२०४६ सालको आन्दोलनपछि नेपालको राजनीतिक बजारमा निकै चलन चल्तीमा आएको भनाइ थियो 'शिशु प्रजातन्त्र'। त्यतिबेला स्थानीय कार्यकर्तादेखि राष्ट्रिय नेताहरूले चोकमा हुने कोणसभादेखि आमसभासम्ममा भन्ने गर्थे, 'हाम्रो प्रजातन्त्र अझै बाल्यावस्थामा छ। यो परिपक्व भइसकेको छैन। त्यसैले यो कमजोर पनि छ। यस्तो अवस्थामा सबैको कर्तव्य पहिले शिशु प्रजातन्त्रलाई हुर्काउनु हो।' त्यसको केही समयपछि अर्थात् प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो निर्वाचनसँगै अर्को भनाइ नेपाली राजनीतिमा आउन थाल्यो। त्यो थियो 'प्रजातन्त्र खतरामा छ'। अनि यो भनाइसँगै 'राष्ट्रिय सहमति'को नाराले नेपाली बजारमा निकै भाउ पाएको थियो।
तर पछि रहस्य खुल्दै गयो। वास्तवमा ती सबै शब्दहरू हाम्रा नेताका चलाखी थिए। २०४६ सालको परिवर्तनपछि पनि जनजीविकाको सवालमा नेताहरूले खासै काम गर्न सकेका थिएनन्। दलहरूबीच आन्तरिक खिचलो उत्पन्न हुन थाल्यो, सत्ता प्राप्तिका लागि भएको हानथापले राजनीतिक स्थिरता खलबलिँदै गयो। तर जनताको ध्यान यस तर्फबाट हटाउनकै लागि नेता तथा उनका अनुयायीले शिशु प्रजातन्त्र, प्रजातन्त्र खतरामा छ र राष्ट्रिय सहमति जस्ता नारा राजनीतिको बजारमा घन्काउन थाले। वास्तवमा अपरिपक्व त हाम्रै नेताहरू थिए र छन्। प्रजातन्त्रमाथि खतरा हाम्रै नेताहरूबाट भएको रहस्य पनि खुल्दै गयो। दुःखको कुरा हाम्रा राजनीतिज्ञहरूमा अझै पनि देश हाँक्न सक्ने शैली विकास गर्ने परिपक्वता आइ सकेको छैन। विषम परिस्थितिमा उनीहरू अझ पनि जिम्मेवारी लिन हिचकिचाउछन्।
यसको पछिल्लो उदाहरण चुनावी सरकार प्रकरण हुन पुगेको छ। सोमबार बिहान नेपालका प्रमुख राजनीतिक दलहरू प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्वका लागि सहमत गराउन सफल भएको समाचार आयो। प्रधानन्यायाधीशसँगको भेटपछि केही प्रमुख नेताहरूले चुनावी सरकारका लागि न्यायपालिकाका प्रमुखलाई मनाउन सफल भएको बताए। वर्षौसम्म दलीय लोकतान्त्रिक व्यवस्थाका लागि संघर्ष गरेका दलका नेताहरूले गर्वकासाथ प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गर्न सहमत पारेको सञ्चारमाध्यमलाई बताए।
आइतबारसम्म प्रधानन्यायाधीश चुनावी सरकारको नेतृत्व गर्न इच्छुक नभएको समाचार आइरहेका थिए। आइतबार बेलुका नै प्रसारण भएको एक टेलिभिजन कार्यक्रममा बोल्दै एकीकृत माओवादीका एक नेताले देशलाई निकास दिन चुनावी सरकारको नेतृत्वका लागि दलहरूले ल्याएको प्रस्ताव प्रधानन्यायाधीशले स्विकार गर्नुहुन्छ र स्विकार गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए।
नेपाली राजनीति भारतबाट प्रभावित छ भन्ने विश्वास जनमानसमा छ। नेपालका नेताहरूले भारतीय राजनीतिको सिको गर्ने कुरामा धेरैले विश्वास गर्छन्। तर यस्ता कुरामा विश्वास राख्नेहरूले एउटा पक्षमा हेक्का राख्दैनन् कि अरु बेला विभाजित र झगडा गरिरहने भारतीय दलहरू राष्ट्रिय चासोको विषयमा एकमत हुन्छन्। राष्ट्रिय आवश्यकताका लागि राष्ट्रिय समस्या समाधानका गर्न उनीहरू एक ढिक्का भएर अगाडि बढ्ने गर्छन्। त्यसका लागि उनीहरू हरेक जिम्मेवारीलाई वहन गर्न तयार हुन्छन्।
नेपालमा पनि देशलाई निकास दिनका लागि निर्वाचन अहिले राष्ट्रिय आवश्यकता हो। दलहरूबीचको आपसी खिचलोका कारण निर्वाचनको सम्भावना नै क्षीण हुँदै गएपछि यो राष्ट्रिय समस्याका रूपमा परिणत हुँदै गएको छ। राष्ट्रिय समस्या समाधानका लागि हरेक किसिमको जिम्मेवारी वहन गर्न दलहरू अगाडि बढ्नुपर्ने थियो। तर यहाँ यतिका दलहरू चुनावी सरकारको निर्माण आफैंबाट गर्न सफल भएनन् किनभने त्यसको चाहना नै उनीहरूमा थिएन। उनीहरूको ध्यान निर्वाचनभन्दा पनि सत्तामा केन्द्रित थियो। सत्ता प्राप्त नभएको खण्डमा मुलुकको समस्या जति बढ्दै गए पनि त्यसबाट दलहरू उदासिन थिए।
आफूले बिगारेको कुरा आफैंले समाधान गर्न नेपालका दलहरू असफल हुँदै गएका छन्। किनभने उनीहरूमा बनाउने प्रवृत्ति नै लगभग समाप्त भइसकेको छ। 'मेरो नभए कसैको नहोस्' भन्ने भावना लगभग सबै दलहरूमा देखिँदै गएको छ। अनि बनाउनै पर्ने भएमा अर्काको मुख ताक्ने प्रवृत्ति झाँगिदै गएको छ। एमाओवादी नेताले मुलुकलाई निकास दिन प्रधानन्यायाधीशले जिम्मेवारी लिनैपर्ने कुरा गर्दा के कुरा बिर्से भने त्यसको पहिलो जिम्मेवारी त दलहरूकै हो नि। आखिरमा मुलुकको वर्तमान अवस्थाका लागि दलहरू आफैं जिम्मेवार होइनन् र? अस्थायी रूपमै भए पनि मुलुकको निकासका लागि दलहरू नै मिल्नुपर्ने होइन र? तर कस्तो अचम्म बहुदलीय लोकतन्त्रका लागि लडेका दलहरू आफूहरूभित्रैबाट सरकार प्रमुख खोज्न एकमत हुन सकेनन्।
प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गराउने प्रकरणमा एउटा कुरामाथि दलहरूले विचार गरेका थिएनन्। त्यो हो प्रधानन्यायाधीशको चाहना। प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्न अस्वीकार गरेको खण्डमा के हुने भन्नेतर्फ कुनै दलमा गृहकार्य भएको थिएन। गृहकार्य त त्यो प्रस्ताव लैजानुअघि अनौपचारिक रूपमा भए पनि प्रधानन्यायाधीशको धारणा बुझ्ने पनि नभएको घटनाक्रमले प्रमाणित गरिसकेको छ।
प्रधानन्यायाधीशबाट त प्रस्तावको गहन अध्ययन भयो। त्यस प्रस्तावमा रहेका केही बुँदा त निर्वाचनलाई निश्चित गर्नुभन्दा चुनावी सरकारको नेतृत्वलाई नै असफल बनाउने खालका थिए। यदि प्रधानन्यायाधीश नेतृत्वको सरकार चुनाव गराउन असफल भएमा त्यसको दोष व्यक्तिगत रूपमा सरकार प्रमुखमा मात्र सीमित हुने छैन। बरु त्यो दोषका केही छिटा न्यायपालिकासम्म पनि पुग्नेछ। जबकि न्यायापालिका जनताको विश्वासको मियोका रूपमा अडिग छ।
एकीकृत माओवादीले फाल्दै आएको हरेक 'तुरुप'का पछाडि गति छाडेर भाग्दै आएका एमाले र कांग्रेसले सम्भवतः प्रधानन्यायाधीशबाट पनि चुनावी सरकार नेतृत्व सहजै स्वीकार हुनसक्ने अनुमान गरेका थिए। तर, त्यसो हुन सकेन र कुनै काममा अगाडि बढ्दा त्यसको विकल्पबारे पनि विचार पुर्याथउने संस्कार नभएको नेपाली राजनीतिले त्यसको परिणाम भोग्नु पर्यो्। केही दिनसम्मको हुन्छ/हुन्नको द्विविधाबीच अब जेठमा निर्वाचन लगभग असम्भव भइसकेको छ।
त्यो द्विविधा अपरिपक्व नेताहरूको कारणले भएको हो। आफ्नो अपरिपक्वतालाई कुनै बेला शिशु प्रजातन्त्र, प्रजातन्त्र खतरामा छ र राष्ट्रिय सहमतिको नाराले बेर्दै आएका दलहरूले आफैंलाई समयअनुसार परिपक्व बनाउन सकेनन्। अझै पनि हाम्रा दलमा राजनीतिक संस्कार देखिएको छैन। राष्ट्रिय मुद्दामा एकमत हुने संस्कार विकसित हुन सकेको छैन। नेताहरू अझ पनि बालबालिकाले 'जंकफुड'का लागि मरिहत्ते गरेजस्तै सत्ताका लागि तछाडमछाड गरिरहेका छन्। सबैभन्दा खतरनाक कुरा त आफूले सत्ता नपाए अरुका लागि पनि तगारो बन्ने प्रवृत्ति हो। त्यही भएर नै चुनावी सरकारको नेतृत्वका लागि कुनै पनि दलमा उपयुक्त पात्र भेटिएन।