दिन कालो बादलले धुम्मिएको छ। चिसो मौसममा एक दर्जन बच्चाको समूह कोठामा बसेर पुतलीको खेल खेल्दैछन्। उनीहरुको वरिपरि विभिन्न रंगका कपडाका झुम्रा, रंगीन पेन्सिल, तरल रंग र स-साना कैंचीहरु छन्। उनीहरु झुम्रा बटारेर पुतलीको आकारमा ल्याउँदैछन्। उनीहरुका बीच कम्पिटिसन हु"दैछ- कसको पुतली सबभन्दा सुन्दर? कसको पुतली सबभन्दा आकर्षक? कसको पुतलीले लगाउनेछ विजेताको मुकुट? कोठाको एक छेउमा बसेको एउटा बच्चाले घण्टौंदेखिको प्रयत्नपछि पनि झुम्रोलाई पुतलीकोे आकार दिन सकेको छैन। द्विविधामा छ ऊ। द्विविधाकै अवस्थामा ऊ अचानक उठ्छ र भन्छ- यो खेल नै भएन। यसमा झेल हुने सम्भावना प्रसस्त छ। झेल गर्नका लागि नै बनाइएको हो यो खेल। अब यसलाई फेरि सुरु नगर्ने हो भने म यसमा भाग लिन्न। सबैको पुतली भत्काइदिन्छु म। उसको कुरा सुनेर बच्चाहरु अतालिन्छन्। उनीहरु आ-आफ्नो पुतलीको सुरक्षामा लाग्छन्। असुरक्षाको भाव उनीहरुको मनमा गढिसकेको छ।
नेपाल लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेपछिको राजनीतिक परिदृश्य बच्चाहरुको पुतलीको खेलमा परिणत भएको छ। पुतलीको खेल कहा"बाट र कसरी सुरु भयो भन्नेमा राजनीतिक दलका नेेताहरुको चासो देखिँदैन। उनीहरु द्विविधामा छन् र शक्तिको केन्द्रबाट विस्तारै बाहिरिन थालेको राजनीतिलाई कुनै आकारमा ल्याएर पुनः केन्द्रमा स्थापित गर्न विफल भएका छन्। त्यसो नभएको भए साठी वर्षको निरन्तर संघर्षपछि खडा भएको निर्वाचित संविधान सभा नया" संविधानको एउटा रेखासम्म कोर्न नसक्ने अवस्थामा पुग्ने थिएन। संविधान सभाको अवसान एक अपरिहार्य दुर्घटना मात्र नभएर सहमतिको राजनीतिको अवसान पनि थियो। बाबुराम भट्टराईले मंसिर ७ का लागि घोषणा गर्नुभएको चुनावलाई राजनीतिक दलका नेताहरुले आफनो नाकको सवाल नबनाएर चुनावमा जाने आत्मविश्वास देखाएको भए यतिबेलासम्म देशको परिस्थिति फेरिइसक्ने थियो। अब विगतका यी सम्झनाको कुनै अर्थ छैन। राजनीति जनताको बृहत्तर फ्रेमबाट खुम्चिइसकेको छ। साठी वर्षको संघर्षपछि जनताको स्वामित्वमा आएको देशको शक्ति विचलनमा परिसकेको छ। आगामी दिनहरुबारे अनुमानको खेती गर्नुको पनि कुनै औचित्य छैन। किनभने सामयिक राजनीतिक यथार्थ र वास्तविक अवस्थाबीच आकाश-जमिनको अन्तर आइसकेको छ। अब नया" चुनावले मात्र जनताको सार्वभौम शक्तिलाई पुनर्स्थापित गर्न सक्नेछ।
संविधान सभाको अवसानपछि लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका रूपमा डा. रामवरण यादवले राजनीतिक सहमतिको वातावरण बनाउन निकै मेहनत गर्नुभयो। तर उहा"को मेहनतले कुनै प्रतिफल ल्याउन सकेन। उल्टै राष्ट्रपतिको प्रतिष्ठा र गरिमामा आ"च आउन सक्ने अवस्था सिर्जना गरियो दलहरुबाट। न कांग्रेस, न माओवादी, नया" नेपालका दुई प्रतिनिधि दलका नेताहरुले राष्ट्रपतिको आग्रह मानेर सहमतिको सरकार बनाउन कुनै पहल नै गरेनन्। देशका समस्यामा भन्दा कसको नेतृत्वमा सरकार? भन्ने संकीर्ण विषयमा दुवै दल अलमलिए। यही अर्थहीन बहसमा अलमलिँदा अलमलिँदै ती दुई दलबीचको सम्बन्ध कटु र तिक्त भयो। दुई दल एक अर्कालाई विश्वास गनर्ैै नसक्ने हिसावले द्विविधाको भुमरीमा फसे।
सातौं महाधिवेशनका लागि हेटौंडा पुगेको एकीकृत माओवादी पार्टी त्यहा"बाट थप राजनीतिक ऊर्जा लिएर प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव ल्याएपछि सुरु भएको पुतलीको खेलको नया" संस्करणले नेपाली राजनीतिमा नया" तरंग उत्पन्न गर्योप। प्रस्ताव राष्ट्रपतिको टेबलमा पुगेपछि दलहरु एकपटक फेरि सरकार निर्माणको कसरतमा जुटे। यो कसरत लम्बिँदै जा"दा कतै यो प्रयत्न पनि द्विविधाको भुमरीमा फस्न थालेको त होइन? भन्ने आभास हुन थालेको छ। शुक्रबार बेलुकासम्म टुंगिनुपर्ने खेललाई शनिबार बेलुकासम्म लम्ब्याउ"दैमा परिस्थितिले पल्टा खाने त होइन। तैपनि, नेपालीमा उखान छ- रात रहे अग्राख पनि पलाउन सक्छ, ढुंगो पनि टुसाउन सक्छ।
तर जति रात राखे पनि यतिबेला नेपाली राजनीतिको अग्राख पलाउने र ढुंगो टुसाउने सम्भावना देखिँदैन। नेताहरुले यो नबुझेको कुरो होइन। राजनीति गर्नेहरु अहंकारका दुर्व्यसनी हुन। राजनीति गर्नेहरुको उत्प्रेरक तŒव पनि अहंकार नै हो। अहंकार आफैँमा खराब होइन तर मानिसको अहं-तŒव कमजोर भयो भने त्यो अत्यन्त घातक र प्रत्युत्पादक हुन्छ। कमजोर अहंकार भएका मानिस अरुको कुरोमा बढी ध्यान दिन्छ र हरेक विषयको निरुपण व्यक्तिगत आधारमा आफैँलाई केन्द्रमा राखेर मात्रै गर्छ। अहिलेको नेपाली राजनीति शक्तिको घोर असन्तुलनमा छ। सुदृढ इच्छाशक्ति र सवल अहंकारको अभावमा लोकतान्त्रिक पक्षका नेताहरु कठपुतलीको हैसियतमा पुगेका छन्। केन्द्रीय राजनीतिलाई आफ्नो नियन्त्रणमा लिन आवश्यक जनाधार कसैले पनि तयार गर्न सकेका छैनन्।
