कुनै बेलाको प्रगतिशील राजनीतिको एउटा प्रतीक नेकपा (एमाले) लाई शायद अब कहीँ पुग्नु छैन। केही गर्नु छैन। तैपनि ऊ नेपाली कांग्रेसले चलाएको मोटरसाइकलको पछाडिपट्टि छ। कांग्रेसले जतासुकै पुर्या।ओस्, उसलाई मतलव छैन। मानौँ एमाले त्यस्ती प्रेमिका हो, जो चालक प्रेमीको पिठिउँमा पोस्टरझैँ छाती टाँसेर, उसैको ज्याकेटका दुवै खल्तीमा हात घुसारेर सिन्धु मल्लको गीत गाइरहेकी छ, 'सक्तिनँ म समाल्न, तिम्रै हो यो लैजाऊ जोवन।'
एमालेका आधुनिक सूत्रधार मदन भण्डारीले कुनै बेला भनेका थिए, 'राजनीतिमा कोही स्थायी शत्रु हुँदैन।' भण्डारीले 'राजनीति सापेक्ष हुन्छ' भन्ने अर्थमा यसो भनेका थिए। यो त्यही कांग्रेस थियो जो एमालेको नौ महिने अल्पमत सरकारको सुधारवादी-लोकप्रियतावादी कामबाट तर्सेको थियो र सारा दक्षिणपन्थी दलहरूको नेतृत्व गरेर उसलाई सत्ताच्युत गरेको थियो। मानवीय संवेदनाका हिसाबले पनि अविश्वासको प्रस्ताव ल्याउन एक दुई दिन पर्खन नसक्ने यही कांग्रेस थियो जसले हेलिकप्टर दुर्घटनामा परेका प्रधानमन्त्री मनमोहन अधिकारीलाई अस्पतालबाटै नाकमा अक्सिजनको पाइप लगाएको अवस्थामा प्रस्टीकरण दिन बाध्य पारेको थियो। दृश्य देखेर त्यतिखेर लाज स्वयं आत्महत्या गर्न बाध्य भएको थियो र ज-जससँग लाज बाँकी थियो, ती शिर निहुराउन बाध्य भएका थिए।
ठीकै हो, कुनै बेलाको 'चरम दक्षिणपन्थी कांग्रेस' सँगै ०६२/६३ को आन्दोलनमा एमाले पनि उभियो। कुनै बेलाको 'आतंकवादी' माओवादी पनि त्यहीँ आइपुग्यो। परन्तु, एमालेले भण्डारीको त्यस कथनलाई कति विशाल अर्थमा बु‰न थाल्यो भने उसलाई सामन्तवाद, पुँजीवाद, यथास्थितिवाद पनि मित्रवत् लाग्न थाले। एउटै सर्त, ती जुनसुकै वादको चरित्र माओवादी राजनीतिप्रति प्रतिक्रियात्मक हुनुपर्छ। कांग्रेससँग उसको सहयात्राको आधार यही प्रतिक्रिया र प्रतिशोधको राजनीतिमात्र हो।
गुजुल्टिएको राजनीति
सबैलाई थाहा छ, नेपाली राजनीति कांग्रेस-एमालेको यथास्थितिवाद र एनेकपा (माओवादी) को अस्थिरताको हाँगामा गाँठो परेको छ। कांग्रेस-एमालेका हरेक क्रियाकलाप माओवादीविरुद्ध प्रतिक्रिया र प्रतिशोधमा केन्द्रित छन्। सदाबहार सत्तासीन र संसदीय चुनावमा सधैँजसो एक नम्बरमा आउने कांग्रेस संविधानसभा चुनावमा माओवादीको घुँडासम्म मात्र आइपुग्यो। कांग्रेसलाई समेत बेलाबेला पछार्ने विशाल जनाधार भएको एमालेको आधार पनि माओवादीले सिनित्तै बढारिदियो।
दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिको अग्रयात्रा सुषुप्तरूपमा यही विन्दुबाट उँधो लागेको थियो। कांग्रेस यही विन्दुबाट लोकतन्त्रको नाममा प्रतिक्रिया र प्रतिशोधको राजनीतिमा ओर्लेको थियो। संविधानसभा चुनावमा पराजित माधव नेपाल र खड्ग ओली त्यतिबेलैदेखि कांग्रेससँग छँदै थिए। एमाले अध्यक्ष झलनाथ खनालमात्र सहमतिको 'अर्जुनदृष्टि' लगाइरहन्थे र 'चट्टानी अडान' कायम राख्थे। माओवादीको नैतिक साथ गुमाएर राजीनामा गरेपछि उनी पनि नेपाल र ओलीकै लाइनमा उभिन पुगे।
यता, माओवादीचाहिँ यी सबै संसद्वादी दलहरूलाई 'घुमाइदिन' चाहन्छ। ऊ घरी सुशील कोइरालालाई प्रधानमन्त्रीको लोभ देखाउँछ। घरी विवादित विषय टुंगो लगाई संविधासभाका कामलाई निरन्तरता दिने सर्त राख्छ। घरी स्वतन्त्र प्रधानमन्त्रीको कुरा ल्याउँछ। घरी संविधानसभा पुनर्स्थापनाको कुरा उठाउँछ। कांग्रेस-एमाले माओवादीसँग प्रतिशोध र प्रतिक्रियाकै आधारमा राजनीतिलाई गुजुल्टो पार्छन् भने माओवादी उनीहरूलाई सताउन राजनीतिक अनिश्चय बढाउँछ।
असफलताको यात्रा
तीन दलका सीमित नेताले बाहिरै बसेर विवादमा सहमति नगर्ने र मतदानबाट छिनोफानो गर्न पनि नदिने प्रवृत्तिका कारण संविधान जारी नगरी संविधानसभा भंग भएको थियो। संविधान जारी नहुने भएपछि प्रतिपक्षीहरू संसद्मात्र बाँकी राखेर संविधानसभा भंग गर्ने पक्षमा थिए। व्यवस्थापिका नहुँदा पर्ने अनेक अप्ठेरालाई ध्यान दिँदा सिद्धान्ततः यो प्रस्ताव गलत थिएन। तर, तिनको नियत सफा थिएन। जेठ १४ नजिकिँदै कांग्रेस अविश्वासको प्रस्ताव ल्याएर भट्टराईलाई हटाउने तयारीमा लागेको थियो। माओवादीबाट भर्खरै फुटेर सरकारविरुद्ध चर्को अभिव्यक्ति दिइरहेको वैद्य-माओवादीको साथ पाउने आशा उसलाई थियो। संविधानसभा भंग भएपछि पनि प्रतिपक्षीको दाउ यही थियो। यो बुझेका बाबुराम भट्टराईले अत्यन्त चलाखीपूर्वक मन्त्रिपरिषद्को बैठकबाट संसद्समेत नरहने गरी संविधानसभा भंग र नयाँ चुनावको घोषणा गरे।
राजनीति यति अनिश्चयको मोडमा फस्छ भनेर शायद त्यतिखेर भट्टराईले पनि सोचेका थिएनन्। शायद उनको सोझो बुझाइ थियो, 'नयाँ संविधानसभाको चुनाव विधानतः कामचलाउ सरकारले नै गर्ने हो। आफू खुम्चिएको हुनाले कांग्रेस-एमाले अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न चाहँदैनथे। बल्ल, लोकतन्त्रको दुहाई दिने यिनीहरू चुनावमा जान बाध्य हुनेछन्।' भइदियो ठीक उल्टो। प्रतिपक्षीहरू उनलाई कर्मकाण्डी पुरेतले दलितलाई जस्तै व्यवहार गर्न थाले। उनले घोषणा गरेको चुनाव वा उनकै नेतृत्वमा सहमतीय सरकार त के, उनको नामैसमेत सुन्न नचाहने भए। दैनिक प्रशासन चलाउन अनिवार्य बजेट ल्याउनसमेत उनीहरूले तगारो हाले।
यी सबबाट दिक्क प्रधानमन्त्री भट्टराई राजीनामा गर्ने मुडमा पुगे। उनलाई रोके अध्यक्ष प्रचण्डले। चोखो नियत राख्ने हो भने सुशील कोइरालालाई सहमतीय सरकारको नेतृत्व हस्तान्तरण गर्न माओवादीले राखेका सर्तमा खोट लगाउनुपर्ने कुनै कारण थिएन। संविधानसभाबाटै संविधान जारी गर्ने हो भने संविधानका विवादित मुद्दामा अहिल्यै सहमति गर्ने र संविधानसभाका कामलाई दोस्रो संविधानसभाले निरन्तरता दिने भन्ने माओवादीको सर्त जायज थियो।
