प्रधानमन्त्री माधवकुमार नेपाल छिमेकी भारतको पाँच दिने भ्रमणबाट फर्केपछि अहिले त्यस भ्रमणको सफलता-असफलताका बारेमा चर्चा-परिचर्चाहरु भइरहेका छन्।
खासगरी प्रमुख विपक्षी माओवादीका नेताहरु यस भ्रमणलाई असफल साबित गर्न कम्मर कसेर लागे पनि भ्रमण शान्त विवादरहित र उपलब्धिमूलक देखिएको छ।
प्रधानमन्त्री नेपालको भारत भ्रमणलाई मुख्यतः तीनवटा कोणबाट हेर्न उपयुक्त हुन्छ। एक प्रधानमन्त्री नेपालद्वारा यसलाई सद्भावना भ्रमणका रुपमा लिइएको थियो। सर्वदलीय बैठक संसदीय समितिदेखि सार्वजनिक कार्यक्रममा समेत उहाँले आफ्नो भ्रमण सद्भावना मात्र भएको स्पष्ट पार्दै आउनुभएको थियो। नेपालमा जारी शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन र निर्धारित मितिमा नयाँ संविधान लेख्नका लागि हामीलाई सबैको सद्भावना र सहयोग चाहिन्छ। त्यसमा पनि बाह्र बुँदे समझदारी निर्माणदेखि अहिलेसम्म सहयोग पुर् याउँदै आएको सन्दर्भमा भारतको सहयोग अझ बढी अपेक्षित हुनु अस्वाभाविक होइन। भारतले प्रधानमन्त्री नेपालको नेतृत्वमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने नयाँ संविधान बन्ने र निर्वाचन हुने विश्वास प्रकट गरेको छ।
भारतले लामो समयदेखि निकै प्राथमिकतामा राख्दै आएको सुपुर्दगी सन्धि र सीमासम्बन्धी सन्धिमा यस पटक छलफल भएन। राष्ट्रिय सहमति नबनेका विषयलाई भारतसँग नउठाउने प्रधानमन्त्री नेपालको पूर्वघोषित प्रतिबद्धताकै कारण यस्ता विवादास्पद विषयमा प्रवेश नै भएन जसबाट माओवादी बढी चिन्तित देखिन्छ। किनभने यस्ता विवादास्पद विषय आउनासाथ त्यसैमा उभिएर कथित राष्ट्रियताको आन्दोलन गर्ने तयारीमा रहेको माओवादी यसबाट निराश भएको छ।
दुई भारतले यसपटक अहिलेसम्मकै सबैभन्दा बढी करिब ३३ अर्ब आर्थिक सहयोग गरेको छ। नेपालमा लोकतन्त्र स्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत जाँदा भारतले १६ अर्ब सहयोग गरेको थियो भने विगतमा पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा भारत जाँदा कोसीका बाढीपीडितका लागि ३२ अर्ब सहयोग प्राप्त भएको थियो जुन उहाँ नजाँदा पनि भारतले दिनुपर्ने निश्चित थियो। त्यतिबेला उपहार का रुपमा प्राप्त भएको भनिएको नौमुरे जलविद्युत आयोजनाको अहिलेसम्म अत्तोपत्तो छैन। यसैकारण यसपटक भारतबाट प्राप्त हुने घोषणा भएको सहयोग दुई देशद्वारा जारी संयुक्त प्रेस वक्तव्यमै उल्लेख गरिएको छ । बहुचर्चित पाचेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न पनि दुबै देश सहमत भएका छन्। त्यसैगरी नेपाल र भारतबीच व्यापारका सम्बन्धमा भएका दुईवटा सन्धि दीर्घकालीनरुपमा नेपालको हितमा छन्।
तीन प्रधानमन्त्री माधवकुमार नेपालप्रति भारतीय नेताहरुमा ठूलो विश्वास रहेको पाइएको छ। माओवादीलाई आतंककारी घोषणा गरिएको बेला भारतका लखनऊ गोरखपुर सिलिगुडीदेखि दिल्लीसम्म पुगेर शान्ति प्रक्रियामा ल्याउने व्यक्ति माधवकुमार नेपाल नै हुन् भन्ने भारत सरकार र त्यहाँ उच्च नेतालाई राम्ररी थाहा छ । फेरि माधव नेपाल जुन अवस्थामा प्रधानमन्त्री बन्नुभएको छ यसलाई भारतीय राजनेताले राम्ररी बुझेको पाइएको छ। सहमतिका आधारमा सरकार बनेको अवस्थामा माओवादीले एक्लै सेनापति हटाउने जुन निर्णय गर् यो त्यही कारणले ऊ सत्ताबाट बाहिरिनुपरेको खुला तथ्य सबैका सामु छ। भारतमा रहँदा त्यहाँ उच्च सरकारी अधिकारीदेखि राजनीतिक दलका नेताले समेत यही तथ्यलाई आत्मसात् गरेको महसुस भएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो मुलुकका चासोका विषय दृढताका साथ भारतीय समकक्षीसमक्ष राख्नुभएको छ। सीमा क्षेत्रमा भारतीय पक्षबाट पटक-पटक खडा हुँदै आएको समस्या पनि उठाइएको छ। त्यति मात्र होइन भारतीय भूमिमा आश्रय लिएर नेपालमा भइरहेका आपराधिक गतिविधिका बारेमा उच्चतहमा कुराकानी भएको छ। भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले पनि आफ्नो मुलुकको चासोका विषयहरु राख्नुभएको छ। भारतीय पक्षले सधैँझै यसपटक पनि नेपाली भूमिबाट नक्कली भारतीय रुपियाँ भारत भित्रिरहेको पाकिस्तानी गुप्तचर संस्थाले नेपालमा आफ्नाविरुद्ध गतिविधि गरिरहेको जस्ता परम्परागत भनाइ नै राखेको छ । प्रधानमन्त्री नेपालले स्पष्टरुपमा नेपाली भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर् याउँदै भारतीय भूमिबाट पनि नेपालविरोधी गतिविधि पूर्णरुपमा रोक्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल सार्वभौम र स्वतन्त्र मुलुक हो । त्यसैले मुलुकको प्रधानमन्त्री बाहिर जाँदा के के माग्न सक्यो भन्ने आधारमा भ्रमणको मूल्यांकन गर्नु दरिद्रता हो । मुलुकको राष्ट्रिय हितलाई कत्तिको दह्रोका साथ राख्न सक्यो भन्ने आधारमा सफलता वा विफलताको आकल गर्नुपर्छ । तर नेपालमा भने स्थिति विडम्बनापूर्ण छ । उता प्रधानमन्त्रीको भ्रमण सकिएकै थिएन यता पूर्वप्रधानमन्त्री भन्छन्- 'भ्रमण असफल भयो। किनभने व्यापार सन्धि नै भएन।' त्यो व्यापार सन्धि पनि नेपालको हितमा भएको छ। नेपालका आन्तरिक मामिलाहरुलाई आन्तरिक रुपमा हल गर्नुपर्छ विदेशीको मुख ताकेर हुँदैन। तर यस विपरीत माओवादीले आन्तरिक राजनीतिलाई पनि विदेशीको क्रिडास्थल बनाउन खोजेको छ। यसलाई सबै मिलेर अस्वीकार गर्नुपर्छ।

(लेखक प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन्)