नेपालमा अधिनायकवादको सम्भावना
२७ माघ २०६९
•
१५ मिनेट पाठ
नेपालमा अधिनायकवादको सम्भावना
दुई वर्षअगाडि एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले नजानेर होस् वा आवेगमा भनेका थिए- नेपालमा कि बुद्धको आवश्यकता छ कि त जङ्गबहादुरको। हचुवामा भने पनि हाल आएर समयले उनको भनाईलाई सही सावित गर्न खोज्दैछ। नेपालको वर्तमान सामाजिक संरचना र परिवेश अधिनायकवादका लागि मलिलो बन्दै गएको छ। त्यो अधिनायकवाद कस्तो हुनेछ? के राजतन्त्र फर्कन्छ? अहिले नेपाली मस्तिष्क यही विषयमा सोचमग्न छ।
समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्छ- हामी कोही पनि सामाजिक संरचनाभन्दा बाहिर र स्वतन्त्र छैनौं। मानिसको हरेक क्रियाकलापलाई समाज, इतिहास र विश्व व्यवस्थाले प्रभाव पारिरहेको हुन्छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराई एउटा निमित्त कर्तामात्र हुन्। उनको असफलता फगत उनको मात्र असफलता होइन। हामी सबै त्यसमा सामेल छौँ किनकि हामी पनि यही समाजका सदस्य हौँ। कर्ता आफैँले चाहेर कुनै कुरा गर्न सक्दैन यद्यपि सानो अंशमा उसको छनौटले पनि काम गरिरहेको हुन्छ। समाजको संरचना र यसको बल चिन्न नसक्नु भट्टराई जस्तो अध्ययनशील मानिसलाई सुहाउने कुरा होइन। अर्कोतर्फ सामाजिक संरचना चिर्न नसकेपछि र आफ्नो कमजोरी थाहा पाइसकेपछि कुर्सीलाई च्याप्प समातेर बस्नु भट्टराईको बालहठ हो। यससँगै उनमा अधिनायकवादी वा तानाशाह हुने इच्छा पलाएको विपक्षीले आरोप लगाएका छन्। तर बाबुराम तानाशाह बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अहिलेको सामाजिक परिस्थितिले निर्धारण गर्छ। उनले चाहेर मात्रै केही हुँदैन। अहिलेसम्म बाबुराम नै तानाशाह बन्न सक्ने सामाजिक परिस्थिति नेपालमा बनिसकेको छैन।
समाज इतिहासको सिलसिला, एउटा पद्धति र समय शृङ्खलामा आबद्ध भएर अगाडि बढिरहेको हुन्छ। नेपालमा राणा शासनको अन्त्य, पञ्चायतको उदय तथा अन्त्य र प्रजातन्त्रको उदय तथा यसमा आएको सङ्कटलाई हामी इतिहासको शृङ्खलामा जोडेर हेर्न सक्छौँ। नेपाली इतिहास नै हत्या, हिंसा र अस्थिरताबाट अगाडि बढेको सहजै बुझ्न सकिन्छ। त्यो अस्थिरताले वर्तमानलाई पनि बेतोडले हल्लाइरहेको छ। सहमति गर्न त खोजिएको छ तर त्यसलाई सामाजिक संरचना, वर्गीय असन्तुलन, विश्व व्यवस्थाको उतारचढावले रोकिरहेको छ। भारत र चीनको विश्व व्यवस्थामा हस्तक्षेपकारी भूमिका, उनीहरू आफ्नै देशको आन्तरिक विकासमा केन्द्रित हुनु र उनीहरूबीचको नयाँ सम्बन्ध विस्तारले पनि हाम्रो राजनीतिक विकासलाई असर गरिरहेको छ। नेपालमा यसै हुनुपर्छ भन्ने कुरा विश्व समुदायले आंकलन गर्न सकेको छैन, जसले गर्दा यहाँ अस्थिरता बढिरहेको छ। यस अस्थिरता र सङ्क्रमणको निकास के हुन्छ? यसै भन्न सकिन्न। यस परिस्थितिमा अझै केही समयका लागि नेपाली राजनीतिको गाँठो फुक्नेभन्दा झन् कस्सिँदै जाने देखिन्छ।
के नेपालमा छोटै समयका लागि भए पनि अधिनायकवाद स्थापना होला? अधिनायकवाद स्थापनाबारे विद्वान्हरूले धेरै अध्ययन गरेर कारण पहिल्याउने प्रयास छन्। लिन्ज र स्टेपनका अनुसार वर्तमान शासनको क्षमता र प्रभावकारिता हराउनु, समाधान गर्न नसकिएका समस्या थुप्रँदै जानु, सम्पूर्ण शासनको वैधानिकता समाप्त हुँदै जानु तथा निष्ठाहीन र विश्वासघाती विपक्षीहरू बढ्दै जानुले लोकतन्त्रको जग नै समाप्त पारेर मुलुकलाई अधिनायकवादतर्फ धकेल्छ। त्यस्तै समूहबीचको आर्थिक असमानताले पनि अधिनायकवादका लागि मलजल गरिरहेको हुन्छ। नेपालमा लिन्ज र स्टेपनले भनेजस्तै कारण थुप्रँदै छन् जसले अन्ततः अधिनायकवाद आमन्त्रण गरिरहेका छन्। यहाँनेर हामी नेपालमा जङ्गबहादुर राणा जस्तो तानाशाह पैदा हुनुको कारणलाई पनि जोड्न सक्छौँ। जङ्गबहादुर पनि त्यसबेलाको सामाजिक, राजनीतिक र आर्थिक परिस्थितिसहित विदेशी समर्थनमा तानाशाह बन्न सकेका थिए। ओडोनेलले दक्षिण अमेरिकी देशहरूमा सन् १९७० देखि ८० को दशकसम्म स्थापित अधिनायकवादको अध्ययन गर्ने क्रममा औद्यागिक विकाससँग वैदेशिक ऋण बढ्दै जानु, आर्थिक सङ्कटसँगै मजदुर र अन्य पक्षहरू आन्दोलनमा होमिनु र आधुनिक उच्च शासक वर्ग तथा सैनिकबीचको गठबन्धनले अधिनायकवाद स्थापना हुन्छ। यहाँ उनले सैनिकसँगको गठबन्धनलाई प्रशस्त जोड दिएका छन्। अहिले नेपालको प्रमुख प्रश्न पनि सेनाले के गर्छ भन्ने नै हो। धन्न, नेपालमा अहिलेसम्म सेना राजनीतिमा उत्रिएको छैन वा उत्रन सक्ने सामाजिक संरचना विद्यमान छैन। सेनाले सबै परिस्थिति कुरा बुझेर नै चूप लागेर बसेको हुन सक्छ।
