काठमाडौँमा तात्दै गएको राजनीतिक वातावरणमा एक पटक फेरि प्रधानमन्त्रीको गाडी मुस्ताङ चर्चामा छ। उहाँले मुस्ताङ छनोट गर्दा बडो विचार पुर्यापउनुभएको थियो। आफ्नो अन्तर्राष्ट्रिय छविका विषयमा अति नै संवेदनशील डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको ट्रफी पाउने निश्चित हुनासाथै कुन अमेरिकी गाडी चढ्नु उपयुक्त हुन्छ भनेर इन्टरनेटमा थुप्रै समय बिताउनुभएको थियो। क्याडिल्याक चड्दा सबैको आँखाको तारो बनिने भएकाले उहाँले फोर्ड मुस्ताङ चढ्ने मनस्थिति बनाउनुभयो। उहाँको यो चयनले अमेरिकी जनतालाई राम्रो सन्देश दिन्थ्यो। नेपाल जस्तो गरिब मुलुकको माओवादी प्रधानमन्त्रीले यो मोटर चढ्नुले धराशायी हुँदै गएको अमेरिकी अटोमोबाइल उद्योगको उत्थानका निमित्त सांकेतिक महत्त्व राख्थ्यो।
सधैँ पत्रकार र नेपाली जनताले मात्र सही आसयको गलत व्याख्या गर्ने परिपाटी भएको मुलुकमा यस पटक प्रधानमन्त्रीको आसय सल्लाहकारले नै गलत बुझेछन्। भावी प्रधानमन्त्रीले ...मुस्ताङ झिकाउन लगाउनुहोस्' भन्नासाथ उनका सल्लाहकारले हत्तपत्त प्रधानमन्त्रीको आसय राष्ट्रिय उद्योगलाई प्रश्रय दिनका लागि हो भन्ने वैज्ञानिक तर्कका आधारमा गोल्छा कम्पनीलाई फोन गरिहालेछन्। परिवारको प्राथमिकता त पूर्व राजा ज्ञानेन्द्रले चढ्ने गरेको छ ढोके जगुबार लिमोजिन थियो। अन्यथा पनि मर्सिडिज लिमाजिन। तिनको पनि अन्तर्राष्ट्रिय महŒव थियो। प्रधानमन्त्री भएपछि चाहिँ काठमाडौंको सबै सडक ...अफरोड' बनाउने भन्दै त्यता लागे।
काठमाडौंका सडक वर्षायाममा नै भत्काइयो। आखिर सडक बनाउन हिउ"द कुर्नुपर्ने नै थियो भने वर्षायाममा घर भत्काउ"दा विस्थापित भएका परिवारप्रति सहानुभूति राख्नुपर्ने हो। यो स्तम्भकारले बाटोको प्रसंग उठाउनुको मूल कारण विद्यावारिधि प्राप्त र आर्किटेक्चर पढ्नुभएका प्रधानमन्त्रीको विवेकमा भत्काउनुअगाडि कसरी बनाउने भन्ने सोच आइदिएको भए शायद सडक आतंक कम हुने थियो। बाटो फराकिलो बनाउने काम धेरै हदसम्म आवश्यक थियो। अन्य नागरिकसरह यो पंक्तिकारलाई पनि शायद माओवादी नेता बाबुराम भट्टराई नलागेको भए यो कार्य सम्भव हुने थिएन भन्नेमा विश्वास नै छ। अनि उहा"को सरकारले भत्काइसकेको हुनाले आगामी सरकारले कुनै न कुनै समयमा बनाउनेछ भन्ने विश्वास पनि छ।
यस लेखको उद्देश्यचाहिँ अघिल्लो हप्ता बसेको मन्त्री परिषद बैठकबाट गरिएको ऋण मिनाहसम्बन्धी नीति र त्यसबाट पर्ने असरहरुको प्रसंग उठाउनु हो। भट्टराई सरकारले फागुन दोस्रो साता साना किसान तथा उद्यमीको ऋण मिनाहा गर्ने निर्णय गर्यो । राज्यलाई करोडौं भार पर्ने साना किसान तथा उद्यमी ऋण मिनाहासम्बन्धी कार्यविधि २०६९ पारित गर्दै यस्तो निर्णय लिएको हो। ऋण मिनाहा गर्ने कार्य सुरु भएपछि वित्तीय क्षेत्रमा आउने विकृति सम्हाल्न भने असम्भव नभए पनि कठिन हुन्छ। अर्थात् एक पटक मिनाहाको घोषणा गरेपछि वित्तीय संस्थाहरूको भविष्य जोेखिममा पर्छ। त्यसको दूरगामी प्रभाव अकल्पनीय हुन्छ। त्यसो त मुलुकमा बनेका संरचनाहरु भत्काएर नया" निर्माण गर्ने ध्वंसात्मक विचारका प्रतीक मार्क्सवादी, स्टालिनवादी र माओवादी प्रधानमन्त्रीले सत्ता प्राप्तिपछि मुलुकले छ दशकभन्दा लामो समय लगाएर बल्लबल्ल बनाएको भौतिक, अािर्थक, समाजिक तथा संगठनात्मक संरचनाहरु भकाभक भत्काउन लागेको देख्दा उहा" आºनो उद्देश्य प्राप्तिका निमित्त लागिपर्नुभएको देखिएको छ । सरकार परिवर्तन भइहाल्ने हो कि भन्ने शंका र विश्वासका वातावरण बन्न थालेको राजनीतिक माहोलमा सर्वाेच्च अदालतसमेत विवादित बनेको छ। यस्तो बेला वित्तीय संस्थाहरुको भविष्यको चिन्ता किन र कसलाई हुने? नत्र समाचारहरुको पुच्छरमा ...यो गैरकानुनी निर्णय हो' भन्नेबाहेक अरु थप विश्लेषणले स्थान पाउने नै थिए।
प्रजातन्त्र पुनर्बहाली हुनासाथै अन्तरिम सरकारलाई नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाबाट साना किसानले लिएको ऋण मिनाहा गर्न ठूलो दबाब परेको थियो। त्यस बेलाका अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले त्यो प्रस्तावको विरोध गर्नुभएको थियो। उहा"बाट गरिएको विश्लेषणका आधारमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले त्यस्तो निर्णय गर्न नसकिने बताउनुभएको थियो। त्यसबेलादेखि डा. देवेन्द्रराज पाण्डे गिरिजाप्रसाद कोइरालाको आखाको कसिङ्गर बन्नुभयो। डा. पाण्डेलाई सस्तो लोकप्रियता भन्दा मुलुकको बढी माया थियो। त्यसैगरी किसुनजीलाई आफू र आºनो पार्टीले चुनाव जित्ने/हार्ने भन्दा मुलुकलाई स्थिर तुल्याएर प्रगति पथमा डोर्याºउनुपर्छ भन्ने थियो। उहा"हरुलाई अहिले जस्तो आफ्ना उपलब्धि भनेर प्रचार-प्रसार गर्ने आवश्यकता नै थिएन, न त चुनावमा भोट आफूतर्फ आकर्षित तुल्याउने रहर नै। सन् १९९० को नेपाल र सन् २०१३ को नेपालबीच ठूलो अन्तर छ।
