यसपालिको फागुन सातको उपलब्धि तीन दलका शीर्षस्थ नेता एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तिनको दलद्वारा प्रस्तावित बहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकार प्रमुख बनाउन सहमत भए। अन्यथा मुलुकमा प्रजातन्त्र नभएका वर्षमा प्रजातन्त्र दिवस जसरी धुमधामसाथ मनाइने गरिन्थ्यो, त्यसको विपरीत प्रजातन्त्रको बहाली, त्यसपछि लोकतन्त्रको स्थापना र गणतन्त्रको आगमन पछि यस दिनको महत्त्व गौण नै बन्न पुगेको थियो। सार्वजनिक बिदा, देशबासीका नाममा राष्ट्रपतिको सम्बोधन र प्रधानमन्त्रीको वक्तव्य बन्द भएका थिए।
प्रजातन्त्र दिवसको भोलिपल्ट अर्थात् फागुन ८ मा हामी नागरिक आ-आफ्नो घर-आँगनमा थुनिन बाध्य भयौं। त्यसदिन 'ड्यास' माओवादीले गरेको नेपाल बन्द थियो। बाध्य भएर घरबाट निक्लनेहरूले त्यसको मूल्य त्यसरी नै चुकाए, जसरी प्रजातन्त्र प्राप्तिका निमित्त अघि बढ्नेहरू राजा महेन्द्र र तिनका छोरा वीरेन्द्रको समयमा दण्डित हुने गर्दथे। फरक व्यक्तिको मात्र हो। राजाहरूको पालामा दिनभर परिश्रम गरेर पेट पाल्नेहरूलाई कुनै व्यक्ति वा तिनका राजनीतिक दलको सनकका कारण भोकै बस्नुपर्ने बाध्यता हुँदैनथ्यो।
फाल्गुन ७ को अर्को पाटो यही दिन एउटा सपुत नेपाली जसले आफ्नो सर्वस्व र जीवन नेपालीलाई सार्वभौम सम्पन्न नागरिक बनाउन त्याग गर्यो , उसको जन्म भएको थियो। तिनै व्यक्तिको निधन फागुन ८ का दिन भयो। उहाँ, अर्थात् सिके प्रसाईंलाई नेपाली कांग्रेसले सायद बिर्सिसक्यो। त्यसैगरी उहाँका थुप्रै अनुयायी तथा मित्रहरूलाई पनि तिनको न जन्म दिनको सम्झना होला, न निधन भएको दिन। कांग्रेसजनमा स्मरण शक्ति र हिम्मत भएको भए ती मध्ये कसै न कसैले 'ड्यास' माओवादीलाई कमसेकम फागुन ८ का दिन ती व्यक्तिको सम्झनामा नेपालीलाई स्वतन्त्र भएर बाँच्न देऊ भनेर अपिल गर्ने थिए होलान्।
सिके प्रसाईसँगको मेरो परिवारिक सम्बन्ध लामो भए पनि उहाँलाई मैले वयस्क उमेरमा मात्र चिन्ने सौभाग्य पाएको थिएँ। २०२८ सालमा उहाँ जेलबाट छुट्नु भएको थियो, काठमाडौं उपत्यका छोड्न नपाउने प्रतिबन्धसहित। त्यतिखेर म पाटन कलेजमा बिए पढ्दै थिए। उहाँ कुपन्डोलस्थित आफ्नो घरमा बस्नु हुन्थ्यो। त्यसो त त्यही समय कुपन्डोलमा अन्य कांग्रेसका अन्य तीन नेताहरू पनि बस्नुहुन्थ्यो- किसुनजी, वासु रिसाल र योगप्रसाद उपाध्याय। किसुनजीकहाँ थुप्रै नेताहरू पुग्ने गर्थे। उहाँकहाँ प्रायःजसो योगप्रसाद र वासु रिसाल हुने हुनाले किसुनजीलाई भेट गर्न गए अरु दुईलाई त्यसै पनि भेट गर्न पाइने। भरत दाइ ( सिके) कहाँ त्यतिविघ्न मानिस आउँदैनथँे। राष्ट्रपुकार साप्ताहिकका सम्पादक/प्रकाशक होमनाथ दाहाल मात्र प्रायः जसो भरत दाइकहाँ भेटिने गर्दथे। श्रीनिष्पक्षको पेन नेमबाट प्रत्येक साता उहाँले लेखेको लेख राष्ट्रपुकारमा छापिने गर्दथ्यो। भरत दाइलाई त्यसअघि सुवर्णशमसेरले प्रवासमा हुँदा नेपाल पुकारको सम्पादन गराउने गर्नुभएको थियो।
भरत दाइसँगको मेरो पहिलो भेटमा उहाँले मेरो पढाइका विषयमा अभिरुचि राख्दै ‘गणित र अर्थशास्त्र' पढ्ने विद्यार्थी पनि राजनीतिमा लाग्ने हो? भन्नुभएको थियो। म त्यस समय टाइम्स अफ इन्डियाका दुई प्रकाशनहरू ‘धर्मयुग' र ‘इलस्ट्रेटिड विक्ली' पढ्ने गर्थे । हप्तैपिच्छे मेरो पिताजीले नयाँ सडकबाट फर्कदा यी दुई साप्ताहिक घरमा ल्याउनु हुन्थ्यो। भरत दाइले मलाई ती साप्ताहिक ‘बुझे पनि नबुझे पनि नियमित रूपमा पढ्न नछुटाउनुहोस्' भन्नुभएको थियो। कहिलेकाही धर्मयुगमा छापिने डा. राममनोहर लोहियाको लेख पढेर तिनका विषयमा उहाँसँग सोधपुछ गर्दथे। यो प्रक्रियामा उहाँबाट प्रजातान्त्रिक समाजवादका विषयमा प्रशिक्षण पनि पाइन्थ्यो। अनि प्रायःजसो भेटमा उहाँले मैले पढेको अर्थशास्त्रका विषयमा सोधपुछ गर्नुहुन्थ्यो। त्यस्ता अवसरमा उहाँले कक्षामा प्रयोग गरिने अर्थशास्त्रका वाक्यहरूको विस्तृत ज्ञान दिनुहुन्थ्यो। म अझै पनि उहाँले 'कन्ज्युमर सरर्प्लस तथा इन्डिफरेन्स कर्भ'का विषयमा गर्नुभएको वर्णन सम्झने गर्छु।
एकपटक उहाँ र मेरोबीचमा प्रजातान्त्रिक समाजवादको भविष्यका विषयमा छलफल भयो। उहाँले हाम्रो छलफलको विषयलाई लेख्न भन्नुभयो। मैले मेहनत गरेर एउटा लामो लेख लेखेको थिए। दाइले त्यो पढ्नुभयो अनि स्याबासी पनि दिनुभयो। पछि होमनाथ दाइलाई लेख प्रकाशन गर्न भनिदिनुभयो। राष्ट्रपुकारका दुई अंकमा मेरो त्यो लेख प्रकाशित पनि भयो। प्रथमपटक मैले लेखेको कुरा राष्ट्रपुकारमा छापिँदा म मख्ख भएको थिए। त्यस दिनदेखि उहाँले मलाई अझै मेहेनत गरेर पढ्ने सल्लाह दिनुभयो। ‘लेख्नु अघि पढ्नुपर्छ। आफूले जानेको/पढेको कुरालाई सरल तुल्याएर पाठकसमक्ष प्रस्तुत गर्नुपर्छ। राजनीतिमा समर्पित व्यक्तिको धर्म भनेको आफ्ना साथीहरूलाई सन्देश दिनु हो। त्यसकारण सन्देश के दिने र कसरी दिने विषयमा सोच्नु बहुतै जरुरी हुन्छ।' म पढ्ने प्रयत्नमा लागेँ, लेख्ने अवसर वा हिम्मत कम हुन थाल्यो। उहाँको उपत्यका नजर बन्द हटेपछि उहाँ पनि कुपन्डोलमा भन्दा बढी समय झापामा बिताउन थाल्नुभयो। हाम्रो नियमित भेटघाट पातलिँदै गयो।
एक दिन शेरबहादुर देउवा र रामशरण महत त्यस समयको नेपाल विद्यार्थी संघको अध्यक्ष र महामन्त्री मलाई बोलाउन आउनुभयो। उहाँहरू भरत दाइकहाँ जान लागेको हुनाले मलाई साथ लैजाने सोचमा हुनु हुँदोरैछ। हामी तीनलाई देखेर भरत दाई खुसी हुनुभयो। अन्ततिर रामशरण महतले उहाँलाई प्रश्न गर्नुभयो ‘प्रसार्इंजी, अब मेरो र शेरबहादुरजीको पढाइ सकिने भयो, हामीले के गर्ने? त्यही सल्लाह माग्न आएका हौं'। भरत दाइ गम्भीर हुनुभयो। अनि उहाँले भन्नुभयो ‘हेर्नुहोस् अहिले पार्टीमा युवा शक्तिको परिचालन र तिनको भविष्यका विषयमा कसैले पनि सोचेका छैनन्। तपाईंहरू जस्तो प्रभावशाली व्यक्तिलाई उत्पादक बनाउनु पर्दछ भन्ने सबैलाई थाहा छ। तर कसरी भन्ने सोच कसैमा पनि छैन। भोलिका दिनमा हामीले प्रजातन्त्र ल्यायौं भने हामीले चुनौती सामना गर्नुपर्ने हुन्छ। त्यसका निमित्त आजका भन्दा प्रभावकारी व्यक्तिको जरुरत पर्छ। प्रद्युम्नलाल राजभण्डारी र कुलशेखर शर्माभन्दा प्रभावकारी प्रशासक हामीले पाएनौं भने कसरी ती चुनौतीको सामना गर्ने? डा. भेषबहादुर थापा र डा. यादवप्रसाद पन्त भन्दा योग्य अर्थशास्त्री हामीसँग भएनन् भने त्यस समयको अर्थतन्त्र कसले सम्हाल्ने? अनि डा. बद्रीप्रसाद श्रेष्ठ र डा. हर्क गुरुङभन्दा योग्य योजनाविद् हामीसँग भएनन् भने कसले पार्टीको परिकल्पना अनुरुपको योजना तर्जुमा गर्ने? त्यसकारण मेरो सल्लाह मान्ने हो भने तपाईंहरू आफूलाई योग्य बनाउने अवसर खोज्नपट्टि लाग्नुहोस्।' यो सल्लाहपछि रामशरण महतले पुना विश्वविद्यालयमा गएर पिएचडी गरे। पछि उनले युएनडिपीमा काम गरे। मलाई अर्थशास्त्रमा एमए गर्ने, कृषि आयोजना सेवा केन्द्रमा काम गर्ने अमेरिकामा पढ्न जानेतिर आकर्षित तुल्याउन भरतदाइकै भूमिका छ।
मुलुकमा प्रजातन्त्रको पुनःस्थापना हुँदा म श्रीलंकाको कोलम्बोमा कार्यरत थिए। प्रथमपटक भुटानी शरणार्थीहरूको निमित्त कार्यक्रम तर्जुमा गर्न मलाई दुई साताका निमित्त काठमाडौं खटाइएको थियो। त्यतिखेर भरत दाइ ललितपुरको कुमारीपाटीस्थित कांग्रेस पार्टीको कार्यालयमा बस्नुहुन्छ भन्ने थाहा पाएर म उहाँलाई भेट्न गए। झन्डै पन्ध्र वर्षपछि हाम्रो भेट भएको थियो। उहाँ ओछ्यानमा पल्टिरहनु भएको थियो। त्यहाँ थुप्रै मानिस थिए। मैले नमस्कार गर्नासाथै उहाँले चिन्नुभयो। मेरो श्रीलंकामा भएका कार्य तथा नेपाल आउनुका कारणबारे सोध्नुभयो। मेरा विषयमा उहाँलाई धेरै कुरा थाहा भएको देखेर म अचम्भित भएँ। उहाँले मैले किन कृषि आयोजना छाडेदेखि लिएर देशान्तर साप्ताहिकमा प्रकाशित मेरो लेखहरूका बारेमा समेत कुरा गर्नुभयो। ‘मैले तपाईंका प्रायः सबै लेख पढेको छु। मुग्लान लाग्दैमा लेख्न छाड्नुहुन्छ?' पनि भन्नुभयो।
पुन एक वर्षपछि २०४४ सालतिर भुटानी शरणार्थीको कार्यक्रम बनाउने जिम्मा लिएर बैंककबाट काठमाडौं आइपुगेको थिए। त्यसबेला दीर्घराज कोइराला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो। ‘बाबु, मलाई तपाईंजस्तो नवयुवकको आवश्यक छ,' भन्ने उहा"को भनाइ र चक्र बाँस्तोलालाई ‘ल तिमी फर्क यहाँ आएर काम गर' जस्ता वचनले निक्कै प्रभाव पारेको थियो। भरत दाइसँगको भेटमा मैले आफू फर्कन कटिबद्ध भएको बताए। उहाँले बडो गम्भीर भएर मेरो आर्थिक तथा पारिवारिक स्थितिबारे सोधपुछ गर्नुभयो। अनि नम्र भएर भन्नुभयो ‘फर्कने समय भएको छैन्। अझै अनुभव बटुल्नुहोस। हामीले तपार्इंको उपयोग गर्न सक्तैनांै। केही वर्ष धैर्य गर्नुहोस्।' त्यो हाम्रो अन्तिम भेट थियो।
मैले चाहेर वा नचाहेर नेपालमा भन्दा बढी मुग्लानमा हुँदा थुप्रै समकालीन नेताहरूसँग भेटघाट गर्ने अवसर पाएको थिए। आफ्ना पुराना साथीहरू पनि ठुल्ठूला नेता भैसकेका थिए। उहाँहरूमा आएको परिवर्तनलाई भेटका अवसरमा नापजोख गर्ने चेष्टा गरेको थिएँ। कतिजना कांग्रेस नेताहरूले आफूलाई युवाहरूलाई लेखपढ गर्न तथा आफूले आर्जेको विवेकको प्रयोग गर्न प्रोत्साहित तुल्याए होलान्? यदि त्यस्ता कार्यहरूप्रति उनीहरू सक्रिय भइदिएको भए शायद कार्यकर्ताहरूलाई बाँच्नका निमित्त भ्रष्टाचार गर्नुपर्ने बाध्यता आइपर्दैनथ्यो होला। न त कार्यकर्तालाई पेट पाल्न नेताहरूको घर धाउनुपर्ने आवश्यकता आइपर्थ्यो। जेलमा हुँदा अथवा प्रवासमा हुँदा सिके प्रसाईंसँग शिक्षदीक्षा पाएका नेताहरूले मात्रै पनि युवा पिँढीलाई तिनको व्यक्तित्व विकासमा सहयोग गरे भने पनि कांग्रेसले प्रबुद्ध युवाहरूको भण्डार तयार गर्नसक्ने थियो। तर, आजको कांग्रेसलाई यस्तो सोच्ने फुर्सद कहा" छ र?