'भारतले नचाहुन्जेल कसैले पनि प्रधानमन्त्रीको कुर्सी न हल्लाउन सक्छ न त फेर्न नै' भनी एक मित्रले केही दिनअघि भन्नेबित्तिकै झलक्क प्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'साँचो अर्काको हातमा छ' भनेको सम्भि्कएँ। अनि मुलुकका ठूला-ठूला नेताको स्वास्थ्यलाभको केन्द्र बन्न पुगेको दिल्लीको भ्रमण अनि त्यहाँ हुने गरेको राजनीतिक भेटघाटको पनि सम्झना आउन थाल्यो। हुन त उत्तरको छिमेकी मुलुक, हङकङ, सिंगापुर र परिआएको खण्डमा बेल्जियमतर्फ पनि नेताहरू नजाने होइनन्। त्यस्ता भ्रमणमा राजनीतिक परामर्शहरू हुने गरिएका समाचार पनि प्रकाशमा आउने गर्छन्। दौडधूपको यो प्रक्रिया हेर्दा नेताले जनताको विचार वा समर्थनप्रतिभन्दा बढी अभिरुचि तथा प्राथमिकता विदेशीहरूको विचार तथा समर्थनमा दिने गरेको देखिन्छ। शायद, त्यही कारणले गर्दा मुलुकमा विदेशी चलखेल राष्ट्रिय सहमतिपछिको दोस्रो सबैभन्दा बढी प्रचलित शब्दावली बन्न पुगेको छ।
हाम्रो मुलुकको इतिहास कोट्याउने हो भने सत्तामा पुग्न, टिकिरहन र प्रतिद्वन्द्वीलाई विस्थापित गराउनसम्म वैदेशिक सहयोगको याचना गरिएका थुपै्र दृश्टान्त पाइन्छन्। शायद, पृथ्वीनारायण शाह मात्रै यस्ता राजा थिए, जसको उद्देश्य विदेशीबीच शक्ति सन्तुलन गरेर मुलुकको हित गर्नु थियो। इतिहासविद्हरूका अनुसार तिनको एकीकरण प्रयासलाई हिमालको दक्षिणमा भएका स-साना राज्य समावेश गरेर पूर्व-पश्चिम फैलिएको एउटा राज्य निर्माण गर्ने थियो। यसको मूल उद्देश्य दक्षिण र उत्तरबीच हुने व्यापारिक मार्गमा एकाधिकार कायम गर्ने थियो। उनी विदेशीहरूको सहयोग लिनुभन्दा शक्तिशाली मुलुकहरूलाई चुनौती नदिइकनै कमजोर राष्ट्रहरूलाई आफ्नो बनाउने प्रक्रियामा लागे।
विदेशी सहयोगको आग्रह
पिताको बाटोमा हिँडेका पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाहलाई भने भाउजू र चीनका बादशाहको सहयोग आवश्यक महसुुस भएछ। तिनले दरवारमा विरोध हुँदाहुँदै पनि मार्च १, १७९२ मा चीनसँग पहिलो सन्धि गरेका थिए। त्यसैगरी तिनले दक्षिणतर्फ बढ्दो ब्रिटिस साम्राज्यको सहयोगका निमित्त गर्भनर जनरलका विशेष दूत कर्क प्याटि्रकलाई फेब्रुअरी १७९३ मा मुलुक भित्राएका थिए। भतिजा रणबहादुर शाहले पदच्युत गरेपछि त तिनले चीनको बादशाहलाई दरवारमा आफूमात्र चिनियाँ सम्राटप्रति बफादार व्यक्ति भएको हुनाले पुनः सत्तासीन बन्न सहयोगको याचनासमेत गरेका थिए। भीमसेन थापालाई सत्तामा टिकिराख्न हम्मेहम्मे पर्नासाथ तिनले पनि चिनियाँ सम्राटको सहयोग खोजेका थिए। त्यो प्राप्त नहुने निश्चित भएपछि इन्डो-चाइनामा प्रभुत्व जमाएको फ्रेन्चलाई निम्त्याउने प्रयास गरे। भीमसेन थापा ब्रिटिस साम्राज्यको विरोधी भएका हुनाले तिनको सहयोगका निम्ति ब्रिटेनसँग हिमालको काखमा आएर फ्रेन्चहरू भिड्न किन चाहन्थे? उनीहरूले सहयोग इन्कार दिएपछि भीमसेन थापाको पतन स्वाभाविक बन्न पुग्यो।
जंगबहादुरले सत्तामा टिकिरहन ब्रिटिस सरकारको आशीर्वाद कति महŒवपूर्ण हुन्छ भन्ने बुझेका थिए। त्यसकारण तिनले आफ्ना पूर्वजहरूले जस्तो नेपाल हुँदै चीन पुग्ने ब्रिटिस साम्राज्यको खतराबाट जोगिन नपाइने सहयोगको आकांक्षा नै राखेनन्। यिनले बेलायतसँग सिधा सम्बन्ध कायम गर्ने प्रयत्न गरे र उनीहरूलाई आवश्यक परेका सबै प्रकारका सहयोग दिन तत्पर रहेको प्रमाणहरू नै प्रस्तुत गरे। ब्रिटिसहरू उत्तर भारतमा चम्किरहेको ब्रिटिस साम्राज्य विरोधी गतिविधि आफंै नियन्त्रण गर्न अग्रसर थिए। तर जंगबहादुर भने तिनलाई समस्या परेको समयमा तत्परताका साथ अगाडि बढिहाल्ने गर्थे। मे ३१, १८५७ मा तिनले नेपाली सेनाले भारतमा गएर ब्रिटिसहरूको सहयोग आवश्यक परेको खण्डमा बेलायतीहरूकै कमान्डमा समेत रहने सम्झौता पनि गरेका थिए। त्यतिले नपुगेर तिनले डिसेम्बर १०, १८५७ मा आफ्नै कमान्डमा आठ हजार फौज लिएर लखनऊमा त्यहाँको नबाबले गरेको विद्रोह नियन्त्रण गर्न पनि पुगिदिए। त्यो सेवा गरेबापत् बेलायती आशीर्वादस्वरूप उनका दरसन्तानले नेपालमा शाशन गर्ने अधिकारमात्र प्राप्त गरेनन्, अंग्रेजले जितेर लगेका नेपाल पश्चिम तराईका चार जिल्ला फिर्ता पाउने श्रेय पनि मिल्यो। सत्ता दीर्घरूपमा कायम गर्न र मुलुकलाई लाभ पुर्यारउन जंगबहादुरलाई नेपालको सबैभन्दा सफल शासक मान्नुपर्छ। त्यसो त नेपाली राष्ट्रियताको जगेर्ना गर्ने कार्यमा चन्द्रशमशेरले पनि बेलायतीहरूलाई रिझाएर कम योगदान पुर्यालएका थिएनन्। तिनको पालामा १९२० मा बेलायतले नेपाललाई पूर्णरूपले सार्वभौमिकता सम्पन्न राष्ट्रको दर्जा दिएको थियो।
बेलायती साम्राज्यका हिमायती राणा शासकहरूलाई त्यतिबेला संकट पर्न थाल्यो जब भारतमा स्वतन्त्रता संग्रामले दिन/प्रतिदिन गति प्राप्त गर्न थाल्यो। उत्तरतर्फ आन्तरिक द्वन्द्वका कारण कमजोर बन्दै गएको चीनबाट सहयोगको अपेक्षा राख्नु बेकार थियो। आफंै हार खाएर फर्कन तत्पर भएका ब्रिटिसहरूबाट पाइने सहयोग पनि क्रमिकरूपमा घट्न थालेको हुनाले चन्द्रशमशेरका छोरा मोहन शमशेरको पालोसम्म आइपुग्दा राणा शासकहरू ब्रिटिसलाई लखेट्न सफल भएको गणतन्त्र भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलाई खुसी पार्ने प्रयासमा लागे। अर्कोतर्फ दोस्रो विश्व युद्धपश्चात् उदयमान शक्तिशाली मुलुक अमेरिकासँग सम्बन्ध बढाउने दिशातर्फ उनी उन्मुख भएका थिए। अमेरिकाले राणाहरूको आग्रहमा १९४७ को अप्रिलमा नै 'मित्रता र व्यापारिक सन्धि' मा हस्ताक्षर गर्योे भने भारतसँग सन् १९५० जुलाई ३१ को दिन 'शान्ति मित्रता तथा वाणिज्य र व्यापार' सन्धिमा। राणा शासनको अन्त्य भएको छ दशक बितिसक्दा पनि यो सन्धि हाम्रो मुलुकमा खास गरेर आफूलाई 'राष्ट्रवादी' भनाउने वामपन्थी वा दक्षिणपन्थी सबैका निमित्त सत्ता प्राप्तिको हतियार बनेको छ। 'असमान सन्धि खारेज गर्नुपर्ने जोडदार माग' र सत्तासीन भएपछि त्यसलाई बिर्सने गलपासो भएको छ। जे होस्, राणा शासकहरूमध्ये अन्तिम प्रधानमन्त्री मोहनशमशेरले सत्तामा टिकिरहनका निमित्त उठाइएका सबै हतकण्डाहरू आन्तरिक कारणले अफाप सिद्ध भए।
