भनिन्छ, नेपाल जात्रैजात्राको मुलुक हो। प्रत्येकजसो दिन जात्रा हुने भएकाले अतिशयोक्तिको सीमासम्म पुग्नेगरी यसो भनिएको हुनसक्छ। यो वर्ष गाईजात्रा सकिँदा-नसकिँदै सडक संघर्षको जात्रा गर्न खोज्ने क्रममा 'नेताजात्रा' सुरु भएको स्थितिमा राष्ट्रपति डा. रामवरण यादवले मंसिर ८ देखि नयाँ नाटक थालनी गरेका थिए। एउटा सरकारलाई हटाएर अर्काे सरकार गठनका लागि उनले सहमतिको सरकारका प्रधानमन्त्रीको नाम आह्वान गर्दै यस्तो जात्रा गरेको पनि २ महिना भइसक्यो।
यस्तो नाटकको क्रममा सुरु गरिएको 'सदाशयताको राजनीति' फ्लप भइसकेको छ, पर्दा उठ्दा-नउठ्दै। सहमतिका लागि नवौं पटकसम्मको म्याद थपपछि न नयाँ प्रधानमन्त्री छान्न सकिएको छ, न त पुराना प्रधानमन्त्रीलाई नै हटाउन सकिएको छ। सहमतिको सरकार खोज्ने सदाशयतापूर्ण ब्यानरमा रचिएको नाटक टीम-राष्ट्रपतिको अनधिकृत चेष्टाभन्दा बेसी केही साबित भएन। विपक्षी दलहरूको उक्साहटमा संविधानमाथि टेक्न पुगेका राष्ट्रपति यादवले बल्ल आफ्नो हैसियत आलंकारिक राष्ट्रपतिभन्दा बेसी होइन भन्ने दिव्यज्ञान पाएको हुनुपर्छ। सेनाको बल र छिमेकी शक्तिको आशीर्वाद पाइएको भए डा. रामवरणजस्ता आलंकारिक राष्ट्रपति पनि डा. बाबुराम भट्टराईको सरकार हरण गर्दै राजनीतिक गतिरोधका निकासकर्ता भइसक्थे, आफैंले अध्यक्षता गर्नेगरी सत्तावरण गर्दै वा आफ्ना नेता सुशील कोइरालालाई सत्ता हस्तान्तरण गर्दै। आफ्नो हैसियत र क्षमताको अधिमूल्यांकन गर्न पुगेका आलंकारिक राष्ट्रपति यादव बिलखबन्दको स्थितिमा परिरहेको बेला विपक्षी राजनीतिक दलका नेताहरूले भने फेरि अर्काे प्रहसन आरम्भ गरेका छन्।
सत्ताबाहेक सबथोक भ्रम
नेपाली राजनीतिक रंगमञ्चमा एउटा नाटक समाप्त भएको छैन, अर्काे प्रहसन सुरु भएकाले नेपाली जनतालाई केही मनोरञ्जन भएको हुनुपर्छ। हुन त विपक्षी नेताहरूले राष्ट्रपतिलाई उक्साएर सहजै सत्ता प्राप्त गर्न सकिने आशामा सडक संघर्षको राजनीतिलाई केही समय त्यागेका थिए। केही समयसम्म सहमतीय राजनीतिको माला जपेपछि पनि राष्ट्रपतिबाट प्रधानमन्त्रीको कुर्सी सहजै नपाइएकाले उनीहरू पुनः सडकको राजनीतितिर फर्केका हुन्। किनभने नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर सत्ता प्राप्त गर्ने अभीष्ट भने भद्रकालीदेखि सिंहदरबारसम्मको बाटोजस्तो सीधा भएन। विपक्षी राजनीतिलाई शीतलनिवासको बैठक कोठाबाट दैलेखको धुलाम्य सडकसम्म ओराल्दा पनि उनीहरूको राजनीतिक अभीष्टमा भने कुनै परिवर्तन आएको छैन।