सहमतिमा सरकार नबन्ने निश्चित भएपछि 'अस्थिर राजनीतिबाट देशलाई मुक्ति दिन' एकीकृत माओवादीले अमोघ अस्त्रका रूपमा प्रधान न्यायाधीशलाई निर्वाचन गराउने सरकारका प्रमुखमा प्रस्ताव गरेको छ। उसको प्रस्तावमा मूलधारका भनिने लोकतान्त्रिक पक्षका सबै दलका नेताहरु झण्डै झण्डै सहमत भइसकेको अवस्था छ अहिले। अब यो अमोघ अस्त्रको नाटी-कुटी निकालेर केही हुने सम्भावना देखिँदैन। यो अस्त्रको प्रयोग गरेर राजनीतिको कुटिल खेलमा माओवादी नेतृत्वले आफनो योग्यता प्रमाणित र स्थापित गरेको छ। शक्ति र सत्ताको नियम नै छ- कुशल योद्धा आफैं कसैको ढोकामा जा"दैन। अरुलाई आफ्नो ढोकामा आउन बाध्य तुल्याउ"छ। शक्ति र सत्ताको खेलमा प्रतिद्वन्द्वी शक्तिहीन भएको अवस्थामा मात्र उसलाई आफूले चाहे जस्तो वृत्तमा तान्न सकिन्छ। सत्ता रणनीतिको यो बलियो र सफल सूत्र यतिबेला नेपाली राजनीतिमा क्रियाशील छ।
यतिबेलाको अहं प्रश्न भनेको चुनाव नै हो। देशको प्रमुख आवश्यकता पनि चुनाव नै हो। गहिरो ढंगले ध्रुवीकृत भइसकेको राजनीतिलाई प्रतिस्पर्द्धाको बाटोमा लैजान जति ढिलो गरिन्छ, त्यति नै राजनीति कचल्टिन्छ। चुनाव जति छिटो हुन सक्यो, त्यति नै छिटो देशमा राजनीतिक स्थिरता आउने विश्वास गरेका छन् जनताले। तर सहमतिमा पुगेर पनि सहमति गर्न नसक्ने राजनीतिक दलका नेताहरुको प्रवृत्तिले चुनाव लम्ब्याउन खोजेको स्पष्ट देखिएको छ। राजनीतिक दलका नेताहरुले वर्तमान समयको सन्देशलाई राम्ररी पढ्न सक्नुपर्छ कि आगामी दिनका लागि सहमतिको राजनीति मीठो कल्पनामात्र हो। दश वर्षको अवधिमा पूरै राजनीतिक वृत्तको परिक्रमापछि त्यसको उपयोगिता हालका लागि समाप्त भएको छ। निकट भविष्यमा चुनाव हुन सक्यो र देशका लागि नया" संविधान लेख्ने वातावरण तयार भयो भने बुँदागतरूपमा मात्र सहमतिको राजनीति एकपटक फेरि प्रभावकारी हुन सक्नेछ।
सरकार कसको नेतृत्वमा भन्दा पनि चुनाव कहिले, कसरी र कस्तो भन्नेमा जनताले ध्यान दिएका छन्। स्वच्छ र निष्पक्ष चुनाव अहिलेको सबैभन्दा चर्को आवश्यकता हो। राजनीतिले खडा गरेको भ्रम र आशाका पर्खाल भत्काएर आफनो स्वविवेक र परखका आधारमा जनताले मतदान गर्ने परिस्थितिको निर्माण अब बन्ने सरकारको दायित्व र कर्तव्य हो। जनताले निर्धक्क आफनो विवेक प्रयोग गर्न पाए भने जुन जुन मुद्दाका आधारमा संविधान निर्माण हुन सकेको थिएन, जनताको मतले ती मुद्दा टुंगो लगाउने आशा गर्न सकिन्छ। जनताको मतलाई आफनो नियन्त्रणमा राख्न राजनीतिक दलहरुले जतिसुकै प्रयत्न गरे पनि अन्ततः नेपाली जनताको विवेकशील स्वभावमा कसैले शंका गर्नुपर्दैन। विगतमा नेपाली जनताले धेरै अप्ठेरो समय भोगिसकेका छन्। अहिले जनता एउटा सुस्थीर पद्धतिको खोजीमा छ, जसले उसलाई आत्म-सम्मानपूर्वक बा"च्ने र उसका लागि विकासको समान अवसर उपभोग गर्ने अवस्था सिर्जना गरोस्।