अब पराजयबाट सिकौँ
अन्ततः आठ वर्षदेखिको नेपाली युवा क्रिकेट यू १९ टिमको विजय यात्रा बुधबार कुवेतमा रोकिएको छ । सन् २००२ पछि पहिलो पटक नेपाली युवा टिम अब उपाधि भिडन्तमा हुने छैन । यसअघि नेपाली टिमले युवा विश्वकप क्रिकेटमा पटकपटक मुलुकको झण्डालाई अन्तर्राष्ट्रिय मैदानमा फहराई सकेको छ । कहिले प्लेट च्याम्पियनसिप जितेर त कहिले टेष्ट स्तर प्राप्त राष्ट्रको टिमलाई अपत्यारिलो पाराले पराजित गर्दै ।
बुधबार यू १९ एलाइट कप क्रिकेटको सेमिफाइनलमा नेपाली टिम अफगानिस्तानबाट ६ विकेटले पराजित भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाले नियमित सफलता आर्जित गर्दै आएको यो खेल मन पराउनेलाई नमीठो लाग्नु स्वाभाविक हो ।
हामीले खेलमा हुने हार जितका लागि अवसरका रुपमा लिन सक्नुपर्छ । हङकङ र अफगानिस्तानको टिमले निसन्देह हामीभन्दा राम्रो खेले र हामी जितको स्वाद चाख्नबाट विाचत भयौँ । तर यसको अर्थ हारलाई पचाएर चुप लागेर बस्नुपर्छ भन्ने होइन ।
भनिन्छ असफलताबाट कमजोरी पहिचान गरी त्यसबाट सिकेर अगाडि बढ्नेलाई सफलताले पर्खी रहेको हुन्छ । अझ सफलताको खुसीमा रुमल्लिनुको साटो कमजोरी केलाउँदै जान सके असफलताले भेटाउनै सक्दैन ।
नेपाली क्रिकेटमा सफलतापछि कमजोरी नकेलाउने कमजोरी देखिँदै आएको थियो । एकपछि अर्को सफलतामा हामी कतित ढुक्क भयौँ भने कमजोरी तर्फ ध्यान दिएनौ । यो सत्य हो । किनभने नेपाली टोलीको पुरानो रोगका रुपमा व्याटिङ कमजोरी रहदै आएको छ र यसपटक पनि यही रोगबाट हामी प्रभावित भएका छौँ ।
वास्तवमा एसियाभित्र उमेर समूहमा हामी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै बलिया देखिँदै आएकाले नै हामी ढुक्क हुदै गएका थियौ ।
प्रतियोगिता पूर्वको हाम्रो तयारीकेा परम्परा एउटै थियो । मलेसिया क्यानाडा सारजाहा न्यूजिल्यान्ड श्रीलंका पाकिस्तानजस्ता राष्ट्रमा हुँदै आएका प्रतियोगिताका लागि हाम्रो तयारी भने उपत्यकामै हुने गरेको छ । के मलेसिया न्यूजिल्यान्ड श्रीलंका पाकिस्तान र कुवेतको मौसम तथा वातावरण एउटै छ । त्यहाँका पिचको स्वभावमा भिन्नता छैन
सन्तुलित मौसम भएको स्थानमा हुने प्रतियोगिताका लागि उपत्यका तयारीको राम्रो स्थल हुनसक्छ । तर धेरै चिसो वा गर्मी ठाउँका लागि यहाँ गरिने तयारीबाट खेलाडीले पूर्ण फाइदा पाउन सक्छन् त मौसम अनुसार पिचको व्यवहारमा पनि फरक आउँछ । हाम्रा खेलाडीले पर्याप्त रुपमा फरक पिचमा अभ्यास गर्ने अवसर पाएका छैनन् ।
हाम्रा खेलाडीमा प्रतिभाको कमी छैन । वरु उनीहरुमा निहित प्रतिभालाई हामीले परिष्कृत गर्न सकेका छैनौँ । जे जस्तो किसिमकेा सुविधा आफ्ना खेलाडीलाई अरु मुलुकले दिन्छन् त्यसमा हामी पछि परेको पक्कै हो । यसले गर्दा हामी एउटै स्थानमा रोकिर्योँ । अरु साधनस्रोत प्रयोग गर्दै अगाडि बढे । निश्चय पनि हङकङमा जस्तो साधन र स्रोत हामीले आफ्ना खेलाडीलाई उपलब्ध गराउन सकेका छैनौँ । हङकङ, सिँगापुर मलेसियाले भारत पाकिस्तान र श्रीलंका जस्ता क्रिकेटमा धेरै अगाडि बढी सकेका मुलुकबाट कुनै न कुनै रुपमा फाइदा उठाउँदै आएका छन् ।
अफगानिस्तानका लागि पनि क्रिकेट नयाँ खेल होइन । तालिवानी शासनकालमा मात्र त्यस मुलुकमा खेल गतिविधि रोकिएको थियो । त्यसअघि उनीहरु सिमावर्ती पाकिस्तानी सहरमा हुने राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा सहभागी हुने गरेका थिए ।
नेपालमा उपलब्ध साधन र स्रोतले क्रिकेट जीवित त रहन सक्छ तर अपेक्षाअनुसार अगाडि बढ्न सत्तैुन । यसैले विगतमा प्राप्त सफलतासँगै हामीले आफूमा सुधार गर्न के कस्ता कार्यक्रमहरु ल्यायौँ भन्ने वारेमा विवेचना जरुरी छ ।
क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन नेपाल क्रिकेट संघ क्यान देशभित्र गतिवान् हुनुपर्छ । हाम्रा खेलाडीमा निहित प्रतिभाले एउटा उचाइ भेटाई सकेको छ । यसभन्दा माथि उक्लन अब सरकारको सहयोगमा क्यान पनि अगाडि बढ्नुको विकल्प छैन ।