कुनै पनि राजनीतिक दलको आन्दोलनका नारा अनेक हुन सक्छन् तर आन्दोलनको अभीष्ट भने मूलतः दुइटा हुन्छन्। एक, सडकबाट जनताको बलका आधारमा सत्ता प्राप्त गर्नु। अर्काे, जनताबीच राजनीतिक जमिन (स्पेस) निर्माण गर्नु। माओवादीले सत्ताकब्जा गरेको र तानाशाही लाद्न थालेको सार्वजनिक खुराकका नारा पस्केर 'प्रजातन्त्र' पुनःप्राप्तिका लागि सडक आन्दोलन गर्न निस्केका विपक्षी दलहरूको अभीष्ट सत्ताकब्जाभन्दा न बढी छ, न त घटी नै। अनेक नारा र नाराका निर्माताहरूको अभीष्ट खोतल्ने हो भने नाराभित्र लुकाइएको लक्ष्य हो, प्रजातन्त्र प्राप्तिको नाममा डा. बाबुराम भट्टराई पदच्युत गर्दै माओवादीलाई ङ्याँक्ने। चाहे सडकको राजनीति होस् या सहमतिको राजनीति, उनीहरूको अभीष्ट सत्ता प्राप्ति नै रहेको छ, राजनीतिक धरातलको विस्तारभन्दा बेसी मात्रामा।
जनताबीच राजनीतिक जमिन (स्पेस) निर्माण गर्ने अभीष्ट हो भने जनताका जल्दाबल्दा मुद्दा उठाइन्छन्, देशभरि बहस र विमर्शको लर्काे लगाएर वैचारिक स्पष्टता पनि हासिल गरिन्छन्। मुद्दामा आधारित जनआन्दोलन उठाउन खोजिएको र तिनको समाधान गर्न खोजिएको हो भने राजनीतिक संक्रमणको बेला राज्य रुपान्तरणका अनेक मुद्दामा विचार निर्माणका लागि बहस र विचार-विमर्शको आँधीबेरी सिर्जना गरिन्थ्यो, कुनै सरकारलाई सत्ताच्युत गर्न आँधीबेरी ल्याउने ध्वाँसमात्रै कदापि दिइँदैनथ्यो। उदाहरणका लागि, पहिचानमा आधारित संघीयतासहितको नयाँ संविधान निर्माणमा राजनीतिक गतिरोध कायम रहेको स्थितिमा राष्ट्रियरूपमा विचार-विमर्शको लहर चलाइन्थ्यो होला। तर, चार-चार वर्षसम्म यस्ता प्रमुख मुद्दालाई सोफामुनि लुकाउँदै आएका राजनीतिक दलहरू आफैं यस्ता मुद्दादेखि तर्सिएका छन् भने सत्ताप्राप्तिको एकल आकांक्षामा मात्रै लोभिएका छन्।
दैलेख काण्डको दुरुपयोग
वास्तवमा राजनीतिक जमिन (स्पेस) निर्माण गर्दै सत्ता प्राप्त गर्नमा न उनीहरूको कुनै रुचि छ, न त उनीहरूसँग कुनै मुद्दै छ। चाकडी र आशीर्वादबाट सत्ता प्राप्त गर्ने राजनीतिक संस्कार देखाएका राजनीतिक दलहरूमा माओवादी सरकारलाई सत्ताच्युत गर्ने राजनीतिक मुद्दाको अभावबीच डेकेन्द्र थापाको मुद्दा र दैलेखको संघर्षले भाउ पाएका हुन्। राजनीतिक संक्रमणकालमा संक्रमणकालीन न्याय कसरी स्थापित गर्ने र पीडितहरूलाई न्याय कसरी दिलाउने भन्ने प्रश्नमा पाँच-पाँच वर्षसम्म चुँसम्म नबोल्ने राजनीतिक दलहरूको आँखामा दैलेख काण्ड सत्तापक्षीय शक्तिलाई पुर्नका लागि खनिएको खाडलबाहेक केही होइन। अरुका लागि खाडल खन्दा पहिले त आफूले तलसम्म गिर्नुपर्ने हुन्छ र पछि आफू पनि त्यही खाडलमा पुरिन सक्छ, यस्तो सम्भावनालाई विद्वतजन्हरूले किन हेक्का नदिलाएको होला?
