'राजनीतिमा त्याग भनेको संकटकालमा त्यो संकटको सामना गर्नसक्ने सामर्थ्य सञ्चित गर्नु हो अथवा सामर्थ्यको मुहान नै राजनीतिक त्याग हो'- यो एक राजनीतिकशास्त्रका दार्शनिकको विचार हो।
अहिले नेपाल संकटमा छ र ठूलै सामर्थ्य भएको नेतृत्वले मात्र यो संकट मोचन गर्न सक्ने अवस्था छ। समकालीन नेपाली राजनीतिक नेताहरुमा सुशील कोइराला यस्तो व्यक्तित्व हो, जसले आफूलाई त्यागको पर्यायका रूपमा स्थापित गर्न सकेको छ। त्यसकारण त्यागबाट प्राप्त सामर्थ्यको उपयोग गरी संकट मोचकका रूपमा कोइराला उभिनुपर्ने भएको छ। अहिलेको नेपाली राजनीतिको मूल समस्या भनेको लोकतन्त्र र दलीय पद्दतिमाथिको प्रहार हो। यो प्रहार रोक्ने सामर्थ्यको अपेक्षा गरिएको छ सुशील कोइरालाबाट। यो सामर्थ्य प्रदर्शित भएन भने त्यागको महिमा व्यर्थ हुनेछ।
लोकतन्त्रलाई विस्थापित गरी अधिनायकवाद वा निरंकुश वा निर्दलीय व्यवस्थाको स्थापना कुनै औपचारिक घोषणाबाट हुने गर्दैन। त्यस्ता व्यवस्था त जनताका प्रतिनिधिहरुले सत्ता सञ्चालन गर्ने परिवेशको क्रमशः अन्त्य गर्दै स्थापित हुने गर्छ। जनताका प्रतिनिधिको पहिचान दुई प्रकारले हुने गर्छ। एउटा जनताबाट निर्वाचित भएकाहरुको संस्थाका सदस्यहरु र अर्को जनतालाई आफ्नो पक्षमा आकर्षित गर्न दैनिकरूपमा दत्तचित्त भएर लाग्नेहरुको संगठित संरचना अर्थात् राजनीतिक दलहरु। अहिले देशमा यी दुवै स्वरूपका जनप्रतिनिधिले सत्ता सञ्चालन गर्ने परिवेश अन्त्य गरिँदैछ। जननिर्वाचित निकाय नियोजितरूपमा भंग गरिएको छ। त्यसैगरी नियोजितरूपमै अहिले आएर राजनीतिक दलहरुबाट नयाँ सरकार बन्न नसक्ने परिवेश निर्माण गरिएको छ। यी दुवै सन्दर्भहरुले स्पष्ट पारेका छन् कि नेपाली सत्ता जनप्रतिनिधिहरुको हातबाट खोसिँदैछ। लोकतन्त्रको अर्को विशेषता भनेको शक्तिको पृथकीकरण हो। शक्ति पृथकीकरण र जनताका प्रतिनिधिको शासनको ग्यारेण्टी भनेको लोकतन्त्रका आधारभूत कुरा हुन्। लोकतन्त्रको अन्तर्राष्ट्रिय घोषणापत्रमा उल्लेख भएका यी दुवै अनिवार्य आधारमाथि एकै पटक प्रहार हुँदा लोकतन्त्र पक्षधर शक्तिहरु गम्भीर बन्नुपर्छ।
लोकतन्त्र र बहुदलीय व्यवस्थाप्रतिको बलियो प्रतिबद्धताका साथ स्थापना भएको र लड्दै आएको नेपाली कांग्रेसले जनताका प्रतिनिधिहरुले सत्ता सञ्चालन गर्ने अवस्थाको अन्त्य हुने परिस्थिति निर्माण गर्ने प्रपञ्चविरुद्ध बलियो प्रतिवाद गर्न सक्नुपर्ने थियो। अहिले त्यसो देखिएन। प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानु भनेको दलीय पद्दतिप्रतिको सम्मान र प्रतिबद्धतामा कमजोर हुनु हो। जनप्रतिनिधिमूलक संस्था अर्थात् संविधानसभा विघटन हुँदा पनि कांग्रेसले तत्काल अर्को जनप्रतिनिधिमूलक संस्था निर्माणका लागि सुनिश्चित वातावरण निर्माणको अगुवाई गर्न सकेन। अहिले आएर दलीय पद्दतिको अपमान हुनेगरी सरकार बनाउने कुराको प्रतिवाद गर्न पनि सकेन भने लोकतन्त्र र दलीय पद्दतिप्रतिको आफ्नो प्रतिबद्धता कार्यान्वयन गराउने सन्दर्भमा कांग्रेस कमजोर भएको मानिने छ। 