गत बुधबार भारतीय राष्ट्रिय कांग्रेसको उपाध्यक्ष पदको औपचारिक जिम्मेवारी सम्हालेपछिको पहिलो मन्तव्य दिँदै राहुल गान्धीले आफूले सकारात्मक राजनीति अगाडि बढाउने कुरा गर्दा यहाँ दैलेखमा सत्ता पक्ष र विपक्षबीच भिडन्त हुँदै थियो। पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नविरुद्ध थालिएको कानुनी कारबाही रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष दबाब दिएको प्रसङ्गमा त्यहाँ भिडन्तको स्थिति उत्पन्न भएको थियो।
भारत र नेपालको राजनीतिक धरातल खासै फरक छैन। भारतमात्र होइन, लगभग दक्षिण एसियाकै राजनीति नकारात्मकरूपमा अघि बढिरहेको छ। निर्वाचन भएर सत्ता सम्हालेपछि नै सरकारले हरेक कुरामा विपक्षीको विरोध सामना गर्नुपर्ने स्थिति यो क्षेत्रका सबै मुलुकमा विद्यमान छ। यस्तो अवस्थामा सकारात्मक राजनीतिको कुरा गर्नु भनेको राजनीतिमा स्वच्छताको खोजी गर्नुसरह हो। हुन त भारतमा राष्ट्रिय स्वार्थको कुरा आउँदा सत्ता र विपक्ष एकै स्थानमा उभिने गरेका धेरै उदाहरण छन्। तर, सत्ता पक्षले विपक्षबाट हरेक कुरामा विरोध सामना गर्नुपर्ने स्थिति त्यहाँ नदेखिएको होइन।
सकारात्मक राजनीतिको परिभाषा हरेक मुलुकमा एउटै नहुन सक्छ। राहुल गान्धी स्वयंले सकारात्मक राजनीतिको कुरा गरिरहँदा आफ्नो पार्टीको कार्यशैलीसमेत आलोचना गर्न भ्याएका थिए। जनताले आखिर कांग्रेसलाई किन मत दिने? भन्ने प्रश्न उनले त्यतिबेला उठाएका थिए। पार्टीको आन्तरिक क्रियाकलापमा समेत सुधारको खाँचो उनले औँल्याएका थिए।
सकारात्मक राजनीतिले विशेष मामिलामा दलबीच राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्ने गर्छ। नेपालका लागि राष्ट्रिय सहमति शब्द निकै पहिलेदेखि उच्चारण हँुदै आए पनि अहिले यो निकै अपरिहार्य देखिएको छ। तर राष्ट्रिय सहमति शब्द जतिसुकै फलाके पनि यसको सम्भावना झनै क्षीण हँुदै गएको छ। दलहरू आ-आफ्नै एजेन्डामा रमाएका छन्। ०४६ सालको राजनीतिक परिवर्तनपछि ०४८ सालमा निर्वाचित सरकारबाटै नेपालमा राष्ट्रिय सहमतिको खाँचो अनुभव गरिएको थियो, जसलाई विपक्षले समेत महसुस गरेको थियो। त्यतिबेला सत्ताको खेलमा मुख्यतः नेपाली कांग्रेस र एमाले सक्रिय थिए। ०५२ फागुनबाट सुरु भएको माओवादी विद्रोहपछि त्यसको अनुभव झनै गरिएको थियो।
१२ बुँदे सहमति र त्यसपछि तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको सम्झौता र सहमतिले पनि राष्ट्रिय सहमतिको स्वरूप भेट्टाउन सकेनन्। नेपाली राजनीतिलाई गहिरोसँग नियालेर हेर्ने हो भने दलबीच राष्ट्रिय सहमतिभन्दा पहिले दलभित्रको आन्तरिक सहमतिको आवश्यकता उठाउनुपर्ने हुन्छ। आन्तरिक विवादका कारण चोइटिने स्थितिको सामना लगभग हरेक दलले गरेका छन् र त्यो क्रम जारी छ। नेपाली राजनीति सत्ताकेन्द्रित भएकै कारण राष्ट्रिय सहमतिको सम्भावना कम देखिएको हो। आन्तरिकरूपमा सत्तासंघर्ष बेहोर्दै आएका दलबीच राष्ट्रिय सहमति हुन सक्ने कुरा सहज हँुदैन। पछिल्ला दिनमा नेपालमा राष्ट्रिय सहमतिको कुरा एक्लै आउन सकेको छैन। बरु 'राष्ट्रिय सहमति' सँगै 'सहमतीय सरकार' को उद्गार पनि जोडिएर आउने गरेको छ। यसबाट राष्ट्रिय सहमति केका लागि भन्नेमा दलहरूको बोलाइ र चाहनामा देखिने भिन्नता प्रष्टै औल्याउन सकिन्छ। बाहिरीरूपमा देशको समस्या समाधानका लागि राष्ट्रिय सहमति भने पनि भित्री स्वार्थ भने सत्तामा पुग्नु नै रहेको छ।
हुँदाहँुदा राष्ट्रिय सहमतिको नाराकै बीच देशलाई नयाँ संविधान दिन निर्वाचनद्वारा गठित संविधान सभा अवसान भयो। भन्नलाई त देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको छ तर नारायणहिटीबाट एउटा राजालाई हटाए पनि थुप्रै छोटे/बडे राजाको कोपभाजनको शिकार जनता भइरहेका छन्। जनताले लोकतन्त्रको कस्तो अभ्यास गर्न पाएका छन् भन्ने उदाहरण विश्वले देखिरहेको छ। संविधान सभा विघटन भएको केही समयपछि एक जना राजनीतिक कार्यकर्ताले अनौपचारिक कुराकानीमा भनेका थिए- यो देशमा जनतालाई संविधान चाहिएको रहेनछ। हैन भने संविधान सभा विघटन हुँदा उनीहरुले आन्दोलन गर्नुपर्थ्यो।
कहीँ त्यो विचारले नेताहरूको मस्तिष्कमा समेत घर बनाइसकेको त छैन? नेपालमा विकसित हँुदै गएको राजनीतिक घटनाक्रमले यही सोच्न बाध्य बनाएको छ। राष्ट्रिय सहमतिको कुरा उठाउँदा जनतालाई संघीयतासहितको लोकतान्त्रिक संविधान दिने वाचा गरेका दलहरू अहिले सत्तामा मात्र केन्द्रित भएको देख्दा यसखाले प्रश्न उब्जिनु स्वाभाविकै हो। जनताले त दललाई संविधान बनाउन पठाएका हुन्। यसो गर्नबाट कुनै जनता दललाई रोक्न गएका थिएनन् तर संविधान सभामा जनतालाई अगाडि राखेर नभई आ-आफ्ना पार्टीगत स्वार्थलाई महत्त्व दिएर संविधान बनाउने प्रयास भयो। दशकौँसम्मको प्रयासपछि प्राप्त संविधान सभा विघटन हँुदा पनि दलका नेताहरूको आत्मा बोल्न सकेन। उनीहरू त त्यसको दोष एकापसमा लगाउन ब्यस्त रहे। अनि संविधान सभाको अवसानपछि दलबीच अहिले को कहिलेसम्म सत्तामा रहने भन्नेमा विवाद भइरहेको छ।
कहीँ संघीयतासहितको लोकतान्त्रिक संविधानतर्फ जनता उदासीन भएको रूपमा त दलहरूले बुझिरहेका छैनन्? दलहरूको क्रियाकलाप हेर्दा उनीहरूको राजनीति दूरगामी समयका लागि भएजस्तो लाग्दैन। अहिले सत्ता नपाए कहिले? भन्ने मनोगत प्रश्नमा दल रुमलिन थालेका छन्। सत्ता प्राप्तिको कुरा आउँदा दलभित्रै विवाद उठ्ने गर्छ। अहिले दलबीचको द्वन्द्व हेर्दा लाग्छ- नेपाली जनताको चाहना राजनीतिक मञ्चमा उक्लन सकिरहेको छैन। यस्तो अवस्थामा सकारात्मक राजनीतिको आवश्यकता नेपालमा झनै टड्कारो देखिएको छ। तर त्यसका लागि आवाज उठाउने कसले? यदि राजनीति क्षणिक स्वार्थपूर्तिका लागि होइन भने नेपालमा पनि सकारात्मक राजनीतिको प्रयासको थालनी गर्ने बेला भएन र? जनताको नाममा दश वर्ष विद्रोह गरेको दल र लोकतन्त्रको हिमायती भन्ने पार्टीहरू घम्साघम्सी गर्दा फाइदा कसलाई? विचार गर्ने बेला भएन?
राजनीतिमा आवेग अस्वीकार्य हुन्छ। सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको निर्वाचनमा त्यहाँको भारतीय जनता पार्टीले संसदमा जम्मा दुई सिट जित्न सकेको थियो। त्यतिबेला त्यस पार्टीको अस्तित्वसमेत खतरामा परेको लख त्यहाँका राजनीतिक पण्डितले काटेका थिए। तर त्यसको ३ वर्ष बित्दा/नबित्दै त्यही दल सत्तामा पुग्न सफल भएको थियो। यसैले राजनीतिमा धैर्य चाहिन्छ। जसरी भए पनि सत्तामा कब्जा जमाउने मान्यता लोकतन्त्रमा अटाउन सक्दैन। लोकतान्त्रिक पार्टीहरूले लोकतन्त्रको मर्म जोगाउने जिम्मेवारी लिन जरुरी हुन्छ। त्यसका लागि चाहिने पहिलो सर्त भनेकै सकारात्मक राजनीति हो। तर नेपालमा देखिएको राजनीतिको जथाभावी परेडभित्र सकारात्मक पाइलाको आवाज निकट भविष्यमा सुनिने सम्भावनाचाहिँ देखिएको छैन।