'हिजो राति मेरी आमा मेरो कोठामा आइन् र रोइन्। मेरी आमा किन रोइन्? उनले मलाई भनिन्- 'बाबु सत्ता जहर हो।' भारतीय कांग्रेसका महासचिव राहुल गान्धीले आइतबार पार्टीको उपाध्यक्ष पद सम्हालेपछि दिएको आफ्नो मन्तव्यका क्रममा भनेको कुरा हो यो। उनको यस भनाईले भारतीय राजनीतिमा नयाँ तरंग उत्पन्न गराएको छ।
धेरैले राहुलको उक्त भनाइलाई आमजनतालाई भावनात्मकरूपमा पार्टीसँग जोड्ने रणनीतिको संज्ञा दिएका छन्। स्वतन्त्रता र त्यसपछि अहिलेसम्म पनि भारतीय राजनीति गान्धी नेहरु परिवार वरिपरि केन्द्रित रहँदै आएको छ। यस क्रममा धेरै पटक भारतको सत्ता नेहरु गान्धी परिवारको हातमा आयो र गयो, तर दुवै अवस्थामा स्वतन्त्रता संग्राममा सक्रियतापूर्वक भाग लिएको त्यो परिवारको विरासतले पार्ने प्रभावमा खासै फरक परेन।
पछिल्ला वर्षहरूमा अझ भारतको वर्तमान पिढीमा गान्धी नेहरु परिवारको प्रभाव भने खस्कँदै गएको अनुभव त्यहाँ गर्न थालिएको छ। विशेषगरी भारतीय राजनीतिमा प्रभावशाली असर पार्दै आएको उत्तर प्रदेश राज्यको पछिल्लो पटक भएको विधान सभा निर्वाचनमा राहुलले अग्रपंक्तिमा रहेर प्रचारप्रसार गरे पनि उनको पार्टीको पराजयपछि जनताले अब आफ्नो मत दिनका लागि इतिहासमा दिइएको योगदानभन्दा आफ्नो वर्तमान स्थिति मूल्याङ्कन गर्न थालेको लख काटिएको थियो।
यही क्रममा २०१४ मा हुने आमनिर्वाचनका लागि त्यहाँको कांग्रेसले राहुल गान्धीलाई आफ्नो नेताका रूपमा स्थापित गराउन उक्त भेला भारतको राजस्थानमा डाकेको थियो। त्यहीअनुरूप उनलाई पार्टीमा दोस्रो तहमा राखिएको हो। र, उपाध्यक्ष भएपछिको आफ्नो पहिलो भाषणमा राहुलले आफूलाई भावनात्मक हुनबाट रोक्न सकेनन्।
हुन त राहुल र उनकी आमा सोनिया गान्धीबीचको कुराकानीमा अन्य कोही व्यक्ति थिएनन्। त्यसैले त्यो वार्तालापले राजनीतिक महŒव राख्ने भए पनि यो आमा-छोराबीचको नित्तान्त व्यक्तिगत कुरा पनि हो। तर सोनिया गान्धीले किन सत्तालाई जहर भनिन्? यो प्रश्नले त्यहाँको राजनीतिलाई तरंगित पारे पनि यसको जवाफ खोज्न त्यहाँको राजनीतिसँग चासो राख्नेहरूका लागि धेरै टाउको दुखाउनुपर्दैन होला।
इटलीकी युवती सोनिया तत्कालीन भारतीय प्रधानमन्त्रीका छोरा विमान चालक राजीव गान्धीसँग प्रेम विवाह गरेर भारत आएदेखि नै आफूलाई घरेलु महिलाका रूपमा स्थापित गराउँदै आएकी थिइन्। उनले सत्ताको प्रभावमात्र देखेकी छैनन् बरु त्यसको परिणामलाई पनि थुप्रै पटक आत्मसात गर्न बाध्य भएकी छिन्। जुन उनका लागि निकै पीडादायक रहँदै आएको छ। सोनियाले भारतीय राजनीतिमा प्रभावशाली हँुदै आएका आफ्ना देवर सञ्जय गान्धीको 'रहस्यमय' हवाई दुर्घटना देखेकी छिन्। आफ्नी सासू इन्दिरा गान्धी प्रधानमन्त्री भएकै अवस्थामा उनकै निजी सुरक्षाकर्मीहरूबाट गरिएको हत्या देखेकी छिन् अनि पति राजीव गान्धीको हर्त्या पनि देखेकी छिन्।
सासूको हत्यापछि विमान चालकको पेसामा रहेका आफ्ना पति राजनीतिमा आउने परिस्थितिसँग उनले मुकाबला पनि नगरेकी होइनन्। तर उनले नचाहँदा नचाहँदै पनि राजीव गान्धीले पार्टी अनि देशकै बागडोर आफ्नो हातमा लिन बाध्य भएका थिए। प्रधानमन्त्री पत्नीका रूपमा भ्रमणमा जाँदा उनी मूर्ति जस्तै रहने गरेको भनाई अहिले पनि सुन्न पाइन्छ। तर परिस्थितिले तिनै सोनियालाई पार्टीको बागडोर सम्हाल्न बाध्य बनायो। र, अहिले त्यो बागडोर (सत्ता) छोराको हातमा आउँदा एउटी आमालाई शंकाले घेर्नु स्वाभाविक पनि थियो।
सत्तालाई जहर भन्ने प्रसङ्गमा विवाद हुन सक्छ। तर सत्ता नशा भएको कुरामा दुई मत नहोला। यसको लत लागेपछि छोड्न कठिन नै हुने गर्छ। त्यसैले एक पटक आफू पन्छिन खोजेको सत्तामा आएपछि सोनिया पनि त्यसैमा रुमलिन पुगेकी हुन्। राजीव गान्धी राजनीतिमा आउँदा उनी निकै काँचा थिए। राजनीतिमा लगाव भएको भए उनी आकासमा रमाएर बस्ने थिएनन्। एउटा बाध्यकारी परिस्थितिका कारण उनी राजनीतिको नशामा रुमलिन पुगेका थिए। उनी राजनीतिको खेलमा यसरी लागे कि प्रधानमन्त्रीका रूपमा भित्रँदा 'मिस्टर क्लिन' को उपाधि पाएका र आधुनिक भारतको बलियो आधारशीला राख्ने व्यक्तित्वका रूपमा देखिएका गान्धी स्वयं भ्रष्टाचारको आरोपमा फस्न पुगे। बोफोर्स हतियार खरिद गर्दा अरबांै रुपियाँ भ्रष्टाचार गरेको आरोपबाट दशकौँपछि मुक्त हँुदासम्म राजीव गान्धी जीवित थिएनन्।
राजनीतिको नशाले एउटा स्वच्छ छवि भएको इमानदार नेताको दर्दनाक अवसान गराइसकेको थियो।
भारतमा सत्तारुढ कांग्रेसले आगामी आमनिर्वाचनका लागि आफ्नो अभियानको विगुल फुक्दा नेपालमा सत्ताधारी र विपक्षी दुवैथरी सडक आन्दोलनमा ओर्लन थालेका छन्। भारत र नेपालको राजनीतिक वातावरण पनि अन्य क्षेत्रमा जस्तै समान छ। दुवै देशको जनताका मानसिकता, नेता तथा पार्टीप्रतिको सोचाई एवं अपेक्षा पनि समान छ। राजनीतिलाई दुवै देशमा फोहोरी खेल भनिन्छ।
नेपालमा पनि आफूलाई स्वच्छ छवि भएको भन्ने नेताहरूको कमी छैन। केही स्वच्छ छविका पनि होलान् तर आफ्नो शरीर जति पटक सफा गरेर पनि एक पटक राजनीतिको 'फोहोरी' खेलमा डुबुल्की मारिसकेपछि स्वच्छ रहन सकिँदैन। अर्थात नेता आफूमात्र स्वच्छ भएर हुँदैन। आफ्ना वरिपरि रहने जमातलाई पनि स्वच्छ बनाउन सक्नुपर्छ। अन्यथा राजीव गान्धीको नियति बेहोर्नुपर्ने हुन्छ। केही समयअघि भारतका प्रधानमन्त्री मनमोहन सिंहले गठबन्धन सरकार भएकै कारण आफूले पार्टीको नीतिअनुसार काम गर्न नसकेको बताएका थिए।
भारतमा भइरहेको ढीलो आर्थिक विकासका लागि त्यहाँ धेरै पटक सत्तामा रहेको कांग्रेसको नीतिलाई दोष दिने गरिन्छ। त्यसको असर अहिलेको राजनीतिमा देखिन थालेको छ। फलस्वरुप आफू र आफ्नो दललाई जनतासँग जोड्नका लागि राहुल गान्धीले आफ्नी आमासँगको कुराकानीलाई सार्वजनिक गर्नुपर्योस। पार्टीलाई 'परिवार' को संज्ञा दिनुपर्योग।
आफ्नो आमा बुबाको आँसु कसैले पनि हेर्न सक्दैन। राहुल गान्धीले आफ्नी आमाको आँसुबाट द्रविद भएर त्यसलाई सार्वजनिक गर्नुपर्योह।
दश वर्षे विद्रोहका क्रममा युद्धविरामको अवस्थामा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना आमा र बुबालाई मनकामना दर्शन गर्न लैजाँदाको तस्बिर कुनै समाचारपत्रमा प्रकाशित भएको थियो। सुराकीको नाममा निहत्थालाई मार्दै गरेको आरोप लागेको पार्टीको दोस्रो तहका नेताको मुहार त्यस तस्बिरमा आफ्ना आमा बाबुसँग निकै सरल र निर्दोष देखिएको थियो। नेपाली राजनीतिका खेलाडीहरूको भावना पनि आ-आफ्ना आमाप्रति राहुल जस्तै भएकोमा दुई मत छैन। तर देशको मुहार फेर्ने अठोट लिएर मैदानमा आएकाले आफ्नी आमाको मात्र नभई राष्ट्र आमाको आँसुतर्फ पनि ध्यान पुर्या उन सक्नुपर्छ। अन्यथा आफ्नी आमाको आँसुको चर्चा राजनीतिक स्टन्टमा मात्र सीमित हुनेछ।
दश वर्षे युद्धका क्रममा एउटा प्रहरीको मृत्यु हँुदा कुनै आमा रोएकै थिइन् भने युद्ध भूमिमा विद्रोहीको मृत्यु हँुदा पनि कुनै आमा रोएकी थिइन्। तर एउटा आमा भने दुवै पक्षको मृत्युमा रोएकी थिइन्, रोइरहेकी छिन् :
युद्ध भूमिबाट खबर आयो
एउटा दुश्मनको सफाया भयो
उनले हेरिन्
उनको एउटा काख रित्तो भएको थियो
केही समयपछि युद्धस्थलबाट अर्को खबर आयो
यस पटक
हाम्रै साथी शहीद भएछन्
उनले हेरिन्
यस पटक पनि उनकै काख रित्तो भएको थियो।