एक अँगालो फर्सीका मुन्टा बोकेर पसिना चुहाउँदै उकालो चढिरहेकी थिइन् उनी। प्रोफेसर यदुनाथ खनालको जन्मभूमि पोखरीगैराबाट मानुङकोट पुग्न कस्सिएर हिँड्दा पनि उनलाई आधा घण्टा लाग्यो। 'तपाईँ पनि कौरा नाच्ने हो ?' कसैले सोध्यो। लाजको लालीले रगत चुहेलाजस्ता गाला पार्दै रमाले प्रतिप्रश्न गरिन्, 'तपाईँहरू वीरु सरसाग आउनुभएको ?' वीरु थापामगर मानुङकोटे मगरका अगुवा रहेछन्। रमालाई देखेपछि मानुङकोट प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापाका आँखा साम्य भए। बल्ल खाना बनाउन सहयोग गर्ने एउटी थपिइन्।
गण्डकी साहित्य सदनको पछि लागेर हुलका हुल मानिसहरू दमौलीबाट दक्षिण पहाड उक्लिरहेका थिए। सदनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सागर उदास राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई छिटो हिँडाउने मेलोमेसो गरिरहेका थिए। माथि कविता र कौराको व्यवस्थापन पनि उनैले गर्नु थियो। माइलालाई भने सम्मान र फूलमाला थामिनसक्नु थियो। चापाघाट, अलैँचे, धारादी, पोखरीगैरा, कोलडाँडामा स्वागत गर्ने स्थानीय बासिन्दाको भीड थियो। मानुङकोटबासीले अन्तिम सत्कार गर्नु थियो। खाना र खाजा खुवाउनु थियो। विचरा मानुङकोट पानीको दुःखी छ। अलिअलि त जोहो गरिएको आकाशे पानी थियो। एक गाग्री पानी लिन डेढ घण्टा उकालीओराली गर्नुपर्छ। तैपनि उनीहरूले ड्रमका ड्रम पानी भरेका थिए। मानुङकोट ब्यास नगरपालिकाकै वडा नं ७ मा पर्छ। नगरपालिकाको यो चुचुरोमा न कतै सहर छ, न सहरी सुविधा। तर नगरबासीले तिनुपर्ने सबै कर उनीहरूले तिर्नुपर्छ।
बतासमा हल्लिरहेको रातो गुलाबको लहरजस्तो मानिसको भीड निरन्तर माथि उक्लिरहेको थियो। सोझै उत्तरपूर्व भत्भती पोल्ने कंक्रिटको बतासे सहर दमौली अजीर्ण काया भएको मान्छेजस्तै सुस्ताइरहेको थियो। मध्याह्न बाह्र बजे हेर्दाहर्दै भुमरीमा उडेको चंगाजस्तै कुहिरोको एक लहर निरन्तर अकासिन थाल्यो। 'हिउँदमा दमौली सहरमाथि कपासको तन्ना ओच्छ्याएजस्तै देखिन्छ,' झुलबहादुर हेडसरले भने।
पोखराबाट एक हुल तरुनी-तन्नेरी मुक्तककार पछि लगाएर दमौली आइपुगेका सरुभक्तले मानुङकोट उक्लने आँट गरेनन्। माथि मानुङकोटमा मुक्तककार किशोर-किशोरीले मुक्तक दोहोरीको मादी-सेती नै बगाए। मादी-सेतीको लेदो त्यसै के रोकिन्थ्यो ! त्यसो त यो पश्चिमाञ्चल साहित्य सम्मेलन थियो जहाँ काठमाडौँ, हेटौँडा, नारायणगढ, गैँडाकोट, बुटवलका स्रष्टासमेत ओइरिएका थिए। नवयुवाको प्रेमजस्तै स्रष्टाका लागि सिर्जना अनुपम हुन्छ। नत्र, सारा काम लथालिंग पारेर काठमाडौँबाट रमेश पौडेल, हरिहर तिमिल्सिना, संगीत श्रोता, भावेश भुमरीहरू दमौलीको ३६ डिग्री तापक्रम खप्न पुग्दैनथे। मादीको मुहानदेखि सञ्जीव पौडेल, अल्पज्ञानी, पर्वतबाट शान्तिनारायण श्रेष्ठ, भैरहवाबाट घनश्याम परिश्रमी, गजुरीबाट दीपेन्द्रसिंह थापा, हेटौँडाबाट निमेष निखिल, भरतपुरबाट भूपिन व्याकुल, प्रसन्न घिमिरे, रमेश प्रभात, पोखराबाट रुपिन्द्र प्रभावी कटु, युवराज जुनुन, लक्ष्मी पौडेलहरू किन आउँथे ?
तिनले भोलिपल्ट दमौलीको साहित्य सम्मेलनमा पनि उत्साहपूर्वक भाग लिनु थियो।
हामीकहाँ साहित्यिक पत्रिकाको पहुँच राम्रो छैन। ठूला अखबारले साहित्यलाई ठाउँ दिँदैनन्। ठाउँ दिने अखबारका सम्पादकमा न्यायचेत छैन। ती 'हाम्रा जति राम्रा' मानसिकताका छन्। सन् २००३ को दशैँ साहित्य विशेषांकमा इन्डिया टुडेले नयाँ पुस्ताको यस्तो खोजी गर्यो जसमा छापिएका स्रष्टा आज भारतीय साहित्यको सम्मानित स्थानमा छन्। भारतीय साहित्यिक मासिक हंसका सम्पादक राजेन्द्र यादवले उदय प्रकाशलाई कथा लेखाउन तीन दिन कोठामा थुनाएका थिए जसका कारण 'पिली छतरीवाली लड्की' लेखियो। यसको अंग्रेजी अनुवादले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पायो। यादवकै प्रेमपूर्ण दबाबमा उदयले बहुचर्चित कथा 'मोहनदास' लेखेका थिए। सौन्दर्यबोध होइन, उपयोगितावादलाई सभ्यताको स्रोत ठान्नेहरूबाट यादवजस्ता सम्पादक खोज्नु मुर्खता हो।
त्यसको विकल्प खोज्न स्रष्टाहरू सबै अप्ठ्यारा पन्छाएर पनि यस्ता भेलामा जम्मा हुन्छन्। पश्चिमाञ्चल साहित्य सम्मेलनमा व्यापक सहभागिताको कारण यही थियो।
मानुङकोटमा मगर युवायुवती कौरा नाचिरहेका थिए। पाहुनालाई सक्दो सत्कार गरिरहेका थिए। नगरवासी भएर तिनले नगरको सुविधा खोजेका छन्। बारीमा फल्ने फर्सी र इस्कुसका मुन्टा अनि दूधिला मकै उचित मूल्यमा दमौलीमा बेच्न चाहेका छन्। तर मोटरबाटो छैन। हिँड्दा ओहोरदोहोरमै दिन बित्छ। स्रष्टा र पत्रकारले बाटो बनाइदिने होइनन् तथापि उनीहरू तिनका दुःख कम गर्ने माध्यम बन्नसक्छन् भन्ने आशा तिनका निर्दोष आँखामा झल्किरहेको थियो। chanky.shrestha@gmail.com