नेपालमा २०३१ सम्म ग्रामिण क्षेत्रमा कर्जा प्रवाह भनेको व्यक्तिगत साहुमहाजनसँग चर्को व्याजदरको लेनदेनमै सिमित थियो। मुलूकको दुई वाणिज्य बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकलाई शहरी क्षेत्रमा हुने मुख्यतया व्यापारीक क्षेत्रमा कर्जा प्रवाह थेक्न मुस्कील थियो। त्यसकारण उनीहरुलाई ग्रामिण क्षेत्रप्रति कुनै आकर्षण थिएन। कृषि विकास बैंक मात्र एउटा संस्था थियो जसको उद्देश्य ग्रामिण तथा कृषि क्षेत्रमा लगानी गर्नु थियो। उसको पनि पहुँच र क्षमता सिमित थियो। जतिसुकै प्रोत्साहन गर्दा पनि सहकारी संस्थाहरु प्रभावकारी बन्न सकेका थिएनन्। यस्तो परिवेशमा डा. भेषबहादुर थापा अर्थ राज्यमन्त्रीमा नियुक्त हुनुभयो। थापाले नयाँ नीति तर्जुमा र कार्यान्वयन गर्ने क्रममा ग्रामिण क्षेत्रमा कर्जा प्रवाह बढाउन दुवै बैंक (नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य वैंक)हरुलाई उनीहरुको निक्षेपमा जम्मा भएको पुँजीको पाँच प्रतिशत रकम प्राथमिकताका साथ अनिवार्य रूपमा ग्रामिण क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाइयो। सरकारको यो बाध्यात्मक नीति नेपाल राष्ट्र बैंकमार्फत कार्यान्वयन गर्ने ब्यवस्था गरियो। तर, यो कार्यका लागि आवश्यक आयोजना तर्जुमा गर्ने निकायको अभाव थियो। त्यसैले राष्ट्र वैंकको अगुवाईमा कृषि आयोजना सेवा केन्द्र (एप्रोक्स ) गठन गर्ने निर्णय तत्कालिन सरकारले गर्यो।
सरकारी संस्थानको रुपमा संस्था गठन गर्नूको सट्टा कृषि आयोजना सेवा केन्द्र लाई राष्ट्र बैंक प्रमुख शेयर धनी (६५ प्रतिशत ) हुने अनि बाणिज्य बैंकहरु तथा कृषि विकास बैंकले अरु शेयर पाउने गरी प्राईभेट कम्पनीको रुपमा गठन गरिएको थियो। यस प्रावधानले यो संस्थामा सरकारी तथा राजनीतिक हस्तक्षेप न्यून हुने अपेक्षा राखिएको थियो। राष्ट्र बैंकका तत्कालिन गभर्नर कुलशेखर शर्माले कृषि मन्त्रालयमा सह-सचिव पदमा कार्यरत कृषि अर्थशास्त्री डा.भारतप्रसाद धिताललाई एप्रोक्स निमार्णको कार्य सुम्पीनुभएको थियो। कम्पनी ऐन अर्न्तगत दर्ता हुने प्रावधान भएपछि राष्ट्र बैंकको गर्भनर अध्यक्ष, उक्त बैंकको प्रमुख अर्थशास्त्री सदस्य लगायत राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि बैंकहरुको महाप्रवन्धक अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख अतिरित्त सचिव र कृषि मन्त्रालयको सहसचिव सदस्य हुने बोर्ड गठन गरियो। उक्त बोर्डको सदस्य सचिव एवं एप्रोक्सको कार्यकारीणी निर्देशक पदमा डा धिताल नियुक्त हुनुभएको थियो। डा धिताल एप्रोक्सलाई ग्रामिण तथा कृषि क्षेत्रको उत्थानको निमित्त समर्पित एउटा ‘थिंक ट्यांक' बनाउन चाहनुहुन्थ्यो। त्यसकारण शुरुमा सानो, छरितो तर प्रभावकारी संस्था बनाउने उद्देश्यअनुरुप उहाँको भिजनलाई मूर्त रुप दिन गृह मन्त्रालयबाट प्रशासनिक दक्षता भएका दयाराम खरेल, नेपाल राष्ट्र बैंकबाट बित्तिय व्यवस्थानपन सम्हाल्न डा.लोकेन्द्र पौडेललाई समावेश गरियो। एप्रोक्सको ‘कोर स्टाफिङ'का निमित्त खुल्ला प्रतिस्पर्धाको आधारमा आठ अर्थशास्त्रीहरु नियुक्त गरियो। ती आठमध्येमा यो पक्तिकार पनि एक थियो। त्यतिखेर नियुक्ती पत्र दिँदै डा.धितालले भन्नुभएको थियो, ‘यो संस्था तपाईहरुको हो। आफ्नो दक्षता बढाएर यस संस्थालाई मुलूकको अव्वल दर्जाको संस्था बनाउने जिम्मा पनि तपाईहरुकै हो।'
स-साना आयोजनाहरु तर्जूमा गरेर एप्रोक्सलाई आत्मनिर्भर गर्नु सजिलो थिएन। भर्खर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमए/एमकम) गरेका युवाहरुलाई आयोजना तर्जूमा तथा मुल्यांकन तालिमको आवश्यकता थियो। त्यसैगरी दूरगामी ‘थिंक ट्यांक' बनाउन क्षमतावान दक्ष व्यक्तिको आवश्यकता थियो। यी दुई कार्यका लागि नेपाल राष्ट्र बैंकको आयोजना तर्जूमा तथा मुल्यांकन तालिम प्राप्त व्यक्ति रुवी जोशी तथा भर्खर अमेरीकाको कोर्नेल विश्वविद्यालयबाट पिएचडी गरेका डा.रामप्रकाश यादवलाई एप्रोक्समा भित्र्याइयो। उहाँहरूले नियुक्त गरिएका कर्मचारीहरुलई विश्लेषण र अनुसन्धान कार्यका निमित्त आवश्यक विधी (मेथोडोलजी)को प्रशिक्षण दिनुभयो।
धादिङ्गमा डेरी फर्म बनाउने आयोजना तथा जर्मन सरकारको सहयोगमा संचालित गण्डकी कृषि विकास आयोजनाको मुल्यांकन कार्य एप्रोक्सले यसको निर्माण भएको वर्ष दिन नपुग्दै सम्पादन गर्यो्। वाणिज्य बैंकहरुका निमित्त साना तथा मझौला थुप्रै आयोजनाहरु एप्रोक्सले बनायो। तर, वाणिज्य बैंकहरु तिनमा लगानी गर्न हिच्कीचाउने प्रवृति देखियो। त्यस्तै ती आयोजनाहरु तर्जूमा गर्न लाग्ने खर्च जुटाउन पनि दिनप्रतिदिन कठिन बन्दै गयो। यता नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक आफ्नै आयोजना तर्जूमा गर्ने क्षमता विकास गर्नतर्फ अग्रसर हुन थाल्यो। कृषि विकास बैंक पहिले देखि नै आयोजना तर्जूमा गरेर लगानी तिर्न अग्रसर भएको हुनाले उसले एप्रोक्सको सेवाको आवश्यकता नै ठानेन। अर्कोतर्फ एप्रोक्सको स्थापनाबाट बैदेशिक सहयोग दाताहरु खुशी थिए। उनीहरूले यसको संस्थागत विकासका निमित्त आवश्यक जनशक्ति तयार पार्न तालिम तथा उच्च शिक्षाको अवसर यसका कर्मचारीहरुलाई दिने कार्यमा तिव्रता ल्यायो। फलस्वरुप एप्रोक्स गठन भएको तीन बर्ष नपुग्दै सात अर्थशास्त्रीहरु र दुई अनुसन्धान सहायक विदेशमा अध्ययनरत थिए वा पढेर फर्कन थाली सकेका थिए। यस अर्थमा एप्रोक्स उच्च शिक्षाको ढोका खोल्ने संस्थाको रुपमा पनि परिचीत हुन थालेको थियो।
बैदेशिक सहयोगी संस्थाहरुलाई पनि नेपालमै ग्रामिण तथा कृषि क्षेत्रमा आवश्यक आयोजना तर्जूमा गर्नेदेखि योजना निर्माण तथा अनुसन्धान गर्न सक्षम संस्थागत विकास हुँदै गएको हुनाले एप्रोक्सलाई नयाँ नयाँ कार्यभार सुम्पीन थालियो। अमेरीका, स्विस, बेलायत, क्यानेडियन सहयोग नियोगहरुले एप्रोक्सलाई नयाँ नयाँ कार्यभार सुम्पीन थाले। विश्व बैंक, एसियन डेभेलपमेन्ट बैंकजस्ता वित्तिय सहयोग गर्ने निकायहरुका निमित्त एप्रोक्स अध्ययन तथा आयोजनाहरुको तर्जूमा र मुल्यांकन गर्ने राष्ट्रिय संस्थान बन्न पुग्यो। बढ्दो आवश्यकता अनुरुप एप्रोक्सले अर्थशास्त्रीहरुको साथै अन्य विषय जस्तै समाजशास्त्री, कृषि विज्ञ, ईन्जीनियर आदी कर्मचारीहरुको समावेश गर्ने कार्र्य बढाउन थाल्यो। यो संस्थाले पञ्चायत प्लाजामा आफ्नै कमाईको रकमले भवन बनायो। त्यसैगरी ग्रामिण तथा कृषि क्षेत्रका निमित्त योजना तर्जूमासम्बन्धि तालिम सञ्चालनका लागि अर्काे भवन निर्माण गर्न पनि सफल भयो। समय-समयमा आर्थिक संकटहरु आइपर्थे। तर पनि कार्य सम्पादनका निमित्त कठीनाई पर्दैनथ्यो। निर्माणपछिको एक दशकको अवधिसम्म अथार्त् २०४१ सालसम्म एप्रोक्स एउटा नमुना संस्थानका रुपमा स्थापित भइसकेको थियो।
जति जति एप्रोक्स सक्षम र प्रभावकारी संस्थाको रुपमा अघि बढ्यो, त्यति त्यति यो संस्था राजनीतिज्ञहरुको लागि पनि आकर्षणको केन्द्र बन्दै गयो। अनि जति जति केन्द्रले उच्च शिक्षा हासिल गरेको मानवशक्ति उत्पादन गर्न सफल भयो, त्यति त्यति महत्वाकांक्षा र लोभलालचले भूमिका खेल्न थाल्यो। उच्च शिक्षा हासिल गरेको दक्ष व्यक्तिहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएको हुनाले सक्षम व्यक्ति अन्तराष्ट्रिय संघ-संस्थाहरुप्रति आकर्षित हुन थाले। राजनैतिक हस्तक्षेप बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले एप्रोक्सप्रति आफ्नो दायित्व बिर्सन थाल्यो। गर्भनर अध्यक्ष बन्नुको साटो कृषि सचिव अध्यक्ष बन्ने प्रकरणपछि नेपाल राष्ट्र बैंकको एप्रोक्ससँगको सम्बन्ध टाढिदै गयो। अनि कृषिमन्त्रीको मनोमानीमा केन्द्रको कार्यकारीणी निर्देशकको चयनले मान्यता पाएपछि एप्रोक्स प्रर्वुद्ध कर्मचारीहरुको संस्थाबाट एकाएक गतिहिन संस्था बन्न पुग्यो। आन्तरिक व्यवस्थापन शिथिल हुन पुग्यो। योग्य कर्मचारीहरुको पलायन हुन थाल्यो। यतिसम्म कि पहिलो पटक नियुक्त गरिएका नौ मध्ये सात अर्थशशास्त्रीहरू विदेश पलायन भए।
एप्रोक्समा कार्यरत सक्षम कर्मचारीहरु पनि च्याउ उम्रैझै उम्रेका स्वदेशी कन्सल्टेन्सी फर्महरुमा आवद्ध हुन थाले। एप्रोक्सबाट तलव लिने तर काम चाहिं कन्सल्टेन्सी फर्महरूमा गर्ने प्रवृति मौलाएर गयो। एप्रोक्सका कर्मचारीहरुले भरिएका कन्सल्टेन्सी फर्महरुवीच नै कामका निमित्त प्रतिस्पर्धा हुने परिस्थिती आयो। कतिपय बाठा कर्मचारीहरुले त आफ्नै कन्सल्टेन्सी फर्म समेत बनाएका थिए। तिनले एप्रोक्सलाई दिएको कार्य आफ्नो फर्म मार्फत गर्ने तर तलव भत्ता चाहिं एप्रोक्सबाट नै लिने काम समेत गरे। यसैको परिणास्वरूप एप्रोक्स टाट पल्टियो। मुलूकमा थुप्रै अवसरहरु हुँदा हुँदै पनि एउटा अव्वल दर्जाको संस्थानलाई विनाश गरियो। यस संस्था निर्माण गर्ने डा.धिताल अनि एप्रोक्सलाई गतिशिलता दिएर ठूलो पार्ने डा.ठाकूरनाथ पन्त अहिले हनुहुन्न। तर, एप्रोक्सलाई ‘थिंक ट्यांक' बनाउने परिकल्पना साकार तुल्याउन प्रयत्नशिल डा.रामप्रकाश यादवलाई अहिले यो संस्था सम्भि्कदा कस्तो लाग्ला? त्यस्तै एप्रोक्सको जन्मकालदेखि नै कार्य गर्नुभएका नेपाल राष्ट्र बैंकका पूर्व अध्यक्ष भरत कार्की, विश्व खाद्य संस्थानमा कार्यरत डा.रमेश शर्मा र डा.पुरुषोत्तम मुडवरीलगायत पछि एप्रोक्समा आएका अन्य मित्रहरूलाई एप्रोक्स सम्भि्कदा के-कस्तो लाग्ला? मलाई भने अहिलेको स्थानमा ल्याउन एप्रोक्स र माथि उल्लेखित तीन कार्यकारीणी निर्देशकहरुको महत्वपुर्ण भूमिकाप्रति सदैव कृतज्ञ हुने गरेको छु।