'लोकतन्त्र र बहुदलीय पद्दतिका विषयमा कसैसँग सम्झौता गर्दैनौं' भन्ने कांग्रेस नेताहरुको हुँकारले धेरै नेपालीलाई इतिहासदेखि नै ढुक्क र विश्वस्त तुल्याएको हो। यो हँुकारले धेरै निरंकुशता ढालेको पनि छ। अहिले त्यो हुँकार सम्झँदै खोसिन लागेको लोकतन्त्र र दलीय पद्दतिको बचाउ गर्न कांग्रेस सक्षम हुनुपर्छ। कांग्रेस सभापति हुनुको नाता र राजनीतिमा त्यागी हुनुको नाताले यसको आक्रामक अगुवाई गर्ने दायित्व सुशील कोइरालाकै हुन्छ।
'राजनीतिक नेताले आउँदो चुनावमात्र हेर्छ र राजनेताले बीस वर्षपछिसम्मको आंकलन गरेर निर्णय लिन्छ' भन्ने बीपी कोइरालाको भनाई यतिबेला लोकतन्त्र र दलीय व्यवस्थाका पक्षपातीले स्मरण गर्नुपर्ने भएको छ। कांग्रेसका केन्द्रीय सदस्यहरुले पनि यो भनाईलाई स्मरण गर्दै सभापतिलाई सुझाउनुपर्ने भएको छ। राजनीतिमा कहिलेकाहीँ अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ भन्ने बीपी कोइरालाकै अर्को भनाईबाट प्रेरणा लिँदै कांग्रेस केन्द्रीय सदस्यहरु र नेतृत्वले निर्णय गर्नुपर्ने अवस्था आएको छ। यतिबेला दैनिक राजनीतिमा हुने घाटा नाफा भन्दा पनि लोकतन्त्र र दलीय पद्दतिप्रतिको आफ्नो आदर्शलाई जोगाउने दायित्व बोध नेपाली काँग्रेसको नेतृत्वले गर्नुपर्ने हो। निष्पक्ष निर्वाचनका नाममा लोकतन्त्र र बहुदलीय पद्दतिमाथि प्रहार गरी प्रधान न्यायाधीश वा स्वतन्त्र व्यक्तिको नेतृत्व स्वीकार्न जरुरी छैन।
कांग्रेसले ००७ सालको क्रान्तिताका जनतासँग भन्यो- अब हामी प्रजातन्त्र ल्याउँछौं। कांग्रेस सफल भयो र प्रजातन्त्र आयो। ०४६ मा कांग्रेसले जनतालाई भन्यो कि राजालाई संविधानअन्तर्गत राख्छांै र बहुदलीय प्रजातन्त्र ल्याउँछौं। त्यतिबेला पनि जित्यो र जनतासँगको वाचा पूरा गर्योग। ०६२/०६३ मा पनि निरंकुशता ढाल्छौं भन्यो र ढाल्यो पनि। संविधान सभाको चुनावमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन्छांै भन्यो तर कांगे्रस पराजित भयो। परिणामतः संविधान पनि आउन सकेन। इतिहास भन्छ- देश, लोकतन्त्र र बहुदलीय व्यवस्था जोगाउन कांग्रेसको अगुवाई र मुख्य भूमिका अनिवार्य छ। यतिबेला विकल्पहीन भई आफ्नो प्रतिबद्धतामाथि आघात गर्ने प्रस्ताव स्वीकार गर्न कांग्रेसलाई किमार्थ सुहाउँदैन। बरु, आफ्नो निष्ठाका लागि कांग्रेस बलिदानी दिने पार्टी हो भन्ने पहिचान पुनः कायम राख्दै प्रचण्डदेखि सानोभन्दा सानो दलका प्रतिनिधिको नेतृत्वमा चुनावी सरकार बनाउन कांग्रेस तयार हुनुपर्छ। न्यायपालिकालाई प्रभावित गरी हैकम चलाउने उद्देश्यका साथ जनताका प्रतिनिधिलाई निषेध गरी सरकार बनाउने प्रस्तावको पक्षमा आफूलाई उभ्याएर कांग्रेसले ऐतिहासिक भूल गर्नुहुन्न।
दलबीचबाट सहमति बनाउनका लागि समस्या देखिए पनि लोकतन्त्र र बहुदलीय पद्दतिप्रतिको प्रतिबद्धतामा कमी नआउने गरी विकल्प खोज्न पनि कांग्रेस तयार हुनुपर्ने हो। त्यसका लागि राष्ट्रपतिको संयोजकत्वमा संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुखहरु सदस्य रहने गरी संयन्त्र बनाएर पनि चुनाव गराउन सकिन्छ। यसो गर्दा राष्ट्रपतिको अभिभावकीय भूमिकाको पनि संकटका बेला उपयोग भएको हुनेछ र दलहरुको नियन्त्रण भन्दा बाहिर राज्यसत्ता नजाँदा दलीय पद्दतिप्रतिको सम्मान र प्रतिबद्धता पनि कायम रहनेछ। प्रधान न्यायाधीशको नेतृत्वमा चुनावमा जानु जति घातक हुनेछ, त्यो भन्दा कम क्षति र सैद्धान्तिकरूपमा जित यो विकल्प हुनेछ। बीपी कोइरालाले ०१४ सालमा स्वतन्त्रको नेतृत्वमा सरकार बनाई चुनावमा जाने राजाको प्रस्ताव अस्वीकार गर्नुका पछाडि लोकतन्त्र र दलीय पद्दतिप्रतिको बलियो प्रतिबद्धताले काम गरेको थियो भन्ने कुरा कांग्रेसको केन्द्रीय समितिले बुझ्नुपर्छ र त्यसैअनुसार सभापतिलाई निर्णयमा पुग्न सहज वातावरण तयार गरिदिनुपर्छ।
कांग्रेस केन्द्रीय समितिले न्यायालयमा हस्तक्षेप गर्नेगरी आएको प्रस्तावबाहेक अन्य सबै विकल्प खुला राखेर अगाडि बढ्ने निर्णय गरिसकेको अवस्थामा अब पनि प्रधान न्यायाधीशकै नेतृत्वको सरकार बनाउने प्रस्तावमा देशलाई रुमलिन नदिने दायित्व पनि सभापति कोइरालाको हो। लोकतन्त्रको मर्यादा राख्दै दलीय व्यवस्थाप्रतिको प्रतिबद्धतालाई केन्द्रविन्दुमा राख्दै अर्को विकल्पमा छलफल गर्नका लागि सिंगो देशलाई केन्द्रित गर्ने सामर्थ्य यतिबेला कोइरालाले देखाउनुपर्ने भएको छ। यसो गर्न सकिएन भने जनप्रतिनिधिहरुको हातबाट सत्ता खोस्ने र कुनै भयानक अधिनायकवाद स्थापित गर्ने रणनीतिसँग पराजित हुँदै लोकतान्त्रिक बहुदलीय पद्दतिको मलामी गएको दोष इतिहासले कांग्रेसलाई लगाउनेछ।
त्यागबाट आर्जित सामर्थ्यको उपयोग गर्दै देशलाई निकास दिने उपयुक्त मौका कोइरालाका सामु उपस्थित छ। अब पद होइन, राजनेता बन्ने अवसर उपस्थित भएको छ। उहाँ राजनेता बन्दा देशको लोकतन्त्र र बहुदलीय पद्दतिमाथीको प्रहार निस्तेज हुने अवस्था छ। यो ऐतिहासिक दायित्व बहन गर्न कोइरालाले सामर्थ्य देखाउनैपर्छ। कांग्रेसजनले उहाँलाई सघाउनैपर्छ। ठूला दलका केन्द्रीय समितिमा 'एजेण्ट' हरुको बलियो उपस्थिति छ भन्ने अनौपचारिक चर्चा चल्ने गर्छन्, 'एजेण्ट' हरुको प्रभावबाट पार्टीलाई मुक्त राख्ने ऐतिहासिक अवसर यतिबेला पार्टी सभापतिसँगै पार्टीभित्रका असली राष्ट्रवादी र दलको आदर्शका अगाडि एउटा चुनावको परिणाम केही होइन भन्ने आँट गर्नसक्नेहरुको सामुन्ने उपस्थित छ। मौकामा सामर्थ्य देखाउने नै इतिहास पुरुष भएर युगौं युग बाँच्न सक्छ।