अतिमा गएपछि न्याय पनि निरर्थक हुन्छ -अल्बेयर कामु
सन् १९०५, फेबु्अरीमा भएको बमकाण्डबारे कामुले एउटा नाटक लेखेका छन्, 'न्यायप्रेमी'। रुसी समाजवादी क्रान्तिकारी पार्टीका सशस्त्र समूहले बम प्रहार गरी तत्कालीन जारका काका अधिराजकुमार सर्गेईको हत्या गर्यो। तर अधिराजकुमारसँगै केही बालबालिका पनि मारिने खतरा टार्न बमकाण्डका नायक इभान कालिएफले आक्रमणको पहिलो प्रयास स्थगित गरेका थिए। कालिएफ पक्राउ परे र उनलाई फाँसी दिइयो। फाँसी चढ्नुअघि उनले भनेका थिए, 'मेरो मृत्यु आँसु र रगतले भरिएको यस संसारविरुद्ध सर्वोच्च प्रतिकार हो।'
भ्वानरोब्स्कीको चरित्रमा आधारित नाटककै अर्को पात्र आलेक्सेई भ्वानफ अति आवश्यकभन्दा बढी कुनै पनि हत्या नगर्न दृढ थिए। पार्टीले गृहमन्त्री दुसाफको हत्या गर्ने योजना बनाउँदा उनले 'ऊसँगै उसकी पत्नी भए कदापि आक्रमण गर्न सक्दिनँ' भनेर अड्डी कसेका थिए। नाटकको मूल सन्देश 'हिंसात्मक विद्रोहमा लागे पनि सच्चा क्रान्तिकारीहरू मानवता त्याग्न सक्दैनन् र यथासक्य आफूलाई हिंसाबाट अलग राख्न चाहन्छन्' भन्ने हो। त्यतिखेर रुसी क्रान्तिकारी पार्टीमा 'साधन होइन, साध्य अर्थात् लक्ष्य महŒवपूर्ण हो' भन्ने बहस चलिरहेको थियो। कामुको दृष्टिमा भने साधन अर्थात् मार्ग पनि उत्तिकै महŒवपूर्ण छ। अन्यायको प्रतिकार गर्दा मानवीय मूल्यहरू त्याग्न सकिन्न। नत्र क्रान्ति क्रान्ति रहँदैन। यहीँनिर कामु भन्छन्, 'अतिमा जाँदा न्याय पनि निरर्थक हुन्छ।' जनयुद्धका गुरु माओत्से तुङ स्वयंले भनेका छन्, 'हिंसा अन्तिम विकल्प हो। तर, क्रान्तिलाई ठूलै क्षति हुनबाट बचाउनबाहेक हिंसाको विकल्प रोज्नुहुन्न। गल्तीबश एउटा कुकुर मारिए पनि क्रान्ति बिटुलिन्छ।'
पत्रकार डेकेन्द्रराज थापाको हत्या यस्तै 'अति' को एउटा नमुना थियो। त्यसमा गल्ती भएको माओवादी नेतृत्वले स्वीकारेको पनि थियो। कतिसम्म भने पक्राउ परेका अभियुक्त लक्षीराम घर्ती मगरको साबितिअनुसार थापालाई तीन दिनसम्म झुन्ड्याएर सिस्नोपानीमात्र लगाइएन, नाडी चल्दाचल्दै गाडिदिए। यति आदिम क्रूरताको कल्पनासमेत पनि न्याययुद्धमा लागेको मान्छेले गर्न सक्दैन। यसको अर्थ हो, पार्टी स्वयंले त्यस 'अति' मा संलग्न कार्यकर्तालाई कारबाही गर्नुपर्ने थियो। गरेन। जनयुद्धको कठिन मोडमा पनि माओवादीलाई यति हम्मे परेको थिएन जति अहिले त्यस बेलाका 'अति' हरूको जबाफ दिन परेको छ। यस्तै 'अति' पत्रकार कृष्ण सेन 'इच्छुक' को हत्यामा सरकारले गरेको थियो। मैना सुनार हत्या, दोरम्बा हत्यालगायत् अन्य थुप्रै काण्डमा यस्ता 'अति' भएका थिए।
जहाँ अन्याय हुन्छ, त्यहाँ शान्तिको खोजी निरर्थक हुन्छ। प्रधानमन्त्री बाबुराम भट्टराई भने यही स्थितिमा शान्ति प्रक्रिया भाँडिने चिन्ता व्यक्त गर्छन्। उनको अभिव्यक्ति शायद यति अत्यासपूर्ण कहिल्यै भएको थिएन, जति थापाको हत्याका अभियुक्त पक्राउ परेपछि भयो। डेकेन्द्रको हत्याको प्रष्ट संकेत के हो भने 'न्याययुद्ध' भनिएको माओवादी 'जनयुद्ध' नेतृत्वको नियन्त्रणमा थिएन। न्याय भनेको समतामूलक मानवीय भावहरूको पुञ्ज हो। यो भावविनाको युद्ध न्याययुद्ध हुँदैन। त्यो क्रान्ति क्रान्ति नभएर अपराधमा बदलिने खतरा हुन्छ। क्रान्तिको यस्तो अन्तर्भाव पटक्कै नबुझी यसलाई हत्याको रामरमिता ठान्ने मान्छेहरूले पनि जनयुद्धमा निर्वाध प्रवेश पाएका थिए भन्ने जनयुद्धका क्रममा माओवादीबाट भएका अतिवादी घटनाहरूले पुष्टि गरेका थिए। त्यहाँ कसैसँग पारिवारिक रिसइबी साँध्ने, कसैसँग बदला लिने अपराधी प्रवृत्तिका व्यक्तिले पनि विनासांस्कृतिक रूपान्तरण प्रवेश पाएका थिए। नत्र किन भण्डारा, बाँदरमुडे घटनाहरू बारम्बार दोहोरिइरहेका थिए? किन निर्दोष शिक्षक मुक्तिनाथ अधिकारीहरू क्रूरतापूर्वक मारिए? डेकेन्द्र थापा, ज्ञानेन्द्र खड्काहरूको हत्या किन भयो? 