भारतीय मिसनको प्रवेश
भारतमा जवाहरलाल नेहरुको व्यक्तित्व अति नै प्रवल र प्रभावकारी थियो। उनको प्रधानमन्त्रित्वकालमा विदेश नीति उनको मनसायअनुरूप सञ्चालन भएको थियो। प्रजातान्त्रिक समाजवादमा आस्था भएका नेहरुमा आफ्नो मुलुकलाई साम्राज्यवादी वा विस्तारवादी बनाउने उद्देश्य वा अभिप्रायः नभएको पाइन्छ। चीनको १९६२ को आक्रमण पूर्वसम्म नेहरुलाई भौगोलिक सीमाप्रति खासै चासो थिएन। उनले भारतको सुरक्षाको ग्यारेन्टी हिमाल ठानेका थिए। त्यसकारण नेपाल, सिक्किम र भुटान जस्ता साना मुलुकको अस्तित्वमाथि आफ्नो अभिभावकत्व रहनुपर्ने धारणा उनमा भएको पाइन्छ। चीनमा माओत्सेतुङको नेतृत्वमा सफलता हासिल गरेर अघि बढेको साम्यवादी सरकारको प्रभाव क्षेत्र हिमालवारि हुन नदिन उनी कटिबद्ध थिए। अन्यथा आफूलाई विश्व राजनीतिक मञ्चको प्रमुख खेलाडीका रूपमा आफ्नो व्यक्तित्व प्रस्तुतिमा नै उनी अघि सारेका थिए।
नेपाली कांग्रेसद्वारा सञ्चालन गरिएको १९५०/०५१ को क्रान्तिलाई नेहरुको अन्तर्राष्ट्रिय छवि र छिमेकी मुलुकहरूप्रति अभिभावकत्व कायम गर्ने तिनको इच्छाको सन्दर्भमा हेर्न सकिन्छ। उनी मोहनशमशेरको नेतृत्वमा रहेको रुढीवादी संस्कार परिवर्तन भएको हेर्न त अवश्य चाहन्थे होला। नत्र त नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने थिएनन् होला। तर अर्कोतर्फ क्रान्तिकारी परिवर्तनले निम्त्याउन सक्ने ठूलो परिवर्तनको व्यवस्थापन पक्षप्रति पनि नेहरु सजग थिए। जसले गर्दा उनी राणा-कांग्रेस सरकारको पक्षमा उभिए। यो कदमको प्रमुख कारण नेपालमा चाँडोभन्दा चाँडो जसोतसो स्थिरता आओस् भन्ने मनसाय देखिन्छ।
हाम्रो आन्तरिक परिस्थिति भने बेग्लै थियो। राजा त्रिभुवनलाई राजकाज भन्दा मोजमज्जा बढी प्रिय थियो। विश्वेश्वरप्रसाद कोइरालामा क्रान्तिको सफलता र प्रजातन्त्रको स्थापनाले आत्मसम्मानको भाव चुलिन थालेको थियो। उनलाई छिटोभन्दा छिटो मुलुकको सत्ताको बागडोर आफ्नो हातमा लिएर नेपाललाई उन्नति पथमा अग्रसर तुल्याउनु थियो। क्रान्तिकारी बीपी र दक्षिणपन्थी मोहनशमशेरको बीचमा रहेका राजा त्रिभुवनको उपयोगिता नदेखेका हुनाले मातृकाप्रसादलाई रुचाए, जो उनको राय सल्लाहअनुसार मुलुक सञ्चालन गर्न हरक्षेत्रमा तयार थिए। राजा त्रिभुवनको व्यक्तिगत चरित्रबाट आजित भएका नेहरुले आफ्नो मान्छे सिपिएन सिंहलाई काठमाडौँमा भारतीय राजदूत नियुक्ति गरे। सिंहले काठमाडौँमा त्यति बेला देखाएका क्रियाकलापले नेपाली बौद्धिक तथा राजनीतिक क्षेत्रलाई भारत विरोधी बनाएको तथ्य थाहा पाउन नेहरुलाई धेरै समय लागेको अनुमान गरिन्छ।
