प्रधानमन्त्री बाबुराम भट्टराईले अपराधको कानुनी अनुसन्धान प्रभावित गरेर कर्तव्यनिष्ठ दैलेख प्रहरी अधिकृतहरुलाई हतोत्साही पारेका छन्। कुन अपराधको कसरी कसले अनुसन्धान गर्ने भन्ने निर्णय गर्ने अधिकारी उनी होइनन्। उनले कानुन आफ्नो हातमा लिएर पदको दुरुपयोग त गरेका छन् नै, मुलुकलाई पुनः अनावश्यकरुपमा द्वन्द्वतर्फ धकेल्दैछन्।
सरकारले कानुन पालना गर्ने/गराउने हो। राज्यको कुनै पनि प्रचलित कानुन लाग्न नदिने अधिकार सरकारस"ग छैन। कानुनमा रोकावट अख्तियारको दुरुपयोग हो। जिल्ला प्रहरीले पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा पक्राउ परेकाहरुको अनुसन्धान गरी अदालतमा पेश गर्ने कर्तव्य निर्वाहमात्र गर्न खोजेका थिए। त्यस्ता घटनामा नेपालको कुनै पनि अदालतमा मुद्दा लाग्दैन भनेर प्रधानमन्त्री स्वयम्ले राज्यको कानुन पालना गराउने निकायमा अशोभनीय हस्तक्षेप गरेका छन्।
जिल्ला प्रहरीले स्वविवेकले आठ वर्षअघिको अपराधको केस झिकेका थिएनन्। जबकि किटानी जाहेरी परिसकेपछि आरोपितहरुलाई पक्राउ गरी उहिल्यै अनुसन्धान थाल्नुपर्थ्यो। मारिएका पत्रकारकी साहसी पत्नी लक्ष्मीले वर्षौं लामो संघर्षपछि बल्ल अदालतबाट आदेश ल्याउन सकेकी थिइन्। पुनरावेदन अदालतको आदेश कार्यान्वयन गर्न मात्र जिल्ला प्रहरीले किटानी जाहेरीमा परेका व्यक्तिहरु पक्राउ गरेका थिए। फौजदारी अपराधसम्बन्धी प्रचलित कानुन कुन घटनामा लाग्छ, कुनमा लाग्दैन भनेर प्रधानमन्त्रीले यस्तो विवाद सिर्जना गर्न खोजका छन्, जसले सत्य निरुपण कसरी हुन्छ र समाजमा मेलमिलाप कसरी कायम गर्न सकिन्छ भन्ने न्युनतम मान्यतासमेत अस्वीकार गर्ने अहंकार प्रकट गरेको छ।
वृहद् शान्ति सम्झौताले सत्य निरुपण तथा मेलमिलाप आयोग छ महिनामा गठन गर्ने उल्लेख गरेको थियो जुन छ वर्षसम्म पनि बन्न सकेको छैन। त्यो बन्न नसकेको कारण नै द्वन्द्वकालका सबै घटनालाई बिर्सिदिने गरी आममाफी प्रदान गर्ने माओवादीको वास्तविक मेलमिलाप विरोधी अडान हो। अहिले प्रधानमन्त्री भन्छन् कि त्यो आयोग गठनको अध्यादेश जारी नगरिदिएर राष्ट्रपतिले शान्ति प्रक्रिया नै अवरुद्ध पारिदिएका छन्। उनको सोचले मुलुकलाई भुलभुलैयामा पार्ने र द्वन्द्वका घाउहरु बल्झाइरहने खतरा देखिएको छ।
न्यायको खोजी प्रयासहरुलाई शान्ति प्रक्रिया विथोल्ने षडयन्त्रका रूपमा भट्टराईले अर्थ्याएका छन्। दशक लामो माओवादी द्वन्द्वकालका सबै घटना राज्यका कानुनपालक निकायहरुको क्षेत्राधिकारभित्र नपर्ने उनको दलिल छ। त्यो आफैंमा हास्यास्पद छ। के माओवादी नेता कार्यकर्ता वा राज्यका सुरक्षा निकायले दश वर्षमा गरेका सबैखाले अपराधलाई बृहद् शान्ति सम्झौता र अन्तरिम संविधानले क्षमा दिने भनेको छ? क्षमा दिने भनेको पीडितहरुले सत्य निरुपण भइसकेपछि स्वविवेकले दिने हो, कुनै अहंकारी नेताको हठसामु निरीह पारिएका परिवारजनले दबाबमा दिने होइन।
शान्ति सम्झौता र अन्तरिम संविधानले नेपालका प्रचलित फौजदारी कानुन कुनै पनि स्थगित गरेका छैनन्। त्यसकारण माओवादी नेता कार्यकर्तालाई कानुन लाग्दैन भन्ने अभिव्यक्ति आफैंमा उक्त सम्झौता र संविधान विपरीत छ। यत्ति हो, तिनले आयोग गठन गरेर मुद्दाहरु केलाउने र मेलमिलापका लागि सिफारिश गर्ने व्यवस्था गरेका थिए। मेलमिलापको सर्वमान्य सिद्धान्तअनुसार सत्यतथ्य पहिचान भइसकेपछि कुनमा दण्डित गर्ने र कुनमा क्षमा दिने निधो गर्न सकिन्छ। मानवताविरुद्धका अपराध र चरम ज्यादतिपूर्ण यातनामा क्षमाको अनिवार्य हठले पीडितहरुलाई शान्ति दि"दैन। त्यसले समाजमा मेलमिलाप पनि कायम राख्न सक्दैन। अन्यायको जगमा शान्ति होइन, अशान्तिको प्रक्रिया अघि बढ्छ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या मानवताविरुद्धको अपराध हो। वार्ताका लागि आएका व्यक्तिलाई डेढ महिनासम्म अपहरण गर्ने, झुण्ड्याएर सिस्नोपानी लगाउने, मरेन भनेर जिउ"दै खाल्डोमा गाड्ने र गाड्नुअघि पानी.. पानी.. भनेर पीडितले कराएको साविती बयान खुल्ने अपराध कुनै पनि अर्थमा क्षमाको भागिदार हुन सक्दैन। पीडितका परिवारजनले हृदयबाटै क्षमा दिन सक्नेखालको अपराध होइन यो। सशस्त्र भिडन्तमा मारिएकाहरुका परिवारजनले त त्यस्ता घटनाको सही अनुसन्धानद्वारा आफ्नो चित्त शान्त पार्न सक्लान्। यस्तो ज्यादतिको उपचार त कुनै पनि राजनीतिक शक्ति सन्तुलनको निर्णयबाट हुन सक्दैन। त्यसमाथि क्षमा माग्नुपर्ने पक्षको यस्तो रक्ताम्मे अहंकारले समाजमा मेलमिलाप होइन, द्वन्द्व नै जगाउँदै लैजाने निश्चित छ।
पत्रकार हत्याका आरोपितमध्येका एकजनाले पीडितको आत्माको शान्तिका लागि आफू अदालती सजाय पाउन राजी हुने बयान दिइसकेका छन्। उनको बयानको भाव बुझ्दा कानुनी सजाय भोग्दामात्र आफूलाई पनि सन्तोष हुने र पाप पखालिने हुन्छ। तर जस्तोसुकै अपराधमा पनि उकासेर राजनीतिक लाभ लिन उद्यत नेतृत्व भने त्यस्ता कार्यकर्तालाई उल्टै सन्तोषपूर्वक बाँच्न दिन पनि चाह"दैन। अपराध गर्न लगाउने र आत्मसन्तोषवशः सजाय भोग्न तयार भइसकेकालाई पनि रोकेर आजीवन आफ्नो राजनीतिको मनोवैज्ञानिक बन्दी बनाउने कुत्सित सोच प्रधानमन्त्री भट्टराईले उजागर गरेका छन्।
