चुनवाङ बैठकअघि तत्कालीन राजासँग मिलेर जाने कि निरकुंश राजतन्त्रविरुद्ध आन्दोलनरत् संसदवादी दलसँग मिलेर जाने भन्ने माओवादीभित्रको बहसले अन्ततः बाबुराम भट्टराईलाई 'बन्दी' नै बनायो। राजासँग होइन, संसदवादी दलसँग मिलेर जानुपर्ने तथा शान्ति र संविधानको कार्यनीतिमार्फत् पार्टी अगाडि जानुपर्ने अडान उनले कदापि छाडेनन्। अन्ततः सिंगो पार्टी भट्टराईको लाइनमा आयो र संविधान सभाको सबैभन्दा ठूलो दल पनि भयो। पालुङटारमा आइपुग्दा फेरि गडबड देखापर्योव, सानो संख्यालाई साथमा लिएर भट्टराई एक्लै लडे। अन्ततः अध्यक्ष प्रचण्डको पनि केही लागेन र आफू एक्लो महसुस भएपछि २०६७ वैशाखबाट औपचारिकरूपमा भट्टराई लाइनमै आउन प्रचण्ड बाध्य भए।
भट्टराई र उनको पार्टीको मुख्य उद्देश्य भनेको 'सत्ता कब्जा' गर्ने र मुलुकमा 'कम्युनिष्ट व्यवस्था लागु गर्ने' नै हो। यो सार्वजनिक भइसकेको विषय हो, त्यसैले माओवादीले पाएको सरकार अरुलाई कदापि सुम्पँदैन, किनकि त्यो उद्देश्यभित्र पर्दैपर्दैन। मोहन वैद्य (केही समयअघिसम्म प्रचण्ड पनि)ले भने जस्तो 'जनविद्रोह' बाट सत्ता कब्जा गर्न सकिँदैन भन्नेमा भट्टराई जानिफकार छन्। भट्टराईको अर्जुनदृष्टि भनेको नै 'शान्ति र संविधान' को कार्यनीतिबाट 'सत्ता कब्जा' गरेर देखाउने नै हो। आफूलाई गाली गर्र्दै छुट्टिएर गएका मोहन वैद्यलाई मात्रै होइन, कहिलेकाहीँ गडबड गराइरहने अध्यक्ष प्रचण्डलाई पनि 'शान्ति र संविधान' मार्फत् कसरी सत्ता कब्जा हुन्छ र गरिन्छ त? भट्टराई यतिखेर त्यो प्रमाणित गराउन लागिरहेका छन्।
भट्टराई यस्ता नेता हुन्, जो भोलिका लागि आज नै काम गरिराखेका हुन्छन्। त्यसैले त आजको अवस्थामा आउन भट्टराईले हिजो नै धेरै काम गरिसकेका थिए। 'सत्ता कब्जा' का लागि प्रधानमन्त्री भट्टराईले निकै चलाखीपूर्ण तरिकाले हिजै गरेका केही स-साना 'टेष्ट' यहाँ स्मरण गरिन्छ। पहिलो, विपक्षीमाथि गरेको 'टेष्ट' बाटै विषयलाई प्रवेश गराऔं। प्रजातन्त्र दिवस (७ फागुन) र लोकतन्त्र दिवस (वैशाख ११)मा दिइँदै आएको सरकारी बिदालाई भट्टराईले प्रधानमन्त्री भएपछि कटौती गरिदिए। लोकतन्त्र स्थापनापछि स-साना समुदायका पर्वलाई राष्ट्रिय पर्वको मान्यता पाइरहेको अवस्थामा मुलुकमा निकै ठूला परिवर्तनका सम्झनामा मनाउँदै आएका दुवै दिवसलाई भट्टराईले 'सरकारी मान्यता' नदिनुको दुई कारण देखिन्थ्यो। पहिलो, ती दुवै दिवसले माओवादी हिंसात्मक आन्दोलनको 'पहिचान' खुलाउन सक्दैनथ्यो, जसकारण उनले त्यो दिवसलाई सरकारी मान्यता दिन चाहेनन्। दोस्रो, सबैभन्दा महŒवपूर्ण कारण थियो, ती सरकारी बिदालाई कटौती गरेर भट्टराईले विपक्षीको 'नाडी छाम्नु।' दुवै दिवसमा सिंगो कांग्रेस/एमालेका आन्दोलनका जीवन र भावना जोडिएको थियो तर पनि भट्टराई सरकारको सो निर्णयको कांग्रेस/एमालेले कुनै प्रतिकार नै गरेनन्, मुकदर्शक मात्र बनिरहे।
दोस्रो, आफ्नो सरकारलाई सघाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई 'जनसत्ताका लिखितलाई सरकारी मान्यता' दिन भट्टराईले सही छाप गर्न लगाए। पार्टीको निर्णयलाई सरकारी मान्यता दिँदा प्रतिकार गर्नुको सट्टा सही छाप गर्ने मधेसी मोर्चालाई उनले पहिलो 'टेस्ट' त्यही गरेका थिए। तेस्रो, भट्टराईले छिमेकी मुलुकको समर्थन पाइरहेका छन् र त्यो समर्थनलाई आफूअनुकूल प्रयोग गरिरहेका छन्। माओवादीलाई सरकार बाहिर राख्दा भारत विरोधी धारणा बढ्ने भारतीय संस्थापनको बुझाई छ, जसलाई भट्टराईले मज्जासँग उपयोग गरिराखेका छन्।
