नेपाली वस्तु र सेवा बजारका विक्रेताले भदौदेखि मंसिरसम्म विभिन्न छुट उपहार बम्पर पुरस्कारका विज्ञापन गर्ने गर्छन्।
यस्ता विज्ञापन पसल मलहरुदेखि टेलिभिजन र पत्रपत्रिकाबाट पनि गरिएको हुन्छ । यस्ता विज्ञापनमा यति प्रतिशत छुट विशेष छुट एउटा किने एउटा सित्तै एउटै भाउमा सबै सामान सयको माल पचासमा चिा उपहार आदि लेखिएका हुन्छन् । प्रायः लत्ताकपडा खाद्य पदार्थ इलेक्ट्रोनिक समान रंगरोगन सवारी साधन पेय पदार्थआदिमा यस्तो योजना राखिएको पाइन्छ । किनमेल गर्न आउनेलाई त्यो साँच्चै छुट उपहार हो वा लोभ देखाएर उपभोक्ता ठग्ने खेलमात्र हॊ भन्ने आशंका भइरहन्छ।
नेपाली बजारमा भदौदेखि मंसिरसम्म बढी किनमेल हुन्छ। यसबीचमा चाडपर्व पर्ने र संचित वस्तुमा भर पर्नुपर्ने हुँदा बजार असहज हुन्छ। चाडपर्व परेको कारणले सरकारको ध्यान बजारमा त्यति गएकॊ हुँदैन । उता उपभोक्ता भने चाडपर्वको मेलोमा बढी खर्च गर्ने मानसिकतामा हुन्छन् । व्यापारी भने वर्षभरमा सबैभन्दा धेरै नाफा कमाउन चनाखो भएर बसेका पाइन्छन् । यसै बेला संचयकर्ता र थोक विक्रेता पनि बजारमा मागभन्दा आपूर्ति कम गरेर कृत्रिम अभाव सिर्जना गरी आपसी सहमतिमा बजार भाउ बढाउन तल्लीन हुन्छन् । बजारमा संचयकर्ता स्टकहोल्डर र थोक होलसेलर बिक्रेताको मनोमानी र सरकारको उपस्थिति नभएको देखेका खुद्राविक्रेता पनि उपभोक्ताको अनुहार हेरेर वस्तुको भाउ निर्धारण गरी विक्री व्यवहार गर्छन् । यस बेलाको बजार सधैँजसो लुटको बजारमा परिणत हुने गर्दछ।
यस वखत बजारमा अधिकांश वस्तुको मूल्य लेखिएको हुँदैन । तौल र परिणाम पनि घटी हुने गर्छ। पसल र विक्री स्थलमा अनिवार्य राख्नुपर्ने मूल्यसूची पनि हुँदैन । विक्री स्थलमा उपभोक्ताको भिड हुने र मालको मोल धोरै भनेमा वस्तु कमसल रहेछ भन्ने ठान्छन् भनेर बढीे भन्ने गरेको पाइन्छ । साथै उपभोक्तालाई भ्रम र लोभमा पार्न व्यापारीले छुट र उपहारको घोषणा गरेका हुन्छन् । अधिकांश उपभोक्तालाई छुट उपहारको भित्री रहस्य उपभोक्तालाई भ्रम र लोभमा पार्नुमात्रै हो भन्ने जानकारी हुदैन । त्यसैले उपभोक्ताको पैसा चुम्बकले फलाम तानेजस्तै सजिलै छुट र उपहारको नाममा व्यापारीले तानिरहेको पाइन्छ । उपभोक्तालाई भ्रम र मोहमा पारी सस्तो मोलको वस्तु महंगोमा बेच्नु कम तौल परिणाममा दिनु बजार र उपभोक्ताविरुद्धको अपराध हो भन्ने अधिकांश व्यापारीलाई थाहा हुँदाहुँदै पनि बजारमा यो अनुचित विक्री व्यवस्था विस्तार भइरहेको छ।
कुनैपनि वस्तु र सेवा विक्रीस्थलमा व्यापारीले कि लेबलबाट कि मूल्य सूचीबाट वस्तुको निर्धारित मूल्य देखाउनु पर्छ । नेपाली बजारमा वस्तुको वास्तविक मोलभन्दा पनि उपभोक्ताको रोजाइ र चाहनामा व्यापारीले मनोमानी भाउ राखेकॊ पाइन्छ । यसबाट एकातिर वस्तुको वास्तविक मोलभन्दा पनि उपभोक्ताले बढी मोल तिरेको हुन्छ । यसैबाट कृत्रिम मूल्य वृद्धि हुने हो । व्यापारीले जति भन्यो त्यतिनै रकम तिर्ने उपभोक्ताको कमजोरीको फाइदा विक्रेताले लिन्छ।
उपभोक्ताको यही कमजोरीको फाइदा उठाउन बजार वरपर आकर्षक महंगा सवारी र इलेक्ट्रिकल सामान भाडामा लिई विभिन्न संघ संस्थाका नाममा चिा र वम्पर कार्यक्रम संचालन गरेका हुन्छन्। वस्तु र सेवा किन्न बजार पस्ने उपभोक्तालाई व्यापारीले मात्रै होइन यिनले पनि भ्रम र लोभ देखाइ ठग्ने प्रचलन बढ्दै गएको छ।
नेपालमा भ्रमपूर्ण विज्ञापन र उपहारआदिलाई नियन्त्रण र नियमन गर्ने छुट्टै कानुन छैन। दर्ता र अनुमतिबिना विज्ञापन र उपहारको प्रचार प्रसार गर्न नपाइने अलग्गै कानुनी व्यवस्था हुनुपर्ने हो । यद्यपि भ्रमपूर्ण विज्ञापन निषेधसम्बन्धी कानुनै हुँदै नभएको होइन। उपभोक्ता र प्रतिस्पर्धा कानुनमा यस्ता खाले व्यवस्थाहरु रहेका छन्। तर कानुन कार्यन्वयन गर्ने जिम्मा लिएको स्थानीय प्रशासन अनुचित व्यापारिक क्रिरयाकलाप गर्नेलाई नियन्त्रण गर्न उदासीन र उपभोक्ता जागरणको अभावले बजारमा जे गरे पनि व्यापारीलाई केही हुँदैन भन्ने सन्देश गएको छ।
वस्तु र सेवाको वास्तविक गुण मूल्य परिणाम फरक हुनेगरी भ्रमपूर्ण वा झुा विवरण दिई विज्ञापन वा प्रचार प्रसार गरेमा त्यसो गरेर बजार प्रर्वद्धन गरेमा विज्ञापनमा लेखेभन्दा बढी मूल्यमा बिक्री वा कारोवार गरेमा र कुनै उत्पादक वा वितरकले बजारमा प्रतिकूल असर पर्ने वा उपभोक्तालाई झुक्याउने गरी विज्ञापन वा सूचना गरेमा भ्रमपूर्ण विज्ञापन मानिन्छ । उपभोक्ता कानुनअनुसार त्यस्तो कार्य गर्ने व्यापारीलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै व्यापारी र निजले दिएको वस्तु वा सेवाको कारणले कुनै उपभोक्ताको आर्थिक शारीरिक मानसिक भौतिक हानिनोक्सानी भएमा उपभोक्ताको दाबीबमोजिमको क्षतिपूर्ति रकम प्रत्येक जिल्लामा प्रजिअ अध्यक्ष रहेको क्षतिपूर्ति समितिले भराई दिने व्यवस्था छ । त्यसैगरी केन्द्र र जिल्लाका अनुगमन समिति निरीक्षण अधिकृतले त्यस्तो पसलको कारोबार रोक्का पसल बन्द वा तालाबन्दी गर्नसक्ने व्यवस्था छ । यस्तो कानुनी व्यवस्था भएपनि व्यापारीको हेपाहा प्रवृत्ति सरकारी निकाय र अधिकारीको उदासीनता निस्क्रियता र उपभोक्ता शिक्षा तथा जागरणको अभावले यस्ता कानुन कार्यान्वयन हुन सकेका छैनन्।
व्यापारी र उपभोक्ताबीच कुनैपनि माल वस्तु र सेवाको लेबल वा मूल्यसूचीमा अंकित मूल्यभन्दा घटी वा छुट पाउन सौदाबाजी गर्न र छुट लिन पाउने उपभोक्ता अधिकार हो। यस्तो अधिकारलाई सम्मान गर्नु व्यापारीको कर्तव्य हो । घटी मूल्यको माललाई बढी भाउ राखी वा कम तौल परिणाममा बेचेर छुट र उपहारको भ्रमपूर्ण विज्ञापन गरेर उपभोक्तालाई लोभमा फसाई बिक्री व्यवहार गर्ने कार्य उपभोक्ताविरुद्धको अपराध हो। भ्रमपूर्ण विज्ञापनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नगरेसम्म सरकारले अत्यावश्यक वस्तु र सेवामा अधिकतम उपभोक्ता विक्री मूल्य तोकी सोहीअनुरुप लेबल र मूल्यसूची बिक्री स्थलमा नराखेसम्म र उपभोक्ता आफै सचेत नभएसम्म छुट र उपहारको नामबाट उपभोक्ता ठग्ने चलन कायमै रहनेछ।
(लेखक उपभोक्ता हित संरक्षण माचनेपालका महासचिव हुन्।)