प्रत्येक वर्ष 'प्रजातन्त्र दिवस' आएपछि मन भरंग हुन्छ र प्रश्न उठ्छ : के हामी अझै पनि त्यस्ता 'प्रजा' रहेछौँ, जो प्रजातन्त्र खोज्दैछौँ, जो प्रजातन्त्र आएकोमा खुसियाली मनाउँदैछौँ, जो प्रजातन्त्र ल्याउन सकेकोमा अझै गर्व गर्दैछौँ? हामी बाँचिरहेको समाजले सवा ६ दशकअघि नै प्रजातन्त्र पाएको थियो। हाम्रो समाजले यति लामो समयावधिमा दुई-दुई पटक प्रजातन्त्रको हत्या भएको भयावह दृश्य पनि देखिसकेको छ। र, २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना र २०६३ सालमा लोकतन्त्रको स्थापनापछि २०६५ सालदेखि त लोकतान्त्रिक गणतन्त्रको अभ्यास पनि गरिरहेको छ।
नेपाली समाजले यति धेरै फड्को मारिसक्दा पनि स्थायी शासन तन्त्र र त्यसको अगुवाइ गर्ने राजनीतिक नेतृत्वको सोचाइ भने प्रजा र प्रजातन्त्रमै सीमित छ। सवा ६ दशकको अवधिमा प्रजातन्त्रको 'कन्टेक्स्ट' (सन्दर्भ) र 'कन्टेन्ट' (सार)मा धेरै फेरबदल आइसकेको छ, तर पनि उनीहरूको मनमस्तिष्क भने २००७ साल वरपरमात्रै गणेश-परिक्रमा गरिरहेको छ। लोकतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा राज्यले फड्को मारिसकेको अवस्थामा पनि राज्य चलाउनेहरूका विचार र व्यवहारचाहिँ 'प्रजा' र 'प्रजातन्त्र'मै सीमित भइरहेका छन्। यो ठूलो अन्तर्विरोध हो, जुन शब्दको सार र समय-सन्दर्भमा आएको परिवर्तनलाई निषेध गर्ने वा बाधा अड्चन हाल्नेखालको छ। हेक्का रहोस्, प्रजाले राजा खोज्छ, दासले जस्तै मालिकको तलाश गर्छ र यस्तै 'प्याट्रोन-क्लाइन्ट रिलेसन'को सम्बन्ध कायम गर्छ।
यही 'प्याट्रोन-क्लाइन्ट रिलेसन' राजनीति, अर्थतन्त्र र संस्कृतिमा लामो समयदेखि चलिरहेको छ। यही सम्बन्धमा गाँजिएका व्यक्तिहरू लोकतान्त्रिक गणतन्त्रमा पनि प्रजातन्त्रकै कुरा गर्छन्। प्रजा शब्दको सार र सन्दर्भमा यति धेरै परिवर्तन भइसक्दा पनि आफूले प्रजातन्त्रका लागि ३/३ पटकसम्म आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने नेताहरूले प्रयोग गर्ने सम्बन्ध 'प्याट्रोन-क्लाइन्ट रिलेसन'भन्दा टाढा छैन। यही सम्बन्ध आफूलाई राष्ट्रवादी भन्नेदेखि साम्यवादी भन्ने राजनीतिक शक्तिका प्रमुखहरूमा पनि त्यत्तिकै छ, जति आफूलाई मात्रै प्रजातन्त्रवादी ठान्ने पार्टीका अगुवाहरूमा छ। यस्तो सम्बन्धले प्रजालाई जनता बन्ने स्वीकृति दिँदैन, न त जनतालाई नागरिक बन्ने अनुमति दिन्छ। कतिसम्म भने यस्तो सम्बन्धले देशलाई पनि सार्वभौम र स्वतन्त्र बन्ने सहुलियतसमेत दिँदैन।
'रैती मोटा भया...'