साधारण हिसाबले विचार गर्ने हो भने ऋणीहरु दुई किसिमका हुन्छन् : (क) ऋण तिर्न गच्छे नभएका (ख) ऋण तिर्न नचाहने। गच्छे नहुनाका थुप्रै कारण हुन सक्छन्। जसमा आफूले लिएको ऋणको प्रयोग अन्य अत्यावश्यक काममा लगाउनुपर्ने बाध्यता। बाख्रा पाल्न ऋण लिने किसानले अकस्मात बिरामी पर्दा उपचारका लागि बाख्रा बेच्नुपर्ने बाध्यता आइलाग्छ। अथवा बाख्रो मर्योल र व्यापार घाटामा पर्यो भने त्यस्तो परिस्थितिको सामना गर्न सक्दैन। अनि घर परिवार ऋण तिर्न नसकेर पिल्सिन बाध्य हुन्छ। सरकारले तिनलाई राहत दिन ऋण माफ गर्न सक्छ। त्यो विकल्पको असर के हुने? त्यस विषयमा सोचविचार मात्र होइन, विवेकको प्रयोग पनि आवश्यक हुन्छ। त्यस्ता विपन्न परिवारको ऋण माफ गर्नुभन्दा बढी मुनाफा हुने अर्को विकल्पको उद्योगधन्दामा आकर्षित तुल्याउने सबैभन्दा प्रचलित र प्रभावकारी विकल्प हुन सक्छ।
अर्काेतर्फ थुप्रै यस्ता ऋणी हुन्छन्, जो ऋण त लिन्छन् तर ऋण पाउनुअघिदेखि नै त्यो ऋणबापत सा"वा ब्याज कसरी नतिर्ने भन्ने सोच बनाउन थालेका हुन्छन् । अर्थात् क्षमता हँुदाहुँदै पनि उनीहरुको ऋण तिर्ने मनसाय नै हु"दैन। ऋण मिनाहा गर्ने हो भने सर्वप्रथम त ऋण नतिर्ने प्रवृत्ति प्रोत्साहित हुन्छन्। वित्तीय संस्थाहरु, जसको संख्या हाम्रो मुलुकमा सन् १९८० सम्म नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल औद्योगिक विकास बैंक गरी जम्मा चारवटा मात्रै थियो, अब त्यस्तो संस्था वृद्धि भएर २०१२ सम्म क वर्गको व्यापारिक बैंक ३१, ख वर्गका विकास बैंक ८७, ग वर्गका फाइनान्स कम्पनीहरु ७९ तथा घ वर्गको फाइनान्स वित्तीय संस्थाहरु २१ पुगेका छन्।
त्यसैगरी गैरसरकारी संगठन र संस्थादेखि बचत तथा ऋण संस्थाहरुले ऋण दिने काम गर्न थालेका छन्। तर, वास्तविकता के हो भने खेलाडीहरु मैदानमा हु"दा मात्र पनि २० प्रतिशत ऋणीले संस्थागत स्रोतबाट ऋण पाउने गरेका छन्। अर्थात् बाँकी ८० प्रतिशत ऋण त साहू महाजन तथा नातागोताहरुमा नै निर्भर हुनुपर्ने बाध्यात्मक स्थिति छ। यस अर्थमा संस्थागत ऋण पाउनेहरु अरु स्रोतमा निर्भर हुनेहरुभन्दा धेरै हदसम्म भाग्यमानी नै ठान्नुपर्ने हुन्छ। त्यस अर्थमा ऋण मिनाहा दिने भनेको सहुलियत पाएकालाई नै राहत दिने कार्य हो। माथि उल्लेख गरिएजस्तै ऋण तिर्नुपर्ने बाध्यता छैन भन्ने मनोविज्ञानले स्थान पायो भने वित्तीय संस्थाहरुको हालत के हुन्छ? त्यसको कल्पना गर्न बाबुराम भट्टराईलाई कठिन भएको देखिन्छ। तर, योजनाविद्का हिसावले भट्टराईले यी कुरा बुझ्न सक्नुपर्ने हो। ऋण मिनाहा हुन्छ भनेपछि कुनै पनि ऋणीले ऋण तिर्ने काम नै गर्दैनन्। त्यसको परिणाम भनेको मुलुकमा फष्टाउन लागेको वित्तीय प्रणाली ध्वस्त पार्नु हो। यस्तो स्थितिमा भत्काइएको बाटो त बनाउन सकिएला तर भत्किएको वित्तीय प्रणाली पुनर्स्थापित गर्ने कार्य कठिनमात्रै होइन, प्रायः असम्भव हुनेछ।