अहिले सत्ता राजनीतिका सन्दर्भमा भइरहेको चरम द्वन्द्वका लागि खोट कसैलाई लगाउन मिल्दैन। देशका राजनीतिक दलहरू आ-आफ्नै हिसाबले सत्ता प्राप्तिका लागि दौड लगाइरहेका छन्। सत्यलाई कसैले सावित गरी रहनु पर्दैन। सत्ताकै लागि माओवादीले बाह्रवर्षे युद्ध लडे। सत्ताकै लागि कांग्रेस साठी वर्षदेखि निरन्तर लड्दैछ। सत्ताकै लागि एमाले आन्दोलनका विभिन्न चरणहरू पार गर्दै यहाँसम्म आइपुगेको छ। सत्ताकै लागि मधेशका नेताहरू मूल प्रवाहका राजनीतिक दलसँगको लामो सम्बन्ध, भावनात्मक लगाव र निष्ठा त्यागेर विभिन्न समूहमा बँडिएका छन्। सबैको ध्येय एउटै छ- सत्तामा कब्जा जमाउने र अकण्टक राज्य गर्ने। सोझो भाषामा यी कुराहरू व्यक्त गर्दा रुखो सुनिने हुनाले दलका नेताहरू कुशल वाणाले मन्दिरको गजुरमा सुनको मुलम्मा लगाएझैं आफ्नो उद्देश्यमा आदर्शवादको जलप लगाएर बोल्ने गरेका छन। साम्यवाद, समाजवाद, पुँजीवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद- जलप लगाएर बोलिएका यी कुनै पनि आदर्शसूचक शब्दहरूको सम्पूर्ण अर्थ हाम्रा दिग्गज नेताहरूकै दिमागमा घुस्न सकेको छैन। जनता त उसै पनि सुधो जाति हो। उसलाई सबैले सार्वभौमका मालिक मानेका छन्। ऊ मालिक हो कि मन्दिरको ढोकामा राखिएको दानपात्र हो? आफ्ना सन्दर्भमा दिनहुँ बोलिने यति ठूलो कुरा उसले बुझेकै छैन। नबुझेको यत्रो गहन विषय उसको दिमागमा झन् कसरी घुसोस्!
नौ वर्ष बित्यो देशमा जनआन्दोलन भएको। पुरानो राज्यको नयाँ संरचना, समावेशी समाज, अवसरको समानता, लोकतान्त्रिक गणतन्त्र, मेलम्चीको पानी, सिंगापुरजस्तै सफा र फराकिलो राजधानी, नागरिकका सेवामा घरदैलोमा सरकार - रंगीचंगी सपनाहरूको इन्द्रेणीमा जनता रमाएको थियो। विस्तारै ती इन्द्रधनुषी सपनाहरूको रंग उड्न थाल्यो। देशका सुयोग्य नेताहरू बादशाहको नयाँ पोशाकमा निर्लज्ज नांगै हिँड्न थाले। जनताले भन्यो, नेताहरू, यति निर्लज्जतापूर्वक नांगै नहिँडिदिनुहोस। सुयोग्य नेताहरूले समवेत स्वरमा एकैसाथ जवाफ दिए, हामी नांगो हिँड्यौं भन्ने भ्रम परेछ तपाईंहरूलाई। हामी त नांगो आँखाले देख्न नसकिने पोशाकमा सजिएका छौं। 'होला!' जनताले जिब्रो काढ्यो। नेताहरू विक्षिप्त भएछन भन्ने ताकत उसमा थिएन। छेउमा कुनै यस्तो बच्चा पनि थिएन जसले निर्भयतापूर्वक घाँटी फुल्ने गरी चिच्याओस्, 'होइन, होइन, हाम्रा नेताहरू त निर्वस्त्र छन। उनीहरूले भित्री वस्त्रसम्म पनि लगाएका छैनन्।'
गणतन्त्र स्थापनाको दशक बित्न आँटिसक्यो। हामीकहाँ त्यसलाई संस्थागत गर्ने एउटा संविधानसम्म बन्न सकेको छैन। तैपनि त देश चलिरहेको छ। देश चलाउन संविधान नै चाहिन्छ भन्ने मान्यता अनिवार्य होइन। सहमतिमा दलहरू निर्वस्त्र हिँडन सक्दछन् भने देश किन चल्न नसकोस? वास्तवमा, जति पनि दलका शीर्ष नेताहरू छन्, ती सबै आफ्नै दलका घोषणापत्रलाई संविधानका रूपमा देख्न चाहन्छन्। त्यसका बारेमा कतै पनि विमति देखिएको छैन। 'राम राज्य'को निर्माण सबैको कल्पनामा छ। रामको राज्य कस्तो थियो? नेताहरूले पुराणमा सुनेका छन। देश कस्तो बनाउने? आफैसँग कुनै कल्पना नभएपछि राम राज्यभन्दा उपयुक्त विकल्प अर्को के नै हुन सक्छ र? हात धुनेदेखि दिसामुक्त क्षेत्र घोषणा गर्नेसम्मका योजनाको तर्जुमा विदेशीले गरिदिएको छ। तिम्रो समाजअनुसार तिम्रो गणतन्त्र यस्तो हुनुपर्दछ- परिभाषा दिनेहरूको अभाव छैन। जे जानेका छैनन् त्यो नेपालीले नै जानेका छैनन्- नेताहरुको मनस्थिति यस्तै छ। नजान्ने नेपालीका जान्ने नेताहरूले भवसागरमा फँसेको देशलाई कसरी पार लगाउने छन्? यो उनैले मात्र जान्ने विषय भएको छ।
जेठभित्रै चुनाव सम्पन्न गर्न सक्ने सरकारको खोजीमा लागेका एकजना नेताले भर्खरै मात्र बताए, वर्षा लागेपछि चुनाव सम्भव छैन। संसारमा निरन्तर वर्षा भइरहने, निरन्तर हिमपात भइरहने, निरन्तर खडेरी परिरहने देशमा लोकतन्त्रको नियम अनुरुप चुनाव हुँदैन त? प्रश्नको जवाफमा उनले बताए, 'त्यो पनि होला। तर हाम्रो देशमा त्यो सम्भव छैन।' पानी परेको बेला लाइनमा उभिएर भोट खसाल्न कुन जनता मतदान केन्द्रसम्म पुग्दछ! जलवायु परिवर्तनको महामारी फैलिएको अहिलेको समयमा जेठमा पानी पर्दैन वा असारमा खडेरी लाग्दैन भन्ने कुनै वैज्ञानिक आधार भेटिँदैन। तर, नेताहरूलाई सत्ता र सुविधा दुवै चाहिएको छ। चुनाव पानी नपर्ने समयमा हुनुपर्दछ। सत्ता एकमुष्ठ हात पर्नुपर्दछ। फरक समयमा आएको सत्ता हातबाट खुस्किन सक्दछ भन्ने मान्यतामा टिकेको छ नेपालका राजनीतिक दलहरूको वैचारिक आधार। दलहरू पुराना हुन् वा नयाँ, प्रजातान्त्रिक हुन् वा साम्यवादी- सबैको आधार एउटै छ। सबै विरासतको राजनीति धान्न चाहन्छन्। मजा जे छ, त्यो विरासतमा नै छ।
हामी पत्रकार र विश्लेषकहरूले थेगो बनाएका छौं, यही अवस्था रहने हो भने जनताको धैर्यको बाँध टुटनेछ। नेताहरूले हाम्रो यो चेतावनीबारे कहिल्यै गम्भीर भएर सोचेका छैनन्। किनभने जनताको धैर्यको बाँध अहिलेसम्म टुटेको छैन। जबसम्म जनता राजनीतिको प्रक्रियामा सक्रिय रूपले संलग्न हुँदैन, तबसम्म उसको धैर्यको बाँध फुटे नै पनि त्यसको कुनै तात्विक असर पर्दैन। जन-आन्दोलनले नेपाली शक्ति र सत्ताको पारम्परिक संरचना भत्काएपछि जनतामा शक्तिको अवतरण भएको थियो। तर, त्यसलाई सबल हुनै दिइएन। जनताले आफनो शक्तिको अनूभूति गर्नै नपाइ राजनीतिक दलहरू सत्ता कब्जाको एकनिष्ठ अभियानमा जुटे। जनताले थाहै नपाई उसको सार्वभौम अधिकारमा दखल भयो। जनताका प्रतिनिधि हौं भन्नेहरूले प्रतिनिधित्व धर्मको पालना नै गरेनन।
व्यक्तिका आफ्नै सीमाहरू हुन्छन्। राजनीतिक सामाजिक र आर्थिक स्वतन्त्रताका लागि निरन्तर लडनसक्ने ताकत र क्षमता दुवै हुँदैन उसमा। जीवन धान्नका लागि मात्र नेपालीले विदेश नधाइ सुख पाएका छैनन। कहिले योद्धाका रूपमा, कहिले कामदारका रूपमा। देश भनेको नागरिक हो। प्रत्येक नागरिकको अस्मिताको रक्षा गर्नु सत्ताको कर्तव्य हो। तर जब देश नै नागरिकहरूको पलायनका लागि परिचयपूर्जी बाँडने इकाइमा परिणत हुन्छ त्यस बेला अस्मिता र अस्तित्वको कुनै अर्थ रहँदैन। त्यसबेला हामी चित्त बुझाउन मात्र सक्छौं नेपाली जाति संसारभरि फैलिएको छ। कन्दहारमा दशैं मनाए पनि कम्पालामा तिहार मनाए पनि नेपाली आफनै संस्कृतिमार्फत् एकाकार छन। मन बुझाउनका लागि यी तर्कहरू आफ्नो ठाउँमा उचित होलान्। तर, राजनीतिक यथार्थ तीतो हुन्छ। एउटा अस्तित्वशील देशका जनता आफ्नै देशको खोजीमा विदेशमा भौंतारिनुको पीडाको कुनै सीमाना हुँदैन।
सबै भन्छन्, देशले निकास खोजिरहेको छ। हाम्रा नेताहरू न देखेर जान्दछन्, न सुनेर पत्याउ"छन्, न पढेर सिक्दछन्। यही एउटा मात्र कारण हो- विगत साठी वर्षदेखि पात्रहरू मात्र फेरिएका छन। शब्द र कथनहरू उस्तै छन। समयअनुसार मान्यताहरू बदलिएका छैनन्। नेताहरू निकासका लागि सहमतिको खेलमा व्यस्त छन। तर, देशलाई गतिशील बनाउन आवश्यक मूलबाटो बन्न सकेको छैन। निकास त्यति सजिलो छैन। आफैंले शासन गर्नुपर्ने एकाधिकारवादी मानसिकता पालेर बसेका नेताहरू स्वयंले त्यसबाट मुक्ति नपाएसम्म देश उभो लाग्न सक्दैन।