त्यसैगरी नेपालमा प्रशासन सुधारका निमित्त पठाइने भारतीय कर्मचारी तथा सैनिक सहयोग मिसनले भारतीय हस्तक्षेपको वीजारोपण गर्योन। यो तथ्यलाई या नेहरुले बुझेनन् वा त्यो विषयमा बुझ पचाए। किनकि भारतीय मिसनहरू भित्र्याउने कार्य नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अनुरोधमा भएका थिए। नेहरु र मात्रिकाप्रसादबीच भएका पत्रहरूको आदान-प्रदानबाट थाहा हुन्छ- मातृकाप्रसादलाई स्थायित्व दिन नेहरु अग्रसर त थिए तर आन्तरिक विद्रोहलाई मलिन पारेर लामो अवधिसम्म सत्तामा टिकिरहने मातृकाको पनि उद्देश्य थियो। ती पत्रहरूमा नेहरु नेपालमा वैदेशिक प्रभाव बढ्ला भनेर कति शंकित थिए भन्ने कुरा पनि छर्लङ्ग देखिन्छ। नेहरुको जतिसुकै आशीर्वाद पाए पनि मातृकाप्रसादलाई अन्तर पार्टी अर्थात् नेपाली कांग्रेसभित्रको उनी विरोधी गतिविधि तथा राजा महेन्द्रको उदयले साथ दिएन। सत्ताबाट विस्थापित भएपछि उनले त्यो पद फेरि पाउन सकेनन्। जीवनको अन्तिम अवस्थामा पञ्च बन्दा पनि त्यो सौभाग्य तिनलाई मिलेन। शायद, भारतसँग नजिक भएकाले राजा महेन्द्र र वीरेन्द्रको विश्वास तिनले पाउन सकेनन्।
महेन्द्रकालीन नीति
राजा महेन्द्रले सिंहासन सम्हाल्दासाथ भारतप्रतिको निर्भरतालाई न्युन तुल्याउन एकपछि अर्को प्रयास थाले। त्यसका लागि कहिले टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाए भने कहिले आफंैले प्रत्यक्ष शासनको अभिभारा बोके। तिनले परापूर्वकालदेखि कायम रहेको चीनसँगको सम्बन्ध बढाउन भरमग्दुर प्रयास गरे। त्यहाँका पुराना सम्राटहरूको साटो साम्यवादी माओत्सेतुङसँग मित्रताको हात फैलाएर राजा महेन्द्रले भारत र चीनलाई समदूरीमा राखेको भान दिए। तर भारतसँग झुकिहाल्ने रणनीति पनि अन्ततोगत्वा काम लागेन। भद्रअवज्ञा आन्दोलनका कारण जनताको अधिकार उनले दरवारमा सुरक्षित राख्न सकेनन्। जालझेल गरेर भए पनि संविधान बनाएर आफ्ना पिताले गरेको संविधान सभाको प्रतिज्ञाको साटो संसदको चुनाव गराउन उनी सफल भए।
१९५९ को प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस पार्टीले १०९ सिटमध्ये ७४ सिट प्राप्त गरेपछि नेपाल राजनीतिक स्थिरतातर्फ उन्मुख भएको विश्वास सबैले लिएका थिए। यही विश्वासले गर्दा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई मुलुकको आवश्यकताअनुरूपको विदेश नीति अर्थात् भारतसँगको २५ सय वर्ष लामो सम्बन्ध तथा चीनसँगको १४ सय वर्ष पुरानो सम्बन्धको जगमा उभिएर मुलुकलाई अगाडि बढाउने राणनीत अख्तियार गर्ने उद्देश्यतर्फ उन्मुख तुल्यायो। बीपीमा आत्मविश्वास प्रचुरमात्रामा थियो। त्यसकारण उनी आफ्नो गन्तव्यतर्फ उन्मुख भए। उनलाई आफ्नो पदको असुरक्षा थिएन।
बीपीले चाउएनलाइसँग बढाएको मित्रता, इजरायलसँगको घनिष्टता र अमेरिकालगायत्का पश्चिमी राष्ट्रहरूसँगको सम्बन्ध र बर्मादेखि युगोस्लाभिया तथा पश्चिम जर्मनीसँगको समाजवादी भाइचराका सम्बन्धहरू नेहरुलाई सजिलोसँग पच्ने अवस्था थिएन। आन्तरिक राजनीतिमा पनि अति महŒवाकांक्षी राजालाई प्रधानमन्त्रीको बढ्दो राष्ट्रिय लोकप्रियता सह्य हुने कुरा नै भएन। जबकि नेहरु नेपालको प्रधानमन्त्री उनको अभिभावकत्वमा हुर्केको रुचाउँथे भने अन्तर्राष्ट्रिय जगतमा एसियाको एकमात्र नक्षत्रका रूपमा प्रस्तुत हुन चाहन्थे। राजा त मुलुक आफ्नो नेतृत्वमा रहोस् र बाहिरी विश्वमा आफनो छवि प्रगतिशील राजाका रूपमा प्रस्तुत भएको हेर्न चाहन्थे। त्यही