प्रसिद्ध बेलायती लेखक एवं चिन्तक जि.के.चेस्टोरटर्नले 'विगतको विषयमा ज्ञान नहुने व्यक्तिको सबैभन्दा ठूलो कमजोरी भनेको उसलाई वर्तमानको विषयमा पनि केही थाहा नहुने हो' भनेका छन्। उनको यो भनाईसँग सहमत हुन सकिन्छ किनकि विगतबाट पाठ सिकेमात्रै हामी वर्तमानमा चल्न सक्छौं। अनि भविष्यको रेखांकन गर्न सक्छौं। राजनीतिक व्यक्तिका निमित्त हिजोका घटनाहरूका कारण र प्रभावहरूको आधारमा वर्तमानमा चल्नु र भविष्यको विषयमा निर्णय लिनुपर्ने आवश्यकता हुन्छ। जसले त्यसो गर्न सक्तैन, ऊ सफल हुन पनि सक्दैन।
अन्यत्रसरह हाम्रो इतिहासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तीन शक्ति देखिन्छ : आन्तरिक, छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदाय। यी तीन केन्द्रको आडमा मुलुकको राजकाज चल्ने गरेको देखिन्छ। आन्तरिक शक्तिको रूपमा जनतालाई बुझ्ने राजनीतिज्ञ मुलुकमा थोरै भए। पहिला दरवार हुने गर्थ्याे, जसको मातहातमा सेना रहने परम्परा थियो। त्यो परम्परालाई जंगबहादुर राणाले १०४ वर्षसम्म तोडेर पारिवारिक शासन चलाउने प्रक्रियालाई कायम राखे। त्यतिखेर सेना पनि उनको पारिवारिक पेवा बन्न पुग्यो। २००७ सालपछि दरवार सबैभन्दा बलियो शक्ति केन्द्र बन्यो। नेपाली सेना 'शाही सेना' भयो। राजा त्रिभुवन सर्वोच्च कमाण्डर भए, त्यो प्रक्रिया ज्ञानेन्द्रको पालासम्म कायम रह्यो।
राजतन्त्र समाप्तिपछि गणतान्त्रिक नेपालमा शासन सम्हाल्न पाउने व्यक्तिले जसोतसो गरेर सेनालाई खुशी तुल्याउने प्रयास गरेको देखिन्छ। गिरिजाप्रसाद कोइरालादेखि डा. बाबुराम भट्टराईसम्म सबैले सेनाको सहयोगमा आन्तरिक शक्ति सन्तुलन गरेर सत्तामा टिकिरहने रणनीति अपनाएको देखिन्छ। प्रचण्ड शायद एकमात्र प्रधानमन्त्री हुन्, जसले सेनालाई चलाउने प्रयास गरे। तर, तिनको प्रयास कच्चो सवित भयो। सेना साथ भए सबै थोक पाइन्छ भन्ने सोच भएका बहादुर शाह, भीमसेन थापा, माथवरसिंह थापा सबै आफ्नो समयका सर्वोच्च कमाण्डर थिए। तर, तिनीहरू मारिँदा सेनाले जुन पक्ष बलियो छ, उसैलाई साथ दिने काम गर्यो । पछि पनि सेनाले यही परम्परा पछ्याएको देखिन्छ। मोहनशमशेरको स्थान पछि त्रिभुवनले लिए। तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई थुन्ने सेनाले पछि ज्ञानेन्द्रको बिदाई पनि सगौरव गर्योर। अहिले प्रधानमन्त्री बाबुराम भट्टराईले फौजदारी मुद्दा लागेका र निशस्त्र व्यक्तिको हत्याको आरोप लागेकाहरूको संरक्षण गरेर सेना खुशी होला र सत्तासीन भइरहन पाइएला भन्ने आकांक्षा राखेका छन् भने त्यो गलत सिद्ध हुनेछ। अर्थात् उनले परम्परा बिर्सेको ठहरिनेछ।
त्यस्तै २००७ सालयता सत्तामा टिकिरहन वा कसैलाई सत्ताच्युत गर्न दक्षिणी छिमेकीको मुख ताक्न सुरू गरिएको परम्परा अझै पनि कायमै भएको देखिन्छ। दिल्लीलाई खुशी पार्न सके सत्ता हात पर्ने वा टिकिरहने सम्भावनाका कारण स्वास्थ्य उपचारका नाममा राजनीतिक परामर्शका निमित्त दिल्लीलाई तीर्थस्थल बनाउने परम्परा पनि नेपाली राजनीतिमा कायमै छ। तर, दिल्लीमा धेरै परिवर्तन आइसके। गएको पाँच/छ दशकयता भारतीय राजनीतिमा धेरै बदलाव आइसकेको छ। जवाहरलाल नेहरु या पछि इन्दिरा गान्धीको समयमा प्रधानमन्त्रीको इशारामा 'साउथ ब्लक' चल्ने गर्थ्याे। र, त्यसैअनुसार परराष्ट्र नीति तर्जुमा र परिवर्तन हुने गर्थ्याे। तर अहिले भारतीय राजनीति धेरै हदसम्म विकेन्द्रित भइसकेको छ। क्षेत्रीय पार्टीहरूको प्रतिनिधित्व दिल्लीको सरकारमा हुन्छ। छिमेकी मुलुकलाई आफ्नो प्रभावमा राख्नेभन्दा छिमेकी मुलुकहरू स्थिर र उन्नतिशील भइदिए भारतीय सुरक्षा र आर्थिक उन्नतिलाई सघाउन सक्छन् भन्ने सोचले ठूलो स्थान ओगटेको छ, त्यहाँको परराष्ट्र नीतिमा। आई के गुजरालद्वारा प्रतिपादित सिद्धान्त भारतीय परराष्ट्र नीतिको मूलधार बन्न पुगेको छ। फलस्वरुप नेपाली नेताहरूको स्वास्थ्य उपचारको नाममा गएर गरिने राजनीतिक परामर्शको महत्त्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणपछि गरिने पत्रकार सम्मेलनमा सीमित हुन पुगेको छ। त्यस्तै भारतीय नेता तथा प्राध्यापकहरूको यहाँको बौद्धिक समाजसँग हुने अन्तरक्रिया 'नेपालमा शान्ति र उन्नति नै भारतको चाहना हो' भन्ने मन्त्र सुनाउनमा केन्द्रित हुन पुगेको छ।
निश्चय पनि हाम्रो जन र जल सम्पदाप्रति भारतको रुचि हुनु स्वाभाविक छ। उसको राजनीतिक, भौगोलिक तथा आर्थिक सुरक्षाका निमित्त नेपाली नागरिक र जलस्रोतको महत्त्व धेरै छ। अर्थतन्त्रको गति बढाउनमात्र होइन, भएको उपलब्धिलाई कायम गर्न पनि भारतलाई इन्धन आवश्यक छ। त्यसैगरी मनसुनमा भरपर्ने कृषिदेखि बाढीको प्रकोपबाट जोगिन पनि नेपालबाट दक्षिण बग्ने नदीहरूको भूमिका महत्त्वपूर्ण छ। भारतको आवश्यकता जतिसुकै भए पनि नागरिकको उन्नतिलाई दोस्रो प्राथमिकतामा राख्ने नेपाली शासकहरूका निमित्त जन र जल दुवै चिन्ताको विषयमा पर्दैनन्। उनीहरूलाई मुलुकको भविष्यका विषयमा सोच्ने फुर्सद नै कहाँ छ र?
त्यसैगरी नेपालका लागि परराष्ट्र मामिलामा दिल्ली जति-जति अरुचिकर हुँदै गएको छ, त्यति त्यति भारतीय प्रतिनिधि बस्ने स्थान लैनचौर बलियो हुँदै गएको छ। सह-सचिवस्तरको व्यक्तिलाई प्रधानमन्त्रीदेखि विपक्ष दलका नेताहरू सबैले सबैभन्दा शक्तिशाली कूटनीतिज्ञका रूपमा हेर्ने नयाँ संस्कार थालेको पाइन्छ। जसले गर्दा टाउको नझुकाइकन नै राष्ट्रवादी नेता 'आठौं पटक एम्बुसमा परे' भन्न हिच्किचाउँदैनन्। यस्ता प्रयासहरूले आफ्नो गरिमा घटेको र त्यसबाट केही प्राप्त नहुने विषय सत्ताच्युत भएपछिमात्र पत्तो पाउने गर्छन्।
उत्तरी छिमेकी राष्ट्र मल्लकालीन नेपालदेखिकै छिमेकी मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न कटिबद्ध भएको तथ्य बिर्सेर नेपालका थुप्रै नेताले 'चाइना कार्ड' लाई महत्त्व दिन थालेका छन्। चीनको भ्रमण मात्रले पनि दक्षिण बेखुशी हुने हो कि भन्ने त्रास एकातिर देखिन्छ भने अर्कोतर्फ त्यहाँबाट आशीर्वाद पाउन पाए हुन्थ्यो भन्ने मनसाय समय-समयमा प्रकट हुने गर्छ। आफ्नो सभ्यताबाट छिमेकीहरूले पाठ सिकून् भन्ने चिनियाँ मनसायलाई नेपाली राजनीतिज्ञले बेवास्ता गरेको पाइन्छ। चीनलाई पश्चिमा मुलुकहरू भारतसँग मिलेर घेराबन्दी गर्न थालेका छन् भन्नेमा नेपाली सोचाई केन्द्रित भएको पाइन्छ। तर नेपाल चीनको केवल ५०० माइल भूभाग जोडिने राष्ट्रमात्रै हो। चीनको सिमाना जोडिने अफगानिस्तान, भुटान, रुस, भारत, म्यानमार, थाइल्याण्ड, लाओस र भियतनाम छन्। ती मुलुकमध्ये कतिसँग चीनको सम्बन्ध सुमधुर छ भने कतिपयसँग परापूर्वकालदेखि समस्या भएको पनि देखिन्छ। तर, नेपालको सीमा तिब्बतसँग जोडिने कुरामा मात्र सीमित छ। चीनले नेपालबाट चाहेको उसका विरुद्धमा हुने तिब्बत गतिविधिको नियन्त्रण नै हो। अन्यथा उसको आशय त असल छिमेकी राष्ट्र बन्नेमा केन्द्रित भएको पाइन्छ।