चौथौं, संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनलाई भट्टराई यसरी प्रयोग गर्छन कि कहिलेकाहीँ अध्यक्ष प्रचण्डले नचाहेर पनि सम्झौता गर्नुपर्ने हुन्छ। त्यो पीडा प्रचण्डले धेरै पटक भोगिसकेका छन् तर प्रकट गर्न भने कदापि सक्दैनन्। 'संघीयतावादी', 'लोकतन्त्रवादी', 'गणतन्त्रवादी', 'परिवर्तनकारी', 'अग्रगामी' 'क्रान्तिकारी' जो/जो छन्, त्यो सत्तापक्ष गठबन्धनमा छन् भन्ने भ्रम माओवादीले छरेको छ। र, गठबन्धन भन्दा बाहिरका सबै दल 'यथास्थितिवादी', 'प्रतिक्रियावादी', 'संघीयता विरोधी' मात्र हुन भनेर माओवादीले जबर्जस्त स्थापित गराउने कोसिस गरिरहेको छ। त्यसको मनोवैज्ञानिक प्रभाव सत्तापक्ष गठबन्धनमा रहेका सबै दललाई परेको छ।
पाँचौ, नागरिक समाजका सबैजसो अगुवालाई छुट्टा-छुट्टै भेट गरेर माओवादीले प्रधानमन्त्रीको आश्वासन बाँड्नु र स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री छाड्छु भन्ने भट्टराईको अभिव्यक्ति निकै अर्थपूर्णरूपमा आएका हुन्, न कि कसैलाई प्रधानमन्त्री बनाउन नै। 'तत्काल सरकार बदल्नु आत्माघाती' भनेर आफ्नो आन्तरिक र गोप्य दस्तावेजमा उल्लेख गर्ने र सोहीअनुसार रणनीति बनाउने माओवादीले सार्वजनिकरूपमा भने 'स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री' भन्नुका दुईवटा उद्देश्य देखिन्छ। पहिलो, सरकार र पार्टीको विपक्षमा मुलुकका सबैभन्दा सचेत वर्ग मानिने नागरिक समाज आन्दोलनका साथ सडकमा नआओस्। दोस्रो, त्यसरी आउनुभन्दा पहिला नै बाँडिएको 'ललिपप' ले तिनीहरुलाई नैतिकरूपले ठेगान लगाइदेओस् र आफूअनुसार सरकार चलाउन पाइयोस्। यी उद्देश्यमा अहिले केही हदमा भट्टराई र उनको पार्टी सफल पनि भइरहेको छ।
छैटौं, प्राकृतिक विपत्तिमा बाहेक नेपाली सेनालाई ब्यारेक बाहिर निकाल्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले निर्णय गर्नु अनिवार्य हुन्छ भनेर अन्तरिम संविधानले प्रस्टाएको छ। तर, २०६८ साल चैत २८ गते पार्टी नेतृत्वविरुद्ध शिविरभित्र नाराबाजी गर्ने तथा हतियार लिएर भाग्ने आफ्ना लडाकुलाई नियन्त्रण गराउन सेना परिचालन गर्दा त्यस्तो कुनै निर्णय गरिएन। सेनाले पनि राष्ट्रिय सुरक्षा परिषद्को संविधानतः निर्णय खोजेन र प्रधानमन्त्री भट्टराईको ठाडो आदेशमा शिविरभित्र पसिदियो। सेनाले गरेको यही कमजोरी नै प्रधानमन्त्रीका लागि 'अघि बढ्ने' बाटो खुला गर्योि। अर्को घटना, युद्धकालमा सबैभन्दा बढी माओवादी कार्यकर्ता नियन्त्रणमा लिएर हत्या गराउने भनी आरोपित तत्कालीन भैरवनाथ गणका सेनानी राजु बस्नेतलाई आश्चर्यजनकरूपमा बढुवा गरिदिए। बस्नेतको सो बढुवा गरेर भट्टराई दुईवटा फाइदा लिन चाहन्थे- पहिलो सेनाको 'सेन्टिमेन्ट' जित्ने र दोस्रो, त्यसलाई विश्वासमा बदल्ने र आफूअनुकूल प्रयोग गराउने ढोका खोलिरहने।
सातौं, कटवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवले खेलेको भूमिकाको बदला माओवादी लिन चाहन्छ, यसलाई नकार्न सकिँदैन्। राष्ट्रपति यादवका कारण आफूहरु सरकार च्युत हुनुपरेको लामो पीडा माओवादीले गुजार्योै पनि। अहिले समय सीमासहितको म्याद थप गर्न राष्ट्रपतिलाई सुझाव दिने र सहमति हुन नसकेको भन्दै सहमति गराएर आउँछु भन्दै प्रचण्डले पटक-पटक सहमति दिएका हुन्, यो लुकेको कुरा होइन्। तर अहिले राष्ट्रपति समय सीमासहितको म्याद न फेरि तोक्न सक्छन्, न त त्यसबाट पछि नै फर्कन सक्छन्? यो चक्रब्यूहभित्र राष्ट्रपति यादव परेका छन्।
विपक्षीहरुलाई कमजोर गर्नु र त्यसका लागि बदनाम गराउनु माओवादीको पहिलो रणनीति हो। जस्तो कि जीवनभर सरकारी पदको लोभ नगरेका कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको आंकाक्षीका रूपमा उभ्याउन सफल भए। भट्टराईले जे गरिराखेका छन्, त्यो माओवादीको पार्टी नीति र उद्देश्यअनुसार नै गरिरहेका छन्। र, आफूभन्दा अब्बल योजनाकार भट्टराईका क्रियाकलापमा प्रचण्ड यतिखेर पुरै 'कन्भिन्स' हुँदै गएका छन्।