संविधानसभाबाट संविधान जारी गर्ने कम जोखिमपूर्ण उपाय दुइटैमात्र छन्। एक, सबै मुद्दामा सहमति गरी एकदुई दिन, नभए बढीमा एक हप्तालाई संविधानसभा बिउँझाउने र संविधान जारी गर्ने। त्यसपछिको चुनावी सरकारको नेतृत्व माओवादीले कांग्रेसलाई हस्तान्तरण गर्ने। यो सबैभन्दा कम जोखिमयुक्त, कम खराब उपाय हो। दुई, विवादित मुद्दामा सहमति र पहिलो संविधानसभाका कामलाई निरन्तरता। तथापि, माओवादी स्वयं आफ्ना कुरामा स्थिर देखिन्न। यसमा कांग्रेस-एमाले नकारात्मक देखिएपछि उसले स्वतन्त्र प्रधानमन्त्रीको अवधारणा ल्यायो। प्रतिपक्षले त्यसलाई पनि लत्याएपछि फेरि ऊ संविधानसभा पुनर्स्थापनाको मुद्दामा फर्केको छ।
प्रस्ट छ, राष्ट्रपतिले दिएको आठौँ पटकको म्यादमा पनि सहमति हुने कुनै छाँट देखिन्न। कि सत्तारुढ गठबन्धनसँग समझदारीमा पुग्नुपर्यो । होइन भने आन्दोलनबाटै सरकारलाई गलाउन सक्नुपर्यो।। पहिलो उपाय कोइरालालाई निःशर्त सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्ने प्रतिपक्षको ढिपीकै कारण पूरा हुने देखिन्न। कांग्रेस-एमालेमा आन्दोलन गर्ने नैतिक बल पनि अत्यन्त कमजोर भएकाले दोस्रो उपायको सम्भावना पनि कमै छ। यसको अर्थ हो, प्रतिपक्षले र माओवादी पार्टी स्वयंले नचाहँदा पनि बाबुराम सरकारको आयु वर्षौँ लम्बिन पनि सक्छ।
एमालेको भूमिका
सहमतिको बाटो सुगम पार्न एमालेले महŒवपूर्ण भूमिका खेल्न सक्थ्यो। विवादित मुद्दामा सहमति नभए र अघिल्लो संविधानसभाका कामलाई निरन्तरता नदिए सुशील कोइराला प्रधानमन्त्री भए पनि, स्वतन्त्र प्रधानमन्त्री भए पनि, संविधानसभाको दोस्रो चुनाव भए पनि संविधान बन्न लगभग असम्भव छ। प्रस्ट छ, शून्यबाट सुरु भए पनि संविधान निर्माणका विवादका तिनै मुद्दामा पुगेर सबै कुरा गाँठो पर्छ जबकि चित्त अलि फराकिलो पार्न सके ती विवादका विषय नै थिएनन्। यी कुरा नाघेर पनि संविधान बन्ने ग्यारेन्टीको अर्को आधार भए सार्वजनिक गर्नुपर्थ्यो। कुनै पनि कुरामाथि वस्तुगत दृष्टि राख्न सकेको भए माओवादीले उठाएका हरेक मुद्दा बदर र कांग्रेसका हरेक कुरा आँखा चिम्लेर सदर गर्ने स्थितिमा एमाले पुग्ने थिएन। सही छ भने जसको पनि समर्थन गर्ने र गलत छ भने विरोध गर्ने नैतिक साहस देखाएको भए उसले आगामी चुनावमा गुम्दै गएको साख फिर्ता पाउने सम्भावना प्रशस्त थियो। विडम्बना, यस्तो कार्य देखाउन ऊ मानसिकरूपमा तयारै भएन। माओवादीसित प्रतिक्रिया र प्रतिशोधको राजनीति गर्न कांगे्रसको छायाँमात्र बन्दा एमालेको भविष्य के होला? पतनको यात्रा आखिर यस्तै छिद्रबाट थालिने हो। आफूलाई क्रान्तिकारी भन्न रुचाउने एमाले युवाचाहिँ के हेरिरहेका छन्?