शितयुद्ध समाप्तिपछि भारत र चीन दुवै आर्थिक उन्नतिमा लागिपरेका छन्। उनीहरूका निमित्त व्यापार वृद्धि तथा राष्ट्रिय सुरक्षा नै वैदेशिक नीतिको प्रमुख अंग बन्न पुगेको छ। यस अर्थमा छिमेकी मुलुकमा कसले शासन गर्न पाउँछ त्यो विषयले प्राथमिकता पाएको देखिँदैन। व्यक्तिगत हिसावले कुनै व्यक्तिले अर्काेको भन्दा बढी प्राथमिकता पाउन सक्छ। तर, उनीहरूको राष्ट्रिय नीतिको परिप्रेक्ष्यमा त्यसले महत्त्व पाएको देखिँदैन। यो वास्तविकता बेवास्ता गर्नु भनेको वर्तमानसँग अपरिचित र अनविज्ञ हुनु हो।
पश्चिमा मुलुकहरूको आशय जति कुटिल भएको कुरामा हामी विश्वास गर्छौँ, त्यसका प्रमाण पाइँदैन। प्रथम वास्तविकता भनेको पश्चिमी राष्ट्रहरु एकजुट छैनन्। युरोप र अमेरिकामात्र होइन, अमेरिका र क्यानडाले अपनाउने नीतिमा समेत भिन्नता छ। युरोपमा पनि बेलायत र फ्रान्सको नीतिमा जति भिन्नता छ, त्यति नै भिन्नता नेदरल्याण्ड र जर्मनीले अवलम्बन गर्ने नीतिहरुमा देखिन्छ। नर्डिक मुलुकहरुमा पनि स्विडेन र डेनमार्क तथा फिनल्याण्डले अपनाउने नीतिको आ-आफ्नै विशेषता छन्। तर, उनीहरूबीच एकमत भएको तथ्य भने सहयोग गर्दा सुशासन, दीर्घकालीन विकास, मानव अधिकार खास गरेर सीमान्तकृत समुदाय र महिलाहरूको हक हित, वातावरण तथा पर्यावरण सन्तुलन, स्वास्थ्य समस्या समाधानका साथै गरिबी न्युनीकरण जस्ता कार्यक्रममा केन्द्रित छ। हात पसारेर सहयोग माग्ने मुलुकहरूले सहयोगको रकम कसरी उपयोग गरिरहेका छन् भन्ने विषयमा तिनले चाख राखे भने त्यसलाई आन्तरिक मामिलामा हस्तक्षेप भएको बिल्ला लगाउन त सकिएला। तर, त्यस्ता कुराले कुनै अर्थ राख्दैन, उनीहरूलाई नेपालमा को प्रधानमन्त्री बन्छ भन्ने कुराको कुनै अर्थ रहँदैन।
त्यसैले मुलुकको शासनभार सम्हाल्ने व्यक्ति अन्ततोगत्वा मुलुकको नागरिकको समर्थनका आधारमा मात्रै सफल/असफल हुने कुरालाई निर्धारण गर्छ। कांग्रेस नेता बीपी कोइराला जम्माजम्मी १८ महिनामात्र प्रधानमन्त्री बनेका थिए। त्यस्तै कांग्रेसकै अर्का नेता कृष्णप्रसाद भट्टराई पनि ०४६ सालको परिवर्तनलगत्तै एक वर्ष मात्रै प्रधानमन्त्री भएका हुन्। त्यसो त उनी दोस्रो पटक पनि आठ महिनाका लागि प्रधानमन्त्री भएका थिए। मुलुकभित्र र बाहिर यी दुवैको नाम लिने गरिन्छ। त्यसको मुख्य कारण बीपी कोइराला र कृष्णप्रसाद भट्टराई दुवैले नेपाल र नेपालीको हितलाई आफ्नो पदसँग मात्र गाँस्न चाहेनन्। मुलुक र जनताको उन्नतिमा केन्द्रित हुँदा उनीहरू नेपालका लागि हिरो सावित भए। तर सत्ताका लागि विभिन्न शक्ति केन्द्रहरूसँग सौदावाजी गरेर टिक्नेहरूको हैसियत भने सबैको सामुन्ने छर्लंग हुँदै गएको छ। त्यसैले इतिहासको यो तथ्यलाई कसैले पनि भुल्नु हुँदैन।