विपक्षी दलका नेताहरूले साँच्चै नै सशस्त्र द्वन्द्वका चहर्यााइरहेका घाउ निको पार्न चाहेका हुन् भने पहिल्यै सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने र संक्रमणकालीन न्यायको व्यवस्था गर्दै युद्धपीडित जन-जनका पीडामा मलम लगाउन कुनै कन्जुस्याइँ गर्दैनथे। र, संसदीय प्रजातन्त्रकालमा आफ्नो शासन रहेको बेला भएका हत्या, हिंसा र अन्यायको पीडादायी नदी बगाउने अपराधको बोध गर्दै उनीहरूले देशवासीसँग क्षमायाचना पनि गर्थे अनि अर्काे पक्षलाई पनि त्यसका लागि प्रेरित गर्थे। तर, सत्ता प्राप्तिको भरेङका रूपमा डेकेन्द्र काण्ड र दैलेखको संघर्षलाई दुरुपयोग गरिरहेका दलहरूले आफ्नो शासनकालमा मारिएका मेरा मित्र कृष्णसेन इच्छुकदेखि मेरा ज्वाइँ अर्जुन महर्जनका हत्याराहरूलाई काँधमा बोकेर दण्डहीनताविरोधी झन्डा उठाएको देख्दा पाखण्डपनै बेसी झल्किएको छ। दण्डहीनताविरोधी झन्डा उठाउँदा क-कसको हात कति निहत्था नागरिकको रगतले रंगिएको छैन, कति हातले युद्धमा बगेको रगत सफा गर्न सत्य निरुपण र मेलमिलापका लागि प्रयास गरेका छन् र अब युद्धपीडितहरूको रोदन कम गर्ने लक्ष्यका साथ सम्यकखालका नीति, योजना र कार्यक्रम बनाउन खोज्दैछन्, ती सबै कुरा आमजनताले हिसाबकिताब गर्ने नै छन्।
मुद्दाविना पाइँदैन जनसमर्थन
कुनै पनि आन्दोलन मुद्दाविहीन ढंगले अगाडि बढ्दैन, न त सत्ता प्राप्तिलाई मुख्य मुद्दा बनाउँदा आमजनताले समर्थन र सहयोग गर्नेछन्। यति सामान्य कुरा त विपक्षी राजनीतिक दलका वरिष्ठ नेताहरूलाई पक्कै थाहा हुनुपर्ने हो। अझ शाही शासनकालमा रत्नपार्क-केन्द्रित आन्दोलन गर्ने संसद्वादी नेताहरू र त्यस आन्दोलनमाथि दमन गर्ने शाहीतन्त्रका मन्त्री र प्रधानमन्त्रीहरूलाई त पक्कै हेक्का हुनुपर्ने हो। ती दुवैखाले नयाँ पुराना यथास्थितिवादीहरूले माओवादी-मधेसवादी दलहरूको सरकारलाई सत्ताच्युत गर्ने एकमात्र अभीष्ट बोकेर पुनः विपक्षी मोर्चा बनाएपछि इतिहासमा भोगिएको आफ्नो दुर्दशा बिर्सिएको हुनसक्छ। तर, आमजनतालाई भने अझै सम्झना छ, अहिलेको विपक्षी मोर्चाकै घटकहरूले महान् संसद्वादी नेता मानिएका गिरिजाप्रसाद कोइरालाको वृद्ध शरीरलाई रत्नपार्कमा पानीको फोहोराले ढाल्ने र उनलाई रगताम्य हुनेगरी कुटपीट गर्ने हदसम्म काम गर्दा पनि नेपाली जनता उठेका थिएनन्। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डातिर उन्मुख हुने र सशस्त्र संघर्षरत् माओवादीसँग पनि सहकार्य गर्नेगरी बाह्रबुँदे समझदारी नगरेसम्म आमजनता संसद्वादी दलका नेताहरूको रत्नपार्क घुमाइको रमितेमात्रै भएर बसेको तथ्य बिर्सन लायक छैन।
अहिले पनि बालुवाटारबाट एक व्यक्तिलाई हटाएर अर्काे व्यक्तिलाई महाराजगञ्जबाट त्यहाँ स्थापित गर्न उनीहरूलाई आमजनताले समर्थन गर्ने स्थिति छैन किनभने उनीहरू बाह्रबुँदे समझदारी च्यात्दैछन् र राजावादी पञ्चहरूसँग मिलेर जनआन्दोलनका सहयात्रीहरूलाई पाखा लगाउन उद्यत छन्। आमजनतालाई राम्ररी थाहा छ, यतिबेला पहिचानसहितको संघीयता र संघीयतासहितको नयाँ संविधानका लागि पुराना संसद्वादी र माओवादी-मधेसवादीबीच सत्ता-साझेदारीसहितको राजनीतिक सहकार्य जरुरी छ, राजावादीहरूसँग संयुक्त मोर्चामार्फत् सडकको भिडन्त होइन। तर, सत्तान्धताको रोग र राज्य पुनर्संरचनाको त्रासले ग्रस्त विपक्षी दलका नेताहरू भने जनताविनाको सडक संघर्षमा उत्रिएका छन्, मानौं अब सडक नै सबथोक छिनोफानो गर्ने डबली हो!
पक्कै पनि नेपालको इतिहासमा राजनीतिक परिवर्तनलाई तीव्रता दिने कामको श्रेय सडक आन्दोलनलाई दिनुपर्छ, सशस्त्र संघर्षलाई जस्तै। २०४६ सालको जनआन्दोलनपछि २०६२/६३ सालका जनआन्दोलनले त सडक संघर्षको प्रतिमा नै स्थापना गरेको थियो। र, लाखौं जनता सडकमा उत्रिएपछि राजतन्त्रमात्रै ढालिएको होइन, विदेशी शक्तिको हस्तक्षेपको समेत प्रतिरोध गरिएको थियो। यसको अर्थ, न्याय, प्रगति र लोकतन्त्रका बाधक शक्तिलाई अग्रगामी बाटोबाट पन्छाउने, वास्तविक अर्थमा जनता निर्णायक हुँदै आफ्नो भावनाको प्रतिनिधित्व गर्ने शक्तिलाई सडक संघर्षबाट सत्तामा स्थापित गर्न सकिने रहेछ भन्ने दृष्टान्त त्यत्तिकै निर्माण भएको होइन। तर, सडकमा भएका जनआन्दोलनले स्थापित गरेका मानक, प्रतिमान र दृष्टान्तलाई बेवास्ता गर्ने तथा जनतालाई नागरिकको साटो फेरि पनि 'प्रजा' मै फेर्ने काम पछिल्लो शक्ति-संघर्षले गरेको छ, निषेधको राजनीतिमार्फत्।
जनताको हस्तक्षेप खोइ?