भनिन्छ, कुनै पनि शब्दको आफ्नै इतिहास हुन्छ, आफ्नै सत्ता पनि हुन्छ। नेपालको साढे २ सय वर्षको राजनीतिक इतिहास पल्टाउने हो भने शब्दको इतिहास र शब्दसँग जोडिएको सत्ता स्पष्ट देखिन्छ। यसलाई यसरी रेखांकित गर्न सकिन्छ : नेपालीहरू रैतीबाट प्रजा, प्रजाबाट जनता, लोक, नागरिक हुन खोज्दैछन्। रैतीदेखि नागरिकसम्मको शाब्दिक इतिहास र त्यसको शक्ति आफैँमा परिवर्तित नेपाली समाजको जीवन्त ऐना हो। रैती र प्रजाले राजा वा मालिक खोज्छन् भने नागरिकले आफैँ आफ्नो जीवनको मालिक बन्न खोज्छ।
'रैती मोटा भया दरबार बलिया रहन्या छ।' यसमा कसैले रैतीको ठाउँमा 'प्रजा' शब्द पनि प्रयोग गर्ने गर्छन्। पृथ्वीनारायण शाहको यो 'दिव्य उपदेश' राजा-महाराजाहरूलाई मात्रै होइन, अनेकथरी राजावादीहरूलाई पनि साह्रै नै मन पर्छ। यस उपदेशमा आएको रैती र प्रजा शब्दले पृथ्वीनारायण शाहले गरेको गोरखा राज्यको विस्तार र शाहवंशीय राजतन्त्रको रहस्य खोल्छन्। रैती भनेको सामान्यतः कुनै देशको भूभागमा प्रजा भन्ने अर्थ लाग्छ, तर यसले मूलतः अरुको जग्गा कमाउने साधारण किसान वा मोहीको तात्पर्य बेसी बोक्छ। रैतीको हैसियत भनेको काजी, ठूलाबडा वा राजा/महाराजाहरूबाट कज्याइने सामाजिक प्राणीको रूपमा मात्र हुन्छ। र, रैतीलाई मोटा हुन दिनुको अर्थ खसीलाई मोटाउनसम्म मोटाउन दिएर सिध्याउने खेलको सामाजिक संस्कारबाहेक केही थिएन।
रैती शब्दबाटै रैतान, रैतेलो र रैकरजस्ता शब्द बनेको देखिन्छ, जसले तत्कालीन समाजमा रहेका विशिष्ट आर्थिक र सामाजिक सम्बन्धलाई पनि उजागर गर्छन्। राजाको अधीनमा राज्य रहने, राज्यको मालिकत्वमा जमिन रहने र त्यस्तो जमिन रैकर (रैती±कर) तिरेर कमाउने मोहीमाथि राजा र राज्यको प्रभुत्व रहने व्यवस्थासँग जोडिएको छ, रैती शब्दको इतिहास। रैती वा मोहीहरूको समूह : रैतान कमाउन लामो युद्धको अगुवाइ गरेका पृथ्वीनारायण शाहको दिव्य उपदेशको महŒवपूर्ण सार थियो : 'राजाका भंडार भन्याका रैतान हुन्।'
उपत्यकादेखि तराईसम्ममा रैतान कमाउने र उनीहरूलाई कज्याएर शासन गर्ने पृथ्वीनारायण शाहले यस्ता सत्य शाहवंशीय शासकहरूलाई दीक्षित गर्न पोखेका थिए। त्यस सत्यको वरपर शाहवंशको आर्थिक जग रहेको तथ्य सहजै बुझ्न सकिन्छ। त्यसको सांस्कृतिक जगमध्ये एक हो, ४ जात, ३६ वर्णअनुसारको जजमानी प्रथा र कुलधर्म। र, त्यसको कानुनी आधार हो, मानिसलाई बडा जात र छोटा जातमा विभाजित गर्न जंगबहादुर राणाले बनाएको १९१० सालको मुलुकी ऐन।
प्रजाको नाममा राजाको तन्त्र
शाहवंशीय राजतन्त्रदेखि राणाशासनसम्म नेपालीहरूको हैसियत रैतीभन्दा बेसी भएन। रैतीबाट प्रजा हुन पनि नेपालीहरूले सशस्त्र संघर्ष गर्नुपर्यो, तबमात्रै बल्लतल्ल प्रजातन्त्र स्थापना भयो। अब प्रजाको नाममा राजाले शासन चलाउने तन्त्र प्रचलित भयो, प्रजातन्त्रको नाममा। प्रजा शब्दको खास अर्थ हो, राजाद्वारा शासित देशका रैती। राजा वा ठूलाबडासँग रैतीको सम्बन्ध मूलतः मालिक र दासको जस्तो हुन्छ। अर्काे शब्दमा 'प्याट्रोन-क्लाइन्ट रिलेसन' हुन्छ। त्यसबेला प्रजातन्त्र ल्याएका शक्तिहरूले पनि राणावंशीय शासनबाट मात्रै मुक्ति चाहेका थिए, शाहवंशीय राजतन्त्रबाट