'भाषा म्वाःसा जाति म्वाइ।' (भाषा जीवित रहेमा मात्रै जाति बाँच्छ)
नेपालभाषाका महाकवि सिद्धिदास महाजु
मेरी आमा नेपालभाषा (नेवार भाषा) बाहेक अन्य भाषा बोल्न सक्नुहुन्न। खेतमा जाँदा, योग गर्न जाँदा वा सहर-बजारमा जाँदा उहाँ नेपाली भाषाका दुई-चार शब्द बोलेर आफ्नो कार्यव्यापार गर्नुहुन्छ। बुबा भने नेपाली भाषामा लेखपढ गर्नुहुन्छ। उहाँहरूबाट मैले सिकेको नेपालभाषा नै हो। यस अर्थमा मेरो मातृभाषा नेपालभाषा हो भने पढाइ, लेखाइ, रोजगार र सम्पर्कको भाषा भने नेपाली भाषा नै हो।
घरपरिवार र समुदायमा मात्रै चलेको मेरो मातृभाषा रोजगार, शिक्षा, व्यापार-व्यवसाय, अड्डा-अदालतमा लामो समयसम्म चलेन भने कति वर्षसम्म बाँच्छ, मनमा प्रश्न उठिरहेको छ। बोलीचाली, साहित्य लेखन र केही हदसम्म मिडियामा बाँकी रहेको नेपालभाषाले जीविकोपार्जनका विभिन्न क्षेत्रमा पनि प्रयोग हुने अधिकार पाएन भने कति दिन सास धान्ला, मस्तिष्कमा सवाल उठिरहेको छ। नेपालभाषा होस् या अन्य मातृभाषा, यिनले बाँच्ने अधिकार र मौका पाएनन् भने यिनीहरूसँग जोडिएका जाति, ज्ञान र संस्कृति कतिञ्जेल जीवित रहलान्? प्रश्न अनुत्तरितै छ।
दस प्रतिशत भाषामात्रै बाँच्ने?
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा भाषाशास्त्रीहरूले भूमण्डलीकरणका कारण २१ औं शताब्दीको अन्त्यसम्ममा विश्वका ६ हजार भाषामध्ये ९० प्रतिशत लोप हुनसक्ने अनुमान गरेका रहेछन्। नेपालका भाषाशास्त्री डा. योगेद्र यादवले नेपालको सन्दर्भमा अधिकांश भाषा जोखिममा रहेको जनाउ दिएका छन्। बंगाली भाषालाई राष्ट्रभाषाको मान्यता दिलाउन पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा भएको दशकौं लामो संघर्षलाई सम्मान गर्दै स्थापना गरिएको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा डा. यादवबाट यस्तो खतरनाक चेतावनी आएको हो। तर, नेपालको भाषानीति बनाउनुपर्ने सरकार, सरकार चलाउने दल र राजनीतिक नेतृत्व भने यस्तो खतराको घण्टी बजे पनि सुन्ने स्थितिमा देखिँदैनन्। यी राजनीतिक समाजलाई घच्घच्याउनुपर्ने निजी क्षेत्र, मिडिया क्षेत्र र अन्य गैरसरकारी भनिने क्षेत्रजस्ता नागरिक समाज पनि नेपालका मातृभाषाहरूको मृत्यु हुने क्रमबाट पटक्कै विचलित भएका छैनन्।
कवि, भाषिक अभियन्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले एकपटक लेखेका थिए- चितवनमा एउटा गैडा मर्दा वन्यजन्तु लोप भयो भनेर सारा बुद्धिजीवी कराउँछन्, तर भाषा मर्दा खोइ को कराएको छ? हेर्दाहेर्दै कुसुन्डा भाषा दोहोरो बोल्ने मान्छे सखाप भएकोमा चिन्ता पोख्दै उनले प्रश्न उठाएका थिए, भाषा मरेकोमा मुठीभर भाषाविज्ञानका विद्यार्थी र भाषाप्रेमीहरूलाई मात्रै चिन्ता हुने अनि अरु सबै समुदाय, बुद्धिजीवी, सरकार र राजनीतिक दलले बेवास्ता गर्ने विषय हो?
यस पंक्तिकारले 'गोरखापत्र' दैनिकको बहुभाषीकरण र गोरखापत्र संस्थानबाट विभिन्न राष्ट्रभाषामा पत्रिका प्रकाशनका लागि बनेको कार्यदलको संयोजकको भूमिका खेल्दा यी दुवै विद्वान्द्वयसँग पनि सहकार्य गर्ने मौका पाएको थियो। र, डा. कृष्ण भट्टचन र परशुराम तामाङसँगै यिनीहरूका चासो, चिन्ता र चिन्तनसँग साक्षात्कार गर्ने अवसर पाएको थियो। त्यही कार्यदलको प्रतिवेदनका आधारमा गोरखापत्र दैनिकमा 'नयाँ नेपाल' नामक बहुभाषी पृष्ठ २०६४ सालदेखि प्रक्ाशन गर्दै आएको छ। त्यतिखेर गोरखापत्रमा नेपाली भाषाको एकाधिकार कायम राखिछाड्ने र बहुभाषी पृष्ठकै कारण गोरखापत्र संस्थान डुब्ने चेतावनी दिने पुरानो मनस्थितिसँग जुध्नुपरेको थियो। धेरैजसो नेपाली भाषा मातृभाषा भएका व्यक्तिहरूबाट भएको प्रतिरोध छिचोल्दै पाँच वर्षदेखि बीसौं मातृभाषामा 'नयाँ नेपाल' नामक बहुभाषी पृष्ठ प्रकाशन भइरहेको छ। प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले तीन करोड दिएपछि प्रतिरोध मत्थर भएको थियो भने त्यसलाई कमबेसी रकमसहित निरन्तरता दिन अरु सरकार पनि बाध्य भएको थियो। यस अभियानलाई संस्थागत र स्तरीय बनाउँदै निरन्तरता दिने दायित्व गोरखापत्र संस्थानको मात्र होइन, राजनीतिक र नागरिक समाजको पनि हो। तर, यी सबै समाजका नेतृत्वदायीहरूको मनस्थिति भने अन्य मातृभाषा वा राष्ट्रभाषाको तिरस्कार र मृत्युको सर्तमा पनि 'नेपालीकरण'बाट मुक्त छैन, जुन शाह र राणा शासकहरूले सांस्कृतिक अभियानकै रूपमा थालेका थिए।
'नेपालीकरण' र गैरनेपालीकरण
कुनै पनि राज्यका सञ्चालकले आफ्नो मातृभाषालाई देशको भाषा बनाउन खोज्नु अनौठो होइन। शाह राजाहरूले पनि गोरखा राज्यको विस्तारसँगै आफ्नो वर्ग, जात, धर्म, भाषा र संस्कृतिको वर्चस्व विस्तारका लागि आफ्नो मातृभाषालाई सर्वाेपरि राखेका थिए। प्रयागराज शर्माका अनुसार 'असिल् हिन्दूस्तान' बनाउने ध्येयका साथ क्षेत्रीय विस्तार गरेका शाह राजाहरूको बनाएको राज्यका मुख्य-मुख्य सांस्कृतिक खम्बा थिए : १) गोरखाली राजाको प्रश्नातीत सत्ता र प्राधिकार, २) राष्ट्रिय जीवनमा हिन्दू धार्मिक संस्कृतिको सर्वाेच्चता, ३) जातप्रथामा आधारित हिन्दु सामाजिक व्यवस्थाबाट सामाजिक एकीकरण तथा ४) सरकारी, प्रशासनिक र शैक्षिक क्षेत्रको भाषाको रूपमा नेपाली भाषालाई मान्यता रहेको तथ्यले उल्लेख गरेका छन्। राणा शासनकालमा भने गोरखाली राजाको प्रश्नातीत सत्ता र प्राधिकारको प्रावधानलाई आफ्नो खोपीमा सुरक्षित राख्दै अन्य ढंगले 'नेपालीकरण' चलाइयो। यसलाई हर्क गुरुङले नेपालको बहुभाषिकतालाई खस कुराको एकाधिकारमा विलय गराउन खोजिएको अर्थमा व्याख्या गरेका थिए। उनको भनाइअनुसार यसबीचमा पर्वते/खस कुरालाई 'नेपालीकरण' नामकरण गरी राष्ट्रभाषा स्थापित गरियो, अझ पौराणिक संस्कृत भाषालाई काखी च्यापेर जातीय मातृभाषालाई थान्को लगाइयो। पूर्वी पहाडीबाट सिँजाली-खसकुरा-पर्वते-गोर्खाली र अन्ततः नेपाली नामकरण गरियो। हुन त यसरी कुनै भाषाको विकासक्रमप्रति अन्य कुनै पनि भाषाभाषीमा डाहा र ईर्ष्या उचित छैन। तर, नेपाली भाषाको विकास र वर्चस्व अन्य सबै नेपाली भाषाको बेवास्ता, तिरस्कार र मृत्युको सर्तमा त गरिएको होइन, प्रश्न उठ्नु र उठाइनु अस्वाभाविक होइन।
एकतिर, मातृभाषामा लेखेबापत सिद्धिदास महाजु, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठहरूले कठोर जेल सजाय पाउने, नेपाल संवतको नयाँ वर्षमा 'भिन्तुना' (शुभकामना) बाँडेबापत हिरासतमा बस्नुपर्ने र स्थानीय निकायमा समेत मातृभाषा प्रयोग गर्न बन्देज लगाउने अदालती निर्णय लागू गर्ने कामले यस्ता धेरै प्रश्न उठाएका छन्, जसको उत्तर अहिलेसम्म दिइएको छैन। अर्काेतिर, नेवारलगायत अन्य भाषालाई जंगली भाषा ठहर्याभउने, तिनलाई गलहत्याउन नसकेसम्म गोर्खाभाषा (नेपाली भाषा)को उन्नति नदेख्ने कृष्णचन्द्र अर्याल, वैद्यनाथ जोशी र राममणि आदीको जस्तो राणाकालीन बौद्धिक प्रवृत्ति पनि नभएको होइन। त्यस्तै, सन् १९५६ मै नेपाली भाषालाई राष्ट्रभाषा बनाउन प्राथमिक विद्यालयदेखि नै लाद्नुपर्ने मतावलम्बी पनि छँदैछन्। यस्तो एकाधिकारी राष्ट्रिय शिक्षा योजना बनाउने योजनाकारहरूको सोचाइ अहिले पनि विभिन्न रूपरंगमा अझै हावी रहेका छन्, जसले धेरै भाषिक प्रश्नलाई अनुत्तरित नै बनाउँछन्।
भाषामा लोकतन्त्रीकरणको माग
२०४६ सालको परिवर्तनपछि पनि संविधानले नेपाली भाषालाई 'राष्ट्रभाषा' र अन्य मातृभाषालाई 'राष्ट्रिय भाषा' भनी मान्यता दिए पनि नेपालीभाषाको एकाधिकारको नीतिलाई स्वीकार गरिएको थियो। लामो समयसम्म संविधानतः अपरिभाषित राखिएको 'राष्ट्रभाषा' र 'राष्ट्रिय भाषा'को अन्तरलाई अड्डा-अदालत, शिक्षा र मिडियामा एक भाषाको एकाधिकारी अभ्यासबाटै परिभाषित गरिएको हुनसक्छ। तर, यस्तो एकाधिकारी नीति र अभ्यासमाथि पटक-पटक प्रश्न उठाउने कामसँगै अनेक भाषिक आन्दोलनसमेत भइसकेका छन्। २०६३ को जनआन्दोलनको बलमा पुरानो संविधान च्यात्ने र नयाँ अन्तरिम संविधानको अभ्याससँगै राष्ट्रभाषाको साँधसिमाना भत्किनचाहिँ भत्किएको छ। तर, नेपालीभाषाबाहेक अन्य राष्ट्रभाषाको प्रयोग के कसरी हुन्छ, तिनका अधिकार कति हुन्छन्, तिनलाई दिइएको राष्ट्रभाषाको दर्जा र प्रयोग कस्तो खालको 'राष्ट्र' निर्माणका लागि हो, अझै अपरिभाषितै छ।
संविधानसभाबाट नयाँ संविधान लेखन र पुरानो राज्यको पुनर्संरचनासँगै संघीयता लागू हुने स्थितिमा भाषिक अधिकारले मूर्त रूपमा लागू हुने आशा पनि झिनो भएको हुनसक्छ। त्यसमा पनि विभिन्न प्रदेशलाई प्रमुख भाषाका आधारमा नामाकरण गर्नमा कन्जुस्याइँ देखिने खालका सम्झौता भएको, ती प्रदेशका सरकारी, प्रशासनिक र शैक्षिक कामकाजमा विभिन्न मातृभाषाहरूको प्रयोगमा हिच्किचाहटले भरिएका अनेक प्रावधानमा पनि सहमति भएका तथ्यले भने थप आशंका उठाएको हुनसक्छ। तर, नयाँ निर्वाचन भयो भने भाषिक अधिकारको परिभाषा र व्याख्याको माग जोडदाररुपमा उठ्ने नै छ। किनभने संविधान, संघीयता, राज्य पुनर्संरचनाको मागको नेपथ्यमा भाषिक अधिकार र भाषिक पहिचानको स्थापना बलियोसँग उभिएको तथ्य कसैले पनि बिर्सनु हुँदैन।
कुनै पनि भाषा सांस्कृतिक पुँजी हो, यस्तो पुँजीबाट राष्ट्र : जनता र राष्ट्र बन्न नसकेको देशलाई जति समृद्ध पार्न सकियो आन्तरिक राष्ट्रियता उति बलियो हुन्छ। तर, आफ्नै राष्ट्रभाषालाई मात्रै निर्विकल्प ठानेर अन्य राष्ट्रभाषा मरे मरुन्, अन्य भाषीका सांस्कृतिक पुँजी नष्ट भए होस् भनेर सोचियो भने आन्तरिक राष्ट्रियता कमजोर हुन्छ। बहुभाषिक मुलुकमा भाषाको विवाद बल्भि्कयो भने आन्तरिक राष्ट्रियता कमजोर हुनेमात्र होइन, बहुराष्ट्रिय राज्य निर्माण नै भड्खालोमा जाकिन सक्छ। बीपी कोइरालाले भनेझैं राष्ट्र भनेको सिमाना र सिमानाभित्रको माटो होइन, जनता हो, विविध भाषा र जातिका नागरिक हो। वैरागी काइँलाले भनेझैं राष्ट्र निर्माणमा एउटाबाहेक अरु भाषा अनावश्यक छन् भन्ने कुरा गैरराजनीतिक, अनावश्यक र घातक हो।
मुलुकको विविधता अस्वीकार गरी एकले अर्काेलाई सम्मान गर्न नसक्दा मुलुकलाई फाइदा हुँदैन। नेपाली राष्ट्रियता भनेको नेपालमा बस्ने सबै जातिको साझा भावना हो। यसरी निर्माण भएको राष्ट्रियता सबैको हुने भएकाले सबै भाषा, संस्कृति र साहित्यलाई राज्यले सम्मान गर्नुपर्छ। पुरानो दृष्टिकोण पालेर मात्रै राष्ट्रियता सुदृढ हुँदैन।
त्रिभाषीय सूत्र र सांस्कृतिक लोकतन्त्र
नेपाल एकल राष्ट्र-राज्यबाट बहुराष्ट्रिय राज्य निर्माणतिर अगाडि बढिरहेको बेला सांस्कृतिक लोकतन्त्र अति महŒवपूर्ण हुन्छ, जुन सबै भाषाको विकास र अधिकार स्थापनासँगै बलियो हुने आन्तरिक राष्ट्रियताको जगमा मात्रै निर्माण हुन्छ। यसका लागि राज्यको ठूलो लगानी भइसकेको नेपाली भाषालाई सम्पर्क भाषाका रूपमा प्रमुखता दिएर अन्य राष्ट्रभाषालाई पनि ठाउँअनुसार सरकारी कामकाजको भाषाको रूपमा स्थापित गर्न सकिन्छ। भारतीय अनुभवबाट सिकेर नेपालमा पनि त्रि-भाषा सूत्र अर्थात् अन्तर्राष्ट्रिय स्तरमा अंग्रेजी भाषा, नेपालमा सम्पर्क भाषाका रूपमा नेपाली भाषा र ठाउँअनुसार अन्य राष्ट्रभाषालाई स्थान, हैसियत र अधिकार दिइँदा भाषिक विवाद बल्भि्कन पाउँदैन।
सीके लालको भाषामा, अहिले समस्याको एउटा पाटो के हो भने मातृभाषा नेपाली हुनेहरू अन्य राष्ट्रभाषा बोल्नेहरूको तुलनामा अग्रताको सुविधा पाउँछन्, त्यो सुविधा कसैले खोस्न सक्दैन। तर, सरकारी, प्रशासनिक र शैक्षिक क्षेत्रमा नेपाली भाषाको निर्विकल्प प्रयोगका कारण सत्ता, शक्ति, सञ्चार र अन्य क्षेत्रमा नेपालीभाषीको अग्रताले ईर्ष्या र डाह जन्माउनसक्ने पक्षप्रति नेपाली मातृभाषीहरू पनि सचेत हुने बेला भइसकेको छ। उनीहरूले पनि स्कुल स्तरबाटै नेपालकै कुनै एक राष्ट्रभाषा पढ्ने र आफूलाई पनि भाषिक संवेदनाले भरिएको नागरिकको रूपमा प्रस्तुत गर्ने काम गर्नु जरुरी छ।
भाषाशास्त्रीहरूले देशमा रहेका ९२ भन्दा बढी भाषाको संरक्षणका निम्ति सरकारले आफ्नो बहुभाषिक शिक्षानीति व्यवहारमा लागू गर्न ढिलाइ गर्नु हँुदैन भन्ने मत व्यक्त गरेका छन्, जुन सकारात्मक हो। तर, मातृभाषामा अध्ययन-अध्यापनलाई रोजगारको अवसर, विभिन्न स्थानविशेषमा सरकारी कामकाजसँग जोड्न सकिएन भने पहिचान, आत्मसम्मान र सिर्जनशीलताको बोधले मात्रै बहुभाषिक शिक्षानीतिलाई धान्न गाह्रो हुनसक्छ। अन्य मातृभाषा बोल्ने परिवारमा नेपाली भाषामा मात्र होइन, अंग्रेजी भाषामा बोलीचाली र अध्ययनका लागि होडबाजी चल्नुको नेपथ्यमा रोजगार, सम्पत्ति र सत्ता जोडिएको तथ्य बिर्सन मिल्दैन। यतिखेर राज्य पुनर्संरचना गर्न चाहने राजनीतिक समाज र नागरिक समाजले 'भाषिक पहिचान र अधिकार स्थापनाबिना नै आन्तरिक राष्ट्रियता सुदृढ हुन्छ, सांस्कृतिक लोकतन्त्रतिरको यात्रामा पनि फड्को मारिन्छ नि' भनेर सोचेका छन् भने त्यो फगत सोम शर्माको सपनाजस्तै हुनेछ।