केही वर्षअगाडि ज्ञानेन्द्रले लोकतान्त्रिक संरचनाहरू भङ्ग गर्दै आफूलाई तानाशाह बनाउने प्रयास गरे। तर त्यतिबेला नेपालको सामाजिक संरचना र विश्वव्यवस्था तानाशाहीका लागि परिपक्व भइसकेको थिएन। सेनालाई माओवादी विद्रोहविरुद्ध नेपाली सेनालाई मजबुत बनाउन छिमेकी र विदेशी राष्ट्रहरूले प्रशस्त हतियार तथा अन्य सुविधा उपलब्ध गराउँदै थिए। तर त्यो प्रयास सफल भइरहेको थिएन। त्यतिबेला सेना मजबुत होला र परिस्थिति आफ्नो अनुकूल होला भन्ने ज्ञानेन्द्रको आंकलन थियो। अर्कोतर्फ नेपालको उत्पादन प्रणालीमा आएको परिवर्तन र आर्थिक प्रणालीले नवधनाढ्य र मध्यम वर्ग संख्यामा लगातार वृद्धि भइरहेको अवस्था विद्यमान थियो। कृषिमा आश्रित जनसङ्ख्या क्रमशः घटिरहेको थियो भने जमिनदारहरू कमजोर बनिरहेका थिए। जमिनदारहरू कमजोर हुनु अधिनायकवादका लागि प्रतिकूल र लोकतन्त्रका लागि अनुकूल अवस्था बन्नु हो। ज्ञानेन्द्रले सेनाको बलमा अधिनायकवादी बन्न खोजेलगत्तै माओवादी र सात दलबीच बाह्रबुँदे सहमति भयो। भारतले मध्यस्थता गरे पनि दुई विपरित ध्रुवबीच सहमति हुनुमा नेपालको सामाजिक संरचना पनि जिम्मेवार देखिन्छ।
सात दलमा मध्यम वर्ग तथा नवधनाढ्य हुनु र तिनीहरूले तानाशाही शासन व्यवस्थामा आफ्नो हित नदेख्नु स्वाभाविक नै ठहरिन्छ। पँुजीवादको विकास हुँदै गर्दा आफ्नो आम्दानी र लगानीमा कुनै अवरोध नआओस् भन्ने उनीहरूको ध्याउन्न हुन्छ। सात दलबाहेकका उद्योगपति र उच्च वर्गले पनि यसै कारण ज्ञानेन्द्रलाई सहयोग गर्न सकेनन्। अर्कोतर्फ सेनाको मनोबल पनि त्यति उच्च थिएन र विदेशी राष्ट्रहरूको दबाब पनि ठूलो थियोे। अहिले पनि ज्ञानेन्द्रले राजतन्त्र ढल्नुमा भारत र अमेरिकालाई दोषी ठहर्यााउँदै आएका छन्। यस कारण ज्ञानेन्द्रले तानाशाह बन्ने चाहना राख्नु र त्यो चाहना असफल बन्नुमा नेपालको तत्कालीन सामाजिक संरचना र विश्व व्यवस्थाको हात रहेको छ। यसलाई नकार्नु भनेको यथार्थ नकार्नु हो। अबको परिस्थिति, यहाँको आर्थिक र सामाजिक संरचना, दुई छिमेकी राष्ट्रको आर्थिक विकास, राजनीतिक पार्टी र जनताको चेतनास्तरले फेरि राजतन्त्र स्थापित हुने सम्भावना छैन।
भयो नै भने नेपालमा कस्तो अधिनायकवाद स्थापित होला त? के त्यो सैनिक अधिनायकवाद होला वा अन्य केही? लिन्ज र स्टेपनले विभिन्न किसिमको तानाशाहको बारेमा चर्चा गरेका छन्ः नोकरतन्त्री अधिनायकवाद, सैनिक अधिनायकवाद, व्यक्तित्वशाली अधिनायकवाद वा कम्युनिष्ट अधिनायकवाद। यहाँ नेपालको सन्दर्भ र परिवेश जुनसँग मिल्छ त्यही किसिमको अधिनायकवाद कायम हुन सक्छ। नेपालमा सैनिक, व्यक्तित्वशाली वा कम्युनिष्ट अधिनायकवाद हालको सामाजिक परिवेशमा सम्भव देखिन्न। वामपन्थीको बहुमतको अवस्था भए पनि उनीहरू आफैँ विभाजित छन् र जनवादी क्रान्तिका लागि समय परिपक्व भइनसकेको बताउँदै आएका छन्। माथि नै विश्लेषण गरिसकिएको छ कि नेपालको सेना सत्ता हातमा लिने अवस्थामा छैन। त्यस्तै नेपालियन वा हिटलरजस्तो व्यक्तित्व पैदा हुने अवस्था पनि छैन, जसलाई सबैको समर्थन प्राप्त होस्। बरु, नेपालमा नोकरशाही अधिनायकवादको सम्भावना देखिन्छ, जसलाई विदेशी र कर्मचारीतन्त्र तथा सेनाको पनि समर्थन प्राप्त हुन सक्छ। त्यस्तो नोकरशाही तानाशाह विदेशीप्रति वफादार रहन्छ र त्यो त्यतिबेलासम्म कायम रहन्छ, जतिबेलासम्म उसले विदेशीको आवश्यकता पूरा गर्छ। धेरै टाढा जानुपर्दैन। पाकिस्तानको सैनिक तानाशाह परवेज मुसरफलाई पश्चिमी देशहरूले छोटो समयका लागि प्रयोग गरेर चाँडै नै मिल्काइदिए।
अर्कोतर्फ केहीले राष्ट्रपति रामवरण यादवलाई तानाशाही कदम चाल्दै प्रधानमन्त्री बाबुराम भट्टराईलाई बर्खास्त गर्न उक्साइरहेका छन्। त्यस्तो कदम कति आत्मघाती हुन्छ भनेर राष्ट्रपति यादव अहिले विचार गरिरहेका छन् र त्यो परिस्थिति कुरिरहेका छन्। भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री भट्टराईको पक्षमा बोल्नु र सहमतिका लागि म्याद थप्ने कार्य बन्द गर्नुले विपक्षीहरूलाई शंकित बनाए पनि राष्ट्रपति यादवमाथि समयले नयाँ कदम चाल्न चर्को दबाब दिइरहेको छ। छिमेकी र शक्तिशाली राष्ट्रहरू तथा सेना र नेपालका नवधनाढ्य वर्गको समर्थन प्राप्त गरेमा राष्ट्रपति यादव नै केही समयका लागि भए पनि तानाशाह बन्न सक्छन् वा उनले कुनै स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री घोषणा गर्न सक्छन्। दुवै कदम संविधानसम्मत भने हुने छैन। यसरी हेर्दा नेपालमा अधिनायकवादको अपरिहार्य सामाजिक परिस्थिति निर्माण त भएको छ तर को तानाशाह बन्छ भन्ने कुरा अनुत्तरित छ। त्यस्तै तानाशाही शासनले पनि अहिलेको अस्थिरतालाई निकास दिन सक्ने सम्भावना देखिँदैन। आन्दोलन पनि किन र कसको विरुद्धमा गर्ने भन्ने कुरा अनिश्चित देखिन्छ। विपक्षी दलहरूले सुरु गरेको आन्दोलन पनि धेरै अगाडि पुग्ला जस्तो देखिन्न। उनीहरूको आन्दोलनलाई जनताले किन समर्थन गर्ने भन्नेबारेमा विपक्षी स्वयम्ले प्रष्ट पार्न सकिरहेका छैनन्।
अबको विकल्प भनेको जसरी पनि दलीय सहमति नै हो र त्यो बाबुराम भट्टराईको सरकारबाट संविधान सभाको नयाँ निर्वाचन गराउने पनि हुन सक्छ अथवा पुरानो संविधान सभा ब्यँुझाएर संविधान निर्माणको बाँकी कार्य सम्पन्न गर्नु पनि हुन सक्छ। अन्यथा, नेपालमा जतिखेर जे पनि हुन सक्ने गम्भीरखालको सामाजिक संरचना, ऐतिहासिकता र विश्व व्यवस्थाको दबाब पर्न गएको छ। त्यसलाई कसैले टार्न सक्दैन।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।


अर्को समाचार
अधिनायकवादको सम्भावना
०६ असार २०७६
•
१३ मिनेट पाठ
अधिनायकवादको सम्भावना
केही वर्षअघि काशीको शंकराचार्य मठमा प्रकाण्ड विद्वान् सुब्रमन्यम्सँग भेट हुने संयोग मिल्यो। मैले सोधेँ, ‘जीवनमा पढ्नैपर्ने केही पुस्तकका नाम बताइदिनु भए, पढ्ने प्रयास गर्ने थिएँ।’ गुरुले भने, ‘जीवनजगत् बुझ्न आत्मा पढे पुग्छ। तर पहिले आत्मा र जगत्को सम्बन्ध बुझ्नुुपर्छ।’ ‘डायरीमा टिप्नू’ भन्ने आदेशात्मक सुझाव दिँदै उनले भने, ‘चार वेद, वेदान्त, तर्कशास्त्रका पुस्तक, पुराणहरू, उपनिषद् आदि पढ्नैपर्छ।’




ज्ञानलाई भन्दा विज्ञान–प्रविधिलाई महत्व दिने आजको युगमा पनि कुनै न कुनै रूपमा देवासुर–संग्राम चलिरहेकै छ, नेपालमा। ज्ञानपक्ष निर्बल देखिएको छ। यसमा असुरहरूले ‘दिग्विजय’ गरिरहेको जस्तो अवस्था छ। यसको कारण हो– बौद्धिक, प्राज्ञिक र ज्ञानीजनहरू मनोवैज्ञानिक रूपमा एक्लिएको र ध्रुवीकृत भएको अवस्थामा छन्। उनीहरू प्रलोभनमुक्त र निर्भीक हुन सकिरहेका छैनन्। देवासुरहरूका हतियार बनेका छन्, बुद्धिजीवीहरू। त्यसैले यहाँको प्रज्ञाक्षेत्र ‘अवाञ्छित’ जस्तो बन्दै गएको छ।

