न्यायपालिकालाई नत्थी
१० फागुन २०६९
•
१४ मिनेट पाठ
न्यायपालिकालाई नत्थी
पार्टी महाधिवेशनपछि पुष्पकमल दाहाल र बाबुराम भट्टराईले नत्थी लगाएर दलहरुलाई चुनावमा लैजाने चेतावनी दिएका थिए। कांग्रेस र एमालेका बहुसंख्यक केन्द्रीय सदस्यले नमान्दा/नमान्दै दुवैका नेतृत्व अर्काको नत्थीले तानिए। दुवै दलका स्वाभिमानी सदस्यहरु अहिले छट्पटाइरहेका छन् र जसको नाकमा त्यो अंकुश लागेको हो उनीहरु प्रतिरक्षात्मक हुन पुगेका छन्। नत्थी लगाउनेका हात खासमा कांग्रेस र एमालेभन्दा जब्बर स्वतन्त्र न्यायपालिकातिर बढेको देशको लोकतन्त्रले क्रमशः महसुस गर्दैछ।

न्यायमूर्तिले संविधानको अन्तिम व्याख्याताका रूपमा आफ्नो न्यायिक सर्वोपरिताको संरक्षण गर्छन्। सत्ताको जस्तोसुकै नत्थीको पनि प्रतिरोध गर्ने नैतिक र संवैधानिक सामर्थ्य राख्छन्। प्रधान न्यायाधीश खिलराज रेग्मी त्यसको अपवाद हुन सक्दैनन्। अन्तरिम संविधानको खरो व्याख्या गर्दै संविधान सभाको म्याद खेर फाल्न नदिन प्रष्ट र साहसिलो आदेश दिएका यी न्यायमूर्तिलाई एक वर्षभित्रै सत्तास्वार्थको नत्थी लगाउन खोजिएको छ। अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएर उनले संयम अपनाइरहेका छन्। उनकै अदालतमा उनलाई लगाउन खोजिएको नत्थीका विरुद्ध रीटसमेत परिसकेको छ। त्यसको किनारा नलागुञ्जेल दलका नेताहरुलाई नभेट्ने निर्णय गरेर उनले आफ्नो स्वतन्त्रता र मर्यादा जोगाउनुपर्थ्यो। तर आफूलाई लगाउन खोजिएको राजनीतिक नत्थीबाट जोगिन उनी समर्थ हुन सक्लान् जस्तो देखिन्न। नेताहरुलाई आफ्नो निवासमा आउनबाट उनले रोक्न सकेनन्।
अन्तरिम संविधान लोकतन्त्र र कानुनी शासनको दिव्य दर्शनमा आधारित छ। संविधान सभा निर्वाचनपछि सहमतीय प्रणाली नै निरन्तर रहेन भने के गर्ने र दुई वर्षमै संविधान जारी नभए कस्तो व्यवस्था गर्ने भन्नेमा भने त्यो संविधानले दूरदृष्टि राख्न नसकेको पुष्टि भयो। गत पा"च वर्षका समस्या त्यही अल्पदृष्टिका परिणाम पनि हुन्। तर मूल दर्शनमा दृष्टि दोष छैन। त्यो भनेको शक्ति पृथकीकरणसहितको लोकतन्त्रात्मक व्यवस्था हो, जसमा संविधानको व्याख्या गर्ने सर्वोच्च अधिकारसहित पूर्ण स्वतन्त्रता न्यायपालिकालाई प्रदान गरिएको छ। व्यवस्थापिका संसद नरहेको वर्तमान अवस्थामा निरंकुश बन्न सक्ने कार्यपालिकालाई नियन्त्रण गर्ने अधिकार बरु राष्ट्रपतिलाई छैन, न्यायपालिकालाई त्यति प्रष्टस"ग दिइएको छ।
अन्तरिम संविधानको मर्म र मूल भावना विपरीत प्रधान न्यायाधीशलाई नै सरकारको नेतृत्व दिने चार दलीय सहमति राजनीतिक दस्तावेजमात्र हो। त्यसले संवैधानिक हैसियत प्राप्त गरेको छैन। संविधान संशोधन नगरी त्यसले संवैधानिक दिशाबोध गर्न सक्दैन। संविधानको कुनै संशोधन नभइसकेको अवस्थामा संशोधन मिल्यो कि मिलेन भन्ने परीक्षण गर्ने र व्याख्या गर्ने निकायका प्रमुखलाई नै पहिल्यै रुजु गराउन खोजिएको छ। संविधानअनुसार प्रधान न्यायाधीश वा न्यायाधीशले कुनै पनि राजनीतिक दस्तावेजको संवैधानिक परीक्षण गर्न मिल्दैन। अदालतमा मुद्दा परेपछि मात्र मिल्छ। सरकार वा राष्ट्रपतिले औपचारिकरूपमा रीतपूर्वक आग्रह गरेपछि पनि सम्भवतः मिल्ला। तर परीक्षकलाई म यस्तो जवाफ लेखिरहेको छु भन्ने उत्तर पुस्तिकाका हरफहरु रुजु गर्न लगाए जसरी अहिले दलहरुले संविधानतः सर्वोच्च निकायको मानमर्दन गरिरहेका छन्। हाम्रो जवाफ मिल्यो कि मिलेन भनेर प्रस्तावित संविधान संशोधन जचाइमाग्ने अहिलेको प्रक्रिया प्रधान न्यायाधीशलार्ई सत्ताको नत्थीले बलजफ्ती तान्ने उद्यम हो। परीक्षार्थीले परीक्षकलाई दिन खोजेको घूस हो र यो सम्पूर्ण प्रक्रिया नीतिगत भ्रष्टाचार हो।
औपचारिकरूपमा नेताहरुले दिएको जानकारीअनुसार प्रधानमन्त्री भट्टराईले प्रधान न्यायाधीश रेग्मीस"ग पटकपटक भेटघाट गरेका छन्। त्यस्ता भेटघाट औपचारिकरूपमा गरिएका छैनन्। जिम्मेवार पदाधिकारीहरुका अनौपचारिक भेटघाट आफैँमा अपारदर्शी र अमर्यादित मानिन्छन्। प्रधानमन्त्रीले संविधान उल्लंघन गरेका अनगिन्ती मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन्। त्यस हिसाबले भट्टराई मुद्दाका एक पक्ष हुन् जोस"ग प्रधान न्यायाधीशको भेटघाट आफैंमा प्रश्न उब्जिने र आपत्तिजनक मानिने हुन्छ। अनौपचारिक भेटघाटहरुले उत्पन्न गर्ने शंकाले मुख्यतः प्रधान न्यायाधीशको गरिमामाथि सन्देह उत्पन्न गर्छ। गरिरहेको छ।
अन्तरिम संविधानले कार्यपालिका कसरी बन्छ भन्ने प्रष्ट दिशानिर्देश गरेको छ। त्यसमा कतै संशोधन भएको छैन। संशोधन गर्ने विधायिका छैन। बाधा अड्काउ धारा प्रयोग गरेर अहिलेको कामचलाउ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संशोधन गर्ने सरसल्लाह भइरहेको छ। संविधानमा आनका तान भिन्नता ल्याउनेगरी बाधा अड्काउ धारा प्रयोग गर्न सकिन्छ कि सकिन्न भन्ने बहस हुनै बा"की छ। प्रधान न्यायाधीश वा न्यायाधीश एक्लैले कुनै पनि संवैधानिक प्रश्नको व्याख्या गर्न सक्ने व्यवस्था छैन। इजलास बस्नुपर्ने हुन्छ। इजलास भन्नेबित्तिकै बहस पैरवी हुनुपर्ने हुन्छ। बहसकर्ता अधिवक्ताहरु अनिवार्य हुन्छन्। वादी/प्रतिवादीका बहसका आधारमा न्यायमूर्तिले फैसला वा आदेश सुनाउने व्यवस्था छ। त्यसकारण न्यायपालिका भनेको न्यायमूर्तिमात्र होइन, बार पनि हो भन्ने प्रष्ट छ। अर्थात् इजलासमा रीतपूर्वक बहस नभइकन कुनै पनि संवैधानिक प्रश्नको निरुपण हुन सक्दैन। जालसा"जीमा पोख्त नेताहरुले लोभको बिस्कुन सुकाएर प्रधान न्यायाधीशस"ग गरिरहेको भनिने भगिरथ भनसुन अमर्यादित त छ नै, विधिपूर्वकको इजलासबाट निरुपण गरिनैपर्ने आवश्यकता पनि बनेको छ।
दलहरुको सर्त स्वीकारेर कार्यपालिकाको जिम्मेवारी नलिने प्रधान न्यायाधीशले जनाउ दिए भनिन्छ। त्यसकारण चार दल फेरि प्रधान न्यायाधीशलाई निःसर्त सरकार चलाउन अधिकार दिने राजनीतिक दस्तावेजमा ब्यस्त हुन थालेका छन्। जेठमा चुनाव सम्भव नभए अर्को आधा वर्ष अनुकूल मौसम पर्खुञ्जेल अविच्छिन्न सत्तामा बस्ने उनको सर्त रहेको मान्नुपर्छ। साथै उनले आफ्नो मर्यादाका खातिर आफूमाथि दलका नेताहरुको संयन्त्र रहनुहु"दैन भन्ने पनि सर्त राखेको बुझिन्छ। त्यो स्वाभाविक हो तर त्यसो गर्दा देशको राजनीतिक समस्या समाधान गर्ने सामर्थ्य उनीस"ग रहेको हुनुपर्छ। पूर्ण अधिकारसम्पन्न कार्यपालिका र पुनः न्यायपालिकामा फर्कने सुविधा उपलब्ध गराउनेगरी संविधान संशोधन उनले खोजेका हुन् भने उनको सर्त मुताबिक अन्तरिम संविधानमा व्यापक हेरफेर गर्नुपर्ने हुन्छ र त्यो पनि बाधा अड्काउ धारा प्रयोग गरेर। के देशका लागि यतिसारो गहन, कठिन र जोखिमपूर्ण निर्णय सा"च्चै निर्विकल्प भइसकेको हो?
संविधान, विधि र लोकतन्त्रका आत्मालाई एकछिन पन्छाएर हेरौं। के यस पहलमा राष्ट्रिय सहमति छ वा यो निर्विवाद भइसकेको छ? के न्यायपालिकाका प्रमुखलाई कार्यकारीको जिम्मेवारी सुम्प"दा राष्ट्रमा एकता, सहमति र सहकार्यको भावना प्रबर्द्धन हुन्छ? चार राजनीतिक शक्तिभित्रै र विशेषगरी कांग्रेस र एमालेमा व्यापक मतान्तर छ। मोहन वैद्य नेतृत्वको माओवादीसहितका अधिकांश साना दल, जनजाति संगठन आन्दोलित भइसकेका छन्। जेठमै चुनाव गर्ने भनेर किनारा लगाउन खोजिएका निर्वाचन क्षेत्र पुनर्निर्धारणसहित नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली, थप ४६ लाख मतदाताको बढोत्तरीलगायत् मुद्दामा नया" आन्दोलन उठ्ने सम्भावना छ। त्यसमाथि अघिल्लो संविधान सभा भन्दा करिब एक सय जना कम सदस्य हुने गरी खोजिएको सहमतिले समानुपातिक पक्षधरहरुको आवाज बढ्ने निश्चित छ। त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानबिनसम्बन्धी दुई आयोगलगायत्का विषय अहिलेको सहमतिका पूर्व सर्त बनाउन खोजिएका छन्। यस अवस्थामा देशमा चुनावको उल्लासपूर्ण वातावरण सिर्जना गर्न राजनीतिक नेतृत्व अपरिहार्य हुन्छ।
राजनीतिक नेतृत्वले राजनीतिक विवादहरु जवाफदेहिताका आधारमा सल्टाउने हिम्मत गर्नसक्छ। चुनावमार्फत् ऊ जनताप्रति जवाफदेही हुन्छ। राजनीतिक निर्णय गर्ने प्रेरणा उसले जनमतद्वारा आर्जन गर्छ। न्यायिक नेतृत्वस"ग त्यो सुविधा हुँदैन, राजनीतिक सामर्थ्य हँुदैन, राजनीतिक विवाद टुंग्याउने आधार र संरचना पनि हुँदैन। राजनीतिक समाधान राजनीतिक दलहरुले दिन्छन् भन्ने दृष्टिकोण राख्ने हो भने कार्यपालिका प्राविधिक कार्यसम्पादन गर्ने थलोमात्र हुन्छ। दलीय सहमतिको संरचनाले गाविसहरु सचिवले चलाएजस्तो हुनपुग्छ।
बाधा अड्काउ धारा प्रयोग गरेर बलजफ्ती संविधान संशोधनद्वारा शक्ति पृथकीकरणको सार्वभौम मान्यता विपरीत गर्न खोजिएको अभ्यासले देशलाई संवैधानिक र राजनीतिक जोखिमतर्फ प्रवेश गराउने निश्चित छ। दाहाल र भट्टराईको दुस्साहसिलो जोडीले तान्न खोजेको नत्थीले लोकतान्त्रिक भनिएका दलका नेताहरुझैं न्यायपालिकाका प्रमुख पनि तानिनुहु"दैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस