।
यस अर्थमा समाज र समाजको मानसिकता परिवर्तनका लागि होइन, केवल जैविक समाधानका लागि सामाजिक आन्दोलनै गर्नु जरुरी नहुन सक्छ। आफ्नो लक्ष्यलाई असामाजिक समाधानतिर उन्मुख बनाउनेहरूले आफ्नो आन्दोलनलाई सामाजिक आन्दोलन भन्नु नै बेइमानीपूर्ण हुनसक्छ। अतः सामाजिक आन्दोलन चलाउनेहरूले आफ्नो लक्ष्य र मागबारे पनि गम्भीर बहस र अन्तर्क्रिया गर्नु जरुरी छ। यस्ता कामले समाजको मानसिकतालाई पनि सामाजिक समाधानतिर उन्मुख गर्न सक्छन्। र, आफ्ना नारालाई पनि पीडक व्यक्ति एवं उसलाई कारबाही गर्न नसक्ने राजनीतिक र प्रशासनिक व्यक्तिविरुद्ध मात्रै सीमित गर्ने होइन, व्यक्तिमा हिंसात्मक मनोवृत्ति जन्माउने सामाजिक व्यवस्था तथा अकर्मण्य नेता र पंगु प्रशासक हुर्काउने राज्यविरुद्ध केन्द्रित गर्न सकियो भने समाज र राज्यका व्यवस्था परिवर्तनका लागि पुतली प्रभाव पनि देखिन सक्छ।
कुनै-कुनै पीडितले आफ्ना पीडित प्रियजनका लागि न्याय माग्ने क्रममा अब अरु महिलालाई पनि यस्तो अन्याय नहुने वातावरण बनाउनुपर्छ भन्ने माग सचेतरूपमा गरेको पाइन्छ। अन्याय, उत्पीडन र हिंसाको मुख्य मुहान नेपाली समाजको सत्ताशक्ति र सम्पत्तिमा अभिजात वर्गका पुरुषहरूको प्रभुत्व एवं पुरुषदेखि महिलासम्ममा पनि रहेको मर्दवादी सामाजिक मानसिकता हो। यी सबै प्रभुत्व र मानसिकतामा पुनर्संरचना गर्ने लक्ष्यसहित हुने सामाजिक आन्दोलनमा पनि त्यस्तै सुविचारित मागलाई ठोस र समय सान्दर्भिक बनाइयो भनेमात्रै त्यस आन्दोलनको औचित्य र प्रभावकारिता सिद्ध हुन्छ। यतिखेरको माग हो, बलात्कार र अन्य हिंसाको रोकथाम र निराकरणका लागि सुविचारित आन्दोलन चलाइराख्नु, जसले तात्कालिक प्रतिक्रियामात्रै जनाउँदैन, आक्रोशमात्रै पनि पोख्दैन, बरु सामूहिक चेतनाको धुनी जगाउँछ, सामूहिक पहल र सहभागिताको सम्भावना बढाउँछ।
राजनीतिक नेतृत्वको द्विविधा
नेपालमा २०६२/६३ सालको जनआन्दोलनपछि सामाजिक आन्दोलन नभएको होइन। माओवादी जनयुद्ध र जनआन्दोलनपछि मधेस आन्दोलन र जनजातीय आन्दोलनको रापतापका कारण समाजमा जारी परिवर्तनको प्रक्रिया तीव्र भएको पाइन्छ। तर, बलात्कार, हिंसा र उत्पीडनबाट सबैभन्दा पीडित हुँदै आएका दलित र महिला आन्दोलनको अभावमा यस सामाजिक परिवर्तन दलितमैत्री र महिलापक्षीय हुन सकेको छैन। गैरदलित पुरुषको प्रभुत्व भएका राजनीतिक दल एवं राज्यव्यवस्थाले दलित र महिलाका मुद्दालाई आफ्नो पनि मुद्दाका रूपमा आत्मसात् गर्न सकेका छैनन्। दलित र महिलाका मुद्दामा भएका सानातिना संघर्षलाई पनि तार्किक निष्कर्षमा पुर्या उन दिनु र तिनको संघर्षलाई विभिन्न दलित र महिला संगठनका मोर्चाबद्ध आन्दोलनका रूपमा विकास हुन दिनुको साटो अपहरणै गर्ने वा गर्भपतन गराउन बाध्य पार्ने तौरतरिका पनि छाडिएको छैन।
अतः राजनीतिक पार्टीहरूको भोट बंैकमा बचत बढाउनकै लागि बेसी दुरुपयोग हुँदै आएका यी दुवै समुदायको नेतृत्व अहिले बिलखबन्दमा परेका छन्। उनीहरू यस्ता प्रश्नमा अलमलको मनस्थितिमा छन् : आफ्नो समुदायका न्यायपूर्ण मुद्दा के हुन्? ती मुद्दाबारे मन्थन र निर्णय गर्ने ठेक्का पार्टीका गैरदलित पुरुष बोसहरूको मात्रै हो कि आफ्नो पनि हो? ती मुद्दाहरूको उत्थानका लागि अन्य दलका भ्रातृ संगठनसँग सहकार्यको हात बढाउनु अपराध हो कि अधिकार हो? मुद्दामा आधारित संघर्ष र त्यसका लागि अन्य दलका भ्रातृ संगठनसँग सहकार्य गरेर ‘अपराध' गर्नु नै समुदायका लागि श्रेयष्कर हुन्छ कि हुन्न? आफ्नो समुदायको स्वार्थलाई नै लात मार्दै, पार्टीका बोसहरूको चाकडी गर्दै, पार्टी र संगठनमा उच्च पद, प्रतिष्ठा र पैसाको सुनिश्चितता हुनेगरी आफ्नो करियर सुधार्नु तथा परिवारका लागि सुख/सुविधा जुटाउनु नै उचित हुन्छ कि?
यस्तै प्रश्नमा रुमल्लिएका दलित र महिला संगठन एवं तिनका नेतृत्वकर्ताहरूले आफ्नो पंगुपनाबाट मुक्त हुँदै तत्कालै कुनै हस्तक्षेपकारी सामाजिक आन्दोलन गर्ने अवस्था छैन। नेपाली समाज र राज्यव्यवस्थालाई उत्पीडित जाति, दलित र महिलामैत्री हुनेगरी पुनर्संरचना गर्नुपर्ने बेला उनीहरू आफैं दिशाहीनता, मतिभ्रम र अकर्मण्यताको शिकार भएर आफ्नै टाउको समातेर बसिरहेका छन्। बलात्कार, हिंसा र उत्पीडनबाट सबैभन्दा पीडित हुँदै आएका समुदायका विभाजित नेतृत्वमा आफ्ना मुद्दा, नारा र लक्ष्यबारे ठूलो भ्रम, शंका र अस्पष्टता छन्। तिनै भ्रम, शंका र अस्पष्टताको कैदखानाबाट मुक्त हुन पनि उनीहरू स्वयम्का लागि आन्तरिक र बाह्य आन्दोलनको जरुरत् छ। उनीहरूको विवशताको घनत्व बढिरहेको र आन्दोलनको पहलचाहिँ घटिरहेको बेला माथिल्लो नेतृत्वबाट होइन, तलबाट सामाजिक आन्दोलन हुनु जरुरी छ। भुइँतहमै काम गरिरहेका युवा नेतृत्वबाट रचनात्मक र स्वायत्त पहल भयो भने सम्भावनाको ढोका खुल्न सक्छ। उनीहरूले मुद्दामा आधारित शान्तिपूर्ण सामाजिक आन्दोलनका लागि 'अकुपाई बालुवाटार' बाट पनि केही पाठ सिक्न सक्छन्।