कारण उनले मौका छोपी बीपीलाई पदच्युत गरे। र, उनले व्यक्तिगत र पार्टीगत हितलाई राष्ट्रिय हितभन्दा माथि राखेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, भ्रष्टाचारलाई प्रश्रय दिएको र प्रशासनयन्त्र तहसनहस पारेको चार आरोप लगाएर बीपीलाई अनिश्चितकालका लागि थुनिदिए। मुलुकमा जनचेतना भर्खर भर्खर शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ बढ्न थालेको हुनाले राजाले प्रजातन्त्र खोस्दा पनि जनता राजाको विरुद्ध र बीपीको समर्थनमा अगाडि आउन सकेनन्।
चीनको भारतलाई पाठ सिकाउने अभिप्रायले गरिएको १९६२ को सीमा क्षेत्रको आक्रमणले गर्दा जवाहरलाल नेहरु कमजोर बन्न थाले। त्यसको पनि भरमग्दुर फाइदा राजा महेन्द्रलाई हुन पुग्यो। चीनसँग सम्बन्ध बढाउने र अन्तर्राष्ट्रिय रंगमञ्चमा पनि आफ्ना समकालीन तानाशाहहरु नासेर, सुकार्नो, अयुव खाँ, मार्कोस, मार्सल टिटोलगायत्सँग व्यक्तिगत सम्बन्ध बढाउन तिनले अविछिन्न अवसर पाए। जसले गर्दा उनले ‘चिनिया कार्ड' राम्रैसँग प्रयोग गर्ने अवसर पाए। आन्तरिकरूपमा तिनले डा. तुलसी गिरीलाई भारत विरोधीका रूपमा प्रस्तुत गरे। अनि भारतसँगको सम्बन्ध नचिसियोस् भनेर ऋषिकेश शाहलाई परराष्ट्र मन्त्री बनाए। राष्ट्रवादीहरूको मन जित्न विश्वबन्धु थापालाई प्रयोग गरे। काँग्रेस पार्टीका चौथा नेता सूर्यप्रसाद उपाध्यायलाई १८ महिनापछि जेलबाट छुटाएर भारतको सहानुभूति कायम गर्ने प्रयत्न गर्न पनि उनले छाडेनन्।
राजा वीरेन्द्र बाबु जति चलाख थिएनन्, उनी भारतलाई कसरी आफ्नो दाउमा राख्ने भन्ने विषयमा सचेत थिएनन्। तर उनले जनतालाई खुशी राख्ने ‘विकास' को सपना बाँड्न भने कुनै कसर बाँकी राखेनन्। उनले अख्तियार गरेको नीति धेरै हदसम्म विदेशीलाई भन्दा स्वदेशीलाई रिझाउने किसिमको थियो। सन् १९८० को जनमत संग्रह र सन् १९९० को संवैधानिक राजा बन्ने कबुललाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। प्रजातन्त्र पुनःस्थापनासँगै विदेशीलाई रिझाउन नेताहरु तछाडमछाड गरेर लागेको पाइन्छ। आफूलाई प्रतिकूल भएचाहिँ विदेशी हस्तक्षेप भनेर कराउन पनि पछि परेका छैनन्। प्रजातन्त्र प्राप्तिपछि आकाशिएको जनआकांक्षा, माओवादीको सशस्त्र विद्रोह अनि मुलुकलाई चार दशकपहिलेको परिस्थितितर्फ उन्मुख तुल्याउन खोज्ने राजा ज्ञानेन्द्रको चालबाजीका कारण जनता पुनः सडक तताउन अग्रसर भए। दोस्रो जनआन्दोलनपछि भएको संविधान सभाले राजतन्त्र अन्त्य गर्योस।
यसरी विदेशी शक्तिलाई खुशी पार्ने र तिनको आशीर्वादमा पदमा विराजमान हुने प्रयास नेपालमा नौलो होइन। तर जुन शासकले जनतालाई खुशी पारी बाहिरी सहयोग लिए, तिनलाई त्यस्तो सहयोग वरदान सिद्ध भयो। तर जसले आन्तरिक समृद्धि र जनतालाई बेवास्ता गरी केवल बाह्य सहयोगमा मात्रै टिक्ने प्रयास गरे, तिनका लागि त्यस्ता प्रयास अर्थहीन सावित भयो। त्यसैले राजनीतिक नेतृत्वले अर्काको मुख ताक्नेभन्दा आन्तरिक समस्या समाधानतर्फ अग्रसर हुनु नै उनी र मुलुकका लागि हितकारी हुन्छ।