एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हेटौडा महाधिवेशनमार्फत् 'प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने' विकल्प अघि सारेका छन्। मुलुकमा गहिरिँदै गएको राजनीतिक समस्या समाधानका लागि धेरैको ध्यान प्रस्तावतर्फ आकृष्ट भए पनि दाहालको प्रस्तावले कुनै नयाँ तरंग ल्याउन भने सकेन। उनले विगतमा अनौपचारिकरूपमा प्रस्तुत गरेको प्रस्तावलाई औपचारिकता दिएकै कारण पनि यो प्रस्तावले समस्या समाधानतर्फ आशा जगाउन सकेको छैन। त्यसमाथि प्रतिपक्षी दलहरूले मात्रै होइन, सत्तारूढ गठबन्धनकै मधेसी मोर्चाले समेत प्रस्तावमाथि असहमति जनाएकाले पनि यसमा सहमति जुटन गाह्रो छ।
लामो संक्रमणकालीन समयले मुलुकमा दिन/प्रतिदिन नयाँ-नयाँखाले समस्या र चुनौती थपिँदै गएका छन्। विभिन्न राजनीतिक तथा सामाजिक समूहहरूको आकांक्षा र अपेक्षाहरू चुलिँदै गएका छन्। पहिचानको नाममा सुरू भएको जातीय-क्षेत्रीय राजनीतिले मुलुकमा अवसर र चुनौतीलाई एकैसाथ ल्याइदिएको छ। सीमान्तकृत समुदायको हकहितका साथै विभिन्न प्रगतिशील एजेण्डाहरू केन्द्रीय राजनीतिको बहसको विषय बन्नु आफँैमा अवसर हो भने यी एजेण्डालाई संस्थागत गर्दै सबैलाई एकताबद्ध गराउनु अहिलेको चुनौती हो। यो अवसर र चुनौतीलाई गैरदलीय क्षेत्रबाट गठन गरिने प्राविधिक सरकारले पार लगाउन कठिन छ।
अझ त्यसमाथि चुनावमा प्रतिस्पर्धा गर्ने दलबीच राजनीतिक तानातानी चलिरहेका बेला त्यस्तो सरकार गठनमा सहमति भए नै पनि सरकारले जिम्मेवारी पार लगाउन असम्भव छ। यसअघि शान्तिपूर्ण जनआन्दोलनबाट बनेको शक्तिशाली सरकारले बीचमा आइपरेका व्यवधानका कारण संविधान सभाको चुनाव दुईपटक सारेको दृष्टान्तलाई दलहरूले कदापि भुल्नुहुँदैन। त्यसैले पनि अहिलेको स्थितिमा समस्याको समाधान भनेको दलबीचको आपसी सहमति र सहमतीय सरकार नै हो।
शान्ति प्रक्रियामार्फत् प्रतिस्पर्धात्मक खुला राजनीतिमा आएको ६ वर्षपछि पार्टी महाधिवेशन गरी आफूलाई लोकतान्त्रिक रूपान्तरणको बाटोमा अग्रसर गराएको माओवादीले दलीय सहमति र प्रतिस्पर्धालाई नै जोड दिनुपर्ने हो। गैरदलीय बाटोबाट समस्या समाधान गर्ने प्रयास गरेमा फेरि पनि अन्य दलले माओवादीप्रति शंकाको दृष्टिले नै हेर्ने छन्। यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले एकीकृत माओवादीले अन्य दललाई पनि मान्य हुने प्रस्ताव ल्याउन सक्नुपर्छ। त्यसमाथि अध्यक्षमा निर्वाचित भएपछि दाहालले 'आफनो बर्कतले भ्याएसम्म देश र जनताको पक्षमा प्रतिबद्ध हुने' अभिव्यक्ति दिएका छन्, जसलाई व्यवहारमै पुष्टि गनुपर्ने बेला आएको छ। त्यसका लागि उनले राजनीतिक दलबीचको छलफल र सहमतिबाटै समस्या समाधानको बाटो पहिल्याउने अवसर पनि हो यो।
अहिलेको अवस्थामा दलीय सहमतिसहितको राष्ट्रिय सरकारले निर्वाचन गर्नु नै उत्तम विकल्प हो। त्यसैले पनि सत्तापक्ष र विपक्षले को सरकारमा बस्ने/पुग्नेभन्दा पनि कसरी स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरूरी छ। दलीय सहमतिसहितको राजनीतिक सरकारले मात्रै स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सक्छ। त्यतिमात्र होइन, अहिले मुलुकमा देखिएको चौतर्फी चुनौतीको सामना गर्न पनि राजनीतिक दलबीचको राष्ट्रिय सहमतिको सरकार आवश्यक छ। त्यस्तो सरकारले मात्रै समाजमा उठिरहेका राजनीतिक र सामाजिक मुद्दालाई सम्बोधन गर्न सक्नेछ। यस्तो अवस्थामा एकीकृत माओवादीले सहमतिको नयाँ प्रस्ताव ल्याउन जरूरी छ।