गीता (श्रीमद्भगवत गीता) ग्रन्थमा भगवान् श्रीकृष्णले भनेका छन्– ‘दैत्यहरूमा म भक्त प्रल्हाद हुँ। दमनकारीहरूमा म समय हुँ। पशुहरूमा मृगेन्द्र (सिंह) हुँ। पक्षीहरूमा गरुड हुँ (अध्याय १०, श्लोक ३०)।’ दैत्यकुलमा जन्मे पनि प्रल्हाद देवतुल्य मानिन्छन्। असल चरित्र भएमा दैत्य पनि स्तुत्य हुँदोरहेछ। कतिपय मानिस कहिल्यै सुधिँ्रदैनन्। निर्दोष मानिसहरूको टाउको गिँड्दै हिड्नेहरू आज मैलिक हक, प्रेस स्वतन्त्रता, मानव अधिकार, न्याय, सत्य र धर्म–संस्कृतिकै शिरोच्छेदन गरिरहेका छन्। यसो गर्दा इतिहासले के भन्छ भन्ने हेक्कासमेत राखेको देखिँदैन। ज्ञानीजनहरू यसलाई असुरहरूको दिग्विजय भनेर ठट्टा गर्छन्। सोक्रेटसले भनेझैँ ‘जब सत्य मूकदर्शक बन्छ, तब असत्यको शासन चल्छ।’ हामी त्यो असत्यलाई ‘राजनीति’ भनिरहेका छौँ र सहर्ष स्वीकार गरिरहेका छौँ।

नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यका स्रोतसाधन र मोजमज्जामात्र लोकतन्त्र भनिरहेको छ।

अमेरिकाका प्रसिद्ध पत्रकार जर्ज नाथानले व्यंग्य गर्दै लेखेका छन्– ‘जनताले मतदान नगरे पनि जित्ने भनेकै खराब नेताहरूले हो।’ सन् १९४७ मा स्वतन्त्र भएको भारतमा सन् १९५७ को चुनावमा ‘बुथ क्याप्चर’ गरेर केही गुन्डाहरूले संसदीय चुनाव जिते। विहारको ‘बेगुसराय’ भन्ने ठाउँ पत्रपत्रिकामा चर्चाको विषय बन्यो। सहरमा कफ्र्यु लागेको खबर गाउँसम्म पैmलिँदा ‘कफ्र्यु’ भनेको नाटक वा सर्कस होला भन्ठानेर जमिनदारहरू पनि बयलगाडामा सहर पुग्थे, ऊबेला। बूढापाकाहरू सुुनाउँछन्– ‘भारतमा प्रजातन्त्रको हुर्मत लिने काम उत्तरप्रदेश, विहार तथा बंगालमा भयो। दुर्भाग्य नै भन्नुपर्छ– ती नेपालका सीमान्त क्षेत्रमा पर्छन्। हामीले लन्डनको डेमोक्रेसी सिकेनौँ, लठैतको मात्र सिक्यौँ। परिणाम देखिरहेका छौँ।’

