प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनअघि राजधानीमा स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै भनेका थिए- म उहाँजस्तो गान्धीवादी होइन, एउटा गालामा थप्पड खाएपछि अर्को गाला थाप्ने। म मार्क्सवादी हुँ। टिट् फर ट्याट् गर्नुपर्छ भन्ने मान्यता राख्छु।
मार्क्सवादबाट जस्तोलाई त्यस्तै गर्नुपर्छ भन्ने शिक्षा लिएर माओवादी विद्रोहको रक्तपातपूर्ण छोटो बाटो सत्तामा पुगेका भट्टराईले अघिल्ला भट्टराईजस्तो अहिंसात्मक राजनीतिको त्यागपूर्ण जीवनबारे सही बोलेका थिए। आफ्नो राजनीतिक शैलीबारे पनि उनले सही प्रकाश पारेका थिए। अर्थात् उनको जीवन दर्शन हो- 'टिट् फर ट्याट्।' उनले त्यही त गरे, बुधबार दैलेखमा।
स्थानीय तथा क्षेत्रीय सुरक्षा प्रशासन यन्त्रले मंगलबार नै गृह प्रशासनमार्फत् खबर पठाएको थियो- 'भोलि दैलेखमा हुने भनिएको एकीकृत माओवादीको जिल्ला अधिवेशनमा कम्तीमा प्रधानमन्त्रीको भ्रमण हुँदा सुरक्षा अवस्था गम्भीर हुनसक्छ।' उनीहरुको आशय थियो- पार्टीको उपल्लै नेतृत्व आउनैपर्ने भए पनि प्रधानमन्त्री नआउँदा स्थिति प्रतिकूल हुनबाट रोक्न सकिनेछ।
हुन पनि हिजोमात्र सुर्खेत जिल्ला अधिवेशन मझौला नेता कृष्णबहादुर महराले उद्घाटन गरेका थिए, जहाँ भट्टराईसहित पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठको 'ट्रोइका' आउनुपरेको थिएन।
सात महिनाअघि फुटेर गएको वैद्य नेतृत्वको माओवादीको पकड भएका जिल्लाहरुका अधिवेशनमा 'ट्रोइका' कै सवारी चलाउने एमाओवादीको रणनीति झन दैलेखमा जरुरी देखियो। पत्रकार, अधिकारकर्मी, स्थानीय जनता र विपक्षी दलहरुले गोलबद्ध भएर आठ वर्षअघि मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपीहरुलाई कानुनी कारवाही गराउने पहलमा प्रधानमन्त्रीको अवरोधविरुद्ध आन्दोलित दैलेखमाथि धावा बोल्नु थियो।
कानुनी कारबाहीमा सरकारको हस्तक्षेपविरुद्ध एकीकृत भएका विपक्षी दलहरुका दैलेखीले प्रधानमन्त्रीप्रति विरोध जनाउन सदरमुकाम बन्द घोषणा गरे। घरघरमा कालो झण्डा फर्फराए। प्रधानमन्त्रीको सवारीप्रति विरोध जनाउन प्रदर्शन र सभा राखे। सुर्खेतबाट माओवादी कार्यकर्ता आउने थाहा पाएपछि सडकभरि थुप्रै ठाउँमा रुख ढालेर अवरोध तेर्स्याए। प्रधानमन्त्री भट्टराईले दैलेखी जागरणविरुद्ध 'टिट् फर ट्याट्' गर्नैपर्ने भयो।
सांगठनिकरूपमा कमजोर दैलेखमा दह्रो अस्तित्व देखाउन सुर्खेतबाट कार्यकर्ता ओसार्न लगाए। महराले उद्घाटन गरेको दुई दिने अधिवेशन हतारहतार एक दिनमै स्थगित गरेर कार्यकर्तालाई ६५ किलोमिटर पक्की सडक उत्तर दैलेख पठाउन रातारात तैनाथ पारियो। २२ वटा बस रिजर्भ गरिए। तर विपक्षीहरुले गुरासेदेखि मुख्य मुख्य गौंडामा रुख ढालेर रोकेको बाटो खुलाउन सुरक्षाकर्मी परिचालन गर्नुपर्ने निर्देशन काठमाडौंबाट पठाइयो। गृह मातहतका नेपाल, सशस्त्र र अनुसन्धान विभागका तीनजना डिआइजीको नेतृत्वमा सुरक्षाकर्मी पठाएर बुधबार बिहानसम्म कार्यकर्ताका बस दैलेख पुर्यााइए। दैलेखीहरु थप आक्रोशित भए।
बिहानदेखि दैलेख बजार दुई धुरीमा बाँडियो। एकातिर सरकारी पार्टीका कार्यकर्ता जम्मा भए, अर्कातिर विपक्षी। लहरै दोहोरीलत्त घरहरु भएको उकालो सदरमुकाम बजारका दुईथरी प्रदर्शनकारीको माझमा पहिल्यैदेखि आन्दोलित हुँदै र सुरक्षाका कारण प्रायः एक साथ रहँदै आएका पत्रकार बसे। झडपको शंकामा घरका छतबाट समाचार र तस्बिर संकलन गरिरहेका संवाददाताहरुलाई माओवादीतर्फका कार्यकर्ताले धम्की दिन थाले- 'दश जना पत्रकारलाई डेकेन्द्र थापा बनाइदिन्छौं' भन्दै।
प्रधानमन्त्री भट्टराईसहित ट्रोइका बोकेर काठमाडौंबाट उडेको नेपाली सेनाको भिआइपी हेलिकप्टर श्रीरण शार्दुल गणको काडाचौर ब्यारेकमा अवतरण हुने बेलासम्म कार्यकर्ताले पत्रकार र पत्रिका कार्यालयमा आक्रमण थालिहाले। नागरिक संवाददाता गोविन्द केसीले प्रकाशन गर्ने स्थानीय दैनिक 'हाम्रो तेस्रो आँखा' को कार्यालय कब्जा गरेर उनीहरुले कम्प्युटर, कुर्ची, टेबल र झ्यालका सिसा फोडे। स्थानीयबासीको हस्तक्षेपबाट आगजनी गर्नसम्म भ्याएनन्। अर्का पत्रकार कमल शर्मालाई हातपात गरे। मुखमा कालोपट्टी बाँधेर प्रधानमन्त्रीको विरोध गर्ने तयारीमा बसेका पत्रकारहरु उक्त आक्रमणपछि हेलिप्याडबाट सवारी रोक्न सडकमै सुत्न थाले। आमनेसामने भइरहेका दुईथरी प्रदर्शनकारीबीच झडप सुरु भयो। केहीबेर ब्यारेकमा विश्रामपछि प्रधानमन्त्रीले अधिवेशन सुरु गराए, जस क्रममा भएका झडप नरोकिएपछि र प्रहरीको बलजफ्तीबाट झन् आक्रोशित विपक्षी कार्यकर्ताले सभास्थलमै आक्रमण थाले। अधिवेशन उद्घाटन तैबिसेक चलिरह्यो, जहाँ प्रधानमन्त्रीले डलरवादीहरुबाट दैलेख उकासिएको आक्रोश प्रकट गरे भने अध्यक्ष दाहालले दैलेखका गुण्डाहरु भनेर आफ्नो रीस शान्त पारे। झडपहरुका बीच अधिवेशन तुर्याअएर ट्रोइका बास बस्न हेलिकप्टरमा सुर्खेत झर्योत र दैलेखलाई थप अशान्त र आक्रान्त पार्योन। उता यस घटनाको प्रतिक्रियास्वरुप दैलेखीले दुवै माओवादीका कार्यालय तोडफोड गरेका छन्।
प्रश्न उठ्छ- प्रधानमन्त्रीले मुलुकमा शान्ति सुरक्षाको बहाली गर्ने हो कि थप अशान्त र आक्रामक बनाउने हो? राज्यको सुरक्षाको बागडोर लिएको जिम्मेवारी जनतालाई शान्त र सद्भावपूर्ण बनाउने हो कि राजनीतिक पार्टीको नेतामा सीमित भएर टिट् फर ट्याट गर्दै हिँड्ने हो? कुनै पार्टीको शान्तिपूर्ण कार्यक्रम संवैधानिक अधिकार हो तर कुनै कार्यक्रममा कसैको उपस्थितिले जनतालाई थप ध्रुवीकृत पार्छ र अमनचैनमा खलल पुर्याहउँछ भने प्रधानमन्त्रीले लिनुपर्ने निर्णय के हो? दैलेखप्रति आफ्नो राजनीतिक असन्तुष्टि प्रकट गर्न प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा र जिम्मेवारी बिर्सेका छन् र आफूलाई विद्रोही नेताकै रूपमा उभ्याएका छन्। उनको यो अशोभनीय व्यवहार हो।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको न्यायिक अनुसन्धानमा हस्तक्षेप गरेको भनेर सर्वोच्च अदालतले बोलिसकेपछि डलरवादीहरुले द्वन्द्व निम्त्याएको भनेर प्रधानमन्त्रीले भन्नु द्वन्द्व घटाउनु होइन, बढाउनु हो। सुरक्षाको व्यापक परिचालन गरेर दैलेखीलाई टिट् फर ट्याट गर्दा देशभरि कानुनी शासनका पक्षधर जनतालाई तर्साउन खोजेको हो कि होइन? एकातिर सत्य अन्वेषणमा रोकावट गर्ने, न्यायिक कारबाहीमा हस्तक्षेप गर्ने, जागेका जनताको जिल्लामा बाहिरबाट कार्यकर्ता ओसारेर शक्ति प्रदर्शन गर्ने र सुरक्षाकर्मीहरुको व्यापक परिचालनमाझ पार्टी कार्यक्रम गरेर विपक्षीहरुमाथि धावा बोल्ने व्यवहार आफैंमा राजनीतिक होइन। बाहुबल हो।
राजनीतिक सहमतिद्वारा संविधानलाई ठाउँमा ल्याउने र निर्वाचनतर्फ मुलुकलाई प्रवेश गराउनुपर्ने दायित्व भएका प्रधानमन्त्रीले पार्टीको लोकतान्त्रिक अभ्यासको निहँु पारेर दैलेखमा मच्चाएको उपद्रवमार्फत् आफैं द्वन्द्वकारी देखिन पुगेका छन्। सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशीलता ख्याल गरिदिन दिएको सुझाव अस्वीकार गरेर प्रधानमन्त्रीले आफ्नो पदको दुरुपयोग त गरेका छन् नै, मेलमिलाप आयोगद्वारा द्वन्द्वका घटना केलाउने भनी गरेको कबोल बिर्सेर, क्षमाशीलता होइन, द्वन्द्वशीलता देखाउँदै लगेका छन्।
सुर्खेत झरेर प्रधानमन्त्रीले स्थानीय तथा क्षेत्रीय कर्मचारी, सुरक्षा पदाधिकारीहरुलाई निर्देशन दिन पनि भ्याए। उनले त्यहाँ गएर पनि दैलेखी पत्रकार डेकेन्द्रको न्यायिक अनुसन्धानको व्यापक मागलाई केबल पानीको फोका हो भनिदिए। पानीको फोकामात्र भएकाले कोही पनि आत्तिनुहुँदैन भने। प्रधानमन्त्रीको सवारीले रक्तपातको सम्भावना देखाउने प्रशासन, सुरक्षा संयन्त्रलाई निर्देशन दिने क्रममा उनी झन् गैरजिम्मेवार प्रस्तुत हुन पुगे। मानव अधिकारको मागलाई डलरवादीको चलखेल भन्ने र कानुनी शासनका हिमायतीलाई परिवर्तन विरोधी किटान गर्ने प्रधानमन्त्रीले दैलेखी जागरणलाई थप गलत अर्थ्याएका छन् र द्वन्द्वलाई थप उकासेका छन्।
स्वर्गीय कृष्णप्रसाद भट्टराईको शान्तिपूर्ण सत्याग्रही चरित्रको राजनीतिक प्रतिपक्षी बन्न जो पनि स्वतन्त्र छ। बाबुराम भट्टराईले पहिल्यैदेखि त्यही गर्दै आएका हुन्। अघिल्ला भट्टराई प्रधानमन्त्री हुँदाताका राजधानीमा मशाल जुलुस गर्ने पछिल्ला भट्टराई अहिले सडकमा छैनन्, सत्तामा छन्। सत्तासँग ठूलो जिम्मेवारी छ। सत्ताले टिट् फर ट्याट गर्न पाउँदैन। कानुनी राज्यमा झन पाइँंदैन। अध्यक्ष दाहालले विपक्षीहरुलाई चेतावनी दिँदा पुराना सबै सम्झौता च्यातिन्छ भनेका छन्। प्रधानमन्त्री भट्टराईले पनि नेपालका कानुन च्यात्तिएझैं व्यवहार गर्न खोजेका छन्। अहिंसात्मक राजनीतिसँग विमति राखे पनि सत्तामा पुगेर उनले हिंसाको प्रसार गर्न पाउँदैनन्।