त्यही शक्ति-संघर्षको नग्न अभिव्यक्तिका रूपमा सत्ताकांक्षी दलहरूबाट दैलेखबाट काठमाडौंसम्म संघर्षको उद्घोष हुन थालेको छ र सत्ताधारी दलहरूबाट पनि जनसमर्थनका लागि सडकमा ओर्लने कार्यक्रम राखिएको छ। र, जनआन्दोलनमा सहकार्य गरेका दलहरू नै एकआपसमा गोरू-जुधाइको शैलीमा भिड्ने तरखर गर्न थालेका छन्, केवल सत्ताका लागि। यो जुधाइमा क-कसको बचे/खुचेको भित्री बस्त्र पनि च्यातिने हो र क-कसले नांगै नाचेर हजार दाउ खेल्ने हो, हेर्न पाइन्छ नै। तर त्योभन्दा लाजमर्दाे दृश्य देख्न पाइएको छ, जनताको प्रतिरोध र आन्दोलनको पवित्र अस्त्रलाई कुर्सीका लागि मात्रै दुरुपयोग गरिएको तथा त्यसलाई बेइमानीपूर्ण र पाखण्डपूर्ण बनाइएको दृश्य पनि। नयाँ संविधान लेखन, पहिचानसहितको संघीयता र राज्य पुनर्संंरचनाजस्ता आमजनताका सरोकारलाई बेवास्ता गर्दै छुद्र सत्ता-स्वार्थका लागि आन्दोलनको दुरुपयोग गरिँदा विपक्षी दलका नेताहरूको बेइमानी र पाखण्ड पनि देख्न पाइएको छ। जनताका मुद्दा, जनआन्दोलन, जनताको परिवर्तनकामी राजनीति र समग्र सामाजिक परिवर्तनप्रति समेत व्यापक निराशा, अनास्था र विकर्षण पैदा गर्नेखालका यस्ता काम र प्रवृत्तिबाट यथास्थितिको पक्षपोषणबाहेक केही नहुने दृश्य पनि देखिएको छ। यी सबै पात्र, प्रवृत्ति र प्रक्रियाको मिश्रणबाट कुनै पनि रंग-रूपको फासीवादी अवतार प्रकट हुनसक्ने सम्भावनालाई अब इन्कार गर्न सकिँदैन।
यस्तो अवस्थामा राजनीतिका वास्तविक निणार्यक आमजनताचाहिँ मुकदर्शक भएर बस्न मिल्दैन, न त कुनै पनि सत्ताधारी वा सत्ताकांक्षी दलहरूलाई राजनीतिक ठेक्का दिएर बस्न मिल्छ। अब जनताको पंक्तिमा रहेका विभिन्न समुदाय र तिनका संगठनहरूले राज्यको अग्रगामी रुपान्तरणका एजेन्डासहित सत्ताधारी र सत्ताकांक्षी दलका नेताहरूलाई सडकबाटै दबाब नदिने हो भने राजनीतिक ठेकेदारीको शुभलाभ नेताहरूकै पद, पैसा, प्रतिष्ठा र प्रभुत्वका रूपमा मात्रै फलिभूत भइरहनेछ। र, 'सहमति' को वैरागलाग्दो कर्णकटु राप अलाप्दै पुनः निषेधको राजनीति गर्ने क्रम भने जारी रहनेछ। २०६९ सालमा आएर २०६२ सालको बाह्रबुँदे सहमतिअघि जस्तै संसद्वादी-राजावादी एकातिर, माओवादी-मधेसवादी अर्काेतिर हुनेगरी ध्रुवीकरण र भिडन्त हुन लागेको स्थितिमा दलभन्दा बाहिर रहेका नागरिक तहबाट पनि राजनीतिक हस्तक्षेप र दबाबका लागि पहल गर्न ढिलो भइसकेको छ। यसका लागि सबै सचेत नागरिकसँगै नागरिक हुन बाँकी रहेका आदिवासी जनजाति, दलित, महिला, मधेसी र अन्य अल्पसंख्यक जनताको सचेत, सुनियोजित र सुव्यवस्थित प्रयास जरुरत् छ। अन्यथा, 'प्रजातन्त्र' पुनःप्राप्तिको नाममा सुरु भएको यथास्थितिवादी संघर्षका कारण जनआन्दोलनका सबै लोकतान्त्रिक उपलब्धि गुमेपछि र राज्य पुनर्संरचनाको अग्रगामी एजेन्डा पनि हराएपछि फेरि पनि पछुताउनेबाहेक अन्य बाटो बाँकी रहँदैन।