थिएन। उनीहरूले राजा र रैतीको सम्बन्धमै तात्विक फेरबदल पनि खोजेका थिएनन्। किनभने, उनीहरूमा राजा नभए देशै नरहने हो कि भन्ने त्रास थियो। राणाशासनको अन्त्यका लागि राजासँगको सहकार्य कार्यनीतिकरूपमा फलदायी भयो होला, तर राजाबाट आफू उपयोग हुन सक्ने र प्रजाको स्तरभन्दा माथि उक्लिन नदिने शाही रणनीतिको भेउ पाउन नसक्नु उनीहरूको सीमा हो। यही सीमाका कारण उनीहरूका वैधानिक मालिक राजा भए भने वैधानिक राजतन्त्र चलाउने वचन दिएका राजा-महाराजाका मालिक दिल्ली भयो।
२००७ सालमा प्रजातन्त्र माग्ने राजनीतिक शक्ति र प्रजातन्त्र दिने स्थायी सत्ताबीचको यस्तै अन्तर्सम्बन्धले नेपाली रैती र प्रजालाई जनता बन्ने अवसर दिएन। हुन त प्रजातन्त्र उपहार दिन राष्ट्रपिताले शब्द-ज्ञानको अभावमा झुक्किएर भए पनि 'गणतान्त्रिक संविधान'को आश्वासन दिएका थिए। र, संविधान सभाको निर्वाचनमार्फत् नेपाली जनतालाई सार्वभौमिकताको अभ्यास गर्न दिने वचन पनि दिएका थिए। तर, आफ्नो सिंहासन सुरक्षित भएपछि उनले प्रजातन्त्रका लागि सडकमा निस्केका र सशस्त्र संघर्षसमेत गरेका प्रजातन्त्रवादी नेपालीसामु संविधान सभाको चुनाव गराउने वचन दोहोर्याउने र प्रधानमन्त्री फेर्नेबाहेक अन्य केही गरेनन्। ८ वर्षमा ८ जना प्रधानमन्त्री फेरेपछि राष्ट्रपिताका पुत्र राजा महेन्द्रले चुनाव त गराए तर संविधान सभाको होइन, संसद्को। त्यस्तै, संविधान पनि दिए तर संविधान सभाबाट होइन, शाही कमिसनबाट। यसको तात्पर्य नेपालीलाई संविधान सभाको निर्वाचनबाट आफैँले संविधान लेख्दै 'नागरिक' बन्नचाहिँ दिइएन।
शाही कमिसनबाट प्राप्त संविधानका आधारमा भएको निर्वाचनमा नेपाली जनताले अलिकति भए पनि सार्वभौमसत्ता प्रयोग नगरेको होइन, नागरिक बन्ने सपनासहित। जनमतबाट आएको सरकारले धेरथोर मात्रामा गरेको सार्वभौमसत्ताको १८ महिने अभ्यासलाई पनि २०१७ मा शाही संविधान र शाही सेनाको बलमा निमोठियो। नेपाली समाजमा पछिल्लो चरणमा अभ्यास गरिएको 'प्याट्रोन-क्लाइन्ट रिलेसन'को जिउँदोजाग्दो नमुना हो, राजा महेन्द्र र वीरेन्द्रका निरंकुशताअन्तर्गत चलाइएको पञ्चायती शासन, जसलाई पछि राजा ज्ञानेन्द्रले शाही सैनिक शासनका रूपमा दोहोर्याउने धृष्टता गरे। नेपाली इतिहासले देखाएको छ, आफूलाई प्रजा, राज्य र देशकै मालिक ठान्ने तथा अरुलाई दासजस्तै ठान्ने 'प्याट्रोन-क्लाइन्ट रिलेसन' ले फेरि पनि कुनै न कुनै मालिक त खोज्ने नै रहेछ।
मालिकको रोजाइ र खोजाइ
हुन त गोरखा साम्राज्यको विस्तारका क्रममा पृथ्वीनारायण शाहले असिल हिन्दुस्तानाका सम्राट बन्ने सपना देखेका थिए, पुरानो नेपालभित्र आन्तरिक औपनिवेशिक सम्बन्ध स्थापित गर्दै। त्यही सपना ब्रिटिस साम्राज्यसँग टक्कराएपछि नेपाललाई नै ब्रिटिस साम्राज्यको अर्ध-उपनिवेशको रूपमा स्वीकार्नेमा राणा शासकभन्दा अगाडि शाह शासकहरू नै थिए। सन् १८१६ को सुगौली सन्धिदेखि शाह र राणाहरूका मालिक भएको ब्रिटिस साम्राज्यले भारत छाडेपछि त्यही साम्राज्यको विरासत बोकेको भारत सन् १९५० को सन्धिमार्फत् नेपाली शासकहरूका नयाँ मालिक भएको तथ्य बिर्सन सकिँदैन। यो भारतको मात्रै खोजाइ थिएन, नेपालीका मालिकहरूको पनि रोजाइ थियो। अतः जनमतबाट आएका प्रजातन्त्रवादी प्रधानमन्त्री बीपी कोइरालाले सामन्तवादी भूमि सम्बन्धमा क्रमभंग र स्वतन्त्र विदेशनीतिको अवलम्बनमार्फत् सार्वभौमिकताको अभ्यास पनि देशभित्र र बाहिरका मालिकलाई स्वीकार्य भएन। र, शाही सैनिक कुपछि आफूलाई राष्ट्रवादी र देशप्रेमी ठान्ने राजा र राजावादीहरूले भारतकै समर्थन र सर्तमा शासन चलाएका थिए भने बेलावखत चीनको सहयोग लिएर भारतसँग खेल्न पनि खोजेका थिए, जसलाई महेन्द्रीय राष्ट्रवाद पनि भनिन्छ।
'प्याट्रोन-क्लाइन्ट रिलेसन' भनेको सांस्कृतिक सम्बन्धमात्रै होइन, यो मूलतः आर्थिक सम्बन्धको सांस्कृतिक आवरणमात्रै हो। भारतको आर्थिक स्वार्थमा धक्का पुग्दा राजा वीरेन्द्रको शासनकालमा सन् १९८९ मा आर्थिक नाकाबन्दी गर्नेदेखि पञ्चायती शासन परिवर्तन गर्ने र राजा ज्ञानेन्द्रका कालमा शाही सैनिक शासन अन्त्य गर्ने काममा पनि उसले सघाएकै थियो। यसको अर्थ नेपालको वर्तमान अवस्था सन् १८१६ मा जस्तो अर्ध-औपनिवेशिक वा सन् १९५० कै कालखण्डमा जस्तै नव-औपनिवेशिक मात्राको रहेको भन्ने लाग्दैन, न त विदेशी राजदूतले नेपाालको मन्त्रिपरिषद्मा दिएको निर्देशनअनुसार राजनीति चल्छ भन्न खोजेको हो। अब राजदूतहरू शीतलनिवास या अन्य निवासमा अनधिकृतरूपमा खुसुक्क छिरेकोसम्म भेउ पाइने स्थितिमा कुनै पनि नाममा नेपालको राष्ट्रियता बेचिएको वा मुलुक बन्धकीमा राखिएकोजस्तो नाराबाजी गर्नु अतिशयोक्ति नै हुन जान्छ। भारतले निर्वाचनमार्फत् सबै राजनीतिक शक्तिलाई 'उचित आकार' मा ल्याउने रणनीति बनाउनु र नेपाली राजनीतिक शक्तिहरू प्रधान न्यायाधीशकै अध्यक्षतामा भए पनि, रबर्ट पाइपरको शब्दमा, ११ सदस्यीय चुनावी सरकार गठन गर्न सहमति हुने दिशामा अगाडि बढ्दा कुनै अन्तर्विरोध नहुनुमा कुनै आश्चर्य देखिँदैन।
नागरिकीकरण
राष्ट्र र राष्ट्रियताका पक्षमा रहेका व्यक्ति र शक्तिहरूले बिर्सनै नहुने पक्ष हो- बीपी कोइरालाले भनेझँै राष्ट्र भनेको भूगोल होइन, हामी सबै जनता हौँ। धनी र गरिब वर्ग, पहाडी र मधेसी, छोटा-बडा जातमा विभाजित नेपाली जनतालाई 'आफू नै राष्ट्र हौँ, आफू नै नेपाली राजनीतिका निर्णायक हौँ' भन्ने अनुभूत गराउने संरचना र प्रक्रियाको निर्माण यतिखेरको आवश्यकता हो, जुन आमनिर्वाचन, संविधान लेखन र राज्य पुनर्संरचनाबाट सम्भव छ। यसका लागि सबैभन्दा पहिले देशभित्र 'प्याट्रोन-क्लाइन्ट रिलेसन' तोड्दै जबसम्म नागरिक बन्ने परिस्थिति निर्माण गरिँदैन, तबसम्म विभिन्न रूपरंगमा प्रजा र मालिकको सम्बन्ध कायम रहन सक्छ। आमनिर्वाचनमार्फत् जनतालाई सार्वभौम बनाउने, जनमतका आधारमा संविधान सभाबाट नयाँ संविधान लेख्ने र सरकार निर्माण गर्ने काममा जसको सहयोग लिँदा पनि राष्ट्र र राष्ट्रियता कमजोर हुँदैनन्। तर, जनताको नागरिकीकरणको प्रयासविना बाह्य सहयोगमात्रै लिन खोजियो भने 'प्याट्रोन-क्लाइन्ट रिलेसन' कायम हुन जान्छ जुन हेक्का राख्नुपर्ने कुरा हो। तर, भूराजनीतिक बाध्यताबाट मुक्त भएर नेपाललाई टापुको मुलुकजस्तो बनाउने र राज्यलाई अन्तर्राष्ट्रिय सम्बन्धको जालोबाट मुक्त नितान्त सार्वभौम ठान्नु वस्तुसम्मत पनि हुँदैन।