'जनविरोधी' भनिएको सरकारले कृष्ण सेन, कञ्चन प्रियदर्शीहरूको हत्या गर्यो। जनपक्षीय पार्टीले पनि त्यस्तै गर्न सुहाउने थिएन। बारम्बार खेद व्यक्त गर्ने र बारम्बार गल्ती दोहोर्याइरहने प्रवृत्ति माओवादीमा देखियो। जनयुद्ध अपराधीलाई स्वर्ग उपलब्ध गराउने माध्यम थिएन भन्ने साबित गर्न पनि यस्ता 'अति' हरूमाथि कारबाही हुनु जरुरी थियो।
निश्चय पनि प्रधानमन्त्री बाबुराम भट्टराईले भनेजस्तै २०५२ फागुन १ देखि २०६४ मंसिर ५ सम्म भएका राजनीतिक द्वन्द्वका मुद्दा समाधान गर्न विस्तृत शान्ति सम्झौताअनुसार छ महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन हुनुपर्थ्याे। समयमै ती आयोग बनेका भए द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति मिल्ने आशा गर्न सकिन्थ्यो। तर, पाँच वर्ष पुगिसक्दा पनि त्यो बन्ने छाँट देखिएन। प्रतिपक्षी दलहरू र कतिपय मानव अधिकार संघ/संस्थाको दबाबमा आयोगसम्बन्धी विधेयक राष्ट्रपति कार्यलयमा नै थन्किएको छ। विधेयक पीडकलाई उन्मुक्ति दिनेखालको थियो भने पनि शान्ति सम्झौताको भावनाअनुसार आयोग गठन गर्न प्रतिपक्षीहरूले जाँगर देखाएनन्। प्रष्ट छ, आयोग बनेको खण्डमा दुवै पक्षका व्यक्तिले उन्मुक्ति पाउने थिएनन्।
चुनाव गर्नुपर्छ भनी सबैले सकारेको मुद्दामा त सहमति हुन सकिरहेको छैन भने आ-आफ्ना कार्यकर्ता र मान्छे जोगाउन लागिपरेका दलहरूको प्रवृत्तिका कारण त्यस्ता आयोग तुरुन्तै बन्ने कल्पना गर्न सकिन्न। अझै बीस वर्ष नबन्ला वा बन्दै नबन्ला। त्यसो भन्दैमा द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई उन्मुक्ति दिने कल्पना गर्न सकिन्न। यस्तो भए न्यायको भावनामाथि मात्र खेलवाड हुँदैन, राजनीतिक व्यवस्थाकै उपहास हुन्छ। यसको सबैभन्दा ठूलो तोड माओवादीले देखेको 'अर्को पक्ष' लाई होइन, स्वयं माओवादी शहीद परिवार, बेपत्ताका परिवार र माओवादीका नाममा मारिएका सर्वसाधारणको परिवारलाई पर्छ। किनभने माओवादीका तर्फबाट चार हजार जना मारिएका थिए भने राज्यका तर्फबाट दस हजारभन्दा बढी। डेकेन्द्रका हत्यारामाथि मात्र होइन, मुक्तिनाथ अधिकारी, ज्ञानेन्द्र खड्का, कृष्ण सेन इच्छुक, कञ्चन प्रियदर्शी, मैना सुनारका हत्याराले पनि उन्मुक्ति पाउनुहुँदैन। इच्छुक र सुनारको हत्यामा संलग्न सुरक्षा अधिकारीलाई पुरस्कारस्वरूप पदोन्नति गरिएका घटनाको पनि छानबिन हुनुपर्छ। दोरम्बा हत्याका दोषी हुन् वा भैरवनाथ गण बेपत्ताकरण अभियानका नाइके, सबैमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ। आधुनिक न्याय सिद्धान्तले पनि यस्तो आयोग बन्न नसक्दा वा व्यवस्था नहुँदा अभियुक्तमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सुझाउँछ।
अन्यायको प्रतिकार गर्दा मानवीय मूल्यहरू त्याग्न सकिन्न। नत्र क्रान्ति क्रान्ति रहँदैन। प्रधानमन्त्री भट्टराईलाई यो यस्ता 'अति' बाट पीडितलाई न्याय दिने सुवर्ण अवसर हो।