दैलेख घटनामा मुछिएका दुवै रंगका माओवादी पार्टीले निर्दोषहरुलाई झुटा मुद्दामा फसाउन खोजिएको वक्तव्यबाजीका साथ जिल्लामा पत्रकारहरुलाई आतंकित पार्न थालेका छन्। केन्द्रमा पार्टी नेताले प्रधानमन्त्रीका रूपमा राज्यका कानुन मिचेर कर्तव्यपालकहरुलाई हतोत्साही पार्र्ने र जिल्लामा पार्टी पंक्तिले स्वाभाविक कानुनी उपचारमा बन्देज लगाउन दबाब सिर्जना गर्ने कार्यले पत्रकारमात्र होइन, नागरिक अधिकारकर्मी सबैलाई चिन्तित र आन्दोलित पारेको हुनुपर्छ। प्रधानमन्त्रीले 'अनुसन्धान रोक्ने दबाब दिएको छैन' भन्ने प्रष्टीकरण निजी सचिवालयमार्फत् दिन लगाए पनि दैलेखमा तीन दिनदेखि बयानको क्रम रोकिएकै छ। यो अनुसन्धानलाई शान्ति प्रक्रिया भा"ड्ने प्रयत्न हो भन्ने हु"कार प्रकट गर्नु प्रधानमन्त्रीको हस्तक्षेपको आफैंमा प्रत्यक्ष प्रमाण हो।
नेपाल पत्रकार महासंघका सभापति शिव गाउ"लेका अनुसार अन्तरिम संविधान र शान्ति सम्झौताले नेपालको स्थापित फौजदारी कानुन नलाग्ने भनेकै छैनन्। त्यसैगरी उक्त घटनाताकाका सभापति तारानाथ दाहालका शब्दमा पत्रकार द्वन्द्वका पक्ष नभएकाले यस्तो फौजदारी अपराधलाई द्वन्द्वको घटनास"ग जोड्न सकिँदैन। हरेक अपराधको राजनीतिक बचावट गर्ने र हरेक कानुनी कारबाहीको मागलाई शान्ति प्रक्रिया बिथोल्ने प्रयास भन्ने सोचमा जवाफदेहीरहित सत्ताको अहंकारमात्र प्रकट हुन्छ। प्रहरीले गर्ने अनुसन्धानबाट हुनसक्ने सत्य निरुपणविरुद्ध उभिएर आममाफीका पक्षधर प्रधानमन्त्रीले खासमा मेलमिलापको सम्भावना पनि आफैं नष्ट गर्न खोजेका छन्।
प्रधानमन्त्रीले सार्वजनिक मन्तव्यद्वारा आफूखुशी संविधान र शान्ति सम्झौताको व्याख्या गर्नु र प्रहरी तथा सरकारी वकिललाई कारबाही रोक्न दबाब दिनु आफ्नो बचे/खुचेको राजनीतिक औचित्य स्थापित गर्ने बलात् ध्येय पनि हो। उनले त्यस्तो मन्तव्य दिएको भोलिपल्ट उनीबाट टुक्रिएको माओवादी पार्टीको महाधिवेशन सुरु हँुदैछ। त्यसैगरी आफ्नै पार्टीको महाधिवेशनका लागि पनि अर्को महिनाको तयारी छ। माओवादी विधिवत्रूपमा महाधिवेशनमार्फत् विभाजित हु"दैछ। प्रधानमन्त्रीका रूपमा अर्को माओवादी खेमामा रहेका जिल्ला नेताहरुको गिरफ्तारीमा आफ्नो भूमिका नरहेको सफाई दिने उनको नियत पनि देखिन्छ। त्यसैगरी आफ्नो महाधिवेशनलाई प्रभावित पार्न 'देशभरका कार्यकर्ताको बचावट गर्ने मै हु"' भन्ने भान पनि पार्नुपरेको हुनसक्छ। उनको आन्तरिक राजनीतिक सन्तुलन र प्रभाव हासिल गर्ने उद्देश्यका खातिर पीडित नेपाली नागरिक र नागरिक अधिकारका हिमायतीहरु मानवता र कानुनी शासनविरोधी उनको उग्रतासामु मौन रहन सक्दैनन्।