चुनाव प्रणालीमा सुधार ल्याउन भारतमा सन् १९७०, १९९० र १९९३ मा समिति बनाएर सुझाव मागियो। ‘१२ वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै’ भनेझैँ भारतको प्रजातन्त्रमा गुणात्मक सुधार आएन। भ्रष्टाचारको जरो राजनीतिमै छ भनेर धेरैले गुनासो गर्दै सुझाव दिए, तर मुसा नपाउन्जेल मात्र बिरालो शाकाहारी हुँदोरहेछ। ‘प्रजातन्त्रका लागि जेल बसेका’ र सदाचारको खरानी धसेका नेता सत्तामा पुगेपछि नेपालमा पनि बदनाम भएका छन्। पदमा नहुँदा जो ‘देव’ थिए, सिंहदरबारमा पसेपछि ‘असुर’ बन्ने गरेका छन्। साहित्यकार भीमनिधि तिवारीले त्यतिकै भन्या होइनन्, ‘मामा, यहाँको माटै यस्तो छ।’ सायद होला पनि।

‘डेमोक्रेसी इन अफ्रिकाः प्रब्लेम्स एन्ड सोलुसन’ शीर्षकको आलेखमा महमद खावास लेख्छन्– ‘सन् १९९० मा नेल्सन मन्डेला २७ वर्षे कारावासबाट मुक्त भए तर दक्षिण अफ्रिकाको प्रजातन्त्र विकृतिमुक्त हुन सकेन। आर्थिक अव्यवस्था, सामाजिक क्षय, राष्ट्रिय संस्थाहरूको पतन, वैदेशिक हस्तक्षेप, आर्थिक विषमता, सामाजिक न्यायको अभाव, भ्रष्टाचारजस्ता रोग बेनिन, केन्या र मलावीसम्म उस्तै छन्।’ नाइजेरियामा व्याप्त बेरोजगारी, जातीय हिंसा, दरिद्रता, आर्थिक मन्दी र भ्रष्टाचार त्यहाँ मात्र सीमित छैन, अफ्रिका महादेशमा डडेलोझैँ सल्किएको छ। यसरी हेर्दा धेरै देशमा प्रजातन्त्र अस्थिर देखिँदै छ।

असुरहरूको शासनमा सुरक्षा, सुशासन, सभ्यता, संस्कृति, सहमति, शिष्टाचार, सदाचार, सदाशय, सद्विचार, सहनशीलता, सद्गुण र सत्य सदैव बबुरो देखिन्छ। विदेशीले पर्दा पछाडि बसेर त्यहाँ झड्केलोतन्त्र चलाइरहन्छन्। ल्याटिन अमेरिका र अफ्रिकी राष्ट्रबाट आ–आफ्ना भण्डा बोकेर पश्चिमाहरू स्वदेश फर्किए तर साम्राज्यवादको पुनरुत्थान भयो, इसाइतन्त्रमार्फत। त्यो प्रजातन्त्र होइन। ‘होलीवाइन’ वा ‘ओलीवाइन’ पनि त्यस्तै हो। कुनै न कुनै भेषमा हरेक देशमा सक्रिय छ, साम्राज्यवाद। २०६२÷६३ सालको आन्दोलन नेपाली जनतालाई जिताउने होइन, बिताउने उद्देश्यद्वारा प्रेरित थियो। जानेर वा नजानेर त्यसमा धेरै नेपालीलाई ‘इस्तेमाल’ गरियो। पुरुषले प्रयोग गर्ने अस्थायी साधनझैँ उनीहरू आज कतै मिल्काइएका छन्। विदेशीले भनेका कुरामात्र मान्नेहरूलाई ‘कामतीय’ बनाएर असुरतन्त्र चलाइएको छ।

ब्रेकफास्टमा मान्छेका मासु खाने युगान्डाका शासक इदी अमिन पनि ‘जनताका नेता’ भन्थे, आफूलाई। पोलपोट, स्टालिन, लेनिन, मुसोलिनी र मार्कोस सबैले जनताकै आदेशमा काम गरेको दाबी गरे। जुलियो–क्लाउडिस वंशका अन्तिम रोमन सम्म्राट निरो ‘जननायक’ भन्थे, आफूलाई। ‘जन’ शब्द देउडा गीतको ‘झ्याम्मझ्याम्म’जस्तो भयो। तर अर्थ न बर्थका शब्द जोडेर ‘झ्याम्मझ्याम्म’ भन्दै त्यसलाई देउडाको जामा पहि¥याउनेहरूसँग नन्दकृष्ण जोशीहरू खुसी छैनन्। लोकतन्त्रका नाममा ‘जनभावना’ शब्द जोडेर प्रवञ्चकहरूले प्रजातन्त्रको अपमान गरिरहेका छन्। प्रजातन्त्र बुझेका मानिसले कुनै पनि अधिनायकवाद स्वीकार्दैनन्। त्यसैले राष्ट्र कमजोर बनाउने कुनै पनि व्यक्ति र शक्तिसँग युवापुस्ताले सम्झौता गर्दैन।

‘प्रजातन्त्र संकटमा छ’ (डेमोक्रेसी इन पेरिल) शीर्षकमा सयौँ पुस्तक तथा हजारौँ आलेख, छलफल र टिप्पणी सार्वजनिक भएका छन्। जनअधिकार रक्षा गर्ने वाचा गरेर धेरै व्यक्ति तानाशाह बनेका छन्। लुई सोह्रौँ काटिएपछिको फ्रान्स, सम्राट पु यीको राजकाज मासिएपछिको चीन, निकोलसको अन्त्यपछिको रसिया, हुआ कार्लोसलाई अपदस्थ गरिएपछिको स्पेन, राजा वीरेन्द्रको हत्यापछि संक्रमण युगमा प्रवेश गरेको नेपाल, पोलपोटकालीन कम्बोडिया, इरानको धार्मिक अधिनायकवाद, बर्माको सैनिक अधिनायकवाद र धेरै देशमा बहुमतको निरंकुशतालाई ‘डेमोक्रेसी’ भनिदिनुपर्ने बाध्यताले प्रजातन्त्रलाई बहसको विषय बनाइरह्यो। नेपालमा पनि २०६२÷०६३ पछि त्यस्तै अवस्था देखिन थालेको छ। अहिले चलिरहेको पद्धति प्रजातन्त्र हो अथवा बहुमतको निरंकुशता भन्ने बहस चलाएर केही बुद्धिजीवीहरूले खुला चुनौती दिइरहेका छन्।

क्युवा, उत्तर कोरिया, लाओस र भियतनाम पनि गणतन्त्रमै छन् तर ती देशमा प्रजातन्त्र छैन। गणतन्त्रबेगर शान्त, समृद्ध, सभ्य र अग्रणी मानिएका कतिपय राष्ट्रमा प्रजातन्त्र बलियो छ। राष्ट्रियता सुदृढ भयो भने प्रजातन्त्र स्वतः सम्मानित हुँदोरहेछ।

विद्वान्हरूले लेखेका छन्– ‘तेरो–मेरो भनेर प्रजातन्त्र चल्दैन। राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र सबैको हुनुपर्छ। सबैले अनुभूत गर्न पाउनुपर्छ। जनताले हरेक सरकारलाई आफ्नै ठान्न सक्नुपर्छ।’ यस्तै अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टले भनेका छन्– ‘प्रजातन्त्रका मुख्य शासक जनता नै हुन्, राष्ट्रपति, मन्त्री र सांसद होइनन्। जनभावनाको सम्मान गरिएन भने त्यो प्रजातन्त्र हुँदैन।’

नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यको स्रोतसाधन र मोजमज्जा मात्र लोकतन्त्र भनिरहेको छ। जनता उपेक्षित बन्दै गएका छन्। किसान, मजदुर, श्रमजीवी, निम्नमध्यम वर्ग कसैलाई चिन्दैन, राज्यसत्ता। जबसम्म यस्तो घातक चिन्तनलाई हामी प्रजातन्त्र भनिरहन्छौँ तबसम्म जनता प्रतिपक्षीजस्तो भएर असन्तुष्टि व्यक्त गरिरहने अवस्था रहन्छ। त्यसले गर्दा सरकार अरू कठोर हुने सम्भावना बढ्छ र अधिनायकवाद प्रबल भइरहन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस