शीर्षकमा झुन्डिएका बाबु-छोरा ज्ञानेन्द्र र पारस शाह हुन्। र बाबु-छोरी हुन् गिरिजाप्रसाद र सुजाता कोइराला।
ज्ञानेन्द्र र गिरिजाको उद्भव र विगत करिबन उल्टो छ। कोइराला वंशका गिरिजा प्रजातन्त्रका योद्धा कृष्णप्रसाद कोइरालाका छोरा र वीपी कोइरालाका भाइ हुन्। शाह वंशका ज्ञानेन्द्र हुन् निरङ्कुशतन्त्रका रक्षक महेन्द्र शाहका छोरा र वीरेन्द्र शाहका भाइ। गिरिजा निर्दलीय तानाशाहीको ढाड बङ्ग्याउन जब विमान अपहरण गराउँदै रकम कुम्ल्याउँदै र बन्दुक उठाउँदै थिए ज्ञानेन्द्र गिरिजाको ढाड भाँच्न मण्डले जत्थाको भरणपोषण र प्रशिक्षणमा व्यस्त थिए। गिरिजा प्रजातन्त्रको ध्वजा फहराउन जब कारावास प्रवास र देश दौडाहाको कष्टकर यात्रामा थिए ज्ञानेन्द्र वन्यजन्तुको विनाश पुरातात्विक महत्वका मूर्तिहरुको सिकार र अकूत धन साचयमा मग्न थिए। गिरिजा ज्ञानशाही असोजतन्त्र र मकरतन्त्रलाई तह लगाउन जब रत्नपार्कमा सकीनसकी हिँड्दै थिए ज्ञानेन्द्र तिनको गर्धनमाथि तरबार नचाउँदै तानाशाहीको मौलो गाड्ने अभ्यासमा कटिबद्ध थिए । यो भयो यी दुई पुरुषको हिजोको विपरीत जीवनवृत्त।
तर आज इतिहासको अर्को कालखण्डमा ज्ञानेन्द्र र गिरिजाको जीवन एउटै रेखामा पुयुजन हुन लागेको प्रतीत हुन्छ। यो ज्ञानेन्द्रको गिरिजामा उत्थानको कथा होइन गिरिजाको ज्ञानेन्द्रमा पतनको कथा हो। यो कथाको कथ्यको केन्द्रमा पारस र सुजाता रहेका छन् । ज्ञानेन्द्रपुत्र पारस र गिरिजापुत्री सुजातामा केही साझा कुरा छन्। यी दुबैमा बौद्धिक नैतिक र सामाजिक गुणको सर्वथा गरिबी छ । लोकदृष्टिमा यी दुवै अप्रिय छन्। राजनीति र समाजसेवामा यिनको योगदान शून्य छ । तर संयोगवश यी दुई नरनारी युवराज र राजकुमारीको रोलक्रममा पर्न गए । पारस शाहवंशका युवराजको रोलक्रममा सुजाता कोइराला वंशकी राजकुमारीको रोलक्रममा।
वीरेन्द्र परिवारको रक्तकुण्डबाट निस्केर ज्ञानेन्द्र जब राजा भए तिनको पहिलो समस्या राजगद्दी उत्तराधिकारीको चयन हुनगयो। नश्वर देह हो त्यसमा केही तलबितल पर् यो भने शाह वंशको पोयो छिन्छ। यो सम्झेर ज्ञानेन्द्र चिन्तामा डुबे । अपुताली खाएका नरेश ज्ञानेन्द्रका जेष्ठ पुत्रका नाताले युवराज बनाइन पारसले आपुनो उत्ताउलो खुट्टो उचालिसकेका थिए । तर जनआक्रोश र लोकनिन्दाको डरले अलि दिन ज्ञानेन्द्र हच्किए। पछि दसैँ बिदामा गएको साचार जगत् र दसैँको नशामा लठ्ठिएको जनगणका आँखा छल्दै टीकाको छेक पारेर ज्ञानेन्द्रले पारसलाई युवराज बनाए। अहिले उनै ज्ञानेन्द्रको सिको गर्दै गिरिजाले सुजातालाई कोइराला वंशीय राजकुमारीको आसनमा उकालेका छन्। त्यो परराष्ट्र मन्त्रीको आसन हो । नेतृत्व तहका कुसर्ीमुखी काङ्ग्रेसीलाई अत्तोपत्तो थिएन। वरियतासम्बन्धी योग्यताको प्रमाणपत्र हातहातमा बोकेर त्यो आसन हत्याउन थुप्रै काङ्ग्रेसी तँछाडमछाड गर्दै थिए। तर पार्टी केन्द्रलाई माखो बराबर नगनी कसैलाई एक वचन नसोधी ज्ञानेन्द्रले झैँ लोकतन्त्रको दलीय मान्यताको धज्जी उडाउँदै गिरिजाले सुजातालाई बोकेर सत्ताको कुर्सीमा राखे। गिरिजाको अहंकार र स्वेच्छाचारसामु झरेको पातजस्तो देखिने अधिकांश काङ्ग्रेसीगण हेरेको हेर्यै भयो।
पुत्र पारसलाई युवराज बनाउन ज्ञानेन्द्रले टीकाको विरोधमुक्त साइत रोजेका थिए। पुत्री सुजातालाई राजकुमारी बनाउन गिरिजाले माधवकुमार नेपाललाई रोजे। श्री नेपाल प्रधानमन्त्री बन्न नपाउँदाको कुण्ठा ज्वलन र निराशाले गलित भएका थिए। गिरिजालाई जसरी हुन्छ पुत्रीलाई माथि उकाल्दै जाने भर् याङ चाहिएको थियो। गिरिजा र माधवको निहित स्वार्थ ट्याक्क मिल्न गयो। अनि गिराजले माधवलाई प्रधानमन्त्रीको टीका लगाइदिए र कृतकृत्य भएका माधवले गिरीजाकी छोरीलाई परराष्ट्र मन्त्रीको माला पहिराइदिए । लोकमत लोकतान्त्रिक मर्यादा र लोकलाजको यिनलाई कुनै पर्वाह भएन। माधवका लागि आफू प्रधानमन्त्री बन्नु नै जबज भयो र गिरिजाका लागि छोरीलाई परराष्ट्र मन्त्री बनाउनु नै प्रजातान्त्रिक समाजवाद भयो।
ज्ञानेन्द्रको दाउ आफ्नो सेखपछि पारसलाई शाहवंशीय महाराजाधिराज बन्ने मेसो मिलाउनु थियो। गिरिजाको दाउ आफ्नो सेखपछि सुजातालाई कोइराला वंशीय काङ्ग्रेसी महारानी बनाउनु हो । ज्ञानेन्द्रका दृष्टिमा देश भन्नु नै उनै थिए। गिरिजाका दृष्टिमा काङ्ग्रेस भन्नु नै उनै भएका छन् । कविताको भाखामा मबीबी शाह भन्थे- नसिब सबको एक कहाँ हुन्छ र हुँदैन। नभन्दै नसिबमार्गी पितामहले भनेझैँ खोटो नसिब भएका पारस महाराजाधिराज हुन नपाउने भए। जब ज्ञानेन्द्रले आपुनै हातले राजतन्त्रको शवलाई दागबत्ती दिए पारसको राजा बन्ने सपना त्यही चितामा जलेर भष्म भयो। सुजातालाई बोकेर क्रमशः उपप्रधानमन्त्री प्रधानमन्त्री र सभापतिको भर् याङ चढाउँदै कोइराला वंशकी महारानीको ताज पहिराउने गिरिजाको चाहनाको नियति के होला उत्तर तरुण काङ्ग्रेगणको विवेक साहस र इच्छाशक्तिको गर्तमा छ। गिरिजा आपुनी छोरीलाई महारानी बनाउने तानाशाही अभियानमा कामिरहेको शुष्क हातमा धिप्धिपे आगो बोकेर आपुनो जीवनको गोधूली साँझमा उभिएका छन्। त्यो आपुनो साख र कोइराला परिवारको कीर्ति दुवैलाई पुत्रीमोहको चितामा जलाएर खरानी बनाउने आगो हो। त्यो अनिष्टकर आगो निभाउने हुती काङ्ग्रेसीगणमा छ ?
लाग्छ गिरिजाको कुरुप सपनाको मार्ग अकण्टक छैन। काङ्ग्रेसको इतिहासमा पहिलो पटक गिरिजाको हठ उनको स्वेच्छाचार र उनको एकलतन्त्रविरुद्ध हाक्काहाक्की आवाज उठेको छ। आवाजका दुई कोण छन् । काङ्ग्रेसमा गिरिजाबाबुपछि उनको बिँडो थाम्ने मै हुँ भनेर उभिएका शेरबहादुर देउवा शुशील कोइराला र रामचन्द्र पौडेलहरु जिल्ल परेका छन् । काङ्गेसमा कोइराला वंशलाई निरन्तरता दिने अभिप्रायले प्रायोजन गरिएका शेखर र शषाङ्क कोइराला त दृश्यपटलबाटै लोप भएका छन् । गिरिजाको कि्रपाले सुजाता राजनीतिको शिखरमाथि उकालिँदै छिन् कृपाबाट वञ्चित यी सकल दुःखीहरु फेदीमा धारे हात निधारमा राखेर फुस्रा ओठ ल्याप्प चाट्दै ट्वाँ परेर माथि हेरिरहेका छन्। भक्ति र पाउलागीका हिसाबले गिरिजाको आशिर्वादको अधिकारी हुनुपर्ने आफैँ अधिकार प्राप्त हुँदैछ भुइँफुट्टा सुजातालाई । त्यसैले भित्रभित्रै डराउँदै र काम्दै भए पनि यी कृपाकाङ्क्षीहरु पिलन्धरे स्वरमा गिरिजाको मनपरीमाथि कारुणिक स्वरमा टिप्पणी गर्न विवश छन्।
आवाजको अर्को कोण भने एकदमै फरक छ । यो कोण लज्जालु काङ्ग्रेसी प्रवृत्तिमा क्रम भङ्ग गर्दै गिरिजासँग सोझै आँखा जुधाएर जब्बर मुद्रामा खडा भएको छ । यो कोण साहसका साथ शिर ठाडो पारेर पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रिक विधि शैली र संस्कारको पैरवी गरिरहेछ । बोल्ने मुखहरु थोरै भए पनि यस कोणको स्वरमा तेज छ । यस कोणको तर्कमा दम छ । यस कोणको अभिप्रायमा लोकतन्त्रको ओज र गरिमा छ । यस कोणको अन्तर्यमा लोकतान्त्रिक गणतन्त्रको उज्यालो भविष्यको सङ्केत छ । यस कोणको स्वरमा काङ्गे्रस पार्टीलाई कोइराला वंशको दीर्घ रोगतुल्य एकाधिकारबाट मुक्त गर्ने छनक छ। र यस कोणको आन्तरिक लयमा वागी विचारको सुन्दर गुन्जन छ । यस कोणमा मध्यवर्ती पुस्ताका नरहरि आचार्यदेखि युवा पुस्ताका गगन थापासम्मको चिन्तन र चिन्ताको समागम भएको छ । के चिन्तन र चिन्ताको यो कोण काङ्ग्रेसी वृत्तमा विस्तारित हुँदै पुत्री सुजातालाई महारानी बनाउने गिरिजाको हठको तेजोबध गर्न समर्थ होला मलाई थाहा छैन। इतिहासको स्मरण गर्दा मच्चियो मच्चियो थच्चियो भन्ने उखान काङ्ग्रेसी चरित्रलाई इङ्गित गर्नकै लागि बनेको हो कि जस्तो लाग्छ । के काङ्ग्रेसीहरु यसपाला पनि गिरिजाको निर्मम कोर्रासामु सनातनी मुद्रामा थच्चिएलान् ?
सामूहिक अनुभवको कारखानामा जन्मिएको अहान भन्छ - गोरु बुढो भए भीर खोज्छ मान्छे बुढो भए जोरी खोज्छ। नभन्दै काङ्ग्रेसभित्र कोइराला वंशकी महारानी जन्माउने धूनमा गिरिजाले जोरी खोजेका छन् । पार्टीको लगाम अँठ्याएर जोरी खोज्ने बुढो गोरुलाई तरुण काङ्ग्रेसीहरुले फेरि पनि निहुरिएर सलाम गर्लान् कि इतिहासको बाटोबाट पन्